Friday, January 30, 2015

श्री खड्ग कालिका युवा क्लव बाँस्खोलाको ऐतिहासिक पृष्टभुमि


समय परिवर्तन सँगै युवाहरुको शारिरीक, मानसिक, बैद्धिक चेतनाको विकास हुदै गर्दा बागलुङ जिल्लाको मल्म गाविसका युवाहरुले सामाजिक कार्य गर्ने तर्फ आफुलाई उन्मूख गराउन थाले झण्डै २०३१ साल तिरका अग्रज दाजुहरु स्व. सूर्यमान मल्ल, स्व. इन्द्रबहादुर राना, श्री कृष्ण बहादुर मल्ल, श्री कर्णबहादुर मल्ल, श्री रविलाल सापकोटा, श्री उमानन्द सापकोटा, श्री मानबहादुर मल्ल लगायतका युवाहरुले ।
गाउँका बुद्धिजीविहरु श्री खड्ग बहादुर मल्ल, श्री ताजबहादुर मल्ल, श्री  तिलकबहादुर के.सी., श्री टेकबहादुर के.सी., श्री पदम थापा, सई. ओमबहादुर थापा, श्री  प्रमानन्द गौतम, श्री रामबहादुर मल्ल, श्री भविलाल गौतम, श्री मानबहादुर राना, श्री रुद्रबहादुर मल्ल, श्री लाल बहादुर बि.क., श्री ददिराम वि.क., श्री मनिरत्न बि.क., श्री जीत बहादुर बि.क., श्री गगनबहादुर राना, श्री दलबहादुर मल्लहरुको सल्लाह सुझाव र सहयोग लिई यस बाँस्खोलाका युवाहरु संगठित गरि पहिलो पटक सामाजिक कार्यको सुरुवात गरेको पाइन्छ । यसै क्रममा युवाहरु संगठित भै तिहारको अवसर पारी भैलो कार्यक्रम संचालन गरी केही आर्थिक रकम संकलन गरी सांस्कृतिक कार्यक्रमको लागी, हारमोनियम, मादल, मैन्टौल, गैची, बेल्चा लगाएतका सामग्री खरिद गर्ने कार्य गरेका पाइन्छ र क्रमसः हरेक वर्ष युवा संगठित भै हरितालिका तिजको अवसरमा पिङ्ग निर्माण गर्ने, लाखे नाँच संचालन गर्ने एवं रिङ्ग खेलाउने जस्ता कार्यक्रम संचालन गरि गाउँको प्ररम्परागत साँस्कृतीलाई संरक्षण गर्ने कार्य गरेका पाइन्छ ।
त्यस बेलामा कुनै पनि बैधानिक संस्था एवं समिती नभएकाले अग्रजहरुको सल्लाह र समयको माग सँगै काम सम्पादन गर्न सजिलो र निर्णय गर्न सहज वातावरण सिर्जन गर्नका लागि अनैपचारिक रुपको संगठनले नै क्लबको स्थापन भएको पाइन्छ । यसै समयमा युवाहरु संगठित भै भैली खेलबाट बचेको बाँकी रकम तथा युवाहरुको श्रमदानबाट वर्तमानमा भएको खेल मैदान पहिलो पटक निर्माण गरियो र बिस्तारै विकास निर्माणका कार्यहरु गर्ने जस्तै बाटोघाटो, पुल कुलेसा, स्कुल भवन निर्माण, आदि कार्यमा सहयोग गरेको पाइन्छ ।
यस कार्यलाई निरन्तरता दिदै २०४० साल तिर स्व. सुर्यमान मल्ल, श्री कृष्ण मल्ल, श्री इन्द्रबहादुर राना, श्री उमानन्द सापकोटा, श्री मान ब. मल्ल, श्री त्रिलोक थापा, श्री हर्क ब. राना, श्री चक्रवर्ती शर्मा, श्री गौरीस्वर सापकोटा, श्री महेन्द्र सापकोटा, श्री धुव्र मल्ल, श्री मधु मल्ल, श्री विष्णुलाल गौतम, श्री धनश्याम गौतम, श्री प्रेम ब. राना, श्री इन्द्रबहादुर मल्ल, श्री मिन ब. मल्ल, श्री प्रेमबहादुर मल्ल लगाएतका युवाहरुले तिजको दिन बेलुुकी सांस्कृतिक कार्यक्रम गर्ने र दिउँसोमा लाखे नाँच, रिङ्ग, पिङ्ग तथा विभिन्न कमिकहरु गरी मनोरञ्जनात्मक कार्यहरु गरेको पाइन्छ । यसै कार्यलाई निरन्तरता दिदैं गाउँका यूवाहरुको शैक्षिक अवस्थाको सुधारका लागी एवं राजनैतिक चेतना अभिवृद्धि गराउन युवा अग्रज स्व. सुर्यमान मल्ल, श्री उमानन्द सापकोटा, श्री घनश्याम गौतम, श्री विष्णुलाल गौतम, श्री कृष्ण ब. मल्ल, श्री इन्द्रबहादुर रानाले सहयोग गरेका पाइन्छ ।
समयको क्रम सँगै विशेष गरी सामाजिक कार्य गर्ने उद्देश्यले २०४४ सालमा अनौपचारीक तदर्थ समिती गठन गरियो । स्व. सुर्यमान मल्लको संयोजकत्वमा स्व. इन्द्रबहादुर राना, श्री कृष्ण बहादुर मल्ल, श्री कर्णबहादुर मल्ल, श्री उमानन्द सापकोटा, श्री रविलाल सापकोटा, श्री मानबहादुर मल्ल (मिन ब. मल्ल), श्री हर्क ब. राना, श्री घनश्याम गौतम, श्री दुर्गाबहादुर राना, श्री विष्णुलाल गौतम, श्री मेघराज गौतम लगाएतले समिती गठन गरी सामाजिक परम्परा रितीरीवाज र सँस्कृतिलाई संरक्षण गर्ने तथा विभिन्न विकास निर्माणका कार्यहरु गरेको पाइन्छ ।
यसरी २०३१ साल तिर बाट यस गाउँका युवाहरु संगठीत भै अनैपचारीक रुपमा यस संस्थाको सुरुवात गरि विभिन्न सामाजिक सास्कृतिक खेलकुद एवं जनचेतना मुखी कार्यक्रहरु संचालन गर्दै आइरहेकोमा २०४६ सालमा यस संस्थालाई विधिवत् रुपमा संस्थागत गर्ने उद्देश्यले औपचारिक कार्यसमिती गठन गरी संस्थालाई विधिवत रुपमा स्थापना वर्षको रुपमा मानियो ।
स्थापना वर्ष २०४६ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु 
स्थापना वर्षका कार्यसमितिहरुको नामावली 
अध्यक्ष — तेजबहादुर थापा
उपाध्यक्ष — दुर्गाबहादुर राना
सचिव — फोमबहादुर मल्ल
सह—सचिव — चक्रवर्ति शर्मा
कोषाध्यक्ष — प्रेम बहादुर मल्ल
सदस्य — हर्कबहादुर राना
सदस्य — कर्णबहादुर राना
सदस्य — मिनबहादुर मल्ल
सदस्य — अनिता राना
सदस्य — लालकाजी राना
सदस्य — भरत मल्ल
सदस्य — शेरबहादुर के.सी.
सदस्य — राजेश मल्ल
सदस्य — विष्णु मल्ल
सदस्य — बाबुराम मल्ल
सदस्य — दिवाकर गौतम
सदस्य — गोमबहादुर राना
सदस्य — यमबहादुर राना
सदस्य — प्रेमबहादुर राना
सल्लाहकार 
स्व. सुर्यमान मल्ल
स्व. इन्द्रबहादुर राना
श्री कृष्ण मल्ल
श्री कृष्ण मल्ल
श्री उमानन्द सापकोटा
श्री मानबहादुर मल्ल
श्री घनश्याम गौतम
सामाजिक कार्यहरु 
यस अवस्थामा देशको संक्रमण कालिन राजनैतिक अवस्थाको कारणले खास उल्लेखनिय कार्य हुन नसके तापनि समाजमा देखापरेको राजनैतिक विभेदलाई चिर्दै सबै राजनैतिक समुहलाई एक आपसमा मिलाई गाउँ विकास तथा निर्माण कार्यमा सहभागी गराउदै, राजनैतिक विवादको अवस्थामा सबैलाई व्यक्तिगत सुरक्षा आवश्यक भएकोले यस गाउँका युवाहरुलाई अध्यक्षकै पहलमा तेक्वाण्डो प्रशिक्षण गराइयो, त्यति बेलामा नै विभिन्न गोरेटो बाटो, मठ मन्दिर मर्मत, बटुवाहरुको लागी पाटी पौवा मर्मत गर्ने जस्ता विकासोन्मूख कार्य सम्पन्न गरिएको पाइन्छ । साथै खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइयो ।
२०४६ सालको जनआन्दोलन पछि देशमा बहुदलीय व्यवस्था को उदय भए पश्चात देशमा विकास निर्माण र शान्ती सु–व्यवस्था कायम भै विकास निर्माणका कार्यहरु क्रमस थालनी भए र यस संस्थाले पनि विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै २०४८ सालमा पुन नयाँ कार्य समिती गठन गरियो ।
दोस्रो कार्यकाल २०४८ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
दोस्रो कार्यसमितिको नामावली
अध्यक्ष – लालकाजी राना
सचिव – भरत मल्ल
सह–सचिव – शेरबहादुर के.सी.
कोषाध्यक्ष – दिवाकर गौतम
सदस्यहरु
राजेश मल्ल
विष्णु मल्ल
   बावुराम मल्ल
  डिलबहादुर राना
डिलबहादुर थापा
टोपबहादुर थापा
उदय थापा
हिराकुमारी मल्ल
हिराबहादुर मल्ल
भविन्द्रबहादुर राना
गोमबहादु राना
पुर्णबहादुर राना
राजेन्द्र मल्ल
बलबहादुर राना
नरबहादुर बि.क.
हर्कबहादुर राना (ख)
नन्दबहादुर मल्ल
कर्ण मल्ल
धनु राना
रोवन्त मल्ल
शेरबहादुर के.सी.
धुर्व के.सी.
गगन के.सीे.
भिमबहादुर के.सी.
दुर्गा के.सी.
सरिता हमाल
इन्द्रकला पुन
धनकला के.सी.
प्रमानन्द गौतम
ओमबहादुर थापा
सल्लाहकार 
पदमबहादुर थापा
रामबहादुर मल्ल (क)
जोतिन्द्रबहादुर मल्ल
ले. भिमबहादुर मल्ल
सु. तिलकबहादुर मल्ल
रुद्रबहादुर मल्ल
सुर्यमान मल्ल
इन्द्रबहादुर राना
कृष्णबहादुर मल्ल
उमानन्द सामकोटा
मानबहादुर मल्ल
घनश्याम गौतम
प्रजापती पुन
सामाजिक कार्यहरु 
यस अवधिमा क्लबले हरेक वर्ष खुल्ला भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम लाखेनाच, पिङ्ग, भैली कार्यक्रम संचालन गर्ने तथा विकासका कार्यहरु गर्ने जस्तै पुल मर्मत, झाँडी सरसफाई, वृक्षारोपण, खेलमैदान मर्मत गर्ने कार्य सम्पन्न ग¥यो यसै अवधीमा यस संस्थालाई विधिवत रुपमा जिल्ला प्रशाशन कार्यालय, बागलुङमा दर्ता गर्ने प्रक्रिया अगाडी बढाई २०४९ सालमा जिल्ला प्रसाशन कार्यालय बागलुङमा दर्ता गरियो ।
यस पश्चात २०५० सालमा बार्षिक साधारण सभाबाट नयाँ कार्य समितीको चयन गरियो ।
तेस्रो कार्यकाल २०५० सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
तेस्रो कार्यसमितिको नामावली
अध्यक्ष – श्री दुर्गाबहादुर मल्ल
उपाध्यक्ष – श्री नगेन्द्रबहादुर मल्ल
सचिव – श्री प्रेमबहादुर राना
सह–सचिव – श्री गोमबहादुर राना
कोषाध्यक्ष – श्री सकुन मल्ल
सदस्य – श्री गीता थापा
सदस्य – श्री दिपक के.सी.
सदस्य – श्री रोशन थापा
सदस्य – श्री प्रेम ब. पुन
सल्लाहकार 
यस समयमा क्लबले विभिन्न विकास निर्माण कार्यहरु बढि मात्रामा गरेको पाइन्छ । जस अन्र्तगत बामियाँको हुलुवा खोलाको पुल मर्मत गरियो, त्यसै बाँस्खोला सार्कीको पुल मर्मत गरियो । जसमा निम्न अनुसारको पुल मर्मत उपभोक्ता समिती गठन गरियो ।
अध्यक्ष – श्री दुर्गाबहादुर मल्ल
सचिव – श्री विष्णु गौतम
सदस्य – श्री नगेन्द्र मल्ल
सदस्य – श्री देवीन्द्र मल्ल
सदस्य – श्री गोमबहादुर राना
सदस्य – श्री सकुन मल्ल
सदस्य – श्री लक्ष्मण गौतम
सदस्य – श्री प्रेमबहादुर राना
        सदस्य – श्री फोमबहादुर मल्ल
सामाजिक कार्यहरु 
यस समितीले जिल्ला बिकास समितिमा सम्पर्क गरी रकम माग गरि पुल मर्मत गरियो ।
यसरी २ वर्षको कार्यकाल पछि २०५२ जेष्ठ १० गतेको वार्षिकसभा बाट यस क्लबको पुन नयाँ कार्य समिती गठन गरियो ।
चौथो कार्यकाल २०५२ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
       चौथो कार्यसमितिको नामावली
अध्यक्ष – श्री प्रेम नाथ गौतम
उपाध्यक्ष – श्री बाबुराम मल्ल
सचिव – श्री बिष्णु गौतम
सह–सचिव – श्री गोमबहादुर राना
कोषाध्यक्ष – श्री चक्रवर्ती शर्मा
सदस्य – श्री हिराबहादुर मल्ल
सदस्य – श्री दिपक के.सी.
सदस्य – श्री उमानन्द सापकोटा
सदस्य – श्री जमुना राना
सदस्य – श्री संगीता मल्ल
सदस्य – श्री इश्वरी मल्ल
सल्लाहकार 
          सई. ओमबहादुर थापा
सु. जोतिन्द्रबहादुर मल्ल
ले. भिमबहादुर मल्ल
सु. तिलक के.सी.
श्री नगेन्द्रबहादर मल्ल
श्री दुर्गाबहादुर मल्ल
सामाजिक कार्यहरु 
जस अनुसार २०५२ साल बैशाख २२, २३ र २४ गते “श्री खड्ग कालिका रनिङ्ग शिल्ड” खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको थियो उक्त समयमा खुल्ला भलिबल प्रतियोगितामा पुरुष तर्फ श्री खड्ग कालिका युवा क्लब प्रथम, द्वितिय गल्कोट मा. वि., हटिया र तृतीय त्रिसुली युवा क्लब, हिल भएको थियो भने महिला तर्फको भलिबल प्रतियोगितामा प्रथम नेपाल महिला संघ रिघा, द्वितिय घुम्टे युवा क्लब, मल्म र तृतीय श्री खड्ग कालिका युवा क्लब, बाँस्खोला भएका थिए जसमा श्री खड्ग कालिका युवा क्लबका खेलाडीहरु 
१. लालकाजी राना (टिम क्यापटेन)
२. कृष्णबहादुर थापा
३. गोमबहादुर राना
४. हिराबहादुर मल्ल
५. नारायण गुरुङ्ग
६. बाबुराम मल्ल
त्यस्तै ग्रुप बि का खेलाडीहरु यस प्रकार थिए ः
१. पुर्णबहादुर राना (टिम क्यापटेन)
२. लालबहादुर राना
३. भविन्द्र राना
४. ढिलबहादुर राना
५. रुद्रबहादुर राना
६. हिमकर्ण मल्ल
७. कर्णबहादुर शाहनी
त्यस्तै ग्रुप सि का खेलाडीहरु यस प्रकार थिए ः
१. दिपक के.सी. (टिम क्यापटेन)
२. रेशम राना
३. राजु मल्ल
४. जिवन थापा
५. प्रेम दर्जी
६. भूमिराज राना
७. हिरा के.सी.
८. शिव कार्की
त्यस्तै महिला खेलाडि तर्फ ः
अफिसियल – गोपीका मल्ल
खेलाडीहरु ः 
१. पार्वती मल्ल
२. इश्वरी मल्ल
३. नम्रता के.सी.
४. गिता के.सी.
५. विष्णु शाहनी
६. रिता थापा
७. सगुन मल्ल
८. जिना मल्ल
९. इन्द्रा मल्ल
१०. शावित्र शर्मा
११. हिरा मल्ल
यस्तै पुरुष तर्फ अन्य खेलाडीहरुमा खिमबहादुर मल्ल, श्रीराम सिह, जिवन के.सी., तेजबहादुर थापा, नरबहादुर बि.क., नन्दबहादुर मल्ल, लोकबहादुर गुरुङ्ग, रोशन थापा, रेशम मल्ल, हिराबहादुर बस्नेत, पदमबहादुर मल्ल र मूख्य रेफ्री श्री राम बहादुर खत्री, गल्कोट मा. वि. हटिया लगाएतका खेलाडीले संस्थाको खेल जगतलाई ठूलो योगदान पु¥याएका थिए सामाजिक कार्यहरु
यसै गरी “आफ्नो गाउँ आफै बनाउ कार्यक्रम”अन्र्तगत रु.२५००० अनुदान र यस संस्थाको रु.५०,००० बराबरको जन सहभागिता जुटाई श्री भैरव मा. वि., बाँस्खोलाको १ कोठे भवन निर्माण गरिएको थियो ।यसैगरी मल्ल गा.वि.सको बडा नं. ५ मा पर्ने सेरा देखी अमृसे खोल्सा सम्म करिब ३ कि.मी. बाटो आषाढ २२ गते देखी २४ सम्को अविरल वर्षाले ध्वस्त बनाएको  ३ कि.मी. बाटो मर्मत कार्य सम्पन्न गरिएको थियो ।
यसैगरी २०५४ साल जेष्ठ १५ गते पुन साधारण सभाबाट नयाँ कार्य समिती गठन गरियो ।
पाँचौ कार्यकाल २०५४ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
पाँचौ कार्यसमितिको नामावली
अध्यक्ष – श्री प्रेमनाथ गौतम
उपाध्यक्ष – श्री बाबुराम मल्ल
सचिव – श्री चक्रवर्ति शर्मा
कोषाध्यक्ष – श्री फोमबहादुर मल्ल
सह–सचिव – श्री दिपक के.सी.
सदस्यहरु ःश्री धनु राना
श्री समित थापा
श्री गोपिका मल्ल
श्री नम्रता के.सी.
श्री राजेन्द्र मल्ल
श्री मेघराज शर्मा
सल्लाहकारहरु श्री विष्णु गौतम
श्री घनश्याम गौतम
श्री पदमबहादुर थापा
श्री टेकबहादुर के.सी.
श्री ताजबहादुर मल्ल
श्री रामबहादुर मल्ल
सामाजिक कार्यहरु 
यस अवधिमा विभिन्न सामाजिक, साँस्कृतिक र विकासका कार्यक्रहरु सम्पन्न भए ।
यस अवधीमा जिल्ला विकास समिति अनुदान रु. ५,००० अक्षरुपी पाँच हजार र यस संस्थाको रु. ११,००० अक्षरुपी एघार हजार, जुटाई मल्ल गा.वि.स. वार्ड नं. ५, ६ मा पर्ने पहराघाट पुल मर्मत कार्य सम्पन्न भएको थियो जसमा निम्न अनुसार मर्मत उपभोक्ता समिती गठन गरिएको थियो ।
अध्यक्ष – श्री प्रेमनाथ गौतम
सचिव – श्री चक्रवर्ति शर्मा
सदस्य – श्री बाबुराम मल्ल
सदस्य – श्री हिरा ब. मल्ल
सदस्य – श्री पार्वती मल्ल
यसै गरी हरितालीका तिज पर्वमा यस संस्थाद्धारा खुल्ला तिज गीत प्रतियोगिता एवं साँस्कृतिक कार्यक्रम राखेको थियो । यसमा मूख्यता निम्न कलाकारहरु रहेका थिए, संयोजक बाबुराम मल्ल, गोपीका मल्ल, विष्णु गौतम, दिपक के.सी., नम्रता के.सी., जमुना राना, गोम ब. राना, जिवन पुन, संगीता मल्ल, पार्वती मल्ल, शोभा मल्ल, निर्मला मल्ल, अरुणा मल्ल, सरिता हमाल, रीता मल्ल, ललित थापा, शेरबहादुर के.सी., निर्माया राना, तारा शाही, हिरा मल्ल, दुर्गा के.सी. रुद्रबहादुर राना, जुना मल्ल, ईश्वरी मल्ल, विष्णु मल्ल, इश्वर मल्ल, यम थापा, सगुन मल्ल रहेका थिए । व्यवस्थापनमा कार्यसमितीका सम्पूर्ण सदस्यहरु तथा अन्य महानुभावहरुमा कृष्ण प्रसाद शर्मा, नन्दबहादुर मल्ल, गगन के.सी., पूर्ण ब. राना, डिलबहादुर थापा, भविन्द्र राना, हिमबहादुर मल्ल, राजु मल्ल, हिरा बहादुर मल्ल, इन्द्रबहादुर मल्ल, सु. तिलकबहादुर के.सी., रामबहादुर मल्ल, दुर्गाबहादुर मल्ल, जोतिन्द्र मल्ल, डिलबहादुर राना, चित्रबहादुर पुन, सुर्य ब. राना, रोजेश मल्ल, विष्णु मल्ल, धनु राना, समित थापा, अर्जुन मल्ल, टोपबहादुर थापा, उदय थापा, शिशिर मल्ल, दिपक राना, लक्ष्छु राना, रामप्रसाद गौतम, प्रेम मल्ल, मनराज पुन, देबु मल्ल, चन्द्रबहादुर राना, प्रेम राना, भूमीराज राना, आदि । त्यसैगरि क्रमस ः धुव्र के.सी., बुद्ध के.सी., राजेन्द्र मल्ल, कमल मल्ल, फोम बहादुर मल्ल, सरीता राना, धनु राना, मानबहादुर मल्ल, सरिता मल्ल, उषा मल्ल, सहनशिला मल्ल, कृष्णबहादुर मल्ल, उमानन्द सापकोटा, मेघराज गौतम, प्रेमबहादुर पुन आदि को व्यवस्थापनमा यस संस्थाले तिज गीत कार्यक्रम तथा बेलुकी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको थियो । साथै यस संस्थाको कार्यालय लाई संस्थागत गरी कार्यालयलाई आवश्यक कुर्ची, टेबुल, दराज लगाएतका विविध सामाग्री निर्माण गरि कार्यालय कोठाको व्यवस्थापन गरियो, यसरी यस संस्थाले स्थापना काल देखी क्रमस २०५६ साल सम्म विभिन्न सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विकास निर्माणका कार्य संचालन गर्दै युवा जगत एवं समाजलाई अग्रगामी दिसा तिर लैजाने क्रमश देशमा राजनैतिक अवस्था अस्त व्यस्त भै समाजमा शान्ति, सु–व्यवस्था, अमन चयन, सुरक्षामा समेत कठिनाई भएकाले संस्थाकोे उद्देश्य अनुरुप आफ्नो कार्य गर्न नसकेको कारण बन्यो ।  २०५७ साल देखि २०६०÷०६१ साल सम्म देशमा राजनैतिक संक्रमण काल एवं संकटकाल रहेकोले संस्थाले आफ्नो कुनै कार्य अगाडि बढाउन सकेन २०६२÷२०६३ सालको जनआन्दोलन सँगै संस्थालाई भावी पिडीहरुद्धारा पुन सक्रियताका साथ संस्थालाई अगाडि बढाउने कार्यलाई निरन्तरता दिदै, उचित शिक्षा एवं चेतनाको विकास सँगै सामाजिक कार्य गर्ने खेलकुदको विकास गर्ने उद्देश्यले २०६२ सालमा नै पुनः यस संस्थाको नयाँ कार्य समिती गठन भयो ।
छैठौं कार्यकाल २०६२ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
छैठौं कार्यसमितिको नामावी
अध्यक्ष – श्री राम प्रसाद गौतम
उपाध्यक्ष – श्री इन्द्रबहादुर राना
उपाध्यक्ष – श्री शुशिला पुन
सचिव – श्री दिपक राना
सह–सचिव – श्री चन्द्रबहादुर राना
कोषाध्यक्ष – श्री रुद्रबहादुर राना
सदस्यहरु
  श्री दिपक के.सी.
श्री धनु मल्ल
श्री सागर मल्ल
श्री मनराज पुन
श्री किसोर गुरुङ्ग
श्री भोज ब. थापा
श्री कमला मल्ल
श्री मुना राना
सल्लाहकारहरु 
   श्री कृष्ण ब. मल्ल
श्री दुर्गाबहादुर मल्ल
श्री राजेन्द्र मल्ल
श्री तुलसी गौतम
श्री टेकबहादुर के.सी.
श्री ताज ब. मल्ल
श्री चक्रवर्ति शर्मा
सु. तिलकबहादुर के.सी.
          श्री प्रेमनाथ गौतम

सामाजिक कार्यहरु 
यस अवधिमा यस संस्थाद्धारा विभिन्न सामाजिक विकास निर्माण, खेलकुद लगाएत समाजलाई चेतनशील बनाउने युवाहरुलाई विभिन्न कुलत बाट जोगाई सशक्तिकरण गर्ने कार्यहरु भए । जस अनुसार मल्ल–५, बाँस्खोलाको दलित बस्तीमा आगलागी हुँदा त्यस ठाऊका मानिसहरुलाई उद्धार गर्नुका साथै नेपाल रेडक्रस सोसाईटी मल्म उप–शाखा र कलवको समन्वयमा पिडीत परिवारलाई राहात स्वरुप लत्ता कपडा,खानको लागि रासन, आर्थिक सहयोग संकलन गरियो । सोही समयमा भैली कार्यक्रम संचालन गरियो जसबाट श्री खड्ग कालिका बाल विकास केन्द्रको शौचालय क्लव र समुदाय मिलेर श्री मिनाकुमारी रानाको संयोजकत्वमा निर्माण सम्पन्न गरियो । २०६२ साल ५ महिना २१ गते का दिन तिज गीत प्रतियोगिता संचालन गरियो । २०६२ साल पौष २० देखी २३ सम्म वडा स्तरीय भलिबल प्रतियोगिता संचालन गर्ने उद्देश्यले आयोजना गरिएको भलिबल खेल संचालनको पहिलो चरणको खेल पछि पराजित टिमद्धारा मल्म ३, टिमूरवोटमा गाडी माथि तोडफोड भएकोले खेल वातावरण अशान्ति भएकाले पौष २२ मा खेल बाध्य भई स्थगित गर्नुप¥यो ।
   देशमा संवैधानिक गणतन्त्रको उदय भए पश्चात र २ वर्षको अनवरत प्रयास पछि २०६४ मा पुन नयाँ कार्य समिती गठन गरियो
सातौं कार्यकाल २०६४ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
सातौं कार्यसमितिको नामावली
अध्यक्ष – श्री दिपक राना
उपाध्यक्ष – श्री गोमबहादुर राना
सचिव – श्री नवराज शर्मा
सह–सचिव – श्री ऋतु के.सी.
कोषाध्यक्ष – श्री प्रेम पुन
सदस्यहरु श्री नम्रता थापा
श्री किसोर गुरुङ्ग
श्री दिपक के.सी.
श्री सावित्रा शर्मा
श्री ध्रुव मल्ल
श्री पदम ब. राना
श्री धनि काउचा
श्री सपना सापकोटा
श्री बेलहादुर बि.क.
श्री झमबहादुर बि.क.
श्री लालबहादुर बि.क.
श्री मेनुका के.सी.
श्री कमला मल्ल
श्री तिर्थबहादुर राना
सल्लाहकारहरु
         सई. ओमबहादुर थापा
श्री भक्तिराम गौतम
सु. तिलकबहादुर के.सी.
श्री ताजबहादुर मल्ल
श्री बिरबहादुर चोखाल
श्री रामबहादुर मल्ल
श्री धनश्याम गौतम
श्री नन्दराम गौतम
श्री कृष्णबहादुर गौतम
श्री मायाँ देवी के.सी.
श्री राम प्रसाद गौतम
श्री मिना राना
श्री यमबहादुर राना
श्री टेकबहादुर के.सी.
श्री बावुराम मल्ल
श्री चक्रवर्ति शर्मा

सामाजिक कार्यहरु 
यस समयमा पनि विभिन्न सामाजिक कार्यहरु,खेलकुद एवं सास्कृतिक तथा विकास निर्माणका कार्यहरु भएको पाइन्छ ।
– २०६४ सालको शुभ दिपावीको अवसरमा कलव द्धारा संचालित भैली कार्यक्रमबाट वचत भएको रु ६५,०००।– अक्षरुपी साठी हजार र आमा समुहको संयुतm आयोजनामा श्री खड्ग कालिका मन्दिरमा च्यानल गेट र सिमेन्ट सहित उचित मर्मत संभार कार्य सम्पन्न गरियो ।
– हरितालिका तिजको अवसरमा महिला दिदी बहीनीहरुलाई अग्रसर गराउने साँस्कृतिक संरक्षणको जगृना गर्ने हेतुले प्रत्येक वर्ष क्लब र पाण्डुकेश्वरी सामुदायिक वनद्धारा पिङ हाल्ने र कार्यक्रममा सहयोग गर्ने कार्य गरियो ।
– बडा दशै एवम चैते दशैको अवसरमा बाटोघाटो सरफाई एवम मन्दिर परिसर भित्र ध्वाजापतका टाँक्ने र पूजापाठ लाई व्यवस्थित गराउने कार्यलाई प्रत्येक वर्ष निरन्तरता दिने कार्य गरियो ।
– त्यसै गरि दरमखोलाको माछा संरक्षण गर्ने उद्देश्यले असोज देखी मंसिर सम्म खोलामा माछा मार्न रोक लगाइयो ।
– भैरव मा.वि बासखोलको बल्याक वोर्ड मर्मत गर्ने कार्य गरियो ।
– २०६४ साल १२ महिना ६, ७ र ८ मा वडा स्तरिय भलिबल पुन संचालन गर्ने उद्देश्यले गरिएको कार्यक्रम सफलताका साथ सम्पन्न गरियो ।
– जसमा भलिबलमा प्रथमलाई बोका, द्वितीयलाई कुखुरा र तृतीयलाई परात (जिन्सी) जस अन्तरगत भलिबल दर्ता शुल्क रु.६०० थियो । लुठो तान्ने प्रतियोगिताको लागी प्रथमलाई किस्ती थाल, द्वितियलाई सादा थाल पुरस्कार प्रदान गरिएको थियो ।
– बेला–बेलामा मदिरा सेवन, जुवातास लगायत समाजलाई प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा असर पु¥याउने कार्यमा रोक लगाउने कार्य गरियो ।
– लोप उन्मुख सस्कृतिको संरक्षण सम्वर्धन गर्ने र कल्वको मुख्य आयस्रोत रुपमा रहेको देउसीभैली कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइयो ।
– हाल रहेको खेल मैदान साँगुरो भएका कारणले गर्दा समुदायमा आर्थिक चन्दा, झारा र भैलीमा उठेको पैसालाई वचत गरि खेल मैदान विस्तार गर्ने कार्य गरियो ।
– दरमखोलामा माछा मार्नको लागी करेन्ट लगाउने, पासा थाप्ने, गल लगाउने, विषको प्रयोग गर्ने, पाउडर हाल्ने जस्ता अनैतिक कार्यहरु पूर्ण रुपमा बन्द घोषित गरियो ।
– श्री खड्ग कालिका बाल विकास केन्द्रलाई उचित व्यवस्थापन तथा सहयोग गर्ने कार्य गरियो ।
– क्वलमा आवद्ध सदस्यहरु वीच सहकार्य र मित्रवत भावना होस र वर्ष दिन गरेको दुःख कष्ठलाई हटाउने उद्देश्य लिई प्रत्येकको एक पटक समुहिक वनभोजको आयोजना गरियो ।
यसरी पुन बार्षिक साधारण सभाबाट २०६६ सालमा कार्यकारीणी समिती गठन गरियो जस अनुसार ः
आठौैं कार्यकाल २०६६ सालमा भएका संक्षिप्त समाज सुधारका कार्यहरु
आठौं कार्यसमितिको नामावली
अध्यक्ष – श्री तेज ब. थापा
उपाध्यक्ष – श्री इश्वर मल्ल
उपाध्यक्ष – श्री सावित्रा शर्मा
सचिव – श्री शिशिरबम मल्ल
सह–सचिव – श्री टोमबहादुर थापा
कोषाध्यक्ष – श्री नम्रता थापा
सदस्यहरु श्री हेमन्त के.सी.
श्री रचना सापकोटा
श्री लक्षु राना
श्री भिम बहादुर गुरुङ्ग
श्री पदम बहादुर राना
श्री चन्द्रबहादुर बि.क.
श्री जिवनज्योति बि.क.
सल्लाहकारहरु 
               श्री दिपक राना
सु. तिलकबहादुर के.सी.
सु. टेकबहादुर के.सी.
श्री विष्णु मल्ल
श्रीमती धनी पुन
श्री प्रेम पुन

सामाजिक कार्यहरु 
यस समयमा यस संस्थाले आफ्नो उद्देश्य अनुरुप विभिन्न सामाजिक, साँस्कृतिक, खेलकुद, विकास निर्माण, युवा सशक्तिकरण जस्ता विविध कार्य संचालन गर्दै आइरहेको छ जस अनुसार मिति २०६६–११–११ गते समाजलाई प्रत्यक्ष असर पर्ने जाड रक्सीलाई नियन्त्रण गर्ने, उक्त नसा जन्य वस्तुहरु दिनमा बेचबिखन गर्न नपाउने, सेवन गरी हो–हल्ला गर्न नपाउने र बेलुकीमा ६ः३० देखी ८ः३० सम्म होटल व्यवसायीहरुले बेच्न पाउने नियम बनाउने कार्य भयो ।
दरमखोला माछा संरक्षण २०६४ मा भएको लाई निरन्तरता दिइयो । मिति २०६६–११–२९ गते यस संस्थाद्धारा पुन बाँस्खोलामा रहेको खेल मैदानलाई मर्मत संभार गर्ने निर्णय गरियो र मर्मत संभार गर्ने कार्य सम्पन्न गरियो साथै सदा जस्तै हुने चैते दसैं पुजालाई व्यवस्थित र अनुशासित र मर्यादित ढंगबाट संचालन गर्न पूजा समिती गठन गरि पूजा संचालन र रेखदेख गर्नको लागी क्लबले मूख्य भूमिका वहन ग¥यो । साथै सोही समयमा पूजाआजा गर्न आउने भक्तजनहरुका पंचल पुजा गर्ने व्यक्तिबाट स्वच्छिक आर्थिक रकम उठाई सोही रकमबाट मन्दिरमा रङ्गरोगन, मर्मत संभार कार्य समेत गरियो । दरमखोलामा २०६४ मा निर्णय भए अनुसार करेन्ट लगाउने, विष हाल्ने जस्ता अनैतिक काम गर्नेलाई दण्ड जरिवाना गर्ने निर्णयलाई निरन्तरता दिदै यहि समयमा दरमखोलाको झोलुङ्ग पुलको मूख स्थित  खोलामा जेनेरेटर लगाई माछा मारिरेहेको अवस्थामा श्री खड्ग कालिका युवा क्लबका युवाहरुले थाहा पाई जेनेरेटरहरु जफत गरियो, करेन्ट लगाउने व्यतिmलाई कारवाही गरियो र यसरी गरिएको कार्यमा भएको ५५ केजी. माछा लाई क्लबद्धारा नियन्त्रण गरियो । २०६७ कार्तिक २ गते खेल मैदान निर्माण कार्यको लागी भैलो कार्यक्रम संचालन  गरियो । उक्त कार्यक्रमा संचालनको लागी श्री छम (गोम) बहादुर रानाको संयोजकत्वमा सहनशिला पुन, नम्रता थापा सदस्य रहेको ३ सदस्य समिती गठन गरियो र  उक्त समितीले आवश्यक सामाग्री खरिद गर्ने तथा व्यवस्थापन गर्न कार्र्य ग¥यो । साथै तेजबहादुर थापा, दिपक राना, शिशिर बम मल्ल, राम प्रसाद गौतम, विष्णु मल्ल, हेमन्त खत्री लगाएतले कलाकारहरुलाई तालिम दिने तथा परिचालन गर्ने कार्य गरियो र  भैलि कार्यक्रम सम्पन्न भए पछि कलाकारहरुलाई निशुल्क र गाउँका अन्य व्यक्तिहरुलाई रु.१५०।– का दरले शुल्क लिने गरी सयुंक्त वनभोज कार्यक्रम सम्पन्न गरियो ।
भैली कार्यक्रम एवं वनभोज कार्यक्रमबाट संकलित रकम खेल मैदान निर्माणमा खर्च गरियो ।
२०६७–८–१ गते काँडेबासबाट बागलुङ र हटियाबाट बुटवल जादाँ बाँस्खोलाका युवाहरुलाई असुविधा परेको र जिपमा टिकट तथा सिट नपाउने अवस्था भैरहेकोे बाँस्खोलाका यात्रुहरुलाई केही सिट सुरक्षित राखी बस जिप संचालकहरुको लागी जिप व्यवसायी समिती, बस व्यवसायी समितीसँग सहकार्य र परामर्श भयो ।
  २०६७ पौष २४ गते मल्ल गाउँ विकास समिती परिषद्मा संस्कृतिक मञ्च निर्माणको लागी रकम माग गरियो । उक्त रकम माग गर्नको लागी अध्यक्ष तेजबहादुर थापा, उपाध्यक्ष ईश्वर मल्ल, सचिव शिशिर बम मल्ल, कोषाध्यक्ष नम्रता थापा र सल्लाहकार विष्णु मल्ललाई संयुक्त रुपमा पठाउने निर्णय गरियो ।
२०६७ माघ १५ गते नयाँ वर्ष २०६८ को लागी क्यालेण्डर प्रकाशन गर्ने निर्णय गरियो । सोही समयमा खेलकुद संयोजक र साँस्कृतिक संयोजक गठन गरियो । जसमा खेलकुद संयोजकमा श्री चिराग राना, सदस्य श्री विपिन राना, सदस्य श्री सुवास राना (सुवेदार टोल) साथै साँस्कृतिक समिती तर्फ संयोजक श्री छमबहादुर राना, सदस्य श्री नम्रता थापा, सदस्य श्री जिनिशा राना, सदस्य श्री रचना सापकोटा, सदस्य श्री अनिल राना, सदस्य श्री जिवनज्योति बि.क., सदस्य श्री सावित्रा शर्मा, सदस्य श्री इन्द्र बि.क. र सदस्य श्री कमला मल्ल लाई चयन गरियो ।
सोही समयमा ५ सदस्य क्यालेण्डर प्रकाशन समिती गठन गरियो जसमा संयोजक श्री शिशिरबम मल्ल, श्री चिराग राना, श्री विष्णु मल्ल, श्री दिपक राना र श्री इश्वर मल्ल छनोट गरियो । यस समितीले प्रकाशन गरेको २०६८ साको क्यालेण्डर विमोचन गरियो र संस्थाको तर्फबाट कोटमैदान व्यवस्थापन समितीले आयोजना गरेको भलिबल प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरियो । उक्त विमोचन कार्यक्रममा गा.वि.स. भरिका विभिन्न संघ सस्थाहरु विद्यालयहरुको रोहवरमा क्यालेण्डर (भित्तेपात्रो) विमोचन कार्य भव्य रुपले जलपानको व्यवस्था सहित सम्पन्न गरियो । २०६९ सालमा नै क्लबको बार्षिक साधारण सभा सम्पन्न भयो र उक्त साधारणसभाले सोही कार्य समितीलाई निर्विरोध पुन चयन गरियो ।
नवौं कार्यकाल २०६९ सालमा भएका संक्षिप्तमा समाज सुधारका कार्यहरु
नवौं कार्यसमितिको नामावली
अध्यक्ष – श्री तेजबहादुर थापा
उपाध्यक्ष – श्री इश्वर मल्ल
उपाध्यक्ष – श्री सावित्रा शर्मा
सचिव – श्री शिशिरबम मल्ल
सह–सचिव – श्री टोम ब. थापा
कोषाध्यक्ष – श्री नम्रता थापा
सदस्यहरु श्री हेमन्त के.सी.
श्री रचना सापकोटा
श्री लक्षु राना
श्री भिमबहादुर गुरुङ्ग
श्री पदमबहादुर राना
श्री चन्द्रबहादुर बि.क.
श्री जिवनज्योति बि.क.
सल्लाहकारहरु
          श्री दिपक राना
सु. तिलकबहादुर के.सी.
सु. टेकबहादुर के.सी.
श्री विष्णु मल्ल
श्री धनी पुन
श्री प्रेम पुन
ना.सु. ताजबहादुर मल्ल
प्र.अ. चक्रवर्ति शर्मा
श्री छमबहादुर राना
यसै सभामा बाँस्खोलाका विभिन्न संघ संस्थाहरु आमा समूह, विद्यालय, सामुदायिक वन तथा विभिन्न उपभोक्ता समितीहरुको माझ उलाहमय वातावरणमा आर्थिक विवरण प्रस्तुतिका साथै विधानमा केही कुरा अस्पस्ट भएकोमा उक्त विधान संशाोधन गर्नको लागी ५ सदस्य समिती गठन गरियो ।
संयोजक – श्री चक्रवर्ति शर्मा
सदस्य – श्री चिराग राना
सदस्य – श्री शिशिर बम मल्ल
सदस्य – श्री तेजबहादुर थापा
सदस्य – श्री विष्णु मल्ल

सामाजिक कार्यहरु 
उक्त समितीले विधान संसोधन गर्ने र जिल्ला प्रशासन कार्यालय, बागलुङमा नविकरण गर्ने निर्णय गरियो र कार्य सम्पन्न गरी नविकरणको लागी जिल्लामा हुने सल्लाहकार श्री दिपक रानालाई जिम्मा दिइयो । सोही समयमा क्लबको साधारण तथा आजिवन सदस्यता वितरण गरियो र विधान अनुसार आजीवन सदस्यताको राशी रु. १०००।– लिने निर्णय गरियो । उक्त समयमा क्लबको कार्यालय व्यवस्थित गर्ने र क्लबको प्रत्येक महिनाको अन्तिम शनिवार बैठक बस्ने निर्णय गरियो ।
२०६९ कार्तिक ३, ४, ५, ६ मा खुल्ला भलिबल तथा लोक नृत्य प्रतियोगिता सम्पन्न गरियो जसमा कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्नका लागि विभिन्न व्यक्तिहरुलाई कामको जिम्मेवारी दिइयो । व्याज, फ्रेम, ब्यानर टिसर्ट बनाउन समितीको रोहवरमा भिम के.सी.प्रमाण पत्र र प्रशंशा पत्र चिराग राना,निमन्त्रणा पत्र शिशिर बम मल्ल, ट्रफि, खादा दोसल्ला र मेडल दिपक राना, विज्ञापन हेमन्त के.सी., प्रमाण पत्र र प्रशंसा पत्र छपाई शिशिर बम मल्ल र चिराग राना, खेलाडी खाना बस्ने व्यवस्थापन लक्षु राना, दल ब. पुन र मोहन बलामी, रोष्टम बनाउने जिम्मा चक्रवर्ति शर्मा, साउण्ड सिस्टम र टेन्ट जिम्मा तेजबहादुर थापा, विष्णु मल्ल, रुमकान्त गौतम लाई दिइयो । उक्त कार्यक्रमको लागी विभिन्न उप समितीहरु गठन गरीयो ।
लेखा समितीः संयोजक शिशिर बम मल्ल, चक्रवर्ति शर्मा, तेजबहादुर थापा, इश्वर मल्ल, विष्णु मल्ल, तिलकबहादुर के.सी., टेकबहादुर के.सी., नम्रता थापा, छम ब. राना स्वयंसेवक समिती संयोजक कर्णबहादुर मल्ल, मिथुन खत्री, सागर मल्ल, सुन्दर थापा, अनिल राना, चन्द्रबहादुर राना, देव ब. मल्ल कार्यालय व्यवस्थापन समिती मोहन बलामी, इश्वर मल्ल, छमबहादुर राना, राजेन्द्र पौड्याल, लक्षु राना, नम्रता थापा, सावित्रा शर्मा, रुमकान्त गौतम सांस्कृतिक समिती संयोजक छमबहादुर राना, कमला मल्ल, नम्रता थापा, जिवन ज्योति बि.क., रुद्रबहादुर राना, रचना सापकोटा, सहनशिला पुन, जिनिसा राना, प्रेम गुरुङ्ग, खेलकुद व्यवस्थापन समिती संयोजक चिराग राना, विष्णु मल्ल, इश्वर मल्ल, छमबहादुर राना, प्रेम गुरुङ्ग, निश्चल राना, सुवास राना
सरसफाई उपसमिती मोहन बलामी, निश्चल राना, रुमकान्त गौतम, इश्वर मल्ल, राजेन्द्र पौड्याल संचालक समिती  दिपक राना, हेमन्त के.सी., रचना सापकोटा कार्यक्रम तयार समिती  चक्रवर्ति शर्मा, शिशिरबम मल्ल, हेमन्त के.सी., रचना सापकोटा, चिराग राना, कृष्ण प्रसाद गौतम, तेजबहादुर थापा, विष्णु मल्ल, छम बहादुर राना
वक्तृत्वकला समिती  राजेन्द्र पौड्याल, हुमलाल ढकाल, कृष्ण प्र. गौतम, इश्वर मल्ल चित्रकलाको लागि ः रामप्रसाद गौतम, विष्णु मल्ल, प्रेम मल्ल, सावित्रा शर्मा, इश्वर मल्ल प्रमूख अतिथि तथा अन्य अतिथिलाई माला निमार्ण  कमला मल्ल, चन्द्रा मल्ल, नम्रता थापा, सावित्रा शर्मा, रचना सापकोटा, जिवनज्योति बि.क.रस्साकस्सीः संयोजक तिलक के.सी., टेकहादुर के.सी., चिराग राना, विष्णु मल्ल, सरद मल्ल झाँकी र सोरठी संयोजक चन्द्रबहादुर बि.क., लालबहादुर. बि.क. झमबहादुर बि.क. दानबहादुर बि.क., ददिराम बि.क., धनबहादुर बि.क., भिमबहादुर बि.क., दान ब. बि.क., मिनबहादुर बि.क., जित बहादुर बि.क.
स्वागत गीत निर्माण र प्रर्दशन संयोजक चिराग राना, विज्ञान राना, प्रेम गुरुङ्ग, इनाम पुन, सावित्रा राना, प्रतिमा राना, दिपा मल्ल, पार्वती थापा, मोहन बलामी रहनुभएको थियो ।
स्वागत मनतव्य सावित्रा शर्मा
आर्थिक प्रतिवेदन नम्रता थापा
भलिबल टाइसेट चिराग राना, छमबहादुर राना, विष्णु मल्ल, तेजबहादुर थापा, शिशिर बम मल्ल, निश्चल राना, जिवन शाहनी
अतिथि स्वागत तथा व्यवस्थापन तेज ब. थापा, चक्रवर्ति शर्मा, नम्रता थापा, छमबहादुर राना, विष्णु मल्ल, तिलकबहादुर के.सी., टेकबहादुर के.सी., दिपक राना, हेमन्त के.सी. शिशिर बम मल्ल, कृष्ण प्रसाद गौतम, कर्णबहादुर मल्ल, बाबुराम मल्ल, सावित्रा शर्मा, रामप्रसाद गौतम, प्रेम मल्ल, सरद मल्ल, लक्षु राना, चन्द्रबहादुर बि.क., जिवन ज्योति बि.क., शहनशिला पुन, ताजबहादुर मल्ल, राम बहादुर मल्ल, घनश्याम गौतम, पुश्कर मल्ल, राजु मल्ल, सागर मल्ल, सुन्दर थापा, कमला मल्ल, रचना सापकोटा लगाएत क्रमस अन्य ।
सूचना तथा वैदेशीक संचार समिती संयोजक दिपक राना, हेमन्त के.सी., शिशिर बम मल्ल, तेजबहादुर थापा, विष्णु मल्ल, छम ब. राना, राम प्रसाद गौतम रहनुभएको थियो
कार्यक्रम भव्य र सभ्य रुपमा मनाउनको लागी सोही समयमा कार्यक्रम मूल समिती गठन गरियो ।
संयोजक  शिशिर बम मल्ल, तेज ब. थापा, दिपक राना, प्रेम ब. राना, विष्णु मल्ल, हेमन्त के.सी., ईश्वर मल्ल, राजेन्द्र पौड्याल, चिराग राना, लक्षु राना, टोप ब. थापा, राम प्रसाद गौतम, नम्रता थापा, सावित्रा शर्मा, जिवनज्याति बि.क., कृष्ण मल्ल, कमला मल्ल, रचना सापकोटा ।
क्लबको चिनारी नामक पुस्तिका निर्माण समिती ः संयोजक श्री चक्रवर्ति शर्मा, श्री उमानन्द सापकोटा, श्री शिशिर बम मल्ल, श्री राजेन्द्र पौड्याल, श्री इश्वर मल्ल सल्लाहार श्री दिपक राना,सु–तिलक केसी, श्री सई ओम बहादुर थापा,
कार्यक्रम उद्घाटन सत्रको प्रमूख अतिथि उद्योग विणिज्य संघ, बागलुङका अध्यक्ष श्री वसन्त कुमार श्रेष्ठज्यू र समापन दिनको प्रमूख अतिथि समाजसेवी एवं हाल बागलुङ क्षेत्र नं. १ का संविधान सदस्य माननिय सभासद श्री हरि बहादुर खड्काज्यू रहनुभएको थियो ।
भलिबल तर्फ सहभागि १८ टिम मध्ये फाइनलमा जुनतारा फेन्सी स्टोर्स, हटियाका टिम खेलाडिहरु प्रथम र खड्ग कालिका युवा क्लबका आयोजक टिमका खेलाडिहरु दोस्रो स्थान हासिल गर्न सफल भएका थिए भने लोक नृत्य तर्फ जनजागृती उच्च मा.वि काँडेवास प्रथम, आयोजक खड्ग कालिका युवा क्लब, दोस्रो स्थान हाँसील गर्न सफल भएका थिए । त्यस्तै सिंगापुरबाट थम्मन मल्ल प्रथम र द्वितियमा दिपक के.सी. हाल जापान (साहुटोल) लगायतले सहयोग प्रदान गर्नृु भएको थियो ।
अन्त्यमा यसरी सौहार्धपूर्ण बातावरणमा निकै हर्षोल्लासका साथ सभ्य र भव्य रुपमा क्लवको वार्षिक कार्यक्रम सम्पन्न गर्न सहयोग पु¥याउनु हुने देश बिदेशमा रहनु हुने सम्पूर्ण महानुभाव, अहोरात्र कटीवद्ध भई इमान्दारी पूर्वक स्वंमसेवी रुपमा काम गर्ने क्लवका सदस्यहरु, मल्म गाविस, छिमेकी गाविस, बाँस्खोलाबासी आमाबुवा दाजुभाई तथा दिदी बहिनीहरु बरिष्ठ समाजसेवी सई ओम बहादुर थापा,भैरव मा.विका अध्यक्ष श्री सु.तिलक केसी, प्राचार्य श्री चक्रवत्र्ती शर्मा एवम भैरव मावि परिवार, पाण्डुकेश्वरी सामुदायिक वनका अध्यक्ष श्री टोप बहादुर थापा एवम सम्पुर्ण सदस्यहरु,बाँस्खोला आमासमुहका अध्यक्ष एवम सदस्यहरु, दलित संजालका अध्यक्ष एवम सदस्यहरु, खड्ग कालिका पुजा समितिका अध्यक्ष एवम सदस्यहरु, बिभिन्न टोल सुधार समितिका अध्यक्ष एवम सदस्यहरु, सामाजिक संस्था श्री घुम्टे युवा क्लव,नवज्योति युवा क्लव, बिभिन्न राजनितिक दलहरुका अध्यक्ष एवम सदस्यहरु तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पुर्णमा आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा सहित श्री खड्ग कालिका यूवा क्लव परिवार हार्दिक कृतज्ञता प्रदान गर्न चाहान्छ ।
चक्रवर्ति शर्मा (प्र.अ भैरव मावि बास्खोला)
शिशिरबम मल्ल (सचिव)
           
                                              धन्यवाद,जय खड्ग कालिका 










Friday, January 16, 2015

WelCome

अहिलेको युग भनेको सुचना र प्रवृतिको युग हो हरेक मानिसहरु अहिले इमेल इन्टनेट संग धेरै नजिक छन विश्वमान चित्रमा अहिले संसार सुचना र प्रवृतिमा धेरै सानो हुदै छ विश्वको बारेमा जानकारी तुरुन्तै जुन सुकै ठाँऊबाट पनि लिन सकिन्छ यस्तो युगमा आईरहदा मैले सुचना र प्रवृतिको युग संगको सामिप्यतामा आफुलाई समावेश गराउन खोजेको छु । जिवनका काल खण्डमा भए गरेका एवम देखे भोगेका यर्थाथलाई संकलित गरि लिपिबद्ध गराउन मैले ब्यलक प्रयोग गरेको छु यहाँ संकलित लेख रचनाहरु समय सापेक्ष र समाजलाई परिर्वतन गर्ने खाल्का बनाउने मेरो पहिलो प्रयास रहने छ ।  
यस ब्यलकमा प्रकाशन गरिएका बिषय बस्तुहरुलाई जिवन्त दिन र हाम्रो समाजलाई विश्व सामु चिनाउन सक्षम हुनेछ साथै सबै जानकारीका लागि एवम् बितेका कुराहरुलाई ऐतिहासिक दस्तावेज सङ्ग्रहित भएर रहोस् भन्नाकाखातिर लेखहरु प्रकाशन गरीएको छ । इतिहासका महत्वपूर्ण क्षणहरूलाई विर्सने अर्थात तत्कालको यथार्थलाई इतिहासमा लिपिवद्ध नगराउँदा वर्तमानमा आएर पछुताउनु पर्ने र आत्मग्लानी हुने हुन्छ, यथार्थलाई मनन् गर्दै र भावि पुस्ताहरूलाई पनि केही जानकारी होस भन्ने उद्देश्यका साथ जिवनका भोगाईहरुलाई र हाम्रो समाजका गतिविधिहरूलाई संग्लन गरी आफुले जाने बुझे र देखे सम्मको गतिबिधीलाई सकरात्मक तवरणबाट प्रस्तुत गर्ने प्रयास गरेको छु यो ब्यलक नितान्त व्यक्तिगत भावानामा समावेश भएको हुदा धेरै बिषय बस्तु व्यक्तिगत हुन सक्छ यसो भन्दै गर्दा मैले अरुको भावानालाई पनि समावेश गर्ने प्रयास गर्ने छु, अन्तमा प्रकाशनका क्रममा भाषागत,विषयगत,शुद्धाशुद्धी लगायत केही अन्जानका त्रुटिहरु हुन सक्छन् । त्यस्ता कमिकमजोरीहरूलाई औल्याइ तथ्ययूक्त राय, सल्लाह र सुझावको आशा गर्दछु ।

धन्यवाद