महासचिवको प्रतिवेदन

            


                                                                                                                   महासचिव जेसी दिपक राना
  बागलुङ जेसीज वर्ष २०१४
शाखा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू संस्थापक अध्यक्षज्यू, निर्वमान अध्यक्ष सल्लाहकारज्यूहरु, पूर्व अध्यक्षज्यूहरु, कार्यसमितिका पदाधिकारीज्यूहरु, कार्यक्रम संयोजकज्यूहरु एवं जेसीज अभियानमा निरन्तर रुपमा सक्रिय जेसी मित्रहरु,पत्रकारज्यूहरु र उपस्थित सम्पूर्ण मान्यजनहरु प्रति सर्वप्रथम जेसीजमय अभिवादन टक्र्याउन चाहन्छु । मलाई बागलुङ जेसीज बर्ष २०१४ का लागि महासचिव पदको जिम्मेवारी ग्रहण गर्ने अवसर प्रदान गर्नु भएकोमा शाखा अध्यक्ष लगाएत सम्पूर्ण जेसीज मित्रहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु ।
                बागलुङ जेसीजले यस वर्ष शान्ति, समृद्धि, र लोकतान्त्रिक संविधानको लागि यूवा”   (Youth For Peace, prosperity & Democratic Constitution)  भन्ने प्रकरणका साथ कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न गर्दै आई रहेको अवगत गराउन चाहान्छु । उक्त कार्यक्रमहरु सम्पन्न गर्न सहयोग पु¥याउनु हुने बागलुङ जेसीजका धरोहर पूर्व अध्यक्ष, जेसीज मित्रहरु, बागलुङबासी लगायत प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण शुभ चिन्तकहरु प्रति हार्दिक आभार एवम धन्यवाद टक्र्रायाउन चाहन्छु ।
अब म यस बागलुङ जेसीजको ३७ औ बार्षिक साधारणसभा तथा अधिवेशनमा अध्यक्षज्यू मार्पmत बर्ष २०१४ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहान्छु । 

 January 
१. छलफल कार्यक्रम 
मिति २०७० माघ ०६ गते  माघ १६ गते शहिद दिवसको अवसरमा आयोजना गरिएको धौलागिरि अञ्चल तथा बागलुङ जिल्लालाई खुल्ला दिसा मुक्त घोषणालाई सफल पार्नका लागि जिल्ला बिकास समितिको कार्यालय बागलुङमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफल कार्यक्रममा बागलुङ जेसीज वर्ष २०१४ का निर्वाचित अध्यक्ष जेसी सुजन श्रेष्ठ र महासचिव जेसी दिपक रानाको उपस्थिति रहेको थियो । उतm कार्यक्रमबाट हस्ताक्षर संकलन कार्यक्रमको लागि बागलुङ जेसीजलाई संयोजकको रुपमा जिम्मेबारी प्राप्त भएको थियो । 

२. खुल्लादिसा मुतm कार्यक्रमा सहभागी
मिति २०७० माघ १६ गते  शहिद दिवश दिन  धौलागिरि अञ्चलका सम्पूर्ण जिल्ला र जिल्ला बिकास समिति कार्यालयको आयोजनामा धौलागिरि अञ्चल तथा बागलुङ जिल्ला खुल्ला दिसा मुतm कार्यक्रममा सहभागी भई हस्ताक्षर संकलन गरियोे । कार्यक्रममा प्रमुख अतिथिको रुपमा संङघीय मामिला तथा स्थानिय विकास मन्त्री माननीय विद्याधर मल्लिकको उपस्थिती रहेको थियो । माननीय मन्त्री मल्लीकलाई निर्वाचित अध्यक्ष जेसी सुजन श्रेष्ठ, र महासचिव जेसी दिपक रानाले हस्ताक्षर गराउनु भएको थियो । कार्यक्रममा ५ हजार भन्दा बढिको हस्ताक्षर संकलन गरिएको थियो । 

February
१. ३६ औं पदस्थापन तथा पुरस्कार बितरण समारोह
बागलुङ जेसीजको ३६ औ पदस्थापन तथा पुरस्कार बितरण समारोह मिति २०७० माघ  १८ गते शनिवारका दिन होटल पिस प्यालेसको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रममा संविधानसभाका माननीय सभासद हरिबहादुर खड्काले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बर्ष २०१३ का उत्कृष्ट जेसी सदस्यहरुलाई बिभिन्न पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा नेपाल जेसीजको ४० औ राष्ट्रिय महाधिवेसनबाट राष्ट्रिय कानुनी सल्लाहकारमा मनोनित हुनु भएका बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी सुदिप राजभण्डारीलाई खादा ओढाएर सम्मान गरिएको थियो । 
कार्यक्रममा पूर्णतारा उटस्टाण्डीङ उत्कृष्ट अवार्ड जेसी दिपक राना, उत्कृष्ट जेसीज २०१३ तथा सर्वाधिक संलग्नता जेसी डिलबहादुर थापा, उत्कृष्ट योजनाकार जेसी ऋषीराम गौतम, सर्वाधिक उपस्थिती जेसी सुसन परियार, उत्कृष्ठ नव प्रवेशी जेसी अमर थापालाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा बागलुङमा सम्पन्न ४० औ राष्ट्रिय महाधिवेसन तथा बागलुङ जेसीज बर्ष २०१३ लाई सफल बनाउन सहयोग गर्ने बिभिन्न संघ संस्था, संचारमाध्यम, जेसीजका पदाधिकारी, सदस्य लगाएतलाई मायाको चिनो प्रदान गरिएको थियो । घोषणसंगै २०१३ का शाखा अध्यक्ष जेसी दिवाकर शाक्यले अध्यक्ष पदको सपथ ग्रहण गराई बर्ष २०१४ का लागि निर्वाचित शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठलाई बर्ष २०१३ का अध्यक्ष शाक्यको गलाबाट माला निकाली पूर्व अध्यक्षहरुले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई माला पहिराउनुभएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष जेसी सुजन श्रेष्ठले अन्य पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । जेसी सुसन परियारले आस्था पाठ गर्नु भएको कार्यक्रममा उपस्थित प्रमुख अथिति तथा अन्य अतिथिहरुले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । अतिथिको रुपमा बागलुङ जेसीजका संस्थापक अध्यक्ष जेसीआइ सिनेटर श्याम श्रेष्ठ, म्याग्दी जेसीजका अध्यक्ष जेसी बविन बागदास, पर्वत जेसीजका अध्यक्ष जेसी मातृका लामिछाने नेपाल पत्रकार महासंघका उपाध्यक्ष मुकेश राजभण्डारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम बर्ष २०१३ का शाखा अध्यक्ष जेसी दिवाकर शाक्यको अध्यक्षता,निवर्तमान अध्यक्ष जेसी आशिक राजभण्डारीको स्वागत र सदस्य जेसी सुनिता शाक्यको संचालनमा सम्पन्न भएको थियो । पदस्थापन प्रश्चातको कार्यक्रम नव निर्वाचित शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता र महासचिव जेसी दिपक रानाको संचालनमा सम्पन्न भएको थियो ।

March 
२. स्वागत तथा भेटघाट कार्यक्रम
मिति २०७० फागुन २९ गतेका दिन बागलुङ जेसीजको आयोजनामा जेसीज सचिवालयमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न  भएको थियो । फागुन १७ गते सम्पन्न शाखा अधिवेशनबाट निर्वाचित पदाधिकारी,सदस्य तथा केन्द्रिय सभासदहरुलाई शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठले खादा र अविर लगाएर स्वागत गर्नु भएको थियो । सो अवसरमा महासंघका शाखा अध्यक्ष मुकेश राजभण्डारी, संस्थापक अध्यक्ष जेसीआइ सिनेटर श्याम श्रेष्ठ र पुर्व अध्यक्ष जेसी निलेश राजभण्डारीज्यू लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा उपाध्यक्ष जेसी सुसन परियारले आश्था पाठ गर्नु भएको थियो भने नव निवार्चित पदाधिकारीहरुलाई शाखा अध्यक्ष ज्यूवाट मायाको चिनो प्रदान गरिएकोे थियो । कार्यक्रम शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष जेसी दिवाकर शाक्यको स्वागत र महासचिव जेसी दिपक रानाको संचालनमा सम्पन्न भएको थियो ।

३.होली मिलन कार्यक्रम २०७०
मिति २०७० चैत्र ०२ गतेका दिन बागलुङ जेसीजको आयोजनामा जेसीज सचिवालयमा होली मिलन कार्यक्रम सम्पन्न भयो । उतm कार्यक्रममा उपस्थित संम्पूर्ण जेसीजहरुलाई संस्थापक अध्यक्ष जेसीआई सिनेटर श्याम श्रेष्ठ ज्यूले रङ लगाई कार्यक्रमको शुभारम्भ गर्नु भयो । सो अवसरमा बागलुङ जेसीजका संस्यापक अध्यक्ष जेसीआइ सिनेटर श्याम श्रेष्ठ ज्यूले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम उपाध्यक्ष आनन्द रेग्मीले आश्था पाठ गर्नु भएको थियो । कार्यक्रमम शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, निर्वतमान अध्यक्ष जेसी  दिवाकर शाक्यको स्वागत र उपाध्यक्ष जेसी सुसन परियारको संचालनमा सम्पन्न भएको थियो ।

४.शोक सभा सम्पन्न
मिति २०७० चैत्र ०९ गते बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी सहदेव राजभण्डारी ज्यूको ममतामय आमा बागलुङ जेसीजको विशिष्ट सदस्य जेसी विद्यालक्ष्मी राजभण्डारीज्यूको ८४ वर्षको उमेरमा असायिक निधन भएको हुदा उहाको आत्मको चिर शान्तिको कामना सहित दासंस्कार गरियो ।

April
5 बागलुङ महोत्सव २०७० मा सहयोग कार्यक्रम
मिति २०७० चैत्र २६ गतेका दिन बागलुङ जेसीजले बागलुङ महोत्सव २०७० सफल बनाउनको लागि नौ दिन सम्म टिकट विक्री गरिदिएर सहयोग पुराएको थियो ।


६.नयाँ बर्ष २०७१ को शुभकामना आदानप्रदान कार्यक्रम
मिति २०७१ बैशाख १ गतेका दिन वागलुङ जेसीजको सभा हलमा बागलुुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको  अध्यक्षतामा नयाँ वर्ष २०७१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बागलुुङ जेसीजका संस्थापक अध्यक्ष, जेसाईशिनेटर श्याम श्रेष्ठ बागलुङ जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीज वर्ष द्दण्ज्ञद्ध का कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारी, पुर्व अध्यक्षहरु, कार्यसमितिका सदस्यहरु तथा अन्य जेसीज सदस्यहरुका बीच शुभ–कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको संचालन बागलुुङ जेसीजका महासचिव जेसी दिपक रानाले गर्नु भएको थियो ।

७. निशुल्क २०७१ को क्यालेन्डर वितरण कार्यक्रम
मिति २०७१ बैशाख १ गतेका दिन बागलुुङ जेसीजद्धारा प्रकाशित नयाँ वर्ष २०७१ सालको क्यालेन्डर बागलुुङ बजारका विभिन्न संघ सस्थाहरु, व्यापारी प्रतिस्थानहरु, सरकारी कार्यालयहरु तथा अन्य सर्वसाधारण व्यक्तिहरुलाई निशल्क वितरण गर्ने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको संयोजन बागलुुङ जेसीजका महासचिव जेसी दिपक रानाले गर्नु भएको थियो ।

८.17th councilor Academy मा सहभागिता
मिति २०७१ बैशाख ५ र ६ गतेका दिन नेपाल जेसीजको 17th councilor Academy  सिद्धार्थ नगर जेसीजको आतिथ्यतामा भैरहवामा सम्पन्न भयो । कार्यक्रममा  बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, पूर्व अध्यक्ष एवम नेपाल जेसीज वर्ष द्दण्ज्ञद्ध का कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारी र महासचिव जेसी दिपक रानाको सहभागिता रहेको थियो ।

९. अर्बुद रोग निवारण कार्यक्रम
मिति २०७१ बैशाख ९ गतेका दिन बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा नेपाल अर्बुद रोग निवारण संस्था शाखा कार्यलय बागलुङको आयोजना र बागलुङ जेसीजको समन्वयमा अर्बुद रोग निवारण सम्वन्धी कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भरतपुर क्यान्सर हस्पिटल र वि.पी मेमोरियल हस्पिटलका संस्थापक समाजसेवी एवम लेखक कर्ण शाक्य र नेपाल अर्बुद रोग निवारण संस्थाका निर्वतमान अध्यक्ष दिवाकर राजकणिकारले आआपmनो धारणा राख्नु भएको थियो । कार्यक्रमा बागलुङ जेसीज वर्ष २०१४ का अध्यक्ष, पूर्वअध्यक्षज्यू, कार्यसमितिका सदस्यहरु, एवम अन्य सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता बागलुङ जेसीजका पूर्व अध्यक्ष एवम नेपाल अर्बुद रोग निवारण संस्थाका शाखा कार्यलय बागलुङका अध्यक्ष निरन्जनलाल राजभण्डारी र संचालन बागलुङ जेसीजका महासचिव जेसी दिपक रानाले गर्नु भएको थियो ।


May 
१०. लागुपदार्थ दुव्र्यशनी विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
मिति २०७१ बैशाख १९ गते  शुक्रबारका दिन  चिल्डेन लाईफ बोडिङ स्कुल बा.न.पा १ रामरेखामा बागलुङ जेसीजको आयोजनामा आगुपदार्थ दुव्र्यशनी विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भयो, उतm कार्यक्रममा प्रमुख अथितिको रुपमा चिल्डेन लाईफ बोडिङ स्कुलका प्रिन्सीपल नबराज श्रेष्ठ र अतिथिका रुपमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवम बागलुङ जेसीजका विशिष्ट सदस्य जेसी राजेन्द्र आचार्य रहनु भएको थियो । कक्षा ८,९ र १० का गरि ७८ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा नयाँ जिवन पूर्नस्थापना केन्द्रका सुवास खड्का र बिवेक जि. सी ले डकुमेन्ट्री सहित सहजीकरण गर्नुभएको थियो । जेसी संजिता शाक्यले आस्था पाठ गर्नुभएको कार्यक्रममा का.का उपाध्यक्ष जेसी सुरेन्द्र शाक्यको अध्यक्षता, महासचिव जेसी दिपक रानाको स्वागत मन्तव्य र कार्यक्रम संयोजक तथा सहसचिब जेसी सुनिता शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

११. चित्रकला प्रतियोगिता सम्पन्न 
मिति २०७१ बैशाख १९ गते  शुक्रबारका दिन चिल्डेन लाईफ बोडिङ स्कुल बा.न.पा १ रामरेखामा बागलुङ जेसीजको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भयो । वातावरण र सरसफाई शिर्षक रहेको उतm प्रतियोगितामा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ७ का योजना थापा, प्रथम, कक्षा ६ बी का विकाश थापा द्धितिय, र कक्षा ७ का मिलन खत्री तृतिय भएका थिए ।

१२. निरुपीत क्षेत्र ख का राष्ट्रिय पदाधिकारी संग भेटघाट तथा स्वागत कार्यक्रम
मिति २०७१ बैशाख २१ गते  आईतबारका दिन बागलुङ जेसीजको सचिवालयमा निरुपित क्षेत्र ख का राष्ट्रिय पदाधिकारीसंग भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा नेपाल जेसीज अन्तरगतको क्षेत्र ख भ्रमणको सिलशिलामा बागलुङ आउनु भएका नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बिष्णु बराल, उपाध्यक्ष जिवन पराजुली र प्रकाश अधिकारीलाई खादा ओढाएर सम्मान गरिएको थियो । सहसचिव जेसी सुनिता शाक्यले आश्था पाठ गर्नु भएको कार्यक्रममा बागलुङ जेसीजका शाखा अध्यक्ष सुजन श्रेष्ठको अध्यक्षता, निवर्तमान अध्यक्ष दिवाकर शाक्यको स्वागत र महासचिव दिपक रानाको संचालनमा सम्पन्न भएको थियो ।

June
१३. निशुल्क, विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न 
सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै निकै असहज बाताबरणलाई सहजतामा परिणत गर्दै बागलुङ जेसीजले मिति २०७१ जेठ २४ गते शनिवार बागलुङ जिल्लाको भकुण्डे गाविसमा बागलुङ जेसीजको आयोजना, र गण्डकी मेडिकल कलेज पोखराको प्राविधीक सहयोग तथा जेसीज गाऊ समन्वय समिति भकुण्डेको संयोजनमा आयोजित १ दिने निशुल्क, विशेषज्ञ स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भयो । उक्त कार्यक्रमा गण्डकी मेडिकल कलेज पोखराका डा. रबिन्द्र प्रसाद श्रेष्ठ लगायत, सम्पूर्ण डाक्टर एवम प्रबिधकहरुलाई खादा ओडाएर होम स्टेका सभापति खिम बहादुर थापा र बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठले स्वागत गर्नु भएको थियो । उतm कार्यक्रमको बारेमा डा. रविन्द्र श्रेष्ठले प्रकाश पार्नु भएको थियो । जेसी सुनिता शाक्यले आस्था पाठ गर्नुभएको कार्यक्रममा शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, जेसीज गाउ समन्वय समिति भकुण्डेका संयोजक जेसी अमर थापाको स्वागत र कार्यक्रम संयोजक उपाध्याक्ष जेसी सुसन परियारको संचालनमा सम्पन्न भएको थियो । 

July
१४.चित्रकला प्रतियोगिता सम्पन्न
मिति २०७१ साल असार २९ गते  अर्थात भानु जयन्तीको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न भयो उक्त प्रतियोगितामा मुकुन्द शाक्यले भानुभक्त आचार्यको उत्कृष्ट तस्वीर वनाई उत्कृष्ट स्थान हासिल गर्नु भएको थियो ।

August
१५.जेसीज सप्ताह २०१४
जेसीज सदस्यहरुमा रहेको अन्तर्निहित प्रतिभा र क्षमताको प्रस्फुटन गराउनुका साथै व्यक्तित्व र नेतृत्व विकास गराउन तथा सक्षम युवा निर्माण गर्न विभिन्न समयहरुमा विभिन्न किसीमका कार्यक्रमहरु संचालन तथा आयोजना गर्दै आइरहेको बागलु¨ जेसीजले विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपमा हरेक वर्ष जेसीज सप्ताह आपm्नो पर्वको रुपमा मनाउने गर्दछ । यस वर्ष पनि विभिन्न कार्यक्रमहरुका साथ जेसीज सप्ताह २०१४ मिति २०७१ श्रावण १८ गते देखी २४ गते सम्म ( ३–९ अगस्ट २०१४) का.का. उपाध्यक्ष जेसी सुरेन्द्र शाक्यको मुल संयोजकत्वमा सम्पन्न गरिएको थियो । जेसीज सप्ताह २०१४ अन्र्तगत आयोजित कार्यक्रमहरुको विवरण निम्न प्रकार रहेको जानकारी गराउर्दछु ।

१६. उद्घाटन तथा सम्मान समारोहः 
जेसीज सप्ताह अन्तरगतको पहिलो दिन साउन १८ गते आईतवार (तद्अनुसार घ ब्गन द्दण्ज्ञद्ध ) का दिन उद्घाटन तथा सम्मान समारोह सम्पन्न भयो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी बागलुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत जगन्नाथ लामिछाने ज्यूले गर्नुभएको थियो । कार्यक्रममा कार्यकारी अधिकृत जगन्नाथ लामिछाने समाज सेवी देवबहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका महासचिव जयराम भारी, सम्मानित व्यत्तित्वको तर्फबाट गंगाबहादुर थापा, संस्थापक अध्यक्ष जेसीआई सिनेटर श्याम श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा कृषि क्षेत्रमा अनुकरणिय योगदान दिनुभएका गंगाबहादुर थापा र पृथक यूवा व्यवसायीमा राजन पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो । त्यसै गरी शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ ज्यूले प्रमुख अतिथी लगायत विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो । जेसीज सप्ताह २०१४ का मूल संयोजक जेसी सुरेन्द्र शाक्यले सप्ताहव्यापी कार्यक्रम माथि प्रकास पार्नु भएको कार्यक्रममा यस वर्ष नेपाल जेसीजले आप्नो स्थापनाकालको ५० औं स्वर्ण जयन्ती मनाउने क्रममा बागलुङ जेसीजले पनि सप्ताहको अवसरमा केक काटेको थियो । कार्यक्रम बागलङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, बागलुङ जेसीजका सदस्य जेसी संजिता शाक्यको आस्था पाठ, बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी पुनम शर्माले स्वागत र सचिव जेसी सुनिता शाक्यको संचालनमा सम्पन्न भएको थियो 


१७. वोर्ड व्यवस्थापन कार्यक्रमः
जेसीज सप्ताह २०७१ अन्तरगत सप्ताहको दोस्रो दिन साउन १९ गते सोमवार (तद्अनुसार द्ध ब्गन द्दण्ज्ञद्ध) का दिन पर्वत र बागलुङको सिमाना मालढुङ्गामा बागलुङ जेसीजको स्वागत वोर्ड व्यवस्थापन गर्नेे कार्यक्रम सम्पन्न भयो । बागलुङ जिल्लामा भित्रने आगन्तुक पाहुनाहरुलाई स्वागत गर्नका लागि वोर्ड व्यवस्थापन गरिएको थियो । बोर्ड व्यवस्थापनको कार्यक्रममा बागलुङ जेसीजको संस्थापक अध्यक्ष जेसीआई सिनेटर श्याम श्रेष्ठले बोर्ड अनावरण गर्दै जेसीज र बोर्ड व्यवस्थानको महत्वको बारेमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जेसीज सप्ताह २०१४ का मूल संयोजक जेसी सुरेन्द्र शाक्यले स्वागत सहित सप्ताहव्यापी कार्यक्रम माथि प्रकास पार्नु भएको थियो । कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, महासचिव जेसी दिपक रानाको आश्था पाठ र कार्यक्रम संयोजक एव वोर्ड सौजन्यकर्ता मनोजकुमार बिकको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारी, पूर्व अध्यक्ष जेसी मनमोहन श्रेष्ठ लगायतका जेसी सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
१८. स्वास्थ्य बच्चा प्रतियोगिता 
जेसीज सप्ताह २०७१ अन्तरगत सप्ताहको दोस्रो दिन साउन १९ गते सोमवार (तद्अनुसार द्ध ब्गन द्दण्ज्ञद्ध) का दिन धौलागिरि अञ्चल अस्पताल बागलुङमा स्वास्थ्य बच्चा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथी धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेलज्यूले पानसमा द्धिपप्रज्वलन गरी विधिवत उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेल, बाग्लुङ जेसीजका पुर्व अध्यक्ष एवम बाग्लुङ उधोग बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका सदस्य राम थापा अविरल, बागलुङ उद्योग बाणिज्य संघका महासचिव जयराम भारी, र सदस्य बिदेश कुमार श्रेष्ठ, पार्वती अधिकारी लगाएतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी डाक्टर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रतियोगितामा निर्णायकमा जिल्ला जनस्वास्थ अधिकृत जिवन शाक्य, डा. तृष्णा श्रेष्ठ र सविना लामिछाने रहनु भएको थियो । बागलुङ जेसीजका प्रशिक्षण कार्यक्रम संयोजक जेसी अम्बिका बस्नेतले आस्था पाठ गर्नुभएको प्रतियोगितामा सम्रित जिसी प्रथम, प्रशंसा राई द्धितीय, सबल पुन तृतीय र दिपेश श्रीस सान्त्वना हुनु भएको थियो । प्रतियोगितामा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । कार्यक्रम जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठज्यूको अध्यक्षता, बागलुङ जेसीजका का.का. उपाध्यक्ष एवम मुल संयोजक जेसी सुरेन्द्र शाक्यले स्वागत तथा कार्यक्रममाथि प्रकाश र कार्यक्रम संयोजक जेसी राधा मल्लको संचालनमा सम्पन्न भएको थियो ।

१९. मैत्रीपूर्ण फुटवलः
जेसीज सप्ताह २०१४ अन्तरगत सप्ताहको तेस्रो दिन साउन २० गते मंगलवारका दिन सुर्यदल गण, उपल्लाचौर बागलङमा बागलुङ जेसीज र बागलुङ उद्योग बाणिज्य संघ बीच मैत्री पूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको निमित्त बाहिनीपति महासेनानी कृष्ण भट्टज्यूले फुटबललाई खुट्टाले मैदानतर्फ हानेर विधिवत रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बाग्लुङ जेसीजका पुर्व अध्यक्ष एवम बाग्लुङ उधोग बाणिज्य संघका अध्यक्ष बसन्तकुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष ताराप्रसाद शर्मा, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ बासु लगाएतको उपस्तिथी रहेको कार्यक्रममा प्रमुख अथितीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा बागलुङ जेसीजले ६–५ गोल अन्तरले बिजयी हासिल गर्न सफल भएको थियो । खेलमा बाग्लुङ जेसीजका पुर्व अध्यक्ष जेसी आशिक राजभण्डारीले–३, जेसी भुपिन विष्ट–२ र सन्दिप खड्काले १ गोल गर्नसफल हुनुभएको थियो भने बा.उ.बा.सं को तर्फबाट संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले २, अमन शाक्यले–२, उमेश केसीले–१ गोल गर्नुभएको थियो । बागलुङ जेसीजका सदस्य जेसी राधा मल्लले आस्था पाठ गर्नुभएको प्रतियोगितामा रेफ्रिको भुमिकामा सुर्यदल गणका रेफ्रि तेज बहादुर बोगटी, लाईन्समेन प्रकाश चन्द र तुलसी महत्तरा रहनु भएको थियो । कार्यक्रम जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ ज्यूको अध्यक्षता, का.का. उपाध्यक्ष एवम मुल संयोजक जेसी सुरेन्द्र शाक्यको स्वागत तथा कार्यक्रम माथि प्रकाश र कार्यक्रम संयोजक जेसी नगेन्द्र बोहराको संचालनमा सम्पन्न भएको थियो ।

२०. प्रशिक्षण कार्यक्रम 
जेसीज सप्ताह २०१४ को चौथो दिन साउन २१ गते बुधवार (तद्अनुसार ट ब्गन द्दण्ज्ञद्ध) का दिन होटल पिस प्यालेस, बागलुङको सभाहलमा १ दिने लिडरशीप डेभलपमेन्ट तालिम सम्पन्न भएको थियो । तालिमको प्रमुख अतिथि बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी बसन्तकुमार श्रेष्ठले पानसमा द्धिपप्रज्वलन गरि विधिवत रुपमा उद्घाटन गर्नुभएकोे थियो । ३१ जनाको सहभागिता रहेको तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश दाहाल र  पोखरा जेसीजका पूर्व अध्यक्ष जेसी रविन्द्र गुरुङले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा जेसीका पदाधिकारी लगायत विधिन्न संघ सस्थाका प्रतिनिधीको पनि सहभागिता रहेको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष एवं बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी बसन्तकुमार श्रेष्ठ, प्रशिक्षार्थीको तर्फबाट रत्ना भण्डारी र गणेश थापा मगरले मन्तव्य व्यक्त गर्नुभएको थियो । बागलुङ जेसीजका सह सचिव जेसी सुनिता शाक्यले आस्थापाठ गर्नुभएको तालिममा सहभागीलाई प्रमुख प्रशिक्षकले प्रमाण–पत्र वितरण गर्नुभएको थियो । कार्यक्रम बागलुङ जेसीज वर्ष २०१४ का शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता जेसीज सप्ताह २०१४ का मूल संयोजक जेसी सुरेन्द्र शाक्यले स्वागत तथा कार्यक्रम माथि प्रकास र कार्यक्रम संयोजक जेसी अम्विका बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।

२१. सोलो वाइक रेस प्रतियोगिता 
जेसीज सप्ताहको पांचौ दिन साउन २२ गते विहिवारका दिन लोकतान्त्रिक चोक बागलुङमा सोलो वाइक रेस प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन बागलुङ जेसीजका पूर्व अध्यक्ष एवम संस्थापक महासचिब कृष्णशंकर श्रेष्ठ ज्यूले मोटरसाईकल चलाई विधिवत रुपमा गर्नुभएको थियोे । बागलुङ जेसीजका पुर्व अध्यक्ष लगाएत अन्य जेसी मित्रहरुको सक्रिय सहभागिता तथा उपस्थिती रहेको कार्यक्रमा प्रमुख अतिथिज्यूले  मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठले प्रमुख अतिथी लगायत विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो । कुल ५२ जना सहभागिता रहेको प्रतियोगितामा असिम खड्काले उत्कृष्ट स्थान हासिल गर्न सफल हुनु भएको थियो । उतm कार्यक्रमको सौजन्य बागलुङ जिल्ला पैयुपाटा गाविस–२ निवासी स्व.ई. अमृत रेग्मी स्मृति सेवाकोषबाट प्राप्त भएको थियो। कार्यक्रममा जेसी अम्बिका बस्नेतले आस्था पाठ गर्नुभएको थियो । कार्यक्रम जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ ज्यूको अध्यक्षता  का.का. उपाध्यक्ष एबम मुल संयोजक जेसी सुरेन्द्र शाक्यले स्वागत तथा कार्यक्रममाथि प्रकाश र महासचिव दिपक रानाको संचालनमा सम्पन्न भएको थियो ।

२२. गजल प्रतियोगिता 
जेसीज सप्ताह अन्तरगत बागलुङ पाँचौ दिन साउन २२ गते विहिवारका दिन जेसीजको सचिवालयमा  गजल प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन नेपाल प्रज्ञा प्रतिप्ठानका सदस्य प्राज्ञ प्रेम छोटाले गर्नु भएको थियो । प्रतियोगितामा यामबहादुर रोका उत्कृष्ट र गणेश गौतम बिकल्प सान्त्वना हुनु भएको थियो । प्रतियोगिताको निर्णायकमा दिल शिरीष, राम थापा अविरल र ताराप्रसाद शर्मा रहनुभएको थियो । नेपाल पत्रकार महासंघ बागलुङका सदस्य बिजय राना, बागलुङ जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी सदस्य लगाएतको उपस्थितीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ प्रेम छोटा र निर्णायकको तर्फवाट जेसीजका शाखा सम्पादक जेसी ताराप्रसाद शर्माले मंतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित स्रष्टाहरुले अप्रतियोगि लेख रचना बाचन गरेको कार्यक्रममा जेसी राधा मल्लले आश्था पाठ गर्नुभएको थियो । कार्यक्रम शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, कार्यकारिणी उपाध्यक्ष एव मूल संयोजक सुरेन्द्र शाक्यले कार्यक्रम माथि प्रकाश सहित स्वागत र प्रतियोगिताको संयोजक सुसन परियार बिर्सजनको संचालनमा सम्पन्न भएको थियो ।

२३.प्रगति स्मृति अंचल स्तरिय अन्तर उ.मा.वि वक्तृत्वकला प्रतियोगिता
जेसीज सप्ताहको छैठँ दिन साउन २३ गते शुक्रवारका दिन नेपाल जेसीजको राष्ट्रिय प्रकरण उत्कृष्टताका लागि नेतृत्व भन्ने प्रकरणमा प्रगति स्मृति अन्तर उ.मा.वि स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थी भाई बहिनीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गरि उनीहरुको बौद्धिक विकास स्तर केही हदसम्म भएपनि उजागार गरिने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताको धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख आनन्दराज शिलवालले पानसमा दिपप्रज्वलन गरी विधिवत रुपमा उद्घाटन सहित मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रगति कुमार श्रेष्ठ स्मृति कोषका अध्यक्ष तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी सहदेव राजभण्डारी, प्रगति कुमार श्रेष्ठ स्मृति कोषका प्रधान संरक्षक तथा स्व प्रगति कुमार श्रेष्ठका पिता डा. कृष्णबहादुर श्रेष्ठ, बागलुङ जेसीजका संस्थापक अध्यक्ष सिनेटर श्याम श्रेष्ठ, पर्वत जेसीजका उपाध्यक्ष जेसी अन्तिम गुरुङले बोल्नुभएको थियो । बागलुङ जेसीजका उपाध्यक्ष जेसी सुसन परियारले आस्थापाठ गर्नु भएको कार्यक्रममा जेसीज सप्ताह २०१४ का मूल संयोजक जेसी सुरेन्द्र शाक्यले कार्यक्रम माथि प्रकास पार्नु भएको थियो । म्याग्दी, पर्वत र बागलुङ जिल्लाका विभिन्न क्याम्पस तथा उच्च मा.वि बाट गरि ११ जना छात्र–छाञाहरुको सहभागिता रहेको प्रतियोगितामा नमुना आदर्श उच्च मा.वि कुश्मा पर्वतका छात्रा रेणुका आचार्य प्रथम, विद्यामन्दिर उ.मा.विका छात्रा कल्पना रेग्मी द्धितिय र कालिगण्डकी उ.मा.विका मनिषा गौतमले तृतिय स्थान हासिल गर्नुभएको थियो । कार्यक्रम बागलुङ जेसीज वर्ष २०१४ का शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता,  महासचिव दिपक रानाको स्वागत र कार्यक्रम संयोजक पुनमप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । 

२४.पुस्कार वितरण तथा समापन कार्यक्रम
मिति २०७१ साउन २४ गते शनिवारका दिन जेसीज सप्ताह अन्र्तगतको सातौ दिन पुस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको थियोे । उक्त कार्यक्रममा बागलुङ जेसीजको तर्फ देखि जेसी राधा मल्ल र जेसी अम्विका बस्नेतले खादा र व्याज लगाई प्रमुख अतिथि नेपाल जेसीजका का.का उपाध्यक्ष जेसी अर्जुन प्रसाद चापागाई लगायत उपस्थित अतिथिहरुलाई स्वागत गर्नृु भएको थियो । उक्त कार्यक्रमको पानसमा दिप प्रज्वलन गरि नेपाल जेसीजका का.का उपाध्यक्ष जेसी अर्जुनप्रसाद चापागाईले उट्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जेसी अर्जुनप्रसाद चापागाइ, पर्वत जेसीजका निर्वतमान अध्यक्ष जेसी वद्रीनारायण पौडेल, म्यादी जेसीजका निर्वतमान अध्यक्ष जेसी विनय श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव दिल श्रीसले शुभकामना मन्तव्य राख्नु भएको थियो । मुल संयोजक जेसी सुरेन्द्र शाक्यले जेसीज सप्ताह २०१४ वारेमा प्रकाश पार्नु भएको थियो । सप्ताह भरि सम्पन्न भएका सम्पूर्ण प्रतियोगिताका विजयीहरु तथा कार्यक्रमहरुका संयोजक, सहयोगी,निर्णयक,तथा प्रमुख अतिथि,अतिथिहरुलाई अध्यक्ष तथा प्रमुख अतिथीवाट पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । उतm कार्यक्रमको अध्यक्षता बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, स्वागत मन्तव्य का.का.उपाध्यक्ष जेसी पुनम शर्मा, आस्था पाठ उपाध्यक्ष्ँ जेसी सुसन परियार र कार्यक्रम संचालन महासचिव तथा कार्यक्रम संयोजक जेसी दिपक रानाले गर्नु भएको थियो ।

२५.जेसीज सप्ताह समिक्षा बैठक (जेसीज संगम) 
मिति २०७१ साउन २४ गते शनिवारका दिन जेसीज सप्ताहको सातौ दिन बागलुङ जेसीज बर्ष २०१४ का अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षतामा जेसीज समिक्षा वैठक (जेसीज संगम) होटल पिस प्यालेसको सभाहलमा सम्पन्न भएको थियो । सप्ताह अन्र्तगतको सम्पूर्ण कार्यक्रमको समिक्षा तथा सम्पुर्ण संयोजकहरुले आ–आफ्नो कार्यक्रम प्रतिको धारणा प्रस्तुत गर्नु भएको थियो । उतm कार्यक्रममा बागलुङ जेसीजका पूर्व अध्यक्ष ज्यूहरु तथा जेसीज मित्रहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो कार्यक्रमको संयोजक जेसी सुनिल श्रेष्ठ रहनु भएको थियो ।

September  
२६.जेसीज स्थापना दिवस
मिति २०७१ भाद्र २९ गतेका दिन बागलुङ जेसीजको सचिवालयमा जेसीज स्थापना दिवस सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि बागलुङ जेसीजका संस्थापक सदस्य एवम पूर्व अध्यक्ष जेसी सहन शीला श्रेष्ठले कार्यक्रममा केक काटेर समपूर्ण जेसी मित्रहरुलाई शुभकामना व्यतm गर्नु भएको थियो । सो अवसरमा पूर्व अध्यक्षहरुको तर्फ देखी जेसी सुरेश प्रसाद श्रेष्ठले शुभकामना व्यतm गर्नु भएको थियो उतm कार्यक्रममा बागलुङ जेसीजका पुर्व अध्यक्ष एवम नेपाल जेसीजका कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारी ज्यूलगायत पूर्व अध्यक्ष एवम जेसी मित्रहरको सहभागिता रहेको थियो । कार्यक्रममा बागलङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षता, सामुहिक आस्था पाठ, बागलुङ जेसीजका शाखा संम्पादक जेसी तारा प्रसादशर्माले स्वागत र महासचिव जेसी दिपक रानाको संचालनमा सम्पन्न भएको थियो ।

October 
२७.नेपाल सम्वतका अवसरमा मोटरसाईकल ¥याली
मिति २०७१ कार्तिक ६ गतेका दिन नेपाल सम्वत ११३५ नया बर्षको उपलक्ष्यमा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठज्यूको अध्यक्षतामा लोकतान्त्रिक चोकमा मोटरसाइकल ¥यालीको उदधाटन कार्यक्रमको शुभराम्भ गरियो ।

November
२८. दिप प्रवज्वलन
मिति २०७१ कार्तिक २५ गते नेपाल जेसीजको ५०औं बर्ष पुरा गरेकोे उपलक्ष्यमा जेसीज सचिवालयमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको थियो ।

December
२९.भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न 
मिति २०७१ मंसिर २६ गते  शुक्रबारको दिन बागलुङ जेसीजको सचिवालयमा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा तरहरा जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीज बर्ष २०१५ का उमेदवार सिनेटर रामकुमार गिरीको प्रमुख उपस्थिति त्यसै गरी तरहरा जेसीजका पूर्व अध्यक्षहरु बागलुङ जेसीजका पूर्व अध्यक्षहरु एवम नेपाल जेसीजका कानुनी सल्लाहार जेसी सुदिप राजभण्डारी ज्यू लगायत बागलुङ जेसीजका पूर्व अध्यक्षहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा बागलुङ जेसीका पुर्व अध्यक्ष एवम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जेसी बसन्त कुमार श्रेष्ठ र सिनेटर रामकुमार गिरीज्यूले मन्तव्य राख्नु भएको थियो ।
सामुहिक रुपमा आश्थापाठ गरिएको कार्यक्रममा स्वागत मन्तव्य बागलुङ जेसीका बर्ष २०१४ का कानुनी सल्लाहकार जेसी ऋषि गौतम, संचालन महासचिव जेसी दिपक राना र शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीता तथा संलग्नता
क. मिति २०७० माघ ५ गते  
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना र बागलुङ जेसीजको सहभागीतमा म्यागासेसे पुरस्कार बिजेता महाबिर पुनसंग बागलुङ जिल्लामा पर्यटनको सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बागलुङ जेसीज वर्ष २०१४ का निर्वाचित अध्यक्ष जेसी सुजन श्रेष्ठ र महासचिव जेसी दिपक रानाको उपस्थिति रहेको थियो । कार्यक्रममा बागलुङ जेसीजद्धारा प्रकाशन गरिएको आश्था स्मारिका शाखा अध्यक्ष श्रेष्ठ र महासचिव रानाले पुनलाई हस्तान्तरण गर्नु भएको थियो । स्मारिकामा उहांको जिवनी समेटिएको लेख प्रकाशन गरिएको छ ।

ख. मिति २०७० माघ ११ गते  
छिमेकी जिल्ला म्याग्दीमा म्याग्दी जेसीजको १५ औ पदस्थापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बागलुङ जेसीजका निर्वाचित अध्यक्ष जेसी सुजन श्रेष्ठ, नेपाल जेसीजका कानुनी सल्लाहकार एवम बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी सुदिप राजभण्डारी, महासचिव जेसी दिपक राना, उपाध्यक्ष जेसी सुसन परियार, सह–सचिब जेसी सुनिता शाक्य र जेसी पार्वती अधिकारीको उपस्थिती रहेको थियो ।

ग. मिति २०७० माघ २१ गते
 सरस्वती पूजाकाका दिन गणेश इंगिलिश बोडिङ स्कुललमा सम्पन्न कार्यक्रममा बागलुङ जेसीजको प्रमुख अतिथिको रुपमा आतिथ्यता ग्रहण गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागलुङ जेसीज वर्ष २०१४ का महासचिव जेसी दिपक रानाको उपस्थिति रहेको थियो । साथै उक्त दिन धौलागिरी बहुमुखी क्यापसको स्वर्ण जयन्ती, नयां सांस्कृतिक आन्दोलन २०७०, विद्या मन्दिर पुस्ताकालय, राधाकृष्ण मन्दिर, नेपाल भाषा मंकाखल र रत्न श्रेष्ठ पुरस्कार गुठी आदिको संयुक्त बासुरी र हार्मोनिम प्रशिक्षण कार्यक्रममा शाखाका अध्यक्ष जेसी सुजन श्रेष्ठज्यूको उपस्थिति रहेको थियो । 

घ. मिति २०७० माघ २३ गते
 मानव अधिकार तथा शान्ति समाज बागलुङले आयोजना गरेको नया सविधान मानव अधिकार संम्मत सबिधान अन्तरक्रिया कार्यक्रममा अतिथिको रुपमा बागलुङ जेसीजको तर्फ देखि महासचिव जेसी दिपक रानाको सहभागिता रहेको थियो । 

ङ. मिति २०७० फागुन २ गते
 २०७० साल माघ १६ गते शहिद दिवसका अवसरमा भएको धौलागिरी अचंल तथा बागलुङ जिल्ला खुल्ला दिसामुक्त घोषणा कार्यक्रममा संकलन गरिएको हस्ताक्षर पत्रकार सम्मेलन गरि हस्तान्तरण गरियो । बागलुङ जेसीज बर्ष २०१४ का, अध्यक्ष जेसी सुजन श्रेष्ठ र महासचिब जेसी दिपक रानाले संयुक्त रुपमा स्थानिय बिकास अधिकारी पुण्यविक्रम पौडेललाई हस्तान्तरण गर्नु भएको थियो हस्ताक्षर संकलन कार्यक्रममा ५ हजार भन्दा वढीको हस्ताक्षर संकलन गरिएको थियो । हस्त्ँँन्तरण्ँ कार्यक्रममा जिबिसका कर्मचारी विष्णु शर्मा, जेसीजका शाखा सम्पादक तथा पत्रकार महासंघका सदस्य ताराप्रसाद शर्मा सहित पत्रकार एवं संचारकर्मीहरुकोे उपस्थिती रहेको थियो ।

च. मिति २०७० फागुन ०६ गते 
राजधानी काठमाण्डौ देखी बागलुङको घुम्टे लेक सम्मको साईकल यात्राका यात्रीलाई स्वागत कार्यक्रममा बागलुङ जेसीजका अध्यक्ष्ँ जेसी सुजन श्रेष्ठ र महासचिव दिपक रानाको सहभागिता रहेको थियो ।
छ. मिति २०७० फागुन ०९ र १० 
 धुलिखेलमा सम्पन्न नेपाल जेसीजको NOM/LOM / Leader's  Academy मा बागलुङ जेसीजको तर्फ देखी वर्ष २०१४ का शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, निर्वमान अध्यक्ष जेसी दिवाकर शाक्य, पूर्व अध्यक्ष एवम नेपाल जेसीजका कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारी, कार्यकारिणी उपाध्यक्ष जेसी पूनम शर्मा, महासचिव जेसी दिपक राना र सदस्य जेसी डिलबहादुर थापाज्यूको उपस्थिति रहेको थियो ।

ज. मिति २०७० फागुन ११ गते 
बागलुङ उद्योग बाणिज्य संघमा छलफल गरि उद्योग बाणिज्य संघले आयोजना गर्ने पश्चिमाञ्चल औद्योगीक व्यापार मेला तथा बागलुङ महोसत्वमा टिकट बिक्री गर्ने जिम्मा लिने निर्णय गरियो । उक्त कार्यक्रममा बागलुङ जेसीजको तर्फ देखी निर्वतमान अध्यक्ष जेसी दिवाकर शाक्यज्यूको उपस्थिति रहेको थियो ।

झ. मिति २०७० फाल्गुन १६ गते 
 लायन्स क्लव अफ धौलागिरी सिटी बागलुङले आयोजना गरेको खाना महोत्सवमा अतिथिको रुपमा बागलुङ जेसीजका निर्वतमान अध्यक्ष जेसी दिवाकर शाक्यज्यूको उपस्थिति रहेको थियो ।

ञ. मिति २०७० फागुन २४ गते 
म्याग्दी जेसीजको आयोजनामा Multi Chapter lom officer Training सम्पन्न भयो । कार्यक्रममा बागलुुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, निवर्तमान अध्यक्ष जेसी दिवाकर शाक्य, राष्ट्रिय कानुनी सल्लाकार एवम पूर्व अध्यक्ष जेसी सुदिप राजभण्डारी, कार्यकारिणी उपाध्यक्ष जेसी पुनमप्रसाद शर्मा, महासचिव जेसी दिपक राना, सह–सचिव सुनिता शाक्य, उपाध्यक्ष जेसी सुसन परियार, प्रकरण संयोजक जेसी पे्रम सुवेदी, पुरस्कार संयोजक जेसी प्रकाश आचार्य, आईटी संयोजक जेसी कपिल घर्ती, पूर्व अध्यक्षहरु जेसी राजेन्द्र आचार्य र जेसी आषिक राजभण्डारीको सहभागिता रहेको थियो ।

ट. मिति २०७० फागुन २८ गते 
 नेपाल पत्रकार महासंघ बागलुङ शाखाको पदस्थापन कार्यक्रममा अतिथीको रुपमा बागलुङ जेसीजका वर्ष २०१४ का शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठज्यूको उपस्थिति रहेको थियो ।

ठ. मिति २०७० चैत्र १६ गते 
आइतबारका दिन बिहान ८ वजे नेपाल पत्रकार महासंघको ५९ औं स्थापना दिबसको अवसरमा बागलुङमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, बागलुङ जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीजका कानुनी सल्लाकार जेसी सुदिप राजभण्डारी, बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी रामराज गुरुङ, बागलुङ जेसीजका बिशिष्ट सदस्य जेसी राजेन्द्र आचार्य, का. कां उपाध्यक्ष जेसी पुनम शर्मा, जेसी सुरेन्द्र शाक्य, महासचिव जेसी दिपक राना, सदस्यहरु पार्वती अधिकारी, प्रकाश आचार्य, शाखा सम्पादक ताराप्रसाद शर्मा आदिको सहभागिता रहेको थियो । 

ड. मिति २०७० चैत्र १७ गते 
 बागलुङ महोत्सव २०७० को शान्ति पदयात्रा कार्यक्रमा सम्पन्न भएको थियो । उतm कार्यक्रममा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, बागलुङ जेसीजका पूर्व अध्यक्ष जेसी रामराज गुरुङ, का.का उपाध्यक्ष जेसी पुनम शर्मा महासचिव जेसी दिपक राना, उपाध्यक्ष जेसी सिर्जना सपकोटा सदस्यहरु प्रकाश आचार्य, नरेशप्रताप महत, दिपरत्न श्रेष्ठ आदीको सहभागिता रहेको थियो ।

ढ. मिति २०७१ बैशाख २२ गते 
बागलुङ जेसीजका पूर्व अध्यक्ष सुश्री सहनशिला श्रेष्ठले आफ्ना स्वर्गिय मातापिताको स्मृतिमा स्थापना गर्नु भएको सूर्य लक्ष्मी अक्षय कोष घोषणा कार्यक्रममा बागलुङ जेसीजका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष जेसी पुनम शर्मा, महासचिव जेसी दिपक राना र शाखा सम्पादक जेसी ताराप्रसाद शर्मा, सल्लाहकार इन्द्र श्रेष्ठ लगाएत पूर्व अध्यक्षहरुकोे उपस्थिती रहेको थियो । 

ण. मिति २०७१ बैशाख २५ र २६ गते 
 शुक्रवार र शनिवार नारायनगढ लेडी जेसीजको आतिथ्यतामा सम्पन्न नेपाल जेसीजको Area "B" Conference  सम्पन्न भएको थियो । सो कार्यक्रममा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ,पूर्व अध्यक्ष एवम नेपाल जेसीजका कानुनी सल्लाकार जेसी सुदिपराजभण्डारी, का.का. उपाध्यक्ष जेसी पुनम शर्मा, जेसी सुरेन्द्र शाक्य, महासचिव जेसी दिपक राना, सदस्य जेसी सज्जन आचार्य, जेसी लेखनाथ शर्मा, जेसी डिल बहादुर थापा आदी लगाएतको सहभागिता रहेको थियो । 

 जिल्ला विकास समिति बागलुङद्धारा आयोजित गणतन्त्र दिवशको कार्यक्रममा बागलुङ जेसीज शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ र बागलुङ जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहाकार जेसी सुदिपराज भण्डारी ज्यूको सहभागिता रहेको थियो ।

थ. मिति २०७१ साल असार १२ गते
 बागलुङ उद्योग वाणिज्य संघद्धारा आयोजित एक दिने धौलागिरीमा पर्यटन सम्वन्धि धार्मिक प्रवचन कार्यक्रममा बागलुङ जेसीजका  शााखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, का.का उपाध्यक्ष जेसी पुनम शर्मा र जेसी राधा मल्लको सहभागिता रहेको थियो ।

द. मिति २०७१ कार्तिक २५ गते नेपाल जेसीजको ५० औं बर्षको अवसरमा आयोजित स्वर्ण जयन्ती कार्यक्रमको उट्घाटन समारोहमा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, सह–सचिव सुनिता शाक्य, सदस्य जेसी आशिष श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

ध. मिति २०७१ कार्तिक २५ गते 
नेपाल जेसीजको ५० औं बर्षको अवसरमा आयोजित स्वर्ण जयन्तीको समापन समारोहमा बागलुङ जेसीजका शाखा अध्यक्ष जेसी सुजन श्रेष्ठ, बागलुङ जेसीजका पूर्व अध्यक्ष एवम नेपाल जेसीजका कानुनी सल्लाहकार सुदिप राजभण्डारी सह–सचिव सुनिता शाक्य, सदस्य जेसी आशिष श्रेष्ठ लगातको सहभागीता रहेको थियो ।

संचालक समितिको बैठक
१) पहिलो संचालक समितिको बैठक–मिति २०७० माघ १८ गते 
२) दोस्रो संचालक समितिको बैठक–मिति २०७० माघ २९ गते 
३) तेस्रो संचालक समितिको बैठक–मिति २०७० फागुन २७ गते 
४) चौथो संचालक समितिको बैठक–मिति २०७० चैत्र १६ गते
५) पाचौे संचालक समितिको बैठक–मिति २०७१ बैशाख १८ गते 
६) छैठौ संचालक समितिको बैठक–मिति २०७१ जेष्ठ ०९ गते 
७) सातौं संचालक समितिको बैठक–मिति २०७१ साल असार ५ गते
८) आठौं संचालक समितिको बैठक–मिति २०७१ साउन १ गते 
९) नौ संचालक समितिको बैठक–मिति २०७१ साउन ३० गते
१०) दशौं संचालक समितिको बैठक–मिती २०७ मंसिर १६ गते 
११) एघारौ बैठक संचालन समितिको बैठक –मिती २०७ मंसिर २५ गते 

साधारण सभा
१)पहिलो साधारण सभा–मिति २०७० माघ १८ गते 
२)दोस्रो साधरण सभा–मिती २०७१असार १३ गते 
३)तेस्रो साधारणसभा संचालन सभा–मिती २०७१कार्तिक ०५ गते 




                                                                                                                                         जेसी दिपक राना
महासचिव–२०१४
बागलुङ जेसीज



No comments: