Welcome

Welcome to my blogsport
सम्पादन


यथार्थमा इन्टरनेटको शुरुवात एक संचार माध्यमको रुपमा नै भएको थियो शुरुका दिनहरुमा कम्प्युटर प्रयोग गरिरहेका इन्टरनेट आधारभूत रुपमा कम्प्युटरहरु बीचको संचार मध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको संचार साधनको रुपमा विकास भयो्र अझ हालका दिनहरुमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक संचार साधन भन्दा बढी एक आधारभूत संरचनाको रुपमा स्थापित भैसकेको छ जसमा संचार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन । अहिलेको युग भनेको सुचना र प्रवृधिको युग हो हरेक मानिसहरु अहिले इमेल इन्ट नेट संग धेरै नजिक छन विश्वमान चित्रमा अहिले संसार सुचना र प्रवृधिमा धेरै सानो हुदै छ विश्वको बारेमा जानकारी तुरुन्तै लिन र दिन सकिन्छ, यस्तो युगमा आईरहदा मैले सुचना र प्रवृधि युग संगको सामिप्यतामा आफुलाई समावेश गराउन खोजेको छु । जिवनका काल खण्डमा भए गरेका एवम देखे भोगेका यर्थाथलाई संकलित गरि लिपिबद्ध गराउन मैले ब्यलक प्रयोग गरेको छु यहाँ संकलित लेख रचनाहरु समय सापेक्ष र समाजलाई परिर्वतन गर्ने खाल्का बनाउने मेरो पहिलो प्रयास रहने छ ।
यस ब्यलकमा प्रकाशन गरिएका बिषय बस्तुहरुलाई जिवन्त दिन र जानकारीका लागि एवम् बितेका कुराहरुलाई ऐतिहासिक दस्तावेज सङ्ग्रहित भएर रहोस् भन्नाकाखातिर लेखहरु प्रकाशन गरीएको छ । इतिहासका महत्वपूर्ण क्षणहरूलाई विर्सने अर्थात तत्कालको यथार्थलाई इतिहासमा लिपिवद्ध नगराउँदा वर्तमानमा आएर पछुताउनु पर्ने र आत्मग्लानी हुने हुन्दा यथार्थलाई मनन् गर्दै र भावि पुस्ताहरूलाई पनि केही जानकारी होस भन्ने उद्देश्यका साथ जिवनका भोगाईहरुलाई र हाम्रो समाजका गतिविधिहरूलाई संग्लन गरी आफुले जाने बुझे र देखे सम्मको गतिबिधीलाई सकरात्मक तवरणबाट प्रस्तुत गर्ने प्रयास गरेको छु यो ब्यलक नितान्त व्यक्तिगत भावानामा समावेश भएको हुदा धेरै बिषय बस्तु व्यक्तिगत हुन सक्छ यसो भन्दै गर्दा मैले अरुको भावानालाई पनि समावेश गर्ने प्रयास गर्ने छु, अन्तमा लेखनको क्रममा भएका भाषागत,विषयगत,शुद्धाशुद्धी लगायत केही अन्जानका त्रुटिहरु हुन सक्छन् । त्यस्ता कमिकमजोरीहरूलाई औल्याइ तथ्ययूक्त राय, सल्लाह र सुझावको आशा गर्दछु ।




धन्यवाद 

 




 


deepakranagalkotbaglung.blogsport
 


No comments: