वित्तिय लेख


सहकारी बिकास क्रमलाई फर्केर हेर्दा

परिचय
सहकारी भनेको सरल भाषामा मिलेर काम गर्नु भन्ने बुझिन्छ सहकार्य सहको एक अर्थ सँगसँगै र कार्यको अर्थ काम अर्थात् मिलेर काम गर्नु भन्ने हुन्छ । सहकार्य शब्द ल्याटिन भाषाको Co-operation शब्दबाट बनेको हो । जसको अर्थ सहयोग वा साझा भन्ने हुन्छ । Co-operation शब्द नै पछि Co-operative   हुन गएको हो 

सहकारीको बारेमा विभिन्न विद्वानहरुले दिएको परिभाषाहरु 
अन्तर्राष्ट्रिय सहकारी महासंघः 
सहकारिता संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणयुक्त व्यवसायमार्फत साझा आर्थिक सामाजिक र सांस्कृतिक आवश्यकता र आकांक्षापूर्ति गर्न स्वेच्छाले संगठित भएको व्यक्तिहरुको स्वायत्त संस्था हो ।
विश्व ऋण परिषद् महासंघः 
ऋण सहकारी संस्था प्रजातान्त्रिक सिद्धान्त अनुसार मुनाफा नलिने गरी सदस्यहरुको आफ्नो स्वामित्व भएको र उनीहरुद्वारा संचालित वित्तीय संगठन हो । संयुक्त राष्ट्र संघः 
सहकारी व्यवसायले सुन्दर विश्व निर्माण गर्दछ । 
चाल्र्स 
समाजमा अहिले अािर्थक शक्ति खेर गइरहेको छ त्यसलाई सही सदुपयोग गर्न सहकारी अथवा संयुक्त उद्योगको खाँचो छ । घरको बन्दोबस्तदेखि लिएर सम्पूर्ण समाजलाई नयाँ ढंगले रुपान्तरित गर्न सहकारीको आवश्यकता छ । 
रवर्ट ओवेनः सहकारीका पिता
फुटकर उपभोग्य उत्पादनका क्षेत्रमा सहकारीको उत्पादन वितरण र व्यवस्थापन गरेर मात्र उत्पादन बढाउन, शोषण हुनबाट जोगाउन र सामुहिक हितका लागि काम गर्न सकिन्छ । 
भ्लादिमिर इल्यीच लेनिनः 
पुराना सहकारी प्रबर्तकहरुको भनाइ प्रति आलोचनात्मक टिप्पणी गर्दै सहकारी प्रबद्र्धकहरुले वर्ग संघर्ष मजदुरवर्गद्वारा राज्य सत्ता संचालन शोषक बर्गको आधिपत्यको उन्मुलन जस्ता मूलभूत प्रश्नमा पर्याप्त ध्यान नदिएको तत्कालीन समाजको शान्तिपूर्ण समाजवादी रुपान्तरणको मात्र कल्पना गरेकोले उनीहरुको आलोचना गरेका छन् र सहकारी संस्थाहरु प्रति सम्झौतापरस्त नीतिको महत्वमाथि जोड दिँदै लैनिन भन्छन्– समाजवादी समाज एकीकृत सहकारी संस्था हो । 
महात्मा गान्धीः 
सहकारीमा सबै बराबर हुन्छन् त्यहाँ एउटा बलियो र अर्को कमजोर हुँदैन यो सहकारीको माधुर्यता हो । 
 जवाहरलाल नेहरुः
निजी सम्पत्तिलाई सीमित गर्ने मात्र नभई बर्तमान चरम मुनाफाखोरी व्यवस्थाको अन्त्य गरी सहकारी आर्थिक संरचनाको उच्चतम् आदर्शलाई स्थापना गर्नु उचित हो । हरेक गाउँ र सम्भव भएका सबै ठाउँमा सहकारी आन्दोलनको गतिविधि तीब्र रुपले विकास गर्नु र सम्पूर्ण देशको साझा विचार यसलाई बनाउने मेरो उद्देश्य हो 
रविन्द्रनाथ टेगोरः
सहकारी केवल एउटा प्रणाली मात्र होइन यो एउटा विचार हो यसले उपयोगको असंख्य विधिहरु विकास गर्न सक्छ । 
इन्दिरा गान्धीः 
सहकारी आन्दोलन जस्तो सम्पूर्ण रुपले सामाजिक उद्देश्यले शक्तिशाली औजार अरु कुनै छैन । 
डा. सन् यात्सेनः
सहकारी आन्दोलनको माध्यमबाट सम्पूर्ण चिनको गरिबी पाँच बर्षमा हटाउन सकिन्छ । 
माओ त्से तुङ 
कृषि सहकारीले हामीलाई पूँजीवादी जनवादको आधारमा किसानहरुसँगको सहयोगलाई सुदृढ तुल्याउन समर्थ बनाउँछ । 
वीपी कोइरालाः 
नेपालको आर्थिक विकासमा इजरायली मोडलको सहकारी आर्थिक संस्थालाई अघि बढाउने तर्फ ध्यान दिनु आवश्यक छ । 
मदन भण्डारीः 
हामी मिश्रित अर्थ व्यवस्था अंगाल्ने छौं र आर्थिक क्रियाकलापको मुख्य क्षेत्र सहकारी हुनेछ ।  
सेलिग्मेनः 
प्राविधिक अर्थमा सहकारीताले उत्पादन तथा वितरण प्रतियोगितामा सबै खाले मध्यस्थतालाई समाप्त पारिदिन्छ । 
डा. इ.एम हाफ 
संयुक्त व्यवसाय वा कारोबारद्वारा पारस्पारिक लाभ र उपलब्धि हासिल गर्नका लागि व्यक्तिहरुले स्वेच्छिक रुपमा दिने सहयोग नै सहकारिता हो । 

एनोटोमन एन्टोनीः
सहकारी समितिहरु यस्ता व्यक्तिहरुको संस्था हो जो सामाजिक आर्थिक एवम् शैक्षिक विकास अघि बढाउन स्थापना र संचालन गरिने उद्यम हो । जसमा प्रजातन्त्र र सामुहिक स्वामित्वको सिद्धान्तमा आधारित भएर काम गर्छन् । 
डा.मान्देजः 
सहकारी उद्यम त्यस्ता साना उत्पादक तथा उपभोक्ताहरुको संस्था हो– जसबाट सेवाहरुको आदानप्रदानको माध्यमबाट आर्थिक उद्यम माध्यमद्वारा आफ्नो जोखिम र सबै सदस्यहरुको योगदानबाट काम गरेर कुनै उद्देश्यपूर्तिका लागि स्वेच्छाले काम गर्छन् । 
बाटकिन्सः 
सहकारिता एकता मितव्ययिता प्रजातन्त्र निष्पक्षता र स्वतन्त्रता जस्ता सिद्धान्तमा आधारित सामाजिक सांगठानिक आधार हो । 
प्रो. पौल लेम्बर्टः
एउटा सहकारी समिति यस्तो उद्योग हो जो उपभोक्ताको सभाद्वारा निर्माण र निर्देशन गरिन्छ जसले प्रजातन्त्रको नियम पालना गर्छ र यसको उद्देश्य आफ्ना सदस्य र सम्पूर्ण समाजको प्रत्यक्ष सेवा गर्नु हो 
होल्योकः
एउटा ऐच्छिक संगठन जस्ता कुनै पनि उद्योगमा समान नियन्त्रण र सहयोग छ त्यो सहकारी हो । 
सि.आर.फेः
सहकारी भनेको संयुक्त व्यापारको लागि कमजोर व्यक्तिहरुको एउटा समिति हो । जो सदा सर्वदा निस्वार्थ भावले यस्तो सर्तमा संचालन हुन्छ सदस्यको जिम्मेवारी निभाउन तयार हुन्छ र त्यसबाट प्राप्त हुने लाभांश पनि लगानी कै अनुपातमा वितरण गर्न तयार हुन्छ । 
हैरिकः 
सहकारिता निर्धन व्यक्तिहरुको त्यस्तो संस्था हो– जसमा स्वेच्छाले आफ्नो साधन र शक्तिको पारस्परिक सम्बन्धबाट सामान लाभ हानी व्यहोर्न संगठित र सक्रियता हुन्छ । 
चाल्स गाइडः 
सहकारिता भनेको आत्मनिर्भर एक अर्काका लागि हो । 
केल्बर्टः 
सहकारी एउटा यस्तो संगठन हो – जहाँ व्यक्तिले आफ्नो आर्थिक हितलाई अघि बढाउन समानताको आधारमा मानवीय तरिकाले स्वेच्छाले एक अर्कालाई सहयोग पु¥याउँदछन् । 
जनसोमाभिया
श्वव्यापीकरणले सिर्जना गरेका मौकाहरुलाई उपभोग गर्न सकेर यसका नकारात्मक प्रभावहरुलाई निरुत्साहित गर्न महिला सशक्तीकरण साथै पुरुषलाई सक्षम बनाउने कार्यका लागि सहकारीहरु उच्च स्तरमा कामयावी हुन सक्छन् । 
इेभानो बारबारेनी(पूर्व अध्यक्ष आइसीए)
सहकारीका उच्च मूल्यहरुलाई केन्द्रित गरेर काम गर्ने साहसी र एकीकृत सहकारी आन्दोलन विश्वले चाहेको छ । 
दीपकप्रकास बास्कोटाः 
सहकारिता एउटा दार्र्श्निक र प्राविधिक दुईवटै विषय हो । 
केशव वडालः 
सहकारी आन्दोलन सामाजिक न्याय उत्पादकत्व बृद्धि बैज्ञानिक प्रयोगका लागि राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्रजातान्त्रिक आर्थिक आधारसहितको व्यवस्थापन विधिबाट संचालन गर्ने व्यवसायिक संरचना हो 

सहकारी बिकास क्रम अन्र्तराष्ट्रिय
दैनिक उपभोग्य सामानको खरिदमा ठगिन पुगेका उपभोक्ताहरूको संयुक्त प्रयासमा सन् १८४४ मा १ जना महिलासहित २८ जना जुलाहरूले बेलायतका रोचडेलमा प्रतिव्यक्ति १ पौण्डका दरले सेयर उठाएर च्यबअजमबभि भ्त्रगष्तबदभि एष्लभभचय क्यअष्भतथ नामक सहकारी संस्था दर्ता गरे जुन विश्वको पहिलो उपभोक्ता सहकारी संस्था हो । बेलायतका रोचडेलमा स्थापना भएको यो उपभोक्ता सहकारी संस्था स्थापनको कुरा संसार भरि फैलियो र यो सहकारीको जननी संस्था हुन पुग्यो ।

जर्मनीमा सन् १८५० मा ऋण समिति बनाई ऋण कारोबार सुरु भयो। भने सन् १८५६ मा सहकारी बैंक सम्बन्धमा पुस्तक प्रकाशन भयो। डेनमार्क सन् १८६६ मा उपभोक्ता सहकारी संस्था खोलियो। सन् १८६९ मा कृषि सहकारी र सन् १८८२ मा दूध सहकारी संस्थाको स्थापना भयो। भारतमा सन् १८७९ मा डेकन कृषक ऐन जारी, सन् १८८४ मा कृषक ऋण ऐन जारी सन् १९०४ देखि बुहउद्देश्यीय तथा ऋण सहकारी संस्था स्थापना भयो।

चीनमा सन् १९९२ मा कृषि उत्पादन सहकारी गठन भयो। जापानमा सन् १८७९ मा बढ्दो मूल्य वृद्धि नियन्त्रण गर्न सहकारी आन्दोलनको थालनी भएको पाइन्छ भने, सन् १९०० मा सहकारी कानुन सन् १९४७ मा कृषि, पशुपालन, आवास, स्वास्थ्य, शिक्षा, यायायातजस्ता क्षेत्रमा सहकारीको माध्यमबाट उचित व्यवस्थापन मिलाइएको देखिन्छ। भने नेपालको सर्न्दर्भमा भने परम्परागत रूपमा मेला, पर्व, ढिकुरी, गुठी र धर्म भकारीजस्ता क्षेत्रमा सहकारिताको माध्यमबाट अगाडि बढेको देखिन्छ।

नेपालमा सहकारीको ऐतिहासिक पृष्ठभूमिः
नेपालमा सहकारीको प्रारम्भ २०१० मा भएको देखिन्छ । सहकारीको प्रारम्भ योजना विकासका लागि कृषि मन्त्रालयको मातहतमा सहकारी विभागको स्थापना भएको र २०२० मा आएर सहकारी बैंकको स्थापना र कार्य संचालन भयो । २०२४ सालमा आएर सहकारी बैंकलाई कृषि विकास बैंकमा परिणत गरियो ।
नेपालको पहिलो सहकारी भनेर २०१३ साल चैत्र २० गते चितवनको बखानपुर गाउँमा स्थापना गरिएको बखानपुर ऋण सहकारी संस्थालाई भनिन्छ । बखानपुर गाउँलाई शारदानगर भनिन्छ । यसकारण चैत्र २० गते सहकारी दिवस मनाइन्छ । २०५१ सालबाट “राष्ट्रिय सहकारी दिवस मनाउने चलन चलेको हो ।
२०१० सालमा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालय अन्तर्गत सहकारी विभागको स्थापना भयो । नेपालमा पहिलोपटक चितवनको वखानपुरमा वि।सं। २०१३ चैत्र २० गते बखवान ऋण सहकारी स्थापना भयो । सहकारी क्षेत्रलाई गतिशिल बनाउनको लागि २०१६ सालमा पहिलो सहकारी संस्था ऐनको निमार्ण भयो । २०१९ सालमा सहकारी बैंक ऐन निमार्ण भयो भने २०२० साल भदौ २८ गते सहकारी बैंक स्थापना भयो । २०२० सालमा स्थापना गरिएको सहकारी बैंकलाई ०२४ सालमा कृषि विकास बैंकमा समाहित गरियो । सरकारले देश विकासको प्रयासलाई अगाडी वढाउन स्थानीय स्तरमै आर्थिक विकासको लागि जनसहभागिता परिचालन गर्ने आधारको रुपमा सहकारी संस्थाहरुको स्थापना, संचालन र नियमन लगायतका कार्यमा प्रत्यक्ष रुपमा आधिकारिक निकायको रुपमा सहकारी विभाग संलग्न रहेको थियो ।
वि.स २०४६ सालमा प्रजातन्त्रको पुनः स्थापना पश्चात सहकारी ऐन २०४८ तर्जुमा भई लागु गरियो । ऐन जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता तथा सिद्धान्त अनुसार सहकारी संस्थाहरुको स्थापना र संचालन हुने कानूनी आधार निर्माण भए पछि सहकारीले सहकारी आन्दोलनमा यहाँ सम्म आईपुगेको छ । सहकारी ऐन, २०४८ जारी भए पश्चात सहकारी आन्दोलनलाई ठूलै टेवा मेलेको देखिन्छ । ऐन जारी पश्चात सहकारीका अन्तराष्ट्रीय मान्यता प्राप्त सात सिद्धान्तहरु र आठ मूल्यहरुका आधारमा सहकारी सघ सस्था आउन सक्ने वातावरणको निर्माण भयो ।
२०४८ सालमा ८ सय ३० को संख्यामा रहेका सहकारी हाल झन्डै २४ हजारको संख्यामा पुगीसकेका छन् । सहकारी क्षेत्रले नेपालको कुल वित्तिय योगदान १५ प्रतिशत हिस्सा ओगटेको छ भने कुल ग्रार्हस्थ्य उत्पादनमा ३ प्रतिशतको योगदान रहेको छ । करिब ३५ हजार भन्दा बढी सहकारी संस्था, २ सय २५ वटा जिल्ला संघ, १४ वटा केन्द्रिय संघ, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघ रहेका छन् । देशभर संचालित सहकारीमा करिब ४० लाख शेयर सदस्य रहेका छन् । त्यस्तै  ७० हजारले प्रत्यक्ष रोजगारी, ७० लाखले अप्रत्यक्ष रोजगारीपाएका छन् । यो क्षेत्रमा २ लाख भन्दा बढी सहकारीका संचालक, व्यवस्थापक, लेखा समिति गरी क्रियाशिल छन् । यसमा करिब ८० प्रतिशत भोलेन्टर रुपमा खटिरहेका छन् । सहकारीको माध्यमबाट हालसम्म करिब एक खर्ब ६० अर्ब बराबरको पुँजी परिचालन भएको र करिब १ खर्ब २० अर्ब भन्दा बढी निक्षेप रहेको छ । देशभरका सहकारीमध्ये अहिले २५ सय ४४ वटा महिला सहकारी रहेका छन् । महिलाकै सहकारीमार्फत करिब ६ अर्ब बराबरको पुँजी परिचालन भएकोे छ ।

सन्दर्भ सामग्रीः १। खन्ड १९ भिआइ लेनिन, २। पृष्ठ ३४५–३५४ जीवनी , राहुल सांकृत्यान १९५३ लिमिटेड पिपुल्स पब्लिसिङ हाउस ३। सहकारी सन्देशका अंगहरू


No comments: