Friday, May 22, 2015

पढ्नुस् ९० सालको प्रलयपछिका पल


९० सालको भूकम्पका बारेमा ब्रम्ह शमशेरले आफ्नो डायरीमा यसरी लेखेका छन् ।
bhukampanote







हरेक कम्पमा मानिसहरूको कोलाहल
भूकम्प गएको दिनदेखि हररोज साना–साना भूकम्प जान थाले । माघ ४ गतेको रातमा एक निकै ठूलो कम्प भयो । आत्तिएका दुनियाँहरूमा झन् अतास बढ्न गयो । हरेक कम्पमा मानिसहरूको कोलाहल सुनिन्थ्यो ।
bhukampanote2












दुनियाँलाई भूकम्पमा बानी पर्न थाल्यो
३–४ दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछिपछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानि पर्न गयो । बास, खानाआदि हरेक कुराको हाहाकार परेको बखतमा यस्ता साना–साना कम्पबाट झन् बढ्ता डर पर्न गयो । वरिपरिका गाउँ जताततैबाट नोक्सानको खबर आउँछ, बाहिर देशपट्टिको भने केही खबर छैन । अब के आइलाग्ने हो भन्ने ख्यालले यसै आत्तिएका पुरूषहरूको मनमा झन अतास बढ्न गयो ।
bhukampnote3





















भत्केका घरको काठबाट लास जलाए
लास जलाउनालाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटहरूमा ठेलंठेला भयो । मुर्दाको सद्गत गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले । गाईबस्तुको त कुरै छाड्नु । वीरगञ्जसम्मको एक्लो टेलिफोनको लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकोले बाहिरको खबर अन्धकारैमा रह्यो । न त यताबाट खबर पठाउन सकियो ।

श्री ३ कहाँ खबर लिई घोडचढी गए । बाटो बिग्रेकोले भादगाउँ र वरिपरि गाउँको खबर पाउन कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी (सरकारी ढुकुटी) झेलखाना, तोफखाना र ठूला–ठूला दरबारमा पालो थप गरियो । राती रमन घुम्ने काममा विशेष कडागरि थप अफिसर सिपाही खटाए । खोरमा थुनुवाहरू भाग्न कोशिस गरेकोमा सिपाहीको मद्दत चाँडै आएकोले भाग्न सकेनन् । हिउँदको छोटो दिन–रात चाँडै पर्यो तर बिजुली बत्ति आएन । आफ्ना नातेदारहरूको खबर लिनपनि फुर्सद भएन ।
- See more at: http://onlinepatrika.com/27360/#sthash.9P79egjM.dpuf

१९९० सालको महाभूकम्पको बयान

काठमाडौ, वैशाख २८ - केही दिनअगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाहीधोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका  थिए ।
बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो । तैपनि, आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो ।  पल्टन कवाज खेलिरहेका थिए ।
ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो- २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको  वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले  जमिन छोला-छोलाजस्तो भयो ।
पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला-ठूला छालझैँ उछिट्टनि लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो ।  धूलोले गर्दा अन्धकार भयो । आठ-दस हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुइरीमण्डल हुन थाल्यो ।
सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, औ कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे ।  धूलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने  कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम-रकममा काम गरे । तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो  परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो ।
सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुई-तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर-इमारत पनि त्यस्तै किसिमले ढलेका थिए । भूकम्पमा घर त्यसै ढलेर भत्कन्छन् भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएन ।
खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८-१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र  बालुवासमेत बाहिर आएको देखियो । बालाजू र शंखमूल नजिकमा सडक ठाउँ ठाउँमा एक-दुई हातसम्म भासिन गए । चिरान परेका ठाउँको गहिराइ ९-५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाडून् ।
भूकम्प बन्द हुनासाथ सबै नातापाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले ।
आ-आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी-नसकी घरको रासन खोस्रन थाले । सबै आ-आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामथ्र्य भएन । यस्ताका नाताको दिल कस्तो भयो हो, कल्पना गर्न  सकिँदैन ।
यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री-पुरुषहरूले भरिए । केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि  तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।
श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ-गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको  सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए- यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो ।
त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो । कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला  भएकाले घाइतेलाई औषधी पुर्‍याउने काम मलाई पर्न आयो । त्यस बखत सहरभित्र कोही-कोही सज्जनले दु:खी घाइतेको स्याहार-सम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।
श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई- विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्‍यो । चलनबमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज  भयो ।
सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगामा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक  भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।
होस-हतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको ता के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चँुचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका  पाएन, जहाँको तहीँ थिचिएर मर्नुपर्‍यो ।
छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ...मा... भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँट-काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस्, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक  बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके ।  घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु मर्‍यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले  नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्‍यो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात पर्‍यो, माघे झरी पर्ने डर छ, ओत छैन ।
लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु । वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी  गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी -सरकारी ढुकुटी) झेलखाना, तोपखाना र ठूलठूला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिन-रात चाँडै पर्‍यो  तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन ।
स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।
भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँ-ठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०-५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए । दृष्टान्तका लागि एक भूकम्प सेवक पं प्रेमराजको बयान :
'म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००-२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार-पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।'
वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टकिो केही खबर छैन ।
महाभूकम्प गएको दिनैदेखि हररोज साना-साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।
@नेपाल साप्ताहिकबाट



प्रकाशित मिति: २०७२ वैशाख २८ ०७:२२ 

भूकम्पले सिकाएको पाठः घर बनाउँदा भुल्नै नहुने १४ शुत्र : जानी राखौ

राजधानी काठमाडौं लगायत प्रमुख शहरहरुमा निर्माण गरिएको भौतिक संरचना ९० प्रतिशत मापदण्ड विपरीत रहेको पाइएको छ । मापदण्ड अनुसार भौतिक संरचना निर्माण गर्नको लागि सरकारले राष्टिय भवन संहिता लागू गरेपनि वेवास्था गर्दै घर तथा भवन निर्माण गर्दा ठूलो क्षति भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
यी कुरालाई दृष्टिगत गरी सरकारले २ तला भन्दा अग्ला घर बनाउन र असार सम्म निर्माणमै प्रतिबन्ध लगाएको छ ।
नेपाल भुकम्पीय जोखिमको दृष्टिकोणले जोखिमपूर्ण रहेको भन्ने विषयमा सरकार जानकार नै थियो । भुकम्पबाट हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्नको सरकारले राष्टिय भवन संहिता पनि लागू गरेको थियो । ०९० र ०४५ सालमा आएको विनाशकारी भूकम्पलाई पनि नेपालीहरुले भोगेका थिए । तर सरकारले पर्याप्त रुपमा पूर्व तयारी नगर्दा भूकम्प पीडितहरुले समयमा उद्दार र राहत पाउनबाट बञ्चित हुन पुग्यो ।
नेपाल लगाएत अन्य विभिन्न मूलुकहरुमा विगतका समयमा गएका ठूला र विनाशकारी भूकम्पहरुबाट भएको क्षति र विनाशालाई नेपाली नागरिकहरुले नजिकबाट नियाल्दै आएका थिए । नेपालमा पनि आउन सक्ने पूव अनूमान थियो । तर त्यसको लागि आवश्यक पूर्वतयारी गर्नको लागि सरकार तदारुपता देखाएन । भुकसकम्प जाँदा भूकम्प आफैले ठूलो धनजनको क्षति गदैन । तर, मानव निर्मित भौतिक संरचनाहरु कमजोर भएर भत्कदा भने ठूलो जन धनको क्षति हुन पुग्यो । वैशाख १२ गते गएको भूकम्पले पनि भौतिक संरचहनाकै कारण आठ हजार भन्दा बढीको ज्यान गएको छ । भुकम्प जाँदा हुने दुर्घटनालाई न्यूनिकरण गर्नको लागि नेपाल सरकारले भवन आचार संहिता पनि लागू गरेपनि पैसा र पावर संहिता विक्रि हुंदा ठूलो संख्यामा मानवीय र भौतिक क्षति हुन पुग्यो ।

सरकारले अगाडी सारेको भवन आचार संहितालाई प्रभावकारी बनाउँनको लागि कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गदै आएपनि कार्यान्वन पक्ष निकै फितलो देखियो । आम नागरिकहरुमा जनचेतनाको कमीले गर्दा सरकारले अगाडी सारेको भुकम्प सम्बन्धी आचार संहिता न्यून रुपमा मात्रै कार्यान्वय आएको शहरी विकास तथा भवन निर्माण विभागले बताएको छ ।
नयाँ भौतिक संरचनाहरु निर्माण गर्दा भुकम्पीय जोखिम युक्त भवन निर्माण गर्नुपर्ने हुन्छ तर दुई तल्लाहको नक्सा पास गराएर सात तल्लासम्मका घर काठमाडौंमा निर्माण भएका छन् ।

अर्कातिर आवासिय तथा व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका गंगनचुम्बी भवनहरु पनि भूकम्पबाट तहस नहस भएका छन् । यसरी निर्माण भएका कतिपय घर तथा भौतिक संरचनाहरु भवन आचार संहिता विपरीत मनलाग्दी ढंगबाट निर्माण भइहरेका छन । जसको कारण मानिसहरुले निर्माण गरेका भौतिक संरचनाबाट वैशाख १२ गते आएको भूकम्पबाट ठूलो संख्ेयामा जन धनको क्षति हुन पुग्यो ।

पिल्लरवाला घर वनाउँदा विचार पुर्‍यायाउनु पर्ने मुख्य कुराहरुः
१. जगमा हात्तीपाईलाको सतहमा वा त्यस भन्दा ठिक माथी सवै पिल्लरका हात्तीपाईलाहरुलाई जोड्ने गरी टाईविम राखिन्छ ।

२. डिपिसि लेवल जमिनको सतह भन्दा करिव १.५ पिटको उचाईमा राख्ने र ९”ईन्च वाई १२” ईन्च साईजको टाईविम राखिन्छ ।

३. २ वा ३ तल्ला सम्मको घरको लागी पिल्लरको साईज न्यूनतम १२÷१२ ईन्चको राख्ने र डण्डीहरु चाँही १६ मि.मि. को ४ वटा र १२ मि.मि. को ४ वटा गरी जम्मा ८ वटा राखिन्छ ।

४. दुईवटा पिल्लरहरुको दुरी वढीमा ४.५ मिटर (१५फिट )भन्दा वढी राख्नु हुँदैन ।

५. पिल्लरहरु सिधा–सिधा लाईनमा पर्नेगरी राख्नु पर्दछ । यसरी सिधा लाईनमा पिल्लरहरु नभएको खण्डमा भुकम्पको समयमा त्यसले प्रभावकारी रुपमा काम गर्न सक्तैन ।

६. पिल्लर तथा विमका डण्डीहरु गाँस्दा कम्तिमा डण्डीको मोटाईको ६० गुणा खप्टिने गरी गाँस्नु पर्दछ ।

७. सवै पिल्लरहरुलाई विमहरुले जोड्नुका साथै विमहरुको जोर्नी पिल्लर भएको ठाउँमा नै पारि गाँस्नु पर्दछ ।

८. पिल्लरको साईज विमको साईज भन्दा केही ठुलो हुनुपर्दछ । किनभने विमका सम्पुर्ण डण्डिहरु पिल्लरको डण्डीको भित्रपट्टी पर्ने गरी वाँध्नु पर्दछ ।

९. गारोहरुको भुकम्पिय सुरक्षाका लागी झ्यालको तल र माथी (सिल र लिण्टल) लेवलमा एवं ढोकाहरुको माथी लिण्टल लेवलमा ढलान पेटी (कंक्रिट व्याण्ड )हरु राख्नु पदर्छ ।

१०. ढलानका लागी प्रयोग गरिने फर्मा तथा अडाउन प्रयोग गरिने टेकोहरु राम्रो संग मिलाएर राख्नु पर्दछ, अन्यथा ढलान तथा बिम लच्कन गई घर कमजोर हुन सक्दछ ।

११. सवै विम र स्ल्यावहरुको ढलान एकै पटक हुनुपर्दछ ।

१२.पिल्लर विम र स्ल्यापहरुमा मसलाको मात्रा १:१.५:३ (१ सिमेन्ट, १.५ वालुवा, ३ गिटी )सो भन्दा वढ्ता हुनगरी राख्नु पदर्छ ।

१३. मसलामा ठिक्क मात्रमा पानीको प्रयोग गर्नुपदर्छ, पानीको मात्रा वढी हुँदा कंक्रिटले आवश्यक अनुसारको मजवुदी प्राप्त गर्न सक्तैन ।

१४. कंक्रिट ढलानको समयमा मसला मुछ्नको लगी सकेसम्म मिक्सर तथा खाँद्नका निमित्त भाईब्रेटरको प्रयोग गर्नुपदर्छ 

Thursday, May 14, 2015

१९९० साल पछिको मुलुकै दोस्रो ठुलो भुकम्प



२०७२  वैशाख १२ - नेपालको इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भुकम्प गएको थियो । 
earthquake2.jpgउक्त भूकम्पमा परी तीन हजार ८ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५ सय जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । 
भुकम्पका जानकार रञ्जन दाहालका अनुसार शनिवार बिहान गएको भुकम्प १९९० सालपछिको ठूलो हो । गोरखा र लमजुङको सीमा बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको भुकम्पका कारण करिब सात सय जनाको ज्यान गएको छ । एकिन संख्या आउन बाँकी नै छ । 
भुगर्भ विभागका उपमहानिर्देशक तथा वरिष्ठ भूगर्भविद् डा.सोमनाथ सापकोटाका अनुसार शनिवार बेलुकी सात बजेसम्म ५२ पटक भुकम्प गएको छ । उनले ५ रेक्टरभन्दा ठूला २० र अरु ५ भन्दा साना भुकम्प गएको बताए । ‘साना सयौं भुकम्प गएका छन्’, सापकोटाले भने, ‘त्यसको हामीले गणना गर्नै सक्दैनौं ।’  
शनिवारको भुकम्पको कम्पनका कारण राजधानीसहित मुलुकका विभिन्न जिल्लामा सयौं संरचना ध्वस्त भएका छन् भने अर्बौ रुपैयाँको क्षति भएको छ । भारतको दिल्ली र बिहारसहित विभिन्न भागमासमेत भुकम्पको असर देखा परेको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै, बंगलादेशसम्म यसको असर पु¥याएको छ । 
२०७० सालको असोज २ मा सिक्किम र ताप्लेजुङको सीमामा केन्द्रविन्दु बनाएर गएको ६.८ रेक्टरस्केलको भुकम्पले पनि पूर्वी नेपालमा ठूलो क्षति पु¥याएको थियो । त्यतीबेला काठमाडौंमा ठूलो कम्पन महसुस भए पनि खासै क्षति भएको थिएन । 
यस्तै, २०४५ सालको भदौ ५ गते बिहान पौने पाँच बजे गएको भुकम्पले पनि निकै क्षति पु¥याएको थियो । उदयपुरस्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७ सय ५० जना ज्यान गुमाए भने छ हजार ५ सय भन्दा बढी घर भत्किए । 
नेपालमा गएका भूकम्प मध्ये १२१८ सालको रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । १२१८ सालको असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । 
यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो । रेकर्ड गरिएकामध्ये १३१६ सालको भुकम्प पनि विनाशकारी नै हो । यो भूकम्पले पनि अत्यासलाग्दो भएको अनुमान छ । 
यस्तै, १४६५ सालमा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढलेका थिए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए । १८२४ सालको असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । 
यस्तै, १८६७ सालको जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । १८८० सालमा यमपञ्चकका दिन एकैदिनमा १७ पटक भूकम्प गएको थियो ।
१८९० सालको भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही भुकम्पले काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । 
त्यही वर्षको असोज १० गते राति अर्को भूकम्प गएको थियो । यस्तै, १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेलाका यी भूकम्प गएको बागमतीमा ठूलो बाढी आयो । 
साल           क्षमता/रेक्टर      कति क्षति
१९९०           ८.५            ८५१९ जना
१२१८           ७.७            राजा अभय मल्लको निधन
२०४५           ६.७            ७५० जना
२०७०           ६.८            पूर्वी नेपालमा क्षति 
२०७२           ७.९            करिब ८,६१७ जना (विवरण आउनै बाँकी)



विश्वका ठूला भूकम्प
चिलीमा १९६० सुनामी ल्याएको ९.५ रेक्टर स्केल,कम्तिमा १ हजार ७ सयको मृत्यु
अलास्का, १९६४, ९.२ रेक्टर स्केल, १ सय ३१ को मृत्यु
इन्डोनेसिया,२००४, ९.१ रेक्टर स्केल,वरिपरिको मुलुकमा समेत गरी सुनामीमा २ लाख ३० हजारको मृत्यु
जापान, ९ रेक्टर स्केल, सुनामीको समेत प्रकोप, १८ हजारको मृत्यु
रुस, १९५२, ९ रेक्टर स्केलको, हताहती भएन 
स्रोत : बीबीसी

नेपालमा भूकम्प जानुका कारण

करिब ४ अरब ५७ करोड बर्ष पहिले बिभिन्न ग्यास र अन्य पदार्थका ठोस कणहरु बोकेको नेबुला (Nebula) नामक बिशाल बादल अगाडि बढ्दै गर्दा आफैले आफ्नो तौल धान्न नसकी बिचमा भित्रतर्फ भासिएर गुरुत्वाकर्षणको कारणले भुमरी परी त्यही भुमरीमा घुमिरहँदा बल्ने ग्यासहरू जति एक ठाउँमा जम्मा हुँदैहुँदै एउटा बिशाल आगोको डल्लो बनेको, र त्यही डल्लो नै पछि सूर्यमा परिणत भएको, अनि त्यही डल्लो बन्ने क्रममा अन्य गह्रौं तथा ठोस पदार्थहरु अझै टाढा उछिट्टिएर, तिनीहरु पनि गुरुत्त्वाकर्षणको अर्को घेरामा घुम्दैघुम्दै पृथ्वी लगायतका ग्रहहरु बनेको कुरामा सबै बैज्ञानिकहरु करिब सहमत नै छन् ।   
हाम्रो पृथ्वी पनि शुरुमा त बिभिन्न धातुलगायतका पदार्थहरु पग्लेर बनेको हजारौं डिग्री तातो भकभकी उम्लिरहेको अर्ध-तरल बस्तुको नरम डल्लो नै थियो । यो तरल पदार्थ अझै उम्लिरहंदा गरुङ्गा पदार्थको झोल बिचमा पर्दै गयो भने अलि हल्का र सेलाउदा चट्टान बन्ने जस्ता पदार्थहरु उक्त डल्लाको बाहिरी सतहमा रहे, अनि करोडौं बर्षको अन्तरालमा बिभिन्न माध्यमले सेलाई जीव उत्पन्न र बाँच्न सक्ने हुँदै आजको यो हाम्रै आँखा वोरिपरिको अवस्थामा आइपुग्यो ।
पृथ्वीको ५,१००-६,३७८ किलोमिटरसम्म गहिराइको सतहलाई केन्द्रको भित्री भाग (inner core), २,९००-५,१०० किलोमिटरसम्मको गहिराइको सतहलाई केन्द्रको बाहिरी भाग (outer core), १००-२,१०० किलोमिटर गहिराइको सतहलाई Mantle, अनि Mantle को भित्री सतहलाई Asthenospnere, र बाहिरी सतहलाई Lithosphere भनिन्छ भने हामीहरु बसोबास  गर्ने ०-१०० किलोमिटरसम्मको बाहिरी सतहलाई पाप्रो अथवा धरातल (Crust) भनिन्छ ।
अहिले पनि हाम्रो पृथ्वीको भित्री केन्द्रभागमा सूर्यको सतह जत्तिकै तातो, फलाम लगायतका धातुहरुको, एशिया महादेश जत्रै ठुलो तर चाप (Compression) ले गर्दा ठोस बनेको, पदार्थको थुप्रो छ । उक्त केन्द्रमाथि mantle भनिने हजारौं किलोमिटर बाक्लो तर ३ प्रकारका सतह भएको अर्को चट्टानी सतह छ । mantle को पनि भित्री केन्द्रसंग जोडिएको तल्लो सतह ठोस रुपमा छ । यसैले छोपेको कारण एकतर्फ केन्द्र भागको तापक्रम अझै अत्यधिक तातै छ भने अर्कोतर्फ mantle मा radioactive uranium पनि मिसिएकोले यही mantle कै asthenosphere  भनिने अलि माथिल्लो सतह तापले पग्लेर तरल अवस्थामा छ ।
यो तरल अवस्थामा रहेको asthenosphere भन्दा माथि ठोसरुपमा रहेका १५ वोटा बिशाल र अन्य थप्रै स-साना चाक्ला (plates) भएको lithosphere भन्ने सतह छ । यी मुख्य Plate हरु North American Plate, Pacific Plate, South American Plate, Caribbean Plate, Eurasian Plate, Arabian Plate, Indian Plate, Pacific Plate, Philippine Plate, Australian Plate, African Plate, Scotia Plate, Antarctic Plate, Cocos Plate, Nazca Plate आदि हुन् । यी Plate हरु asthenosphere को त्यही तरल अबस्थामा रहेको पदार्थमाथि तैरिरहेका छन् । कतिपय चक्लाहरु पृथ्वीको बाहिरी सतहसम्म आई हाम्रा महादेश्हरुलाई छुट्टयाएका छन् भने कतिपय समुद्र वा महासागर भित्रै छन् | महादेश छुट्याउने चक्लाहरु ३५-७० किलोमिटर बाक्ला छन् भने समुद्रभित्र भएका चाक्लाहरु करिब ७-१० किलोमिटर बाक्ला छन् ।
यी चाक्लाहरु पग्लेको पदार्थमाथि तैरिरहेकै अवस्थामा बिस्तारै तर लगातार यताउता चलिरहेका छन् । दुईवोटा स्ल्याब ढलान गरेर हलचल नगर्ने गरी एउटै बनाए जस्तै नभएकोले यिनीहरुको बिचमा छिद्रहरू पनि छन अनि एउटा चाक्लाले अर्कोलाई ठेलिरहेको पनि छ । ठेलाठेल हुनु भनेको एउटाले अर्कोको बिरुद्धमा शक्ति प्रदर्शन गर्नु अथवा एक-आपसमा लडाई गर्नु सरह नै हो । यसरी लडाइं हुँदा कहिले कुनै चाक्ला अलि तल, कहिले अलि माथि हुन्छ, कहिले एउटा चाक्लाको अलिकति भाग अर्को चाक्लाको मुनि पर्छ अनि फेरि बाहिर निस्कन कोशिश गर्छ, कहिले एउटामा अर्को भासिन्छ, कहिले केही क्षणको लागी अलि टाढा भाग्छ, फेरि फर्किन्छ, ठोकिन्छ, चोइटिन्छ आदिआदि । यसरी ठेलाठेल गर्दाका हरेक गतिबिधिमा चक्लाहरुको बिचमा शक्ति पैदा हुन्छ । पैदा भएको शक्ति कुनै न कुनै रुपले, कतै न कतै गई रित्तिनै पर्छ । रित्तिने प्रक्रियामध्येको एउटा प्रक्रिया भूकम्प हो ।
यसलाई सरल तरिकाले यसरी बुझ्न सकिन्छ:- हामीले मसिनो लट्ठी दुई हात प्रयोग गरी तुरुन्तै प्याट्टै भाँच्न सक्छौं । तर अलि बलियो लट्ठी भाँच्न पर्यो भने दुवै हातले बल लाउँदालाउँदा २-४ सेकेन्डपछि मात्र बल्ल भाँचिन्छ नि, त्यो भाँचिने ठाउँ बल जम्मा भएको  ठाउँ हो भने भाँचिनु भनेको शक्ति बाहिर जानु हो । यस्तो शक्तिलाई भूकम्पीय विज्ञानमा स्ट्रेस (stress) भनिन्छ, र यो stress एक प्रकारको छाल वा तरंगकोरुपमा पृथ्वीका अन्य सतहमा जान्छ । यस्ता छालहरुलाई (Seismic Wave) भनिन्छ । चाक्लाहरुको बिचमा त्यति धेरै शक्ति जम्मा हुन नपाउँदै अलिअलि गरी शक्ति निस्किहाल्यो भने त्यो सानो छेस्का भाँचे सरह हो त्यसको असर एकदमै कम हुन्छ, तर शक्ति धेरै नै जम्मा भएपछिमात्र निस्क्योभने जम्मा भएको शक्ति अनुसारको प्रभाब पर्दछ । हुन त यस्तो शक्ति निस्किनुको परिणाम भूकम्पमात्र नभएर ज्वालामुखी निस्कनु, नयाँनयाँ पहाड बन्नु, समुद्रमा गहिरा खाडल पर्नु, नयाँनयाँ टापु देखिनु, जानिन पानीमा डुब्नु, भूभागहरु घट्नु, छुटिनु, बढ्नु आदि जे पनि हुन सक्छ, तर अहिलेलाई कम प्रभाब पर्नु भनेको सानो र बढी प्रभाब पर्नु भनेको ठुलो भूकम्प आउनु हो भन्ने बुझौँ ।
भूकम्पको रुपमा stress रित्तिंदा Primary Waves, Secondary Waves, Surface Waves गरी ३ प्रकारका छालहरु उत्पन्न हुँदै रित्तिन्छ । Primary Waves एकदम छिटा हुन्छन र ठोस तथा तरल दुवै प्रकारका पदार्थमा बहन सक्छन, अनि पदार्थ हुँदै बहंदा यिनीहरुमा उक्त पदार्थलाई विस्तार अथवा संकुचन गर्न सक्ने क्षमता हुन्छ | Primary Waves लाई पछ्याउँदै Secondary Waves बहन्छन् । यिनीहरु तरल पदार्थमा बहन सक्दैनन, तर यिनीहरुमा चट्टानी सतहको हरेक दिशामा बहने र फुटाल्ने शक्ति हुन्छ । त्यसैले पृथ्वीको माथिल्लो चट्टानी सतहमा बस्ने हामीहरुको लागी बढी खतरनाक हुन्छन् । अझ माथिल्लो सतहमा आइपुगेपछि त यिनीहरु झनै शक्तिशाली बन्न सक्छन् । Surface Waves जमिनको बाहिरी सतह नजिक आएपछि उत्पन्न हुन्छन, र यी Love Waves र Rayleigh Waves गरी दुई प्रकारका हुन्छन् । Love Waves तेर्छो रुपमा बहन्छन् भने Rayleigh Waves ठाडो तेर्छो दुवै रुपमा ।
एकदमै तल अथवा साना स्केलका थुप्रै भूकम्पहरु त हामीले थाहै पाउँदैनौ । तथापि हाम्रा यन्त्रले थाहा पाउन सक्ने पनि बर्षमा करिब ५ लाख जति भूकम्प जान्छन् । करिब २ रेक्टर स्केल भन्दा कामका भूकम्प हामीले खासै महसुस गर्न सक्दैनौ | जसमध्ये करिब १ लाख जति त हामीले अनुभब नै गर्न सक्छौं । पाकिस्तान, इरान, इटाली, ग्रिस, टर्की, पोर्चुगाल, पेरु, ग्वाटेमाला, अलास्का आदि साना भूकम्पहरु गैरहने ठाउँहरु हुन् । भूकम्पको सबभन्दा डर भएका देशहरु क्रमश भन्नु पर्दा जापान, इन्डोनेशिया, अमेरिका, न्युजिल्याण्ड, फिजी, टोङगा, चिली, पपुवा न्यु गिनी, मेक्सिको, सोलोमन आइल्याण्ड हुन् । यी प्राय क्षेत्र ४० हजार किलोमिटर लामो घोंडाको टाप आकारको प्रशान्त महासागरीय चाक्ला (Pacific plate) संग जोडिएकोले यही बिचमा बढी भूकम्प आउछ ।
हिमालय क्षेत्र पनि बिशाल भूकम्प आउन सक्ने क्षेत्र हो किनकी यसको सिमानामा Indian Plate, Eurasia Plate र Arabian Plate जोडिएका छन् ।
पृथ्वीबाट कोइला तेल निकाल्ने, पृथ्वीमा ठुलाठुला पानीका बाँध बाँध्ने कार्यले पनि भूकम्पीय जोखिम बढाउंछ । अस्ट्रेलियामा गएका कतिपय भूकम्पहरु अत्यधिक कोइला निकालेको कारण, र २००८ मा चीनको सिचुआन प्रान्तमा गएको भूकम्प पानीको बिशाल बाँध बाँधेको कारण गएको मानिन्छ ।
साधारण तबरले भन्दा सानो भूकम्पको सानो र ठुलो भूकम्पको ठुलो असर भन्ने अर्थ लाग्छ, कुरा ठिकै पनि हो तर धनजनको क्षतिको हिसाबले त्यो कुरा अलि फरक छ ।  त्यसकोसट्टा यदि epicenter पृथ्वीको अलि माथिल्लो सतहमा वा घना बस्तीमा पर्यो भने बढी असर र अलि टाढा पर्योभने कम असर भन्नु बेस होला । जस्तै १९९४ मा अमेरिकाको क्यालिफोर्नियाको नर्थरिज शहरमा गएको ६.७ म्याग्निच्युडको भूकम्पलाई एकदमै उग्र  (Violent) मानिन्छ भने १९९५ मा जापानको कोबे शहरमा Pacific Plate र Philippine Plate को Eurasian continental plate संग भेट हुँदा गएको ७.२ म्याग्निच्युडको भूकम्पलाई एकदमै बिनासकारी  (destructive) मानिन्छ ।
भूकम्पबिज्ञान (seismology) को भाषामा Tectonic Plates हरुको सीमामा हुने छिद्रलाई  Fault Line, पृथ्वीको lithosphere मा रहेको भूकम्प सुरु हुने बिन्दुलाई Focus, र त्यही Focus को सिधामाथि पर्ने जमिनलाई epicenter  भनिन्छ ।
भूकम्प Intensity, magnitude, seismic movement, movement magnitude आदि बिधि अपनाएर नाप्न सकिन्छ ।  तथापि आजकाल magnitude बिधि नै बढी प्रचलनमा छ ।  भूकम्प नाप्ने यन्त्रलाई Seismometer भनिन्छ | यसले पृथ्वीको सतह कति जोडले हल्लेको छ भन्ने मापन गर्दछ । भूकम्पको नाप्ने एकाइलाई Richter Scale भनिन्छ जसले  लगरिदमिक इकाइ (logarithmic scale) मा मापन गर्दछ | त्यसको अर्थ ६ Richter Scale को भूकम्प ५ Richter Scale  को भन्दा १० गुणा शक्तिशाली हुन्छ ।
लामो समयको अन्तरालमा हजारौं बैज्ञानिकको लगनशिल अनुसन्धान, मानब निर्मित बिभिन्न मापन यन्त्र, र जी.पी.एस. (Global Positioning System) लगायतका तरिकाको माध्यमले आज हामीले पृथ्वीको बनोट, प्लेटको बनोट, यिनीहरु चल्ने तरिका, भूकम्प आउने कारण, र आउने ठाउँ थाहा पाउन सक्छौं । तर पनि कुन स्तरको भूकम्प, कहाँ र कहिले आउँछ ठ्याक्कै भन्न सक्ने अवस्थामा अझै छैनौं । तसर्थ भूकम्पको उच्च जोखिम भएका नेपाल लगायतका देशमा यदि गत ५० बर्षमा कुनै ठुलो भूकम्प आएको छैन भने इतिहासको सबभन्दा विनासकारी भूकम्प आफ्नै ठाउँमा छिटै आउंदै गरेको अनुमान गरी त्यही अनुरुपका सम्भाव्य सुरक्षाका उपायहरु अबलम्बन गर्नु नै मानब मष्तिस्कको सबभन्दा बिकसित सोंच ठहर्छ भन्नु अत्युक्ति नहोला ।
अहिले नेपालमा स-साना धक्काहरु आइरहनुको मूल कारण ठुलो शक्ति बाहिर निस्कंदा दुवै प्लेटका (Eurasian Plate and Indian Plate) का बिटहरु चोइटिएका छन, ती बिटका साना ठुला झुर्काहरु टुक्रिदै दुवै प्लेटको बिचको छिद्र (Fault Line) को सतह मिल्दैजाने क्रम जारी छ ।  अहिले आइरहेका जस्ता स-साना धक्काहरु हप्तौंसम्म आइरहे पनि करिब ५० बर्षसम्मलाई नेपालमा अर्को ७ रेक्टर स्केल भन्दा माथिको भूकम्प आउने सम्भावना एकदम क्षीण छ ।