Wednesday, February 25, 2015

अन्नपूर्ण बेस क्याम देखी मुस्ताङ सम्मको पैदल यात्रा – २०६९

यात्राको पहिलो दिन२०६९ साल कार्तिक ११ गते शनिवारको दिन बागलुङ बजारदेखि  पाँच जना साथीहरु अन्नपूर्ण आधार शिवरको यात्रा गर्ने लक्ष्य लिएर विहानको खाना बागलुङ बजारमा खाई यात्राको शुभारम्भ बसपार्क देखि शुरु भयो ।
संक्षिप्त ऐतिहासिक पृष्ठभुमी
बागलुङ कालिका मन्दिर बि.स. १५९१ मा पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुकुनद सेनकी छोरी राजकुमारीसंग बिवाह हुँदा कालिका भगवती देवी को मुर्ति राजकुमारीले दरवारवाट साथमा ल्याएकी थिइन । बिवाह पश्चात जन्ती पर्वत फिर्ता हुन लाग्दा कालिका भगवतीको खड्ग र डोली कसैले पनि उठाउन नसक्दा बाह्य ब्यक्तिको खोजी गरियो । त्यसै अवसरमा एक जना शिकारी भेषधारी व्यक्ति दरवारमा देखा परे उनलाई खड्ग बोक्न लगाउदा खड्ग उठेको थियो । त्यसैगरी आफ्नो काम बिशेषले पाल्पा पुगेका बागलुङ लुङगाउँका मगरहरुले डोली बोक्दा डोली उठेपछि जन्ति पर्वत फर्किएको थियो ।   पाल्पा देखी पर्वत जन्ति फर्कने समयमा बाङ्गेचौरमा डोली र खड्ग बिसाइएकोमा डोली नउठेपछि सोही ठाउँ हालको कालिका मन्दिर मा राजदम्पत्तिले भगवती देवी को मन्दिर प्रतिष्ठापन गरेका थिए । खड्ग समाती आउने चक्र पुवारलाई खड्का पदवी दिई मन्दिरको पुजारी गुठको समेत व्यवस्थापन गरि राजदम्पत्ति बेनि ढोरलठाना गएका थिए । तत्ः पश्चात चक्र पवार र उनका दरसन्तान खड्का दाजुभाईले कालिका मन्दिरको सेवा गर्न लागेका हुन् । बागलुङका पवार खड्काहरुका नाममा तत्कालिन राजाहरुवाट १८४८, १८५९,१८७२, १८७६, १८९० मा गरि पाँच लाल मोहर रहेको देखिन्छ ।कालिका मन्दिरमा श्री महाकाली, महालक्ष्मी, महासरस्वती, शिव, गणेश आदिको पूजा हुन्छ । कालिका मन्दिर दिनहुँ जसो खास गरी अष्टमी तिथि, शनिवार र मंगलवार  पूजा हुन्छ । चैत्राष्टमी र बडादशैमा लाखौ दर्शनार्थी एवं भक्तजनहरुको मन्दिरमा उपस्थिती रहन्छ ।                   
Birethati Kaski
यसरी एक घण्टाको गाडीको यात्रपछि हामी  कास्की जिल्लामा पर्नेे नयाँपुलमा उत्रियौ र हाम्रो गन्तव्य अन्नपूर्ण आधार शिविर तर्फको १२ दिनको रमाईलो यात्रा शुभाराम्भ यहि बाट शुरु गरियो ।  यो कालिगण्डकी र विरेठाँटी जोड्ने पुल हो । देशको मनग्गै आम्दानी हुने यस स्थानमा सरकारद्वारा र जनताको सहयोगबाट बनाएको कच्चीबाटो रहेछ जसमा दिनहु हजारौको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरु हिड्ने बाटो रहेछ । मोदिखोलाको तिरैै तिर कार्तिक महिनाको घमाईलो दिन संगै स्वदेशी र विदेशी पर्यटक संग भलाकुसारी गर्दे धान्द्रुकको उकालो चयौं  पर्यटकहरुलाई आवतजावतमा सजिलो होस भन्ने उद्देश्यले  ठाउँ ठाउँमा व्यवथित तरणबाट  नक्साको  बोर्डहरु राखिएको रहेछ जसका कारण हामीलाई  अगाडी बढ्न धेरै मद्दत पुग्यो ।
trekking Map 
 यसै क्रममा  हामी केहि समयको उकालो हिडेपछि एउटा सुन्दर होटल सुपर भ्यू मा पुग्दछौ र केहि बेरको बार्तालाप पछि यात्रालाई निरन्तरता दिन्छौ ।  दिनभरीको हिडाई अर्थात पहिलो दिनको भएर होला हामीलाई थकान र भोक पनि लागेकोले घान्द्रुकको चौतारीमा  बसी  खाजा खान्छौ ।  केहिवेरको थकान मेटाए पछि हामीलाई  बाटो काट्न धेरै सजिलो भयो । भरिया संग रमाईलो गर्दै नाँच्दै र गाउँर्दैै उकाली चढ्दै थियौ । यसरी  विभिन्न रमणिय ठाउँहरु अवलोकन गर्दै, जाँदै थियौ कति चाँडै साझ परिसकेको हामीलाई थाहा नै भएन एक्कासी आकासबाट सूर्यको विलिनता हुन लाग्यो वेलुकाको  ६.०० बजी सकेको रहेछ त्यस पछि हामीले पहिलो दिनको बसाईको घान्द्रुकको भ्यू पईन्ट होटलमा गरियो ।

यात्राको दोस्रो दिन

घान्द्रुक

Ghandruk Village

घान्द्रुक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन। 

हामीहरु विहानै उठेर घान्द्रुकबाट देखिने हिमालहरुको अवलोकन गरी हाम्रो यात्रा सुरु हुन्छ । यस घान्दु्रक गाउँ १९४० मिटरको उचाईमा अवस्थित छ । यस ठाउँमा विभिन्न ठाउँबाट आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थुप्रैमात्रमा देखिन्थे । यो अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्दु्रक पर्यटकीय सुन्दर ठाउँ हो । यस ठाउँमा गुरुङ जातिको बाहुल्यता रहेको छ । 

यसरी हाम्रो यात्रा निरन्तर अगाडी बढ्छ । यस ठाउँमा परम्परागत घट्टाबाट कुटानी पिसानी हुदो रहेछ सानो खोलामा धेरै घट्टहरु देखिन्थे । यसरी हामी किमरुङ खोला पुग्दछौं । यस खोलामा कच्चि पुलको प्रयोग गरिएको रहेछ । यस खोलाले यहि वर्षातको समयमा २० ओटा खच्चर बगाएको जानकारी हामीले पायौं । यसरी हामी अर्को निकै सुन्दर ठाउँ छोमरुङ

chhumrong village
जसको उचाई २०७० मिटर रहेका त्यस ठाउँमा निकै राम्रा होटल,रेस्टुरेन्ट, रिर्सोट रहेछ । घान्द्रुक गाविसमा पर्ने यस ठाँउमा गुरुङ जातिको बाहुल्यता रहेछ आफ्नै मौलिक संस्कृती र संस्कारमा रहेको यस ठाँउ कुनै सुन्दर शहर भन्दा कमी देखि दैनथ्यो भिराले ठाँउमा टम्म मिलेको सुन्दर र कलात्मक शैलीमा बनेका घर र त्यो प्रकृतिक महक ठाँउहरु देख्दा दिनभरको हिडाईको थकान सहजै भुल्न सकिन्थ्यो । यसरी हामी सिनुवा पुगी आजको रात त्यहि बस्ने निधो गर्दछौ ।

यात्राको तेस्रो दिन 

सिनुवा

विहानै उठेर हाम्रो यात्रा सिनुवा देखि सुरुहुन्छ । यस ठाउँको उचाई २३६० मिटर रहेछ । एक घण्टाको हिंडाइ पछि सिनुवा रेष्टुरेन्टमा पुगी चिया खाजा खान्छौं ।
senuwa Restaurant 
यस ठाउँ देखि ३ घण्टाको यात्रा पछि हामी बेम्बो भन्ने ठाउँमा पुग्दछौं जसको उचाई २३१० मिटर रहेछ । यस ठाउँमा बाँसको घारी नै घारी भएको जंगलले भरिएको रहेछ । यस ठाउमा बासको लठ्ठी काटेर हाम्रो यात्रा अगाडी बड्छ । बेम्बो देखि ३ घण्टाको हिडाइ पछि पुगिदो रहेछ हिमालयन । यस ठाउँमा पर्यटकहरुलाई कुनै समस्या परेको खण्डमा हेलिकप्टर राख्ने ठाउँ सम्म बनाइएको रहेछ । यसरी मोदी खोलाको तिरैतिर विभिन्न किसिमका हिमशृङ्खला र सुन्दर पहाडको अवलोकन गर्दै। तिन घण्टा पछी हामी पुग्छौं देउराली जसको उचाई ३२३० मिटर रहेछ । यस ठाउँमा पर्यटकहरुको घुइचो देखिन्थ्यो ।
Machhapuchre Base camp
             हामीहरुको योजना अनुसार आजको बसाई यहि गर्ने थियो । तर समय भएको हुनाले हामी माछापुच्छे« आधार सिबिर पुग्ने निर्णय गयौं । आधा घण्टाको बसाई पछी हाम्रो यात्रा अगाडी बद्छ । २ घण्टाको साझको कठिन हिडाई पछि हामी पग्छौ माछापुच्छ्रे आधार सिविर ।जुन ठाउँ ३७०० मिटर उचाइमा रहेछ । निकै उचाईमा भएको कारणले गर्दा हामीहरुलाई राती केहि असजिलो महशुस भएको थियो । 
Annapurna Himal
सबेरै उठेर हामी लाग्छौ अन्नपूर्ण आधार सिविर यस ठाउँबाट ४५ मिनेट लाग्ने रहेछ । चारैतिर चादी जस्तो टल्कने हिउँले ढाकीएको ठाउँमा पुग्दा जुन सुकै पर्यटकहरुको मन आक्रशित नगराउने  कुरै भएन बाटोभरी हिउँभएको यस ठाउँमा पुग्दा निकै खुसी थियौ हामीहरु किनकी हाम्रो पहिलो गन्तव्य थियो यस ठाउ । विहानको चिसो  मैसम सगै  चिया पिउदै यस ठाउँको आनन्द लियौं हामीहरुले । अन्नपुर्ण आधार शिविर र माछापुछ्र्रे आधार शिविर नजिकै पदोृ रहेछ ।
           जसले गर्दा सबै हिमालहरुको अबलोकन अन्नपुर्ण बेस क्याम्पबाटै गर्न सकिदो रहेछ । यस ठाउँबाट देखिने सुन्दर हिमालहरुमध्ये मुख्य हिमाल निलगिरी, तिलिचो, अन्नपुर्ण हिमाल जुन हिमाल तिलिचो र गंगापुर्ण हिमालको विचमा अवस्थित रहेछ । यस हिमालको उचाई ८०९१ मिटर रहेछ । यो माछापुछ्रे हिमाल हो ।                                           
Machhapuchare Himal
अन्नपुर्ण हिमालको उत्तर मध्ये नेपालमा अवस्थित यो हिमाललाई मानिसहरुले भगवान शिवको पवित्र स्थान भनेर श्रदा गर्ने भएको हुनाले यस हिमाल आरोहण गर्ने अनुमति रहेनछ । यस हिमाल अन्नपुर्णको मुख्य भागमा दक्षिण तर्फबाट बाहिर लम्किदै गएको छ र पुर्व सिमालाई अन्नपुर्ण संरक्षण क्षेत्रको रुपमा रहेछ । यस हिमाल माछाको पुच्छरजस्तो हुनाले यसलाई माछापुछे्र नामाकरण गरेको पाईन्छ भने अंग्रेजीमा यसलाई फिस्टेल पनि भनिन्छ । जसको उचाई ६९९३ मिटर रहेको छ । यसरी नौ हिमालको अबलोकन गरी करिव ४ घण्टाको बसाइ पछि हामीहरुले अन्नपूर्ण आधार शिविरलाई विदा मागेर हाम्रो यात्रा सुरु हुन्छ घोरेपानी तर्फ । अन्नपूर्ण र माछापुछ्रे आधार सिविरबाट झर्दै गर्दा बाटोमा हिउको ठुलो पहाड देखेयौ ।
snow Hill

     जहाँ ठूला ठूला २ वटा प्याल पनि रहेको छ । पहाडबाट आएको हिउँ जमेर यस ठाउँमा पहाड भएको रहेछ । यसरी हामी पुनः सिनुवा  आई बास बस्न पुग्छौं । बिहान उठेर हाम्रो यात्रा सिनुवा देखि ताडापानीसम्मको तय गरिएको थियो । चार दिन लामो हिडाईले गर्दा हामीहरुको खुट्रटाले त्यती राम्रो साथ दिएको थिएन निकै कठिन भयो । त्यो दिन जुन दिन हामी ३ जना साथीहरु गुर्जुङको जंगलमा बाटो विराएर ३÷३ घण्टा हराएका थियौं । हराउँदै गर्दा जंगलको बीचमा एउटा भेडीगोठ देखियो । यस पछि हामी पुग्छौ त्यो गोठमा र एक जना बुढाबालाई बोलाई हामी सोध्यौ ।
Chule 
प्रकृतिले र मानव समाज दुवैले मिलिजुली सिंगारीएको चुले भन्ने ठाउँमा हामी गुर्जुङ देखि २ घण्टाको उकालो यात्रा पश्चात पुग्यौ । जहाँ पर्यटकहरुले आ–आफ्नो क्यामेरामा ती सुन्दर ठाउँहरुलाई कैद गर्दै । प्रकृतिसँग झुमिरहेका थिए र हामी पनि चियाको चुस्की संगै ती ठाउँ र आफ्ना क्यामेरालाई एक अर्काको समिप्यमा देखाइरहेयौं ।  हामी चुलेलाई विदाई गर्दै २ घण्टाको उकालोबाटो तय गयौं जुन ठाउँ टाढापानी थियो । उकालो लाग्दा लाग्थ्यो पानीको स्रोत धेरै टाढा भएर नै त्यस ठाउँलाई टाढापानी भनिए जस्तो । हामी पनि त्यस उकालोमा पानीको पियास मेटाउन ग्लुकोजको धुलो चाट्दैै हामी टाढापानी पुग्यौं । जहाँ पुग्दा मिरमिरे साँझ पनि परिसकेको थियो भने हाम्रा खुट्टाहरुले पनि केहि थकानको महशुस गरिसकेका थिए ।
Tada Pani Night
यो रात हामी टाढापानीमा नै बस्ने निधो गयौं । जुन ठाउँ सोचे भन्दा पनि अधिक राम्रो रहेछ । त्यो रात हामी त्यस ठाउँको लोक सांस्कृतिसँग परिचित हुने मौका पनि पायौं जहाँ हामीहरु, पर्यटक र स्थानीयवासीसँग कम्मर मर्कायौं । यात्रा र संयोग भनौ हामी त्यस ठाउँमा पुग्दाको रात विद्युत योजनाको लागि त्यहाँका स्थानीयवासीहरुले कार्यक्रमको आयोजना गरेका रहेछन् । हामीले पनि त्यस कार्यक्रमलाई धेरथोर सहयोग गर्ने मौका पायौं भने त्यहाँको लोक संस्कृति र हाम्रो लागि मनोरञ्जनको अवसर पनि बन्यो । हाम्रो यात्राको सातौं जुन दिन १२ घण्टा क्यामारा र हाम्रो सहकार्य छुटेको दिन । टाढापानीबाट सुन्दरवस्ती घोरेपानी तर्फ मोडियौं ।
Pun Hill

त्यो रात घोरेपानीमौ वितायौ । विहानैकै चिसो मौसमसँगै हाम्रो यात्रा सूर्योदयका साथै हिमाल र पहाडको मनोरम दृष्य अवलोकन गर्ने तातो उच्साहसँगै पुनहिल टावर तर्फ लाग्यौ । झण्डै ४५ मिनेटको उकालो पश्चात २७५० मिटरको उचाईमा रहेको पुनहिल टावरमा पुग्यौ । सायदै यसै ठाउँमै हराइ रहुँ लाग्ने प्रकृतिको मोहक ठाउँमा पुगीयो । जसको वर्णन गर्न फेरी देवकोटा नै जन्मनु पथ्यो होला जस्तो भान पनि भयो । यस ठाउँको पर्यटकहरुको मुख्य आकर्षणमा रहेको अति सुन्दर देखिने धौलागिरी हिमाल संसारको साताँ अग्लो हिमाल हो ।
       
Dhaulagiri Himal
 धौलागिरी हिमालको छेउछाउमा रहेका अति सुन्दर हिम श्रृखलाहरु पुर्वमा कालीगण्डकीको गहिरो गल्छी, अर्को पट्टि अन्नपुर्ण हिमाल पर्दो रहेछ । धौलागिरीको साब्दिक अर्थ सेतो पहाड हुन्छ जसको उचाई ८१६७ मिटर रहेको छ । यस ठाउँको अर्को सुन्दरता गुराँस रहेछ । हामीहरु गुराँस नफुल्ने मौसममा गएकाले गर्दा गुराँसको सुन्दरता लिन सकेनौँ । 
विहानको नास्ता पश्चत हामी म्याग्दीको तातोपानी तर्फ ओरालो लाग्छौ । ओरालोमा गीत गाउँदै विदेशी पर्यटकहरुसँग भलाकुसारी गर्र्दै झयौ । दिन भरको थकान, ८ औ दिन पश्चातको शहरीया खाजा चाउमिनसँग रमायौ सिखघारामा ।
                             
Shikhha Village
यसरी हाम्रो यात्रा दाना तातोपानीमा बासबस्ने तय गरी तातोपानी तर्फ मोडियौ ।
हाम्रो यात्राको नवौं दिन तातोपानी कुण्डमा विहानको केहीपल विताएर जोमसोम तर्फ पदयात्रालाई छोडेर मोटरयात्राको तय ग¥यौ । ग्रामीण सडक त्यस माथि पनि कालीगण्डकीको तिरको कच्चीबाटो कठिन र जोखिम यात्रा गर्दै हामी दाना गाविसमा पर्ने रुप्से झरना र अन्ध गल्छीको अवलोकन गर्न पुग्यौ । यात्रालाई क्रमिक रुपमा अगाडी बढाउँदै हामी करिव ३ बजे तिर मुस्ताङको लेते गाविसमा रहेको कालापानीमा पुग्यौ र खाजा नास्तासँगै क्यामेराको स्तेमाल ग¥यौं । केहिबेरको बसाई पश्चात फेरी हाम्रो यात्रा जोमसोम तर्फ अगाडी बढ्यो ।
Lete Jomsom
जोमसोम बायाँतर्फ धौलागिरी र दायाँतर्फ निलगिरी हिमाल रहेको यस बजार कालीगण्डकीको तिरमा अवस्थित छ । यो बजार दुई भागमा विभाजन भएको रहेछ । खोलावारि नयाँ बजार र खोलापारी पुरानो बजार २८ सय मिटर उचाईमा रहेका हिमाल पारीको जिल्लाको नाम बाट चिनिने यस बजार मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो । यो जिल्ला हवाईमार्गले जोडिएको छ । बजारमा रहेको जोमसोम हवाई मार्गबाट जोमसोम पोखराको उडान हुने गर्दछ । बिहान १० बजेपछि जोडले हावा चल्ने भएकाले सम्पूर्ण उडान बिहान १० बजे अगावै हुदोरहेछ । यस मुस्ताङ जिल्ला नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला भएकोले गर्दा यस ठाउँका घरहरु माटाले छाएको हुँदोरहेछ ।
Jomsom Airport
   रक क्लाइमिङ प्रशिक्षण दिइदोरहेछ । यस ठाउँमा राम्रा राम्रा होटल, रेष्टुरेन्ट बैंक तथा वित्तीय संस्थाहरु पनि रहेछ । ३००० वर्ष पुरानो इतिहांस रहेको यस मुस्ताङ जिल्ला परापुर्वकालमा नेपाल र तिब्बत बिचको ब्यापारिक मुख्य नाका रहेको बुझिन्छ । जोमसोम बजारदेखि मुक्तिनाथसम्म गाडि जाने हुनाले गाडीको टिकट लिई हामी सबैजना गाडिमा जाने निधो ग¥यौं । निकै रमाइलो यस ठाउँ कताकता मरुभूमिजस्तो देखिन्थ्यो । कालिगण्डकीको किनारैकिनार गएको यो बाटो निकै रमाइलो रहेछ । यसरी हामी कागबेनी पुग्छौं । कागवेनीमा एक माध्यमिक विद्यालय रहेछ कागबेनीलाई उपल्लो मुस्ताङको पदयात्राको सुरुवात मानिन्छ । यहाँ अन्नपूर्ण आरक्षणको चेकपोष्ट छ जहाँ उपल्लो मुस्ताङ प्रवेश गर्न विदेशी पर्यटकहरुलाई प्रवेश आज्ञा चाहिदोरहेछ । कागबेनी र कालीगण्डकीलाई विदा गर्दै हाम्रो यात्रा उकालो लाग्छ । बाटो निकै उकालो थियो किनकी हामी सिधा एक हजार उचाइमा पुग्दैछौं ।
Mustang 
बाटोमा निकै रमाइला ठाउँहरु देखिदा रहेछन् जसले गर्दा जुनसुकै पर्यटकले खुसी र आनन्द लिन सक्दछन् । यसैक्रममा हामी सबैजना गाडिबाट झरी त्यस ठाउँको तस्विरहरु लिने र अवलोकन गर्ने मौका पायौं । यस ठाउँका पहाडहरु सुख्खा देखिन्थे । हावा वेगले चलेको हुँदा हामी धेरै बेर त्यस ठाउँमा बस्न सकेनौं । यसपछि हामी झारकोट हुँदै २ घण्टापछि रानीपौवा भन्ने ठाउँमा पुग्छौं । साँझ निकै परेकाले गर्दा हामी त्यसै ठाउँको होटलमा बास बस्छौं । 
बिहान उठेर हामी मुक्तिनाथ क्षेत्रभित्र प्रवेश गर्दछौं रानीपौवादेखि २० मिनेटको दूरीमा रहेको यस क्षेत्र बौद्ध र हिन्दु धर्मका लागि महत्वपूर्ण मानिने यस ठाउँमा स्वदेशी तथा विदेशी तीर्थयात्रीहरु आउने गर्दछन । मुक्तिनाथ क्षेत्र ३७६० मिटर उचाईमा रहेको छ ।
Muktinatha Temple 
यसभित्र रहेको मुक्तिनाथ भगवानको स्वर्ण मूर्ति छायाङ्कनका लागि निषेध गरिएको रहेछ । मन्दिरको पछाडि १०८ धारा रहेको छ भने अगाडि दुईवटा कुण्डहरु रहेका छन् । जसमा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास पाइन्छ । मुक्तिानाथ भगवानको हेरचाह यस ठाउँमा रहेका झुमाहरुले गर्दा रहेछन् । केही बेरको अवलोकनपछि हामीहरुले पनि पार्यौै मुक्तिनाथ भगवानको दर्शन । स्वर्गजस्तो ठाउँ अनि स्वस्थ वातावरण रहेको यस ठाउँमा दर्शन गर्न पाउँदा साँच्चिकै मुक्ति दिने नाथकै दर्शन पाएको आभाष भयो हामीलाई । यसपछि हामी ज्वालामाई भनेर चिनिने घोलम्बर गुम्बा यहाँ रहेका कहिल्यै ननिभ्ने प्राकृतिक ज्वालाहरु यस गुम्बाको मुख्य विशेषता रहेछ । यसरी मुक्तिनाथसम्मको हाम्रो यात्रा निकै खुसी उमङ्गको साथ सम्पन्न भएको हामीलाई आभाष भयो । 

Monday, February 23, 2015

नेपालको अन्तरिम संविधान, २०६३

प्रस्तावना
हामी सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनता नेपाली जनताले २००७ साल पहिले देखि हाल सम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्पmत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंङ्गिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने सङ्कल्प गर्दै प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आफ्नो लागि आफै संविधान बनाउन पाउने र भयमुक्त वातावरणमा संविधान सभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाल एक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गर्दै, आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न संविधान सभाबाट नयाँ संविधान नबनेसम्मको लागि राजनैतिक सहमतिबाट तयार भएको यो नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको घोषणा गर्दछौं ।

नेपाल अधिराज्यको संविधान २०४७

राष्ट्रलाई अनुशासित र गतिसिल रुपमा अगाडि बढाउदै जनधिकारको संरक्षण गर्नु र विकासको गतिलाई तेज राख्नु कुनै पनि देशको संविधानको मुल उद्देश्य रहेको हुन्छ । राज्यको प्रमुख शतिm स्रोतको रुपमा रहने संविधान अमुक देशको मुल कानुन भएको हुनाले यसका कतिपय बिशेषताहरु संसारका अन्य संविधानसंग मिल्दाजुल्दा र कातिपय भिन्न प्रकृतिका पनि हुन सक्छन् । नेपाल अधिराज्यमा मुल कानुनको रुपमा रही ३० वर्ष भन्दा बढी कामयावी भएको नेपालको संविधान २०१९ जनभावना, जनहित र समग्रतामा अफापसिद्ध ठानी जनआन्दोलनका माध्यमबाट जनताको लत्याए पछि नेपाल अधिकाराज्यको संविधान २०४७ नेपालको मुल कानुनको रुपमा प्रतिस्थापित  भएको छ । २०४७ साल कार्तिक २३ गते देखि लागु भएको वर्तमान नेपालको संविधान मुलभुत विशेषताहरुलाई निम्न बमोजिम संक्षिप्त विश्लेषण गर्न सकिन्छ ।
१ लिखित संविधान
नेपाल अधिराज्यको संविधान २०४७ अन्तर्गतका सुझाव आयोगका छलफल, विचार,विमर्श र गहन अध्ययन भई र तत्कालिन मन्त्रि परिषद्बाट आवश्यक छलफल भई लालमोहर लागि बनेको लिखित संविधान हो यस संविधानका १३३ भाग र ३ अनुसुचि छन् ।लिखित संविधानको विशेषता भन्नु नै संविधानद्धारा राज्य शक्तिको पृथ्कीकरण गर्नु हो । तर बेलायतको संविधान भने अलिखित भएर पनि प्रजान्त्रिक उत्कृष्ठ नमुनाको रुपमा विश्वमा लिएको छ ।
२ एकात्मक संविधान
शासन शक्तिको बिकेन्द्रीकरणको आधारमा संविधानलाई एकात्मक र संघात्मक रुपमा वर्गीकरण गरिएको पाईन्छ । एकात्मक संविधानमा केन्द्रीय व्यवस्थापिका सम्पूर्ण राज्यको सर्वोच्च कानुनी निर्माता समान हुने भए भैm विकेन्द्री करणको सिद्धान्तलाई अपनाईको भएता पनि संघात्मक शासनमा जस्तो सरकारी पद्धतिका दुई तह नभएकाले एकात्मक प्रकार संविधान हो । नेपालको संविधान अनुसार श्री ५ प्रतिनिधि सभा नामका २ सदन सहितको व्यवस्थापिका हुने छ । बेलायत एकात्मक तर लेखवद्ध नभएको संविधानको उदाहरण हो भने भारत,अमेरिका संघात्मक संविधानका उदाहरण हन् ।
३ अपरिवर्तनीय आधाभूत संरचना
संविधान समाजको आवश्यकतालाई शान्तिपूर्ण रुपमा प्रतिनिधित्व गर्ने सभ्य मार्ग हो । कुनै पनि संविधानमा जनभावना अनुकुल सामायिक संशोधन महत्वपूर्ण तथ्य हो । यदि यो तथ्यलाई बिर्सने हो भने शान्ति पूर्ण संवैधानिक प्रकृयाको बाटो अवरुद्ध भई अशान्ति,हिंसा र अराजकताले स्थान पाउँछ । अत संसारका सबै संविधानमा संशोधनको ढोका खुल्ला राखिएको पाईन्छ ।
४ द्धिसदनात्मक व्यवस्थापिका
प्रजान्तान्त्रिक शासन प्रणालीमा व्यवस्थापिकाको अहम् महत्व रहेको हुन्छ । तसर्थ व्यवस्थापिकालाई हरदृष्टिबाट चुस्त राख्न विश्वका प्राय प्रजान्त्रिक मुलुकहरुमा द्धिसनात्मक व्यवस्थापिकाको स्वरुप देख्न सकिन्छ । संसदको कार्यभार र कार्य व्यस्ततालाई मध्यनजर राखी कुनै पनि किसिमको त्रुटिरहित कार्य संपादन गर्न नेपालमा पनि दुई सदनात्मक व्यवस्थापिका देख्न पाईन्छ । यद्यपि विश्वमा थुप्रै एकसदनात्मक व्यवस्थापिका देख्न पाईन्छ । जस्तै पाकिस्थान,थाइलैण्ड, इजरायल, स्पेन आदी तर द्धिसदानात्मक व्यवस्थापिकाको आकर्षक,तर्क तथा तथ्यले गर्दा द्धिसदानात्मक व्यवस्थापिकाको धारणा विश्वमा बढ्दो छ । बुद्धिनीवी, अनुभवि,प्रतिभाशालि सबै व्यक्तिहरुलाई व्यवस्थापिकामा ल्याएर राष्ट्र सेवामा लगाउन पर्ने सख्त जरुरी हुन सक्छ । यस्ता राष्ट्रिय निधिलाई सरकार वा व्यवस्थापिकामा पुर्याउन र व्यवस्थापन पक्षलाई अझ बढी फराकिलो र प्रतिनिधिमुलक बनाउन नेपाल अधिराज्यको संविधान २०४७ ले द्धिसदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको छ । प्रतिनिधि सभामा आम निर्वाचनााद्धारा निर्वाचित २०५ जना सदस्यहरु ह्ुन्छन् भने राष्ट्रिय सभामा ६० जना सदस्यहरु अप्रत्यक्ष निर्वाचन र मानोनित हुन्छन् ।
५ सार्वभौमसत्ता जनतामा
कुनै पनि एउटा स्वतन्त्र राज्यको अनिवार्य शर्त सार्वभौम सत्ता हो । जसरी सार्वभौम सत्ता स्वतन्त्र राष्ट्र पहिचानको द्योतक हो त्यसरी नै देशभित्रको वास्तविक शतिmको स्रोत पनि हो । कुनै पनि अमुक देशका जनता सर्वोपरि शक्ति हुन् । संविधान स्वमं जनभावनाको प्रतिविम्व हो । अत स्वभावत सार्वभौम सत्ता जनतामा निहित रहने नै नेपालको संविधान २०१९ को प्रारम्भिक भुल थियो तर शतिm पुञ्ज नेपाली जनताले सार्वभौम सत्ता संवैधानिक दस्तावेजको रुपमा आफ्नो हातमा कसेका छन् । यसरी नेपाल अधिराज्यको संविधान २०४७ ले शक्ति स्रोतका टुङगो जनतामा रहेको स्पष्ट पारेको छ । अमेरिका भारत सार्वभौम सत्ता जनतामा निहित छ । तर बेलायतमा सार्वभौम सत्ता संसदमा निहित छ । जसले परोक्ष अर्थ सार्वभौम सत्ता जनतामा निहित रहनु हो ।

६ स्वतन्त्र न्यायपालिका
सरकारका प्रमुख तीन अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति पृथकिकरण र नियन्त्रण तथा सन्तुलन प्रजातान्त्रिक शासन पद्धतिका गहनाको रुपमा लिईन्छ सिद्धान्तत न्यायपालिका प्रजातन्त्र र जनाधिकारको रक्षक र संविधानको अभिभावको रुपमा सर्वत्र लिईन्छ । तसर्थ यसै धारणालाई मुखरित गदै नेपाल अधिराज्यको संविधान २०४७ को भाग ११ ले अदालतको तीन तह कायम गरी स्वतन्त्र न्यायपालिकाको धारणालाई प्रवल बनाएको छ । भारत, बेलायत,अमेरिकामा स्वतन्त्र न्यायलयको स्थान अत्यन्त उल्लेख्य छ ।
७ मानव अधिकारको संवैधानिक व्यवस्था
मानव मौलिक हक मानवलाई पहिचान गराउने अनिर्वा तत्व हो ।अधिकारको संरक्षण र सम्वद्र्धन प्रजातान्त्रिक र सभ्य मुलुकको महत्वपूर्ण कसी भएको तथ्यलाई ह्दयंगम गरी नेपाल अधिराज्यको संविधान २०४७ ले मौैलिक हकका रुपमा संवैधानिक व्यवस्था गरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणाको उत्कृष्ठ नमुनाको रुपमा हाम्रो संविधानले मृत्यु दण्डको सजाय हुने गरी कानुन बनाउन नपाउने व्यवस्था गरेको छ । लगायत अन्य स्वतन्त्रता न्याय धर्म शोषण,जस्ता मानव हकको संवैधानिक प्रत्याभुति दिईएको छ ।
८ संवैधानिक राजतन्त्र
नेपाल अधिराज्यको संविधान २०४७ ले नेपालको संविधान २०१९ लाई प्रतिसंहरण गरि सक्रिय राजतन्त्रको समाप्ति गरी संवैधानिक राजतन्त्रको स्थपना गरेको छ । राजाको कर्तव्य शासन गर्ने होइन राज्य गर्ने हो । भन्ने मुल्य र मान्यता स्थापित भएको छ । अवको राजतन्त्रलाई राष्ट्रिय एकताको प्रतीक,संविधान २०४७ ले बनाएको छ ।
९ बहुदलीय प्रजातान्त्रिक संसदीय शासन प्रणाली
१०४ वर्षको जहाँनिया राणा शासनको लााई जनक्रन्तिले समाप्त पारी संवैधानिक राजतन्त्रात्मक बहुदलीय शासन पद्धिति कायम गरे पछि सो अवधि १० बर्ष वित्न नपाउदै फेरि नेपाली जनताले  निर्दल नामको एकदलिय शासन पद्धितिको मार खप्नु प¥यो । ३० वर्ष एकदलीय निरंकुशतालाई जन आन्दोलनले चिरेर पुन नेपालमा बहुदलिय प्रजातान्त्रिक शासन प्रणाली जगहालिएको  छ । जनता आ–आफ्नो विश्वासको दललाई मत दिई रहनु पर्दछ । यसरी नेपाल अधिराज्यको संविधानको महत्वपूर्ण विशेषता बहुदलीय प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा हो हुन  अपरिवर्तनीय संवैधानिक व्यवस्थाका रुपमा रहेको पाईन्छ ।
१० कानुनी राजा 
कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैतिक हक अपहरण नहुने संवैधानिक व्यवस्था गरिएको छ। नगरिकले आप्नो हक अभिकार तथा कर्गव्य स्पष्ट कानुनले तग गरृबकोजिम यपभाृग गर्न पायछनु  । स्वृच्छाचारितालाई समाप्त पार्न दोजिइको छ कसैलाइे सजायको भागिार बनायन वा स्वतनत्रता अपहरण् गर्न कानुाी सकिन्न विना राजको भावनालाई अपरिवर्तनीय  संवैभानिक व्यवस्थाका रुपमा सिंविभानको प्रस्तावनामा व्यवस्थित गरिइको छ ।
११ संवैधानिक परिसद
सवधानिक निकायहरुमा स्वतन्त्रता एवम निष्पक्षता कायम राख्न र योग्य र सक्षम पदाधिकारीको नियुतिmका लागि सिफारिस गर्न संविधानमा संवैधानिक परिषदको व्यवस्था गरिएको छ । उतm परिषदमा राष्ट्रका अन्त्यन्त जिम्मेवार व्यक्तिहरु प्रिषदमाको व्यवस्था गरिएको छ । उतm परिषदमा राष्ट्रका अत्यन्त संविधानसंग तुलनायोग्य  व्यवस्थामा रुपमा रहेको पाईन्छ । यद्यपि संवैधानिक परिषदको आलोचना पनि नभएका होइन तर संवैधानिक पदहरुलाई स्वतन्त्र निष्पक्ष र सुनिश्चित तुल्यायन देशका अत्यन्त जिम्मेबार व्यक्तिहरुको परिषद उत्कृष्ट नमुनाको रुपमा रहेको पाईन्छ । यसरी उल्लेखित प्रमुख विशेषताका अतिक्ति पनि नेपाल अधिराज्यको संविधान २०४७ मा निम्न प्रकारका  विशेषता रहेको पाईन्छ ।
मौलिक हकको व्यवस्था
क्षतिपूर्ति सम्वन्धी मौलिक हकको संवैधानिक व्यवस्था
सुचनाको हक 
राज्यका निर्देशक सिद्धान्तहरु
ऋनिवार्य महिला उम्मेदवार
संवैधानिक अंगहरुको व्यवस्था र स्वतन्त्रता
राजनैतिक संगठनको व्यवस्था
सन्धि सम्वन्धि विशेष व्यवस्था आदी
यसरी हाम्रा देशमा विश्वको उत्कृष्ट संविधानको रुपमा लिदै आएका २०४७ को संविधानलाई खारेज गरि नेपालको अन्तरिम संविधान, २०६३ जारी गरियो ।  यो संविधान प्रतिनिधिसभाद्वारा जारी हुनेछ र अन्तरिम व्यवस्थापिका–संसदद्वारा
अनुमोदन गरि यसको कार्यान्वयन सम्बन्धी विस्तृत व्यहोरा उल्लेख गरि मिति २०६३ मङ्सिर ५ गते नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच सम्पन्न ‘विस्तृत शान्ति सम्झौता’ र मिति २०६३ मङ्सिर २२ गते सम्पन्न ‘हतियार र सेनाको व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौतामा भए पश्चात यो संविधान मिति २०६३ साल माघ १ गते सोमबारदेखि गरियो ।

नेपालमा संविधानको इतिहास

नेपालमा संवधान शब्दको प्रयोग वि.स.२०१५मा भएको पाईन्छ, भने यसको विजारोपण औपचारीक रुपमा हेर्दा धेरै पहिले देखि नै ऐन नियम र विधेकको रुपमा प्रयोग भएको पाईन्छ । नेपाल सरकारबाट वैधिक कानुन २००४ सालमा श्री ३ पद्म शमसेरबाट जारी भएको ऐन बन्नु अघि राणा परिवारका उच्च पदस्थ भाई भारदारहरुसंग पनि छलफल गरी राय लिएको थियो भन्ने कुरा ऐन जारी गर्दा श्री ३ पद्म शमसेरले गरेको घोषणाबाट थाहा हुन्छ । यस ऐनमा ६८ दफा र १ फेहरिस्त अर्थात अनुसुचि छन् । यसलाई ६ भागमा विभाजन गरिएको थियो ।

नेपाल अन्तरिम शासन विधान २००७
श्री ५ त्रिभुवनबाट २००७ साल फागुन ७ गते बक्सेको शाही घोषणबाट बिगत १०४ बर्ष लामो चलेको जहानियाँ राणा शासनको समाप्त भै प्रजातन्त्रको स्थापना भए पछि सम्पूर्ण राज्यसत्ता पुन श्री ५ मा ल्याई जनताको भावना अनुरुप जननिर्वाचित प्रतिनिधको माध्यमबाट देशको शासन संचालन हुने व्यवस्थाको थालनी भएको थियो । प्ररम्भमा संविधान सभा बनी सो सभाले संविधान नबाए सम्मको लागि भनी जारी गरिएको यो ऐन पछि संशोधन गरी संविधान नबने सम्मका लागि भनि परिर्वतन गरिएको पाईन्छ ।
राजाको हुकुम नै कानुन हुने र राजा अर्थात शासक कानुन भन्दा माथि रहने व्यवस्था रहेको मुलुकले एकाएक प्रजातान्त्रिक पद्धाति अपनाउने गर्नु पर्ने तयारी र अभ्यास गर्न यस ऐनले ठुलो भुमिका खेलेको पाईन्छ । यस ऐनका कतिपय प्रवधान पछि संशोधन गरी हटाईएका वा परिर्वतन गरिएका भएता पनि यो विधान लागु रहेका अवधिमा बनेका कतिपय संवैधानिक संरचना र कानुनी व्यवस्थाहरु भने प्रजातान्त्रिक शासन व्यवस्थाका महत्वपुर्ण उपलव्धीका रुपमा रहे भन्नुमा अतिशयोतिm नहोला यसमा ऐनका विशेताहरुको अध्ययन गर्दा यो ऐन लागु भएका बखतमा गरिएका विकासका संरचनाहरु समेतलाई दृष्टिगत गरी अध्ययन गरिनु पर्दछ । अन्तरिम कालको विधानमा भएको हुनाले यसले राज्य शतिm बाँडफाँड संवैधानिक रुपमा गरेको छैन तर हुकुमी शासनको स्थितिबाट कानुन अनुसारको शासन पद्धतिको बिकास गर्न र न्याय पालिकालाई कार्यकारिणीको प्रभावबाट स्वतन्त्र र सक्षम निकायको रुपमा बिकास गर्न यस बिधानको महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।
यस विधानमा शरुमा ७ भाग ४ परिच्छेद र ४७ दफा रहेका  थिए । भने पछि संशोधनबाट केही थप र केही खारेज पनि गरिएको र यसलाई ऐन भनि उल्लेख गरिको पाईन्छ जसलाई  ६ पटक संशोधन गरिएको यस ऐनको पहिलो संशोधन कहिले भयो प्रष्ट छैन दोस्रो र चौथो संशोधन भनी दुई  दुई पटक  भएको देखिन्छ । 
शरुमा गरिएको शाहि घोषणा र नेपाल अन्तरिम शासन विधान २००७ को व्यवस्था अनुसार संविधान बनाउन एक संधिान सभा गठन हुने यसले तयार पारेको संविधान लागु हुने व्यवस्था गरिएको भएता पनि पछि सो संविधान सभाको अस्तित्व समाप्त गरियो र श्री ५ बाट गठन गरी गरिएको एक समितिले मस्यौदा बनाई पेश गरेको संविधान श्री ५ बाट नेपाल अधिराज्यको संविधान २०१५ फागुन १ मा जारी गरियो । यस बखत राजाले आफनो बिशेष अधिकार प्रयोग गरिएको पाईन्छ ।

नेपाल अधिराज्यको संविधान २०१५
नेपाल अधिराज्यको संविधान २०१५ लाई नेपालको पहिलो संविधान भन्न सकिन्छ किन भने यस अगाडी जे जति राज्य संचालन गरियो त्यो कानुनको फरक स्वरुपमा ऐन र बिधेकबाट गरिएको थियो तर संविधान शब्दको प्रयोग गरीएको भने थिएन ।
नेपाल अधिराज्यको संविधान २०१५ फागुन १ गते जारी गरिएको थियो त्यसमा ७ परिच्छेद अन्र्तगत १० भागमा बिभाजन गरी जम्मा ७७ धारा रहेको संविधानका निम्न लिखित बिशेषता रहेका थिए
१) संविधानको प्रस्तावनामा नै स्ांविधानिक राजतन्त्रात्मक ढंगबाट सरकारको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको छ ।
२) संविधान मौलिकहकको विस्तृत व्यवस्था गरिएको छ । जस अन्र्तगत वैयक्तिक स्वतन्त्रता,समानताकोहक, धर्म सम्वन्धी, सम्पति सम्वन्धीहकहरु र राजनैतिक स्वतन्त्रताका हकहरुको व्यवस्था गरिएको थियो । प्रजातान्त्रिक शासन प्रणालीमा आवश्यक पर्ने सबै प्रकारकाहक अधिकारहरुको यसमा व्यवस्था गरिएको छ । 
३) जनतालाई उनीहरुको प्रतिनिधि मार्फत देशको शासन व्यवस्थामा सहभागिता बनाईने व्यवस्थाको शुरुवात यसै संविधानबाट मात्र प्रारम्भ भएको थियो । लोकतान्त्रिक शासन पद्धतिको यो जनतालाई आफ्ना प्रतिनिधी छानी संसदमा पु¥याउने राजनैतिक हक पहिलो पल्ट प्राप्त भएको हो ।
४) संविधानमा राज्यका ३ अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना तथा अधिकारको बाँडफाँड प्रष्टरुपमा गरिएको छ ।
५) संविधानले निम्न निकायको पनि व्यवस्था गरेको थियो ।
क) लोक सेवा आयोग (ख) महालेखा परिक्षक
नेपाल अधिराज्यको संविधान २०१५ को धारा ५५ को प्रावधान अन्र्तगत मिति २०१७ साल फाल्गुन १ गते श्री ५महेन्द्रबाट संकट कालिन अधिकार प्रयोग गरी संसदका दुवै सदन र मन्त्री मण्डल विधटन गरी संकटकालिन स्थितिको घोषण गरे पछि श्री ५ बाट प्रत्यक्ष शासन सम्हाली बक्स्यो । २ वर्ष सम्म यो स्थििति कायम रहयो यस बीचमा शासन संचालनलाई नेपाल बिशेष व्यवस्था ऐन जारी भयो । संविधानका अधिकांश प्रावधानहरु निलम्बीत भए । अन्ततः २०१९ साल बैशाक १६ गते गठन भएको संविधान मस्यौदा आयोगले तयार पारी पेश गरेको मस्यौदामा आवश्यक थपघट र परिर्वतन गरी २०१९ साल पौष १ गते नेपालको संविधान २०१९ जारी भै नेपाल अधिराज्यको संविधान २०१५ खारेज गरियो । यो संविधानलाई पंचायती संविधान र यस अन्तर्गतको राजनैतिक व्यवस्थालाई पंचायती व्यवस्था भन्ने गरिन्छ ।
नेपालको संविधान २०१९
नेपालको संविधान २०१९ मा उल्लेखित २० भाग, ९७ धारा र २ अनुसुची रहेको छन् । 
यसका विशेषताः
क) संविधानमा श्री ५ को स्थान सर्वोच्च, सर्वाधिकार सम्पन्न पारियो । देशको सार्वभौम सत्ता श्री ५ मा निहित रहने, कार्यपालिका, व्यवस्थापिका  न्याय सम्बन्धि सबै अधिकारको स्रोत श्री ५ नै हुने व्यवस्था गरियो । श्री ५ को उत्तराधिकारी रोलक्रम राजगद्दी उत्तराधिकारी सम्बन्धि कानुन, रित र परम्परा आदि संविधानको दायराबाट बाहिर राखिएको, सबैधानिक राजतन्त्रत्मक शासन व्यवस्था भनी पहिलेका संविधानमा उल्लेख भएको कुरा अव रहेनन् ।
ख) जनतालाई राजनितिक दल वा संगठन खोल्न र संचालन गर्न बाहेक अन्य पूर्व संविधानमा भएका नागरिकहरु हकको व्यवस्था कायमै रहे । पहिलो पल्ट संविधानमा  देश निकाला विरुद्धको हक पनि मौलिक हकको रुपमा राखियो ।यसका साथै नागरिक मुल कर्तव्य हुने र आफ्नो हकको प्रयोग गर्दा अरुको हनन नहुनेगरी गर्नु पनि मुल कर्तव्य मानियो  । मौलिक हकहरु प्रचलन गराउन अदालतको सहारा लिन पाउने संवैधानिक उपचारको हक पनि राखिएको थियो ।
ग) देशकोे शासन सत्ता अर्थात कार्यपालिका सम्वन्धि अधिकार श्री ५ मा रहने व्यवस्था भएपनि ती अधिकारको प्रयोग मन्त्रीहरुद्धारा गरिने व्यवस्था भएकोले जनताको शासन संचालनमा सहभागिता देखिन्छ । तर मन्त्री बनाइने व्यक्तीजनताले चुनेकै व्यक्ति हुनु अनिवार्य नभएको र जननिर्वाचित संस्था राष्ट्रिय पंचायतमा श्री ५ बाट मनोनित सदस्यको संख्या पनि पर्याप्त हुने भएकोले जनताका प्रतिनिधि बाहेकका अन्य व्यक्तिको शासन संचालनमा बढि संलग्नता हुन सक्ने स्थििति पनि थियो ।
राज्यको प्रमुख ३ अंगहरुको व्यवस्था र शक्तिको बाँडफाँड
क) कार्यकारिणी अधिकार
ख) व्यवस्थापिका सम्वन्धी
ग) न्यायपालिका सम्वन्धी
राज्यका प्रमुख ३ अंगहरुको व्यवस्थालाई हेर्दा श्री ५ मा निहित रहेको थिए भने राष्ट्रिय पंचायत भनने पंचायत व्यवस्थाको माथिल्लो निकायबाट पारित भएका सम्पूर्ण व्यवस्था श्री ५ बाट नै स्विकृत हुनु पर्ने व्यवस्था थियो । 
यस संविधानमा साविकमा जस्तै लोक सेवा आयोग र महालेखा परिक्षकको समेत व्यवस्था गरिएको थियो । साथै साविकमा संविधानमा नराखेका निकाय निर्वाचन आयोग र महान्यायधिवक्ताको पनि संविधानमै व्यवस्था गरियो ।
यसका साथै संविधानको दोस्रो संशोधनले गाउँ फर्क राष्ट्रिय अभियान नामको पंचायती राजनीतिकको नीति निर्धारण र राजनैतिक कार्यवाही गर्ने निकायलाई पनि संविधान अन्र्तगत राखेको थियो । तर २०३७ सालमा भएको तेस्रो संशोधनबाट सो को सट्टा पंचायत नीति तथा जाँच बुझ समिति भन्ने निकायलाई समावेश गराईयो ।
संविधानको दोस्रो संशोधनले पहिलो पल्ट अख्तियार  दुरुपयोग निवारण आयोग भन्ने एक निकाय श्रृजना गरी माथिल्लो स्तरबाट हुने अख्तियारको दुरुपयोग अनुसन्धान गर्ने मुद्दा चलाउने र कारवाही गर्ने समेतको अधिकार प्रदान ग¥यो । संविधानमा वर्गीय तथा व्यवसायिक संगठन भनि २०२३ सालका संशोधनबाट केही संगठनहरुको नाम र तिनले राष्ट्रिय पंचायतका सदस्य निर्वाचित गरी पठाउने प्रावधान पनि राखियो । दोस्रो संशोधन पछि रा.प.सं. निर्वाचित गरी पठाउने व्यवस्था कायम रहेन तर पंचायतका जुनसुकै तहको सदस्य पदमा उम्मेदवार हुने कुनै एक संगठनको सदस्य हुनु पर्ने व्यवस्था अनिवार्य गरियो । यसरी यो संविधान २०२३ साल २०३२ साल र २०३७ सालमा गरी ३ पटक संशोधन भयो । नेपाल अधिराज्यको संविधान २०४७ कार्तिक २३ गतेबाट लागु भएपछि यो संविधान खारेज भयो ।

संविधानको आवश्यकता किन ?

संसारको एक पटक हे रौ त ? के संविधान बिनाको देशको के कल्पना गर्ना सकिएला ? पक्कै पनि सकिदैन किन की राज्यमा स्थायी शासन संचालनमा संवैधानिक प्रवधानको मुख्य भुमिका रहन्छ स्थायी शासनका लागि स्थायी सरकार आवश्यक पर्दछ जब स्थायी सरकारको स्थायित्व हुन्छ तव मात्र राष्ट्रको विकास क्रम अघि बढ्न सक्छ । यदि सरकार नै सधै बदलिईरहने हो भने राष्ट्रको सर्वाङीण विकास हुन सक्दैन जुन परिस्थीति अहिले हामीहरुले भोग्नु परिरहेको छ । तीन अंग कार्यपालिका, न्यापालिका र व्यवस्थापिका साथैे राज्यमा अनेक किसिमका ऐन, नियम र विनियमको आवश्यकता पर्ने हुन्छ जसको कारणले देशको निति नियमको तर्जुमा गरिएको हुन्छ त्यसलाई प्रभावकारी बनाउनका लागि पनि संविधानको आवश्यकता पर्दछ । लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत जनताको सम्पूर्ण हकअधिकारको सुनिचित आधारभूत अधिकारको प्रत्याभूति गर्न लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई उच्च राख्नका लागि संविधानको महत्व पूर्ण भुमिका रहेको हुन्छ ।

Sunday, February 22, 2015

महासंघ र अर्ध संघिता के हो

महासंघ र अर्ध संघिता के हो
प्रदेशले स्वतन्त्र पहिचान र सार्वभौम अधिकार राखी सम्झौता मार्फत केही अधिकार संघलाई प्रदान गर्ने व्यवस्था भए त्यसलाई महासंघ भनिन्छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भए पछी सन् १७७६ देखि १७८७ सम्मको संयुक्त राज्य अमेरिका र सन् १२९१ देखि १८४८ सम्मको स्विट्जरल्यान्ड यस्तै महासंघ थियो । वर्तमान अवस्थामा युरोपियन युनियनलाई महासंघको नमुना मान्न सकिन्छ । महासंघीय प्रणाली अन्तर्गत केन्द्रिय सरकारको स्वतन्त्र संबैधानिक हैसियत तथा अधिकार हुदैन । यसले आफ्नो संघीय एकाई बाट अधिकार प्राप्त गर्दछ । त्यसको बिपरित केन्द्रले प्रदेश माथि हस्तक्षेप गर्न सक्ने व्यवस्था भए त्यस्तो मुलुकलाई अर्धसंघात्मक भनिन्छ । भारत , पाकिस्तान , मलेसिया आदि देशहरु यहि श्रेणीमा पर्दछन् ।
संघियतामा दई किसिमले शक्ति बाडफाड भएको देखिन्छ 
( १ ) शास्त्रीय मोडेल 
प्रदेशले स्वतन्त्र रुपमा निश्चित अधिकार उपभोग गर्दछन जस्तै अस्ट्रेलिया, क्यानाडा, संयुक्त राज्य अमेरिका आदी
( २ ) अन्तर बन्धन संघीय मोडेल
संघले मोडेल कानुन बनाउछ र प्रदेशले आफ्नो परिस्थिति अनुसार बिस्तृत कानुन बनाउछ , जर्मनी र दक्षिण अफ्रिकामा प्रदेशले संघीय कानुनी कार्यक्रमलाई कार्यान्वयन गर्दछ ।
यसरी संघियतालाई व्यक्तिगत वा सास्कृतिक तथा भौगोलिक संघियतामा पनि बिभाजन गरिन्छ । भूगोलबिना समुदायलाई सम्बोधन गर्ने संघियता नै साँस्कृतिक वा व्यक्तिगत संघियता हो भारतमा मुस्लिम समुदायले उपभोग गरिरहेको यहि हो जाती, भाषा वा पहिचानका आधारमा देशको भूगोललाई संघीय एकाइमा बिभाजन गरिएमा त्यसलाई जातीय संघियता भनिन्छ तर मानवीय भूगोललाई ध्यानमा नराखी भूगोल मात्र बाडेमा त्यसलाई प्रशासनिक संघियता भनिन्छ, विश्वमा जातीय,भाषिक वा सस्कृति विबिधता भएको मुलुकमा संघीय एकाइको निर्धारण गर्दा सकेसम्म त्यसलाई जातीय, भाषिक तथा साँस्कृतिक रुपमा समरुपी बनाउने अभ्यास रहेको छ यसले राष्ट्रिय रुपमा बाहुल्य जातीलाई मात्र हैन, राष्ट्रिय जनसंख्यामा अल्पसंख्या भए पनि क्षेत्रीय रुपमा बाहुल्य जातीलाई लोकतान्त्रिक प्रक्रिया मार्फत स्वशासनको अभ्यास गर्ने अवसर उपलब्ध गराउछ । तर्सथ नेपाल जस्तो सानो मुलुकलाई विभिन्न प्रान्तमाहरुमा विभाजन गर्नु कतिको लाभदायि हुन्छ । यसबारेमा बृहत छलफल हुन अतिआवश्यक छ, नेपाली जनतालाई संघियताको बारेमा जानकारी गराउनु राज्यको दायित्व हुन आउछ ।

संघियता भनेको के हो ?

संघियता भनेको के हो  ?
देशमा अहिले संघियताको बारेमा बहस चलिरहेको अवस्थामा आम नेपालीहरुलाई संघियताको बारेमा इच्छुक हुनु अवश्य पनि नैलो बिषय बस्तु होइन तर यस बारेमा आम नेपालीहरुले जानकारी लिनु महत्वपुर्ण हुन आउछ । सरलभाषामा संघीयता भनेको  केन्द्री सरकारको शक्ति र जिम्मेवारीलाई प्रदेश वा स्थानीय स्तरमा बाँडने पद्धति हो, अथवा राज्यसताका हक र दायित्वहरु केन्द्रमा नथुपारी संघ र एकाईमा बाँडनुलाई पनि संघियता भन्न सकिन्छ । अर्को अर्थमा शासकीय क्रियाकलापमा अधिकांश जनतालाई सहभागी गराउने राजनितिक प्रक्रिया नै संधियता हो, बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजको हक,हित र अधिकारको संरक्षण र सिमान्तकृत समुहहरुलाई सशक्तिकरण गर्ने शासन प्रणाली नै संघियता हो ।
संसारमा संघीयराज्यका विभिन्न स्वरुपहरु छन् । मुख्यतयाः संघीयराज्यको शक्ति बाँडफाँडको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बाँडफाँडको नियमलाई ठाडो प्रणाली भनिन्छ । 
तेर्सो समानान्तर प्रणाली
यसमा संघीय प्रणालीमा राज्यको शक्तिको बाँडफाँड समानान्तर हिसावले हुन्छ अथवा संघीय राज्यको अर्थ हरेक एकाईलाई आफ्नो बारेमा आफैले निर्णय गर्न पाउने स्वतन्त्रता, आत्म निर्णयको अधिकार र आफ्नो हकमा आफ्नो कानून आफैले बनाउन र कार्यन्वयन गर्न पाउने स्वायत्तताको अधिकारसम्म हुन्छ । तिनै राज्यहरु मिलेर एउटा संघ बन्छ र सो संघले केन्द्रको रुपमा काम गर्दछ, जसलाई राज्यहरुले नै केन्द्रीय संघको रुपमा निश्चित अधिकारहरु प्रदान गरेको हुन्छ ।
ठाडो प्रणाली
केन्द्रले आफ्नो तजविजले आफ्नो अधिकार तल्लो निकायलाई प्रत्यायोजन गर्ने प्रणालीलाई विकेन्द्रीकरण भनिन्छ । एकात्मक राज्य व्यवस्था त्यही प्रक्रियाबाट चल्ने हो । तर संघीय राज्यहरु आफूमा समानान्तर ढंगले चल्दछन् । यसै कारण विकेन्द्रीकरण र शक्तिको साझेदारिता फरक फरक कुरा हुन् तर धेरैले एउटै अर्थमा बुझ्ने र बोल्ने गर्दछन् जुन गलत हो । त्यसै कारण विकेन्द्रीकरणमा माथिको अधिकार तल प्रत्यायोजित मात्र हुन्छ तर संघीय राज्यमा भने संघराज्यहरुका वीच समानताका आधारमा अधिकारहरु बाँडफाँड हुन्छन ।
संघियताका प्रकारहरु
बिश्वमा संघीय संरचनाका विभिन्न मोडेलका रहेका पाईन्छ 
क) एकै ठाँउमा आउन बनेका सङ्घीय संरचना (Coming Together Federalism)
पुराना स्वतन्त्र राज्यहरु आपसमा मिलेर, सम्झौता वा सन्धि गरेर संघ निर्माण गरेका थिए । ती संघीय राज्याहरुमा संयुक्त राज्य अमेरिका , स्विट्जरल्यान्ड , अस्ट्रेलिया , सोभियतसंघ लगायतका पुराना संघीय राज्यहरु यस संरचनामा पर्दछन् ।
ख) एकै ठाँउमा राख्न तथा रहन बनेका संघीयता संरचना (Holding Together Federalism)
 विगतमा एउटै एकाइको रुपमा शासित हुदै आएको एकात्मक राज्यहरुलाई बिभिन्न उप एकाइहरूमा बिभाजन गरी केन्द्र र प्रदेश बीच अधिकारको बाडफाड सहित संरचना खडा भएका छन् , यस्तो संघीय राज्यहरुमा भारत , बेल्जियम , स्पेन , अस्ट्रेलिया आदि छन् । यसलाई जातिगत , भाषिक एबं धार्मिक , भौगोलिक बिबिधता बीच राज्यलाई खण्डित हुन बाट जोगाउन राज्यलाई संगै राख्ने बिधि (ज्यमिष्लन त्यनभतजभच) पनि भनिन्छ । त्यसैले संघियतालाई जाती , भाषा , सस्कृति , ईतिहास र बिबिधता सम्बन्धि समस्यालाई सम्बोधन गर्ने सबै भन्दा राम्रो राज्ययन्त्र मानिन्छ । अहिले हाम्रो नेपाल पनि यहि बिधिबाट संघिय प्रणाली तिर जादैछ ।
ग) समान अधिकार विभाजन भएका संघिय संरचना -Symmetric Federalism_
सामान्य भाषामा भन्नु पर्दा केन्द्र र संघमा एकैकिसिमबाट संचालन हुनुलाई नै बुझाउछ । संघियतामा आकार , जनसंख्या , भौगोलिक आयतन वा अन्य कुनै बिशेषताहरुलाई ध्यानमा नराखी सबै संघीय एकाइहरूलाई समान अधिकार र केन्द्रमा समान प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ ।
घ) भिन्न अधिकारको बाँडफाँड गरिएका संघिय संरचना -Asymmetric Federalism_
 देशलाई छिन्न भिन्न, विभाजन र विखन्डनका मागलाई रोक्ने उपायका रुपमा यस बादलाई  अपनाएको हुन्छ, यस्तो संघमा केही प्रदेशले अन्य प्रदेशको तुलनामा बिशेष हैसियत र अधिकार पाएका हुन्छन, क्यानाडाको फ्रेन्चभाषी क्युबेक भारतको जम्मु कश्मिर र पपुवा न्यु गिनिमा वगेन्भेल्ला यसका उदाहरण हुन्, 
ङ) सवैलाई एकैठाँउमा राख्न सक्ने सहयोगात्मक सङघीयता-Co-operative Federalism_
संघ र प्रदेश मिलेर वा संयुक्त रुपमा सहकार्य गरि नीति निर्माण कार्य गर्नेलाई सहकारी संघियता भनिन्छ, । जसको उदाहरणहरु भेनेजुयला, जर्मनी, बेल्जियम, इथियोपिया, दक्षिण अफ्रीका आदी  रहेका छन् ।
यसरी बिश्वमा संघियतालाई पाँच चरणमा बिभाजन गरिएको छ ।

नेपालमा संघियताको बहस

पहिलो संविधान सभाको निर्वाचन पश्चात नयाँ संविधान सभाको लेखन कार्य थालनी भैसके पछि सङघीयता, समावेशीकरण र राज्यको पूर्नसंरचना कसरी गर्ने भन्ने बारेमा छलफलका बिषयहरुलाई मुख्य रुपमा लिईता पनि संविधान बन्न सकेन जसका कारण पुन फेरि दोस्रो संविधान सभाको चुनाव हुन पुग्यो नेपाली राजनीतिज्ञहरुले नयाँ बन्ने संविधानमा संघीयताको अवधारणा व्यवहारिक, भैगोलिक बनावट सामाजिक बनोट र प्रत्येक नेपालीको अपनत्व हुने गरि संघियताको अवधारण पस्तुत गर्नु पक्कै पनि राष्ट्र र राष्ट्रियताको हितको लागि हुने छ ।

Friday, February 13, 2015

नेपाल संविधानको संक्षिप्त इतिहास

दिपक राना
बागलुङ
परिचय 
सविधान देशको यस्तो विधान हो जसले सरकारका तीन अंग कार्यपालिका, न्यापालिका र व्यवस्थापिका बीचको सम्वन्ध र तिनीहरुको बीचको शक्तिलाई सन्तुलनमा राख्दछ, साथै जनताको अधिकारलाई प्रत्याभुत गदै राज्यले जनताका लागि गर्नु पर्ने काम,कर्तव्य र अधिकारको समेत यथोचित विवेचना गर्दछ । संविधान लिखित वा अलिखित हुन सक्छ तर यसले सरकारका अंगलाई संगठित नियमित गर्दै शक्तिको विवरण तिनको कार्यको सीमाङकन गर्दछ । अव संविधान के हो ? संविधान देशको मुल कानुन हो । राज्य सन्चालनको व्यवस्थाका प्रमुख अंगहरुको गठन, अधिकार र कर्तव्यको बाडफाड तथा जनताका हकहितहरुको संरक्षण,सम्र्वधन संविधानले निर्धारण गरिएको हन सक्छ । संविधानलाई परिभाषीत गर्ने क्रममा विभन्न शिक्षा विद्हरुको भनाई यस प्रकार रहेको छ । शासक र शासत शतिm सन्तुलन कायम गर्ने एउटा लिखित दस्तावेज हो (उप्रेती र थापा २०४९ ंयसै गरि क) दस्तावेज आधारमा लिखित वा अलिखित, ख) भौगोलिक आधारणमा एकात्मक वा संघात्मक ग) संसोधनको आधारमा लचिलो वा कठोर, घ) सरकारको स्वरुपको आधारणमा स्थायीत्वको आधारमा स्थायी वा अस्थायी गरी अध्ययन गर्न सकिने भएकाले राज्य संचालनको सबै भन्दा महत्व पुर्ण परिपक्क र जेठो लिखितको रुपमा विश्वले लिने गरिएको दस्तावेज नै संविधान हो यस प्रकार संविधान त्यस्तो दस्तावेज हो जसले राज्य शक्ति वा शासनाधिकार राख्ने अंग बीच शक्ति प्रयोगको तरिकालाई सुव्यवस्थित गर्छ र जनताका अधिकार र राज्यशक्तिका कर्तव्यलाई मार्ग निर्देशित गर्दछ । यसले सरकारको संरचना र ढाँचालाई समेत निश्चित गर्दै जनताका हक अधिकारको संरक्षरण गर्ने र जनता सरकारका बीचको सम्वन्धलाई सुनिश्चित गर्दछ ।

संविधानको आवश्यकता किन ?
संसारको एक पटक हे रौ त ? के संविधान बिनाको देशको के कल्पना गर्ना सकिएला ? पक्कै पनि सकिदैन किन की राज्यमा स्थायी शासन संचालनमा संवैधानिक प्रवधानको मुख्य भुमिका रहन्छ स्थायी शासनका लागि स्थायी सरकार आवश्यक पर्दछ जब स्थायी सरकारको स्थायित्व हुन्छ तव मात्र राष्ट्रको विकास क्रम अघि बढ्न सक्छ । यदि सरकार नै सधै बदलिईरहने हो भने राष्ट्रको सर्वाङीण विकास हुन सक्दैन जुन परिस्थीति अहिले हामीहरुले भोग्नु परिरहेको छ । तीन अंग कार्यपालिका, न्यापालिका र व्यवस्थापिका साथैे राज्यमा अनेक किसिमका ऐन, नियम र विनियमको आवश्यकता पर्ने हुन्छ जसको कारणले देशको निति नियमको तर्जुमा गरिएको हुन्छ त्यसलाई प्रभावकारी बनाउनका लागि पनि संविधानको आवश्यकता पर्दछ । लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत जनताको सम्पूर्ण हकअधिकारको सुनिचित आधारभूत अधिकारको प्रत्याभूति गर्न लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई उच्च राख्नका लागि संविधानको महत्व पूर्ण भुमिका रहेको हुन्छ ।

नेपालमा संविधानको इतिहास
नेपालमा संवधान शब्दको प्रयोग वि.स.२०१५मा भएको पाईन्छ, भने यसको विजारोपण औपचारीक रुपमा हेर्दा धेरै पहिले देखि नै ऐन नियम र विधेकको रुपमा प्रयोग भएको पाईन्छ । नेपाल सरकारबाट वैधिक कानुन २००४ सालमा श्री ३ पद्म शमसेरबाट जारी भएको ऐन बन्नु अघि राणा परिवारका उच्च पदस्थ भाई भारदारहरुसंग पनि छलफल गरी राय लिएको थियो भन्ने कुरा ऐन जारी गर्दा श्री ३ पद्म शमसेरले गरेको घोषणाबाट थाहा हुन्छ । यस ऐनमा ६८ दफा र १ फेहरिस्त अर्थात अनुसुचि छन् । यसलाई ६ भागमा विभाजन गरिएको थियो ।

नेपाल अन्तरिम शासन विधान २००७
श्री ५ त्रिभुवनबाट २००७ साल फागुन ७ गते बक्सेको शाही घोषणबाट बिगत १०४ बर्ष लामो चलेको जहानियाँ राणा शासनको समाप्त भै प्रजातन्त्रको स्थापना भए पछि सम्पूर्ण राज्यसत्ता पुन श्री ५ मा ल्याई जनताको भावना अनुरुप जननिर्वाचित प्रतिनिधको माध्यमबाट देशको शासन संचालन हुने व्यवस्थाको थालनी भएको थियो । प्ररम्भमा संविधान सभा बनी सो सभाले संविधान नबाए सम्मको लागि भनी जारी गरिएको यो ऐन पछि संशोधन गरी संविधान नबने सम्मका लागि भनि परिर्वतन गरिएको पाईन्छ ।
राजाको हुकुम नै कानुन हुने र राजा अर्थात शासक कानुन भन्दा माथि रहने व्यवस्था रहेको मुलुकले एकाएक प्रजातान्त्रिक पद्धाति अपनाउने गर्नु पर्ने तयारी र अभ्यास गर्न यस ऐनले ठुलो भुमिका खेलेको पाईन्छ । यस ऐनका कतिपय प्रवधान पछि संशोधन गरी हटाईएका वा परिर्वतन गरिएका भएता पनि यो विधान लागु रहेका अवधिमा बनेका कतिपय संवैधानिक संरचना र कानुनी व्यवस्थाहरु भने प्रजातान्त्रिक शासन व्यवस्थाका महत्वपुर्ण उपलव्धीका रुपमा रहे भन्नुमा अतिशयोतिm नहोला यसमा ऐनका विशेताहरुको अध्ययन गर्दा यो ऐन लागु भएका बखतमा गरिएका विकासका संरचनाहरु समेतलाई दृष्टिगत गरी अध्ययन गरिनु पर्दछ । अन्तरिम कालको विधानमा भएको हुनाले यसले राज्य शतिm बाँडफाँड संवैधानिक रुपमा गरेको छैन तर हुकुमी शासनको स्थितिबाट कानुन अनुसारको शासन पद्धतिको बिकास गर्न र न्याय पालिकालाई कार्यकारिणीको प्रभावबाट स्वतन्त्र र सक्षम निकायको रुपमा बिकास गर्न यस बिधानको महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।
यस विधानमा शरुमा ७ भाग ४ परिच्छेद र ४७ दफा रहेका  थिए । भने पछि संशोधनबाट केही थप र केही खारेज पनि गरिएको र यसलाई ऐन भनि उल्लेख गरिको पाईन्छ जसलाई  ६ पटक संशोधन गरिएको यस ऐनको पहिलो संशोधन कहिले भयो प्रष्ट छैन दोस्रो र चौथो संशोधन भनी दुई  दुई पटक  भएको देखिन्छ । 
शरुमा गरिएको शाहि घोषणा र नेपाल अन्तरिम शासन विधान २००७ को व्यवस्था अनुसार संविधान बनाउन एक संधिान सभा गठन हुने यसले तयार पारेको संविधान लागु हुने व्यवस्था गरिएको भएता पनि पछि सो संविधान सभाको अस्तित्व समाप्त गरियो र श्री ५ बाट गठन गरी गरिएको एक समितिले मस्यौदा बनाई पेश गरेको संविधान श्री ५ बाट नेपाल अधिराज्यको संविधान २०१५ फागुन १ मा जारी गरियो । यस बखत राजाले आफनो बिशेष अधिकार प्रयोग गरिएको पाईन्छ ।

नेपाल अधिराज्यको संविधान २०१५
नेपाल अधिराज्यको संविधान २०१५ लाई नेपालको पहिलो संविधान भन्न सकिन्छ किन भने यस अगाडी जे जति राज्य संचालन गरियो त्यो कानुनको फरक स्वरुपमा ऐन र बिधेकबाट गरिएको थियो तर संविधान शब्दको प्रयोग गरीएको भने थिएन ।
नेपाल अधिराज्यको संविधान २०१५ फागुन १ गते जारी गरिएको थियो त्यसमा ७ परिच्छेद अन्र्तगत १० भागमा बिभाजन गरी जम्मा ७७ धारा रहेको संविधानका निम्न लिखित बिशेषता रहेका थिए
१) संविधानको प्रस्तावनामा नै स्ांविधानिक राजतन्त्रात्मक ढंगबाट सरकारको व्यवस्था गर्ने कुरा उल्लेख गरिएको छ ।
२) संविधान मौलिकहकको विस्तृत व्यवस्था गरिएको छ । जस अन्र्तगत वैयक्तिक स्वतन्त्रता,समानताकोहक, धर्म सम्वन्धी, सम्पति सम्वन्धीहकहरु र राजनैतिक स्वतन्त्रताका हकहरुको व्यवस्था गरिएको थियो । प्रजातान्त्रिक शासन प्रणालीमा आवश्यक पर्ने सबै प्रकारकाहक अधिकारहरुको यसमा व्यवस्था गरिएको छ । 
३) जनतालाई उनीहरुको प्रतिनिधि मार्फत देशको शासन व्यवस्थामा सहभागिता बनाईने व्यवस्थाको शुरुवात यसै संविधानबाट मात्र प्रारम्भ भएको थियो । लोकतान्त्रिक शासन पद्धतिको यो जनतालाई आफ्ना प्रतिनिधी छानी संसदमा पु¥याउने राजनैतिक हक पहिलो पल्ट प्राप्त भएको हो ।
४) संविधानमा राज्यका ३ अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको संरचना तथा अधिकारको बाँडफाँड प्रष्टरुपमा गरिएको छ ।
५) संविधानले निम्न निकायको पनि व्यवस्था गरेको थियो ।
क) लोक सेवा आयोग (ख) महालेखा परिक्षक
नेपाल अधिराज्यको संविधान २०१५ को धारा ५५ को प्रावधान अन्र्तगत मिति २०१७ साल फाल्गुन १ गते श्री ५महेन्द्रबाट संकट कालिन अधिकार प्रयोग गरी संसदका दुवै सदन र मन्त्री मण्डल विधटन गरी संकटकालिन स्थितिको घोषण गरे पछि श्री ५ बाट प्रत्यक्ष शासन सम्हाली बक्स्यो । २ वर्ष सम्म यो स्थििति कायम रहयो यस बीचमा शासन संचालनलाई नेपाल बिशेष व्यवस्था ऐन जारी भयो । संविधानका अधिकांश प्रावधानहरु निलम्बीत भए । अन्ततः २०१९ साल बैशाक १६ गते गठन भएको संविधान मस्यौदा आयोगले तयार पारी पेश गरेको मस्यौदामा आवश्यक थपघट र परिर्वतन गरी २०१९ साल पौष १ गते नेपालको संविधान २०१९ जारी भै नेपाल अधिराज्यको संविधान २०१५ खारेज गरियो । यो संविधानलाई पंचायती संविधान र यस अन्तर्गतको राजनैतिक व्यवस्थालाई पंचायती व्यवस्था भन्ने गरिन्छ ।
नेपालको संविधान २०१९
नेपालको संविधान २०१९ मा उल्लेखित २० भाग, ९७ धारा र २ अनुसुची रहेको छन् । 
यसका विशेषताः
क) संविधानमा श्री ५ को स्थान सर्वोच्च, सर्वाधिकार सम्पन्न पारियो । देशको सार्वभौम सत्ता श्री ५ मा निहित रहने, कार्यपालिका, व्यवस्थापिका  न्याय सम्बन्धि सबै अधिकारको स्रोत श्री ५ नै हुने व्यवस्था गरियो । श्री ५ को उत्तराधिकारी रोलक्रम राजगद्दी उत्तराधिकारी सम्बन्धि कानुन, रित र परम्परा आदि संविधानको दायराबाट बाहिर राखिएको, सबैधानिक राजतन्त्रत्मक शासन व्यवस्था भनी पहिलेका संविधानमा उल्लेख भएको कुरा अव रहेनन् ।
ख) जनतालाई राजनितिक दल वा संगठन खोल्न र संचालन गर्न बाहेक अन्य पूर्व संविधानमा भएका नागरिकहरु हकको व्यवस्था कायमै रहे । पहिलो पल्ट संविधानमा  देश निकाला विरुद्धको हक पनि मौलिक हकको रुपमा राखियो ।यसका साथै नागरिक मुल कर्तव्य हुने र आफ्नो हकको प्रयोग गर्दा अरुको हनन नहुनेगरी गर्नु पनि मुल कर्तव्य मानियो  । मौलिक हकहरु प्रचलन गराउन अदालतको सहारा लिन पाउने संवैधानिक उपचारको हक पनि राखिएको थियो ।
ग) देशकोे शासन सत्ता अर्थात कार्यपालिका सम्वन्धि अधिकार श्री ५ मा रहने व्यवस्था भएपनि ती अधिकारको प्रयोग मन्त्रीहरुद्धारा गरिने व्यवस्था भएकोले जनताको शासन संचालनमा सहभागिता देखिन्छ । तर मन्त्री बनाइने व्यक्तीजनताले चुनेकै व्यक्ति हुनु अनिवार्य नभएको र जननिर्वाचित संस्था राष्ट्रिय पंचायतमा श्री ५ बाट मनोनित सदस्यको संख्या पनि पर्याप्त हुने भएकोले जनताका प्रतिनिधि बाहेकका अन्य व्यक्तिको शासन संचालनमा बढि संलग्नता हुन सक्ने स्थििति पनि थियो ।
राज्यको प्रमुख ३ अंगहरुको व्यवस्था र शक्तिको बाँडफाँड
क) कार्यकारिणी अधिकार
ख) व्यवस्थापिका सम्वन्धी
ग) न्यायपालिका सम्वन्धी
राज्यका प्रमुख ३ अंगहरुको व्यवस्थालाई हेर्दा श्री ५ मा निहित रहेको थिए भने राष्ट्रिय पंचायत भनने पंचायत व्यवस्थाको माथिल्लो निकायबाट पारित भएका सम्पूर्ण व्यवस्था श्री ५ बाट नै स्विकृत हुनु पर्ने व्यवस्था थियो । 
यस संविधानमा साविकमा जस्तै लोक सेवा आयोग र महालेखा परिक्षकको समेत व्यवस्था गरिएको थियो । साथै साविकमा संविधानमा नराखेका निकाय निर्वाचन आयोग र महान्यायधिवक्ताको पनि संविधानमै व्यवस्था गरियो ।
यसका साथै संविधानको दोस्रो संशोधनले गाउँ फर्क राष्ट्रिय अभियान नामको पंचायती राजनीतिकको नीति निर्धारण र राजनैतिक कार्यवाही गर्ने निकायलाई पनि संविधान अन्र्तगत राखेको थियो । तर २०३७ सालमा भएको तेस्रो संशोधनबाट सो को सट्टा पंचायत नीति तथा जाँच बुझ समिति भन्ने निकायलाई समावेश गराईयो ।
संविधानको दोस्रो संशोधनले पहिलो पल्ट अख्तियार  दुरुपयोग निवारण आयोग भन्ने एक निकाय श्रृजना गरी माथिल्लो स्तरबाट हुने अख्तियारको दुरुपयोग अनुसन्धान गर्ने मुद्दा चलाउने र कारवाही गर्ने समेतको अधिकार प्रदान ग¥यो । संविधानमा वर्गीय तथा व्यवसायिक संगठन भनि २०२३ सालका संशोधनबाट केही संगठनहरुको नाम र तिनले राष्ट्रिय पंचायतका सदस्य निर्वाचित गरी पठाउने प्रावधान पनि राखियो । दोस्रो संशोधन पछि रा.प.सं. निर्वाचित गरी पठाउने व्यवस्था कायम रहेन तर पंचायतका जुनसुकै तहको सदस्य पदमा उम्मेदवार हुने कुनै एक संगठनको सदस्य हुनु पर्ने व्यवस्था अनिवार्य गरियो । यसरी यो संविधान २०२३ साल २०३२ साल र २०३७ सालमा गरी ३ पटक संशोधन भयो । नेपाल अधिराज्यको संविधान २०४७ कार्तिक २३ गतेबाट लागु भएपछि यो संविधान खारेज भयो ।

नेपाल अधिराज्यको संविधान २०४७ 
राष्ट्रलाई अनुशासित र गतिसिल रुपमा अगाडि बढाउदै जनधिकारको संरक्षण गर्नु र विकासको गतिलाई तेज राख्नु कुनै पनि देशको संविधानको मुल उद्देश्य रहेको हुन्छ । राज्यको प्रमुख शतिm स्रोतको रुपमा रहने संविधान अमुक देशको मुल कानुन भएको हुनाले यसका कतिपय बिशेषताहरु संसारका अन्य संविधानसंग मिल्दाजुल्दा र कातिपय भिन्न प्रकृतिका पनि हुन सक्छन् । नेपाल अधिराज्यमा मुल कानुनको रुपमा रही ३० वर्ष भन्दा बढी कामयावी भएको नेपालको संविधान २०१९ जनभावना, जनहित र समग्रतामा अफापसिद्ध ठानी जनआन्दोलनका माध्यमबाट जनताको लत्याए पछि नेपाल अधिकाराज्यको संविधान २०४७ नेपालको मुल कानुनको रुपमा प्रतिस्थापित  भएको छ । २०४७ साल कार्तिक २३ गते देखि लागु भएको वर्तमान नेपालको संविधान मुलभुत विशेषताहरुलाई निम्न बमोजिम संक्षिप्त विश्लेषण गर्न सकिन्छ ।
१ लिखित संविधान
नेपाल अधिराज्यको संविधान २०४७ अन्तर्गतका सुझाव आयोगका छलफल, विचार,विमर्श र गहन अध्ययन भई र तत्कालिन मन्त्रि परिषद्बाट आवश्यक छलफल भई लालमोहर लागि बनेको लिखित संविधान हो यस संविधानका १३३ भाग र ३ अनुसुचि छन् ।लिखित संविधानको विशेषता भन्नु नै संविधानद्धारा राज्य शक्तिको पृथ्कीकरण गर्नु हो । तर बेलायतको संविधान भने अलिखित भएर पनि प्रजान्त्रिक उत्कृष्ठ नमुनाको रुपमा विश्वमा लिएको छ ।
२ एकात्मक संविधान
शासन शक्तिको बिकेन्द्रीकरणको आधारमा संविधानलाई एकात्मक र संघात्मक रुपमा वर्गीकरण गरिएको पाईन्छ । एकात्मक संविधानमा केन्द्रीय व्यवस्थापिका सम्पूर्ण राज्यको सर्वोच्च कानुनी निर्माता समान हुने भए भैm विकेन्द्री करणको सिद्धान्तलाई अपनाईको भएता पनि संघात्मक शासनमा जस्तो सरकारी पद्धतिका दुई तह नभएकाले एकात्मक प्रकार संविधान हो । नेपालको संविधान अनुसार श्री ५ प्रतिनिधि सभा नामका २ सदन सहितको व्यवस्थापिका हुने छ । बेलायत एकात्मक तर लेखवद्ध नभएको संविधानको उदाहरण हो भने भारत,अमेरिका संघात्मक संविधानका उदाहरण हन् ।
३ अपरिवर्तनीय आधाभूत संरचना
संविधान समाजको आवश्यकतालाई शान्तिपूर्ण रुपमा प्रतिनिधित्व गर्ने सभ्य मार्ग हो । कुनै पनि संविधानमा जनभावना अनुकुल सामायिक संशोधन महत्वपूर्ण तथ्य हो । यदि यो तथ्यलाई बिर्सने हो भने शान्ति पूर्ण संवैधानिक प्रकृयाको बाटो अवरुद्ध भई अशान्ति,हिंसा र अराजकताले स्थान पाउँछ । अत संसारका सबै संविधानमा संशोधनको ढोका खुल्ला राखिएको पाईन्छ ।
४ द्धिसदनात्मक व्यवस्थापिका
प्रजान्तान्त्रिक शासन प्रणालीमा व्यवस्थापिकाको अहम् महत्व रहेको हुन्छ । तसर्थ व्यवस्थापिकालाई हरदृष्टिबाट चुस्त राख्न विश्वका प्राय प्रजान्त्रिक मुलुकहरुमा द्धिसनात्मक व्यवस्थापिकाको स्वरुप देख्न सकिन्छ । संसदको कार्यभार र कार्य व्यस्ततालाई मध्यनजर राखी कुनै पनि किसिमको त्रुटिरहित कार्य संपादन गर्न नेपालमा पनि दुई सदनात्मक व्यवस्थापिका देख्न पाईन्छ । यद्यपि विश्वमा थुप्रै एकसदनात्मक व्यवस्थापिका देख्न पाईन्छ । जस्तै पाकिस्थान,थाइलैण्ड, इजरायल, स्पेन आदी तर द्धिसदानात्मक व्यवस्थापिकाको आकर्षक,तर्क तथा तथ्यले गर्दा द्धिसदानात्मक व्यवस्थापिकाको धारणा विश्वमा बढ्दो छ । बुद्धिनीवी, अनुभवि,प्रतिभाशालि सबै व्यक्तिहरुलाई व्यवस्थापिकामा ल्याएर राष्ट्र सेवामा लगाउन पर्ने सख्त जरुरी हुन सक्छ । यस्ता राष्ट्रिय निधिलाई सरकार वा व्यवस्थापिकामा पुर्याउन र व्यवस्थापन पक्षलाई अझ बढी फराकिलो र प्रतिनिधिमुलक बनाउन नेपाल अधिराज्यको संविधान २०४७ ले द्धिसदनात्मक व्यवस्थापिकाको व्यवस्था गरेको छ । प्रतिनिधि सभामा आम निर्वाचनााद्धारा निर्वाचित २०५ जना सदस्यहरु ह्ुन्छन् भने राष्ट्रिय सभामा ६० जना सदस्यहरु अप्रत्यक्ष निर्वाचन र मानोनित हुन्छन् ।
५ सार्वभौमसत्ता जनतामा
कुनै पनि एउटा स्वतन्त्र राज्यको अनिवार्य शर्त सार्वभौम सत्ता हो । जसरी सार्वभौम सत्ता स्वतन्त्र राष्ट्र पहिचानको द्योतक हो त्यसरी नै देशभित्रको वास्तविक शतिmको स्रोत पनि हो । कुनै पनि अमुक देशका जनता सर्वोपरि शक्ति हुन् । संविधान स्वमं जनभावनाको प्रतिविम्व हो । अत स्वभावत सार्वभौम सत्ता जनतामा निहित रहने नै नेपालको संविधान २०१९ को प्रारम्भिक भुल थियो तर शतिm पुञ्ज नेपाली जनताले सार्वभौम सत्ता संवैधानिक दस्तावेजको रुपमा आफ्नो हातमा कसेका छन् । यसरी नेपाल अधिराज्यको संविधान २०४७ ले शक्ति स्रोतका टुङगो जनतामा रहेको स्पष्ट पारेको छ । अमेरिका भारत सार्वभौम सत्ता जनतामा निहित छ । तर बेलायतमा सार्वभौम सत्ता संसदमा निहित छ । जसले परोक्ष अर्थ सार्वभौम सत्ता जनतामा निहित रहनु हो ।

६ स्वतन्त्र न्यायपालिका
सरकारका प्रमुख तीन अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति पृथकिकरण र नियन्त्रण तथा सन्तुलन प्रजातान्त्रिक शासन पद्धतिका गहनाको रुपमा लिईन्छ सिद्धान्तत न्यायपालिका प्रजातन्त्र र जनाधिकारको रक्षक र संविधानको अभिभावको रुपमा सर्वत्र लिईन्छ । तसर्थ यसै धारणालाई मुखरित गदै नेपाल अधिराज्यको संविधान २०४७ को भाग ११ ले अदालतको तीन तह कायम गरी स्वतन्त्र न्यायपालिकाको धारणालाई प्रवल बनाएको छ । भारत, बेलायत,अमेरिकामा स्वतन्त्र न्यायलयको स्थान अत्यन्त उल्लेख्य छ ।
७ मानव अधिकारको संवैधानिक व्यवस्था
मानव मौलिक हक मानवलाई पहिचान गराउने अनिर्वा तत्व हो ।अधिकारको संरक्षण र सम्वद्र्धन प्रजातान्त्रिक र सभ्य मुलुकको महत्वपूर्ण कसी भएको तथ्यलाई ह्दयंगम गरी नेपाल अधिराज्यको संविधान २०४७ ले मौैलिक हकका रुपमा संवैधानिक व्यवस्था गरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणाको उत्कृष्ठ नमुनाको रुपमा हाम्रो संविधानले मृत्यु दण्डको सजाय हुने गरी कानुन बनाउन नपाउने व्यवस्था गरेको छ । लगायत अन्य स्वतन्त्रता न्याय धर्म शोषण,जस्ता मानव हकको संवैधानिक प्रत्याभुति दिईएको छ ।
८ संवैधानिक राजतन्त्र
नेपाल अधिराज्यको संविधान २०४७ ले नेपालको संविधान २०१९ लाई प्रतिसंहरण गरि सक्रिय राजतन्त्रको समाप्ति गरी संवैधानिक राजतन्त्रको स्थपना गरेको छ । राजाको कर्तव्य शासन गर्ने होइन राज्य गर्ने हो । भन्ने मुल्य र मान्यता स्थापित भएको छ । अवको राजतन्त्रलाई राष्ट्रिय एकताको प्रतीक,संविधान २०४७ ले बनाएको छ ।
९ बहुदलीय प्रजातान्त्रिक संसदीय शासन प्रणाली
१०४ वर्षको जहाँनिया राणा शासनको लााई जनक्रन्तिले समाप्त पारी संवैधानिक राजतन्त्रात्मक बहुदलीय शासन पद्धिति कायम गरे पछि सो अवधि १० बर्ष वित्न नपाउदै फेरि नेपाली जनताले  निर्दल नामको एकदलिय शासन पद्धितिको मार खप्नु प¥यो । ३० वर्ष एकदलीय निरंकुशतालाई जन आन्दोलनले चिरेर पुन नेपालमा बहुदलिय प्रजातान्त्रिक शासन प्रणाली जगहालिएको  छ । जनता आ–आफ्नो विश्वासको दललाई मत दिई रहनु पर्दछ । यसरी नेपाल अधिराज्यको संविधानको महत्वपूर्ण विशेषता बहुदलीय प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा हो हुन  अपरिवर्तनीय संवैधानिक व्यवस्थाका रुपमा रहेको पाईन्छ ।
१० कानुनी राजा 
कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको वैतिक हक अपहरण नहुने संवैधानिक व्यवस्था गरिएको छ। नगरिकले आप्नो हक अभिकार तथा कर्गव्य स्पष्ट कानुनले तग गरृबकोजिम यपभाृग गर्न पायछनु  । स्वृच्छाचारितालाई समाप्त पार्न दोजिइको छ कसैलाइे सजायको भागिार बनायन वा स्वतनत्रता अपहरण् गर्न कानुाी सकिन्न विना राजको भावनालाई अपरिवर्तनीय  संवैभानिक व्यवस्थाका रुपमा सिंविभानको प्रस्तावनामा व्यवस्थित गरिइको छ ।
११ संवैधानिक परिसद
सवधानिक निकायहरुमा स्वतन्त्रता एवम निष्पक्षता कायम राख्न र योग्य र सक्षम पदाधिकारीको नियुतिmका लागि सिफारिस गर्न संविधानमा संवैधानिक परिषदको व्यवस्था गरिएको छ । उतm परिषदमा राष्ट्रका अन्त्यन्त जिम्मेवार व्यक्तिहरु प्रिषदमाको व्यवस्था गरिएको छ । उतm परिषदमा राष्ट्रका अत्यन्त संविधानसंग तुलनायोग्य  व्यवस्थामा रुपमा रहेको पाईन्छ । यद्यपि संवैधानिक परिषदको आलोचना पनि नभएका होइन तर संवैधानिक पदहरुलाई स्वतन्त्र निष्पक्ष र सुनिश्चित तुल्यायन देशका अत्यन्त जिम्मेबार व्यक्तिहरुको परिषद उत्कृष्ट नमुनाको रुपमा रहेको पाईन्छ । यसरी उल्लेखित प्रमुख विशेषताका अतिक्ति पनि नेपाल अधिराज्यको संविधान २०४७ मा निम्न प्रकारका  विशेषता रहेको पाईन्छ ।
मौलिक हकको व्यवस्था
क्षतिपूर्ति सम्वन्धी मौलिक हकको संवैधानिक व्यवस्था
सुचनाको हक 
राज्यका निर्देशक सिद्धान्तहरु
ऋनिवार्य महिला उम्मेदवार
संवैधानिक अंगहरुको व्यवस्था र स्वतन्त्रता
राजनैतिक संगठनको व्यवस्था
सन्धि सम्वन्धि विशेष व्यवस्था आदी
यसरी हाम्रा देशमा विश्वको उत्कृष्ट संविधानको रुपमा लिदै आएका २०४७ को संविधानलाई खारेज गरि नेपालको अन्तरिम संविधान, २०६३ जारी गरियो ।  यो संविधान प्रतिनिधिसभाद्वारा जारी हुनेछ र अन्तरिम व्यवस्थापिका–संसदद्वारा
अनुमोदन गरि यसको कार्यान्वयन सम्बन्धी विस्तृत व्यहोरा उल्लेख गरि मिति २०६३ मङ्सिर ५ गते नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच सम्पन्न ‘विस्तृत शान्ति सम्झौता’ र मिति २०६३ मङ्सिर २२ गते सम्पन्न ‘हतियार र सेनाको व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौतामा भए पश्चात यो संविधान मिति २०६३ साल माघ १ गते सोमबारदेखि गरियो ।

नेपालको अन्तरिम संविधान, २०६३

प्रस्तावना
हामी सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनता नेपाली जनताले २००७ साल पहिले देखि हाल सम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्पmत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंङ्गिक समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने सङ्कल्प गर्दै प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनताको आफ्नो लागि आफै संविधान बनाउन पाउने र भयमुक्त वातावरणमा संविधान सभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाल एक संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भएको घोषणा गर्दै, आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न संविधान सभाबाट नयाँ संविधान नबनेसम्मको लागि राजनैतिक सहमतिबाट तयार भएको यो नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको घोषणा गर्दछौं ।

निष्कर्ष
यसरी हेर्दा संविधानको लेखन कार्य इतिहासको कालखण्डमा जनताको जनादेश र जनताको तिव्र इच्छा, चाहाना र आवश्यकताबाट प्राप्त हुने दस्तावेज हो । संविधान लेखनकार्य इतिहासमा विरलैमात्र हुने हुर्दा हरेक क्षेत्र, समुदाय र राष्ट्रलाई समावेश हुने गरि लेखिनु पर्दछ  । हुन त मानिसका इच्छा आकाँक्ष्याहरु धेरै हुने गर्दछ, अझ अर्थशास्त्रका अनुसार माग असिमित हुन्छ, पुरा गर्नका लागि यसलाई समय अनुसार परिमार्जित गर्दै लैजानु पर्दछ, संविधान लेखन–कार्यमा बिगतका संविधानलाई मध्यनजर गर्दै पहिलो कार्यकालमा संविधान बन्न नसके पनि दोस्रो कार्यकालमा सम्पुर्ण नेपालीहरुको हकहितलाई समावेश गरि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, समान आकाङ्क्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रूपमा रहने गरि लेखिनु पर्दछ ।

सन्र्दभ सामाग्री
 नेपालको संविधान २०४७ र नेपालको अन्तरिम संविधान २०६३