संर्घषका जीवनीहरु


यस्ता छन् कलामका प्रेरणादायी प्रसंग

२०७२ साउन १२ गते ११:२२ मा प्रकाशित
 4923  82 
  2
सोमबार राति निधन भएका भारतका पूर्वराष्ट्रपति डा. एपीजे अब्दुल कलाम वैज्ञानिक एवं सरल जीवनशैलीका लागि प्रख्यात छन् । उनी युवावस्थामा एयरफोर्समा भर्ती हुन चाहन्थे । तर, उनको यो इच्छा पूरा हुन सकेन । र, उनी वैज्ञानिक हुँदै भारतको राष्ट्रपति पदसम्म पुगे ।
Abdul-kalam
सन् १९९९ मा कलामलाई भारत सरकारको प्रमुख वैज्ञानिक सल्लाहकार बनाइएको थियो । सन् २००१ मा सो पद छाडेपछि उनले अन्ना विश्वविद्यालयमा प्रोफेसरका रुपमा काम गरे ।
सन् २००२ को २५ जुलाईमा उनी भारतको ११ औं राष्ट्रपति बने । कलाम २५ जुलाई २००७ सम्म सो पदमा रहेका थिए ।
कलामको राष्ट्रपति कार्यकालका केही प्रेरणादायी प्रसंग यस्ता छन् :
मुसर्रफसित ३० मिनेट
सन् २००५ मा तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफ भारत भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहका साथै राष्ट्रपति अब्दुल कलामसित पनि भेटेका थिए । बीबीसी हिन्दीमा रेहान फजलका अनुसार भेटघाटको अघिल्लो दिन कलामका सचिव पीके नायर बिफ्रिङका लागि उनीकहाँ पुगे ।
नायरले भने, ‘सर, भोलि मुसर्रफ तपाईंसित भेट्न आउँदै हुनुहुन्छ ।’
कलामले जवाफ दिए, ‘हो मलाई थाहा छ ।’
नायरले भने, ‘उनले पक्कै पनि कश्मिरको मुद्दा उठाउने छन् । तपाईं यसका लागि तयार हुनुपर्छ ।’
कलामले भने, ‘चिन्ता नगर, म सम्हाल्छु ।’
अर्को दिन बिहान साढे सात बजे मुसर्रफ राष्ट्रपति भवनमा पुगे । कलामले उनको स्वागत गरे । उनको कुर्सीसम्म गए र छेउमै बसे । भेटघाट ३० मिनेटको भनिएको थियो । कलामले बोल्न थाले, ‘राष्ट्रपतिज्यू, भारतमा जस्तै तपाईंको देशमा पनि ग्रामीण क्षेत्रहरु छन् होला । तपाईंलाई त्यस्ता क्षेत्रको विकासमा केही गरौं जस्तो लाग्दैन ?’
मुसर्रफले हो, हो भने । त्यसपछि कलामले ग्रामीण क्षेत्रको विकासका सम्वन्धमा आफ्नो सिद्धान्त पूरा (प्रोभाइडिङ अर्बन फेसिलिटिज टु रुरल एरियाज) को विषयमा मुसर्रफलाई प्रवचन दिन थाले । भेटघाटका लागि जम्मा ३० मिनेट छुट्याइएको थियो । २६ मिनेट कलाम एक्लै बोले ।
त्यसपछि मुसर्रफले भने, ‘धन्यवाद राष्ट्रपतिज्यू । तपाईंजस्तो वैज्ञानिक राष्ट्रपति पाउने भारत भाग्यमानी छ । भेटघाट यत्तिमै सकियो ।
त्यसपछि नायरले आफ्नो डायरीमा लेखे, ‘कलामले आज देखाउनुभयो कि वैज्ञानिक पनि कुटनीतिक हुन सक्छन् ।
तीन लाख ५२ हजार रुपैयाँ
सन् २००६ को मे महिनामा कलामको सारा परिवार उनीसित भेट्न दिल्ली पुगेको थियो । सबै गरी ५२ जना थिए । त्यसमा उनका ९० वर्षीय दाजुदेखि डेढ वर्षीया पनातिनीसम्म थिए ।
उनीहरु आठ दिनसम्म राष्ट्रपति भवनमै बसे । कलामले आफ्नो परिवार राष्ट्रपति भवनमा बस्दाखेरिको भाडा आफ्नो खल्तीबाट दिए । यति मात्रै होइन, प्रत्येक दिन खाएको चियाकोसम्म हिसाब गरे । उनीहरु सबैजना गएपछि कलामले आफ्नो खाताबाट ३ लाख ५२ हजार रुपैयाँको चेक काटेर राष्ट्रपति कार्यालयमा पठाए । उनी राष्ट्रपति हुँदासम्म यो कुरा बाहिर आएन ।
वर्षातले पनि साथ दियो
राष्ट्रपति कलाम भारतका सबैभन्दा सक्रिय राष्ट्रपति मानिन्थे । आफ्नो कार्यकालमा उनले १७२ वटा भ्रमण गरेका थिए । यीमध्ये विदेश भ्रमणको संख्या भने केवल ७ मात्र थियो ।
भारतको स्वतन्त्रता दिवसका अवसरमा सन् २००३ को १५ अगष्टमा कलामले राष्ट्रपति भवनमा अघिल्ला वर्षहरुमा जस्तै चियापान कार्यक्रम आयोजना गरेका थिए । त्यसमा करिब तीन हजारलाई आमन्त्रण गरिएको थियो ।
त्यस दिन बिहान आठ बजेदेखि नै मुसलधारे वर्षा भयो । राष्ट्रपति कार्यालयका कर्मचारीहरु अब तीन हजार मान्छेलाई कहाँ राख्ने भनेर छट्पटीमा परे । उनीहरुले दौडधुप गर्दै दुई हजारवटा छाताको व्यवस्था गरे ।
दिउँसो १२ बजे राष्ट्रपतिका सचिव भेट्न आउँदा कलामले भने, ‘क्या गजबको दिन भयो, चिसो हावा चलिरहेको छ ।’
सचिवले भने, ‘तपाईंले तीन हजार मानिसलाई बोलाउनुभएको छ, यस्तो मौसममा उनीहरुलाई कसरी स्वागत गर्न सकिन्छ ?’
क्लामले भने, ‘चिन्ता नगर्नुस् । राष्ट्रपति भवनभित्रै हामी उनीहरुलाई चिया खुवाउने छाैं ।’
सचिवले सात सयभन्दा बढी मानिसलाई भित्र राख्न नसकिने बताए । दुई हजार छाताको व्यवस्था गरिएको भए पनि नपुग्ने उनले जानकारी दिए । कलामले भने, ‘हामी के गर्न सक्छौं र । वर्षा जारी रह्यो भने के चैं होला र । हामी भिज्ने न हौं ।’
नायरलाई झनै चिन्तित देखेर कलामले भने, ‘तपाईं चिन्ता नगर्नुुस् । मैले माथि कुरा मिलाएको छु ।’ त्यतिबेला दिउँसो १२ बजेर ३८ मिनेट गएको थियो । आश्चर्यजनक रुपमा दिउँसो ठीक दुई बजे वर्षात रोकियो । सूर्य देखियो । बेलुका साढे पाँच बजे चियापान सहजरुपमा सुरु भयो । करिब दुई घण्टामा सकियो ।
चियापान सकेर जब कलाम राष्ट्रपति भवनको छतमुनि पुगे, फेरि झमझम पानी पर्न थाल्यो ।
कलामका केही चर्चित भनाइ
–     तपाईंको सपना साकार हुनका लागि पहिले तपाईंले सपना देख्नुपर्छ ।
–     श्रेष्ठता एउटा प्रक्रिया हो, कुनै घटना होइन ।
–     समस्या मानिसको जीवनमा जरुरी छ, किनकि समस्याबिना सफलताको आनन्द लिन सकिँदैन ।
–     यदि देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने समाजका तीन सदस्यको यसमा अति महत्वपूर्ण भूमिका हुनेछ । यी तीन सदस्य हुन्, आमा, बुबा र शिक्षक ।
–     सरलता र परिश्रम नै सफलताको एक मात्र मार्ग हो ।
–     सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु बिसेक पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।
कलामको निधनपछि केही भारतीय ट्वीट
अरुण जेटली
उहाँ देशवासीका लागि प्रेरणास्रोत तथा सबैको रोल मोडल हुनुहुन्थ्यो । उहाँले एक वैज्ञानिक र एक राष्ट्रपतिको रुपमा योगदान दिनुभयो ।
नितिन गडकरीः
उहाँको व्यक्तित्व नै फरक थियो । उहाँको आत्माको शान्तिका लागि भगवानसित प्रार्थन गर्दछु । 
 
राहुल गान्धिः
डा. कलामको निधनले असाध्य दुखित छु । उहाँले देशवासीको मनमा राज गर्नुभएको थियो ।
राजनाथ सिंहः
डा. कलाम एक बेदाग चरित्र तथा मजबुत इच्छाशक्ति भएको मानिस हुनुहुन्थ्यो । उहाँसँग ज्ञानको भण्डार नै थियो ।
सचिन तेन्दुलकरः
सबैलाई प्रेरणा दिने एक महान व्यक्ति र वैज्ञानिकको निधनले सारा देश दुखी छ ।
लता मंगेशकरः
म उहाँलाई निकै नजिकबाट चिन्थेँ । उहाँ एकदम ठूलो वैज्ञानिक, असल मानिस र राम्रो कवि पनि हुनुहुन्थ्यो ।
स्मृति इरानीः
उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसले मानिसहरुलाई प्रेरणा दिनुभयो र भारतको गौरव बढाउनुभयो ।
लालु यादवः
डा. कलामले लगातार देशलाई मार्गदर्शन गर्नुभयो । कृषि तथा विज्ञानको क्षेत्रमा उहाँको ठूलो योगदान छ ।
चेतन भगतः
भारतले एउटा नायक गुमाएको छ । तपाईंले हामीलाई सधैं प्रेरणा दिइरहनु हुनेछ ।
अरविन्द केजरीवालः
भारतले एउटा साँचो भारतरत्न गुमाएको छ ।
भारतीय सञ्चार माध्यमको सहयोगमा
- See more at: http://www.onlinekhabar.com/2015/07/304800/#sthash.8dt6S4sv.vnqoXOAp.dpuf



मनोविज्ञानका जनक सिग्मण्ड फ्रायड
-पुण्यप्रसाद प्रसाई
प्रसिद्ध मनोविश्लेषण विचारधाराका जनक सिग्मण्ड फ्रायडको जन्म ६ मे, १८५६ मा चेकोस्लोभाकियाको एउटा सानो शहर फ्रिडबर्गको मोराबिया नामक स्थानमा एउटा यहुदी परिवारमा भएको थियो । आफ्नो बाल्यावस्थामा यिनी बाइबलको अध्ययन गर्दथे र यसमा यिनको रुचि सदैव कायम रहेको पाइन्छ ।
फ्रायडको पुख्र्याैली परिवार पहिले राइन नदीको कोलोनमा बस्थ्यो । तर चौधौा र पन्ध्रााौ शताब्दीमा यहुदीहरुप्रति अत्याचार भएपछि यिनीहरु पूर्वतर्फ लागे । पछि त्यहााबाट पनि बसाइा सरी जर्मनी अस्ट्रियातर्फ लागे । फ्रायडका पिता भने फ्रिडबर्ग पुगेका थिए । चार वर्षको अबोध अवस्थामा फ्रायड भियना पुगे । यिनको सम्पूर्ण शिक्षादीक्षा भियनामै सम्पन्न भयो । यिनको खेलकुदमा खूब अभिरुचि देखिन्थ्यो । सात वर्षसम्म यी आफ्नो कक्षाको खेलकुदमा सधैं प्रथम भएको पाइन्छ । फ्रायडको घरको आर्थिक स्थिति दरिलो नभए तापनि, यिनका पिताले यिनलाई आफ्नो प्रवृत्ति एवम् इच्छाअनुसार पेसा चुन्ने सहुलियत भने दिएका थिए । फ्रायड प्रसिद्ध चिकित्सक भए तापनि बाल्यकालमा चिकित्साशास्त्रतर्फ यिनको विशेष रुचि एवम् झुकाउ थिएन । किन्तु प्राकृतिक रहस्यहरुको अपेक्षा मानवीय रहस्यहरुका विषयप्रति यिनको ठूलो जिज्ञासा थियो । अत: आफूभन्दा ठूलो एक मित्रको प्रभावमा परी यिनले कानुनको अध्ययन गर्ने विचार गरे तर त्यसै समयमा डार्विनको विकासवादको सिद्धान्तले यिनलाई आकर्षित गर्‍यो किनभने त्यसबेला डार्विनको सिद्धान्त ज्यादै चर्चाको विषय बनेको थियो र संसारलाई बुझ्नका लागि यो सिद्धान्तद्वारा ज्यादै प्रगति हुने आशा देखिन्थ्यो । त्यसै समयमा गेटेको प्रकृति विषयक एउटा निबन्धद्वारा प्रेरित भई फ्रायडले चिकित्साको क्षेत्रमा अध्ययनार्थ प्रवेश लिने निधो गरे । सन् १८७३ मा अध्ययनका लागि प्रवेश गरेपछि यहुदी भएको कारणले यिनले ज्यादै कठिनाइहरुको सामना गर्नुपर्‍यो किनभने त्यो समय युरोपमा यहुदीहरुलाई ज्यादै हीन एवम् विदेशी ठानिन्थ्यो । जसको लाभ पछि फ्रायडले आफ्नो जीवनमा उठाए । पछि यिनको सम्पर्क प्रसिद्ध चिकित्सक अर्नेस्ट बु्रकसाग हुन गयो । विश्वविद्यालयमा आफ्ना कार्यहरुमा सुविधा नपाएपछि यिनले यिनै चिकित्सकको शारीरिक प्रयोगशाला (एजथकष्ययिनष्अब िीबदयचबतयचथ) मा स्थान पाए र त्यहाा यिनले “ज्ष्कतययिनथ या लभचखयगक क्थकतझ” मा शोधकार्य गरे । सन् १८७६ देखि १८८२ सम्म यिनी यसै प्रयोगशालामा कार्यरत रहे । फ्रायडलाई मनोचिकित्सा (एकथअजयतजभचबउजथ) का अतिरिक्त अरु कुनै पनि क्षेत्रमा रुचि थिएन । यिनले सन् १८८१ मा एमडीको उपाधि प्राप्त गरे । सन् १८८२ मा फ्रायडमा एउटा ठूलो परिवर्तन देखा पर्‍यो । यिनका श्रद्धेय गुरु ब्रुकले घरको आर्थिक स्थिति ठीक पार्नका लागि फ्रायडलाई क्रियात्मक चिकित्साको कार्य गर्ने सल्लाह दिए । परिणामस्वरुप उनी दैनिक प्रयोगशाला छोडेर जनरल अस्पतालमा सहायक चिकित्सकमा नियुक्त हुन पुगे । अस्पतालमा यिनले स्नायुमण्डल, त्यसको शारीरिक तथा आङ्गिक रोगहरु, विस्मृतमा विशेष योग्यता प्राप्त गरे । आर्थिक लाभका लागि भियनामा त्यस समयमा स्नायु रोगहरुको राम्रो क्षेत्र भएकोले यिनले यसमा रुचि लिन शुरु गरे । यहाा कार्यरत रहादा यिनले आफ्ना अनुसन्धानहरुद्वारा पत्ता लगाए कि कोकिनको सुईले शरीरको कुनै भागलाई पीडाहीन बनाउन सकिन्छ । फ्रायडको यो खोजले शल्यक्रियामा हुने भयानक पीडाबाट रोगीहरुले मुक्ति पाए । चिकित्सा शास्त्रको इतिहासमा फ्रायडको यो अनुसन्धानको विशेष महत्व देखिन्छ । 
सन् १८८५ मा फ्रायड स्नायु विज्ञानका प्रवक्ता भएर विशेष अध्ययनका लागि पेरिस गए । पेरिसमा यिनले विश्वविख्यात स्नायुशास्त्री प्रोफेसर जीन शार्काेको निर्देशनमा स्नयुविज्ञानको अध्ययन प्रारम्भ गरे । शार्काेसाग काम गर्दा यिनले मस्तिष्कसम्बन्धी जन्मजात क्षतिको विशेष अध्ययन गरे । यस सम्बन्धमा यिनले जुन निबन्धहरु प्रकाशित गरे, त्यसको महत्व चिकित्साशास्त्रमा आज पनि देखिन्छ । 
पेरिसमा फ्रायडले आफ्ना गुरु शार्काेका व्याख्यानहरुको जर्मन भाषमा अनुवाद पनि गरे । शार्काे हिस्टेरियाका रोगीहरुको उपचार गर्नमा अत्यन्त सिपालु थिए । शार्काेको चिकित्सा प्रणालीको प्रभाव फ्रायडमाथि गहन रुपमा पर्‍यो किनभने फ्रायडको आफ्नो धारणा एवम् विश्वास यो थियो कि सम्मोहन र हिस्टेरियामा कुनै प्रत्यक्ष सम्बन्ध हुादैन । शार्काे यसको विपरीत विधिका माध्यमद्वारा हिस्टेरियाको चिन्ह उत्पन्न गर्दथे । यो फ्रायडका लागि एउटा नयाा कुरो थियो । त्यो समयसम्म प्राय यो धारणा देखिन्थ्यो कि हिस्टेरिया स्त्रीहरुकै मात्र रोग हो । तर पेरिसमा कार्य गर्दा फ्रायडले यो पनि देखे कि पुरुष पनि हिस्टेरियाका रोगी हुन्छन् । त्यसपछि सन् १८८६ मा फ्रायड पेरिसबाट भियना फर्किए र त्यहाा चिकित्सकको कार्य गर्न थाले । साथै आफ्ना सहयोगीहरुलाई यो बताए कि हिस्टेरियाको चिन्ह सम्मोहनविधिद्वारा उत्पन्न गर्न सकिन्छ अनि हिस्टेरियाको रोगी स्त्री मात्र नभई पुरुष पनि हुन्छ । यिनको यस्तो विचारप्रति भियनाका चिकित्सकहरुको जमातले कुनै खास महत्व दिएन । यसै वर्ष आफ्नो प्रतीक्षा गरिरहेकी प्रेमिकासाग फ्रायडले ३० वर्षको उमेरमा विवाह पनि गरे । 
यहाा यिनले आफूभन्दा पाको उमेरका प्रसिद्ध चिकित्सक जोजफ ब्रुअरको सहयोगले स्नायुविशेषज्ञ भई चिकित्सा कार्य आरम्भ गरे । ब्रुअरले फ्रायडलाई एउटा मित्रका रुपमा मात्र नहेरी छोरालाई झैं मद्दत गरे । फ्रायडले ती सबै सुविधाहरु प्राप्त गरे जो कुनै पनि नयाा चिकित्सकको उन्नतिको मार्गमा अनिवार्य देखिन्छ । ब्रुअर पनि शार्काेझै हिस्टेरियाका रोगीको चिकित्सा सम्मोहन विधिद्वारा नै गर्दथे । अत: फ्रायडमाथि ब्रुअरको ज्यादै ठूलो प्रभाव पर्‍यो । यहाा यो कुरा उल्लेखनीय छ कि जहाा एकातर्फ शार्काे सम्मोहनविधिद्वारा रोगीमा हिस्टेरियाको गुण उत्पन्न गर्दथे भने ब्रुअर सम्मोहन विधिद्वारा हिस्टेरियाको उपचार गर्दथे । ब्रुअर सम्मोहनविधिले हिस्टेरियाका रोगीलाई अचेत पार्दथे र अचेतन अवस्थामा रोगीसाग उसका पूर्वस्मृतिका बारेमा सोधिन्थ्यो, जसले रोगीका जीवनलाई अस्तव्यस्त पारेको हुन्थ्यो । यी स्मृतिहरुको उल्लेख गर्नाले रोगीको चित्त हल्का हुन्थ्यो । रोगीले आराम प्राप्त गरेको अनुभव गर्दथ्यो । वास्तवमा ब्रुअरको यो विधिको प्रभावद्वारा रोगीले आफ्ना पुराना कुराहरु बताइदिन्थ्यो, जसले उसको मनमा अज्ञात रुपमा दर्द–पीडा उत्पन्न गरिरहन्थ्यो । ब्रुअर एवम् फ्रायडले सम्मोहन विधिद्वारा हिस्टेरियाका रोगीहरुको जुन चिकित्सा गरे, त्यसको विवरण यी दुवैले कैयौं लेखहरुमा प्रकाशित गरे । आफ्ना लेखहरुद्वारा यिनीहरुले यो प्रमाणित गरे कि यदि हिस्टेरियाका रोगीको मनबाट दर्द एवम् पीडा उत्पन्न गर्ने भावना तथा संवेगहरुलाई निकालिदिएको खण्डमा हिस्टेरियाको उपचार सहजै भइहाल्छ । वास्तवमा दमित भएका भावना तथा संवेगहरुको परिष्कार भई रोगीको मनभित्रका मानसिक अन्तद्र्वन्द्व समाप्त भइहाल्थ्यो र रोगीको उपचार भइहाल्थ्यो । यस प्रकारले फ्रायडले ब्रुअरसाग मिलेर शार्काेको सम्मोहनविधिको प्रयोग व्यवहारिक चिकित्साको रुपमा गरे । फ्रायडलाई यत्तिले सन्तोष भएन । सम्मोहिन विधिको महत्वपूर्ण प्रभाव हुादाहुादै पनि यसको पूर्णतामा भने यिनलाई पूर्ण विश्वास भइरहेको थिएन किनभने यो विधिद्वारा सम्पूर्ण मानसिक रोगहरुको उपचार भने सम्भव हुन सकेको थिएन । अत: फ्रायडले सम्मोहनविधिको यो अपूर्णतालाई ध्यानमा राख्दै यो विधिका साथसाथै रेचन क्रियाको प्रयोग पनि शुरु गरे । सम्मोहन एवम् रेचन क्रियाविधिको मिश्रित प्रयोग पनि ब्रुअर एवम् फ्रायडलाई अपूर्ण नै लाग्यो किनभने यी विधिहरुद्वारा पनि रोगको निदान अस्थायी नै देखिन्थ्यो ।
यो समय फ्रान्सको नेन्सी नगर सम्मोहनसम्बन्धी प्रयोग तथा कार्यका लागि प्रसिद्ध देखिन्थ्यो । नेन्सीमा एए लिबाल्ट र एचएम बर्नहाइम दुवै चिकित्सकको हिस्टेरिया र सम्मोहनका सम्बन्धमा रुचि देखिन्थ्यो । बर्नहाइम सम्मोहनविधिका विशेषज्ञ मानिन्थे । फ्रायड बर्नहाइमकोमा गए र उनको सम्मोहनविधिको अध्ययन गरे । नेन्सी स्कूलमा फ्रायडले यो जाने कि बर्नहाइम रोगीलाई सम्मोहनको अवस्थामा जब कुनै कार्यका लागि आदेश दिन्थे तब सो रोगीले उक्त कार्य पूरा गर्दथ्यो अर्थात् सम्मोहनको प्रभावमा परी रोगीले उनको आदेशको पालन गर्दथ्यो । बर्नहाइमले एउटा रोगीलाई सम्मोहनको प्रभावमा पारेर यो आदेश दिए कि जब घडीमा १२ बज्छ तब उसले उठेर अगाडिको झ्याल खोलिदियोस् । यति आदेश दिएपछि बर्नहाइम रोगीलाई जगाइदिन्थे । जब घडीमा १२ बज्थ्यो, तब रोगीले जाग्रत अवस्थामा पनि पालन गर्दथ्यो । यस्तो तथ्यमाथि स्वयं बर्नहाइमलाई पनि आश्चर्य लाग्थ्यो । अत: उनी कहिलेकाहीा रोगीसाग सोद्धथे कि तिमीले त्यो काम किन गर्‍यौं ?
तर रोगी त्यो उत्तर बताउन असमर्थ देखिन्थ्यो किनकि सम्मोहनका प्रभावमा यस्तो गर्न उसलाई आदेश दिएको हुन्थ्यो ।
यसरी बर्नहाइम स्वयं पनि यो कुरा जान्दैनथे कि सम्मोहनको अवस्थामा रोगीलाई जुन आदेश दिइन्छ त्यो सम्मोहनको अवस्थापछि जब रोगीलाई त्यसको स्मरण रहादैन, कसरी उसले आदेशको पालन गर्दछ । यस सम्बन्धमा बर्नहाइम बारम्बार रोगीसाग सोधपुछ गर्दथे । कहिलेकाहीा घण्टौं रोगीसाग प्रश्न गर्दथे र भन्थे कि स्मरण गर कि तिमीले यो कार्य कसरी गर्‍यौ । अन्त्यमा रोगीले ज्यादै कठिनाइसाथ आफ्नो स्मृतिद्वारा यो बताउाथ्यो कि यस्तो गर्न उसलाई आदेश दिइएको थियो । यस प्रकारले बर्नहाइमले अचेतन स्मृतिसाग चेतन स्मृतिको सम्बन्ध स्थापित गरे । फ्रायडले यी सबै घटनाहरुबाट एउटा अत्यन्त महत्वपूर्ण निष्कर्ष निकाले कि सामान्य रुपले रोगीले जुन कुरा भन्छ त्यसमा विश्वास गरिहाल्नु हुादैन । रोगी स्वयंले पनि रोगको मूल कारणलाई जानेको हुादैन किनभने ती कारणहरु रोगीको अचेतन मनमा अज्ञात रुपले बसेका हुन्छन् । अत: रोगीको उचित चिकित्साका लागि फ्रायडले अचेतन मनमा दबिएका उसका कारणहरुलाई जान्नु अत्यन्त आवश्यक देखे । अत: ब्रुअरसाग मिलेर फ्रायडले आफ्नो चिकित्सापद्धतिमा परिवर्तन ल्याए र यी दुवै अब रोगीलाई आफ्नो मनको सबै कुरा निसङ्कोच भन्नलाई प्रोत्साहित गर्न थाले । यो वार्तालापविधिको नामले सम्बोधित गरे तर यो विधि कुनै वैज्ञानिक विधि नभएकाले फ्रायडले यो विधिलाई अझ धेरै उन्नत तथा व्यवस्थित पारेर त्यो व्यवस्थित रुपलाई यिनले स्वतन्त्र साहचर्यविधिको नामले सम्बोधित गरे र व्यापक रुपमा यो विधिको प्रयोग शुरु गरे । यो विधिको सुरुवात भएपछि यिनले सम्मोहन विधिलाई सदाको लागि त्यागे । 
यो स्वतन्त्र साहचर्य विधिद्वारा फ्रायडले रोगीको अचेतन मनमा दबिएर बसेका कुराहरु जान्न थाले र जब रोगीले अचेतन मनमा दबिएका कुराहरुलाई व्यक्त गर्न थाल्थ्यो तब उसका रोगको उपचार स्वत: नै भइहाल्थ्यो । यसरी रोगीले बताएको कारण विश्वसनीय नदेखिने र उसको अचेतन मनमा रोगको वास्तविक कारण रहने अनि त्यो कारणलाई स्वतन्त्र साहचर्यविधिको उपायद्वारा प्रकट गरिने हुादा फ्रायडले यो चिकित्साविधिलाई मनोविश्लेषण (मनको विश्लेषण) को नाम दिए र यही नाम प्रसिद्ध भयो । 
यसका साथै फ्रायडले रोगीको प्रतिरोध तथा दमनका प्रक्रियाहरुको पनि वर्णन गरेको पाइन्छ । यिनका अनुसार यी दुवै प्रक्रियाहरु पनि अचेतन नै हुन्छन् । फ्रायडले रोगीहरुको अचेतन मनका प्रक्रियाहरुमा प्रकाश पार्दै यो सिद्ध गरेका छन् कि सपना, दैनिक जीवनका त्रुटिहरु, हास–परिहास, कला, धर्म इत्यादि पनि हाम्रो दमित इच्छाहरुकै परिष्कृत स्वरुप हो । फ्रायडको यो अचेतनसम्बन्धी कथनको ठूलो विरोध भयो र यिनलाई अश्लील एवम् नास्तिक पनि भनियो । यस प्रकारले यिनको प्रारम्भिक कार्य एउटा विरोधी वातावरणमा सम्पन्न हुन पुग्यो । सन् १८९६ देखि १८९८ सम्मको तीन वर्षको अवधिमा यिनले निकै महत्वपूर्ण कार्यहरु गरे । यसै समयमा यिनले मनोविश्लेषणको व्याख्या, सपना र दैनिक जीवनका भूलहरुको व्यापक वर्णन गरे । 
सन् १९०२ का छेउछाउ अल्फ्रेड एडलर र स्टिकेल नामक व्यक्तिहरु फ्रायडको शिष्य बन्न पुगे भने सन् १९०८ सम्ममा फ्रायडका शिष्यहरुको सङ्ख्या ज्यादै बढ्दै गयो । यसै वर्ष अन्तर्राष्ट्रिय मनोविश्लेषण परिषद्को स्थापना गर्ने र मनोविश्लेषणको प्रचारप्रसारका लागि एउटा मासिक पत्रिका निकाल्ने निधो सल्जवर्ग नामक स्थानमा मनोविश्लेषणमा रुचि राख्ने मनोवैज्ञानिकको एउटा अन्तर्राष्ट्रिय सभाले पारित गर्‍यो र मनोविश्लेषण वादको प्रचारप्रसारका लागि विधिवत् रुपमा एउटा आन्दोलनको सूत्रपात गर्न पुग्यो । यसै साल अमेरिकामा पनि फ्रायडका मनोविश्लेषणसम्बन्धी कार्य तथा सिद्धान्तहरुको स्वागत गरियो र चर्चाको विषय हुन पुग्यो । एडलर र जुङ यिनका ज्यादै प्रिय शिष्यका रुपमा देखा परे तर मनोविश्लेषण सभाको अध्यक्ष पदमा झगडाले एडलर फ्रायडसाग अलग हुन पुगे र एक वर्षपछि जुङ पनि फ्रायडसाग छुट्टिन पुगे । यिनीहरुले आफ्नो बेग्लाबेग्लै सम्प्रदाय बनाएर फ्रायडका यी अतयन्त योग्य शिष्य तथा कट्टर समर्थक फ्रायडविरोधी बन्न पुगे । तथापि फ्रायडले मानसिक रोगको चिकित्साका लागि मनोविश्लेषण विधिको उपयोग निरन्तर गरिरहे । साथै यस सम्बन्धमा अनुसन्धान पनि चालू नै राखे । फ्रायडले आफ्नो उत्तराद्र्धको जीवन मनोविश्लेषणसम्बन्धी उपचार कार्य र मनोविश्लेषणसम्बन्धी साहित्यकै रचना गर्न लगाए । सन् १९३६ मा फ्रायडको ८० औं जन्मोत्सव समारोह उनका अनुयायीहरुले देश–विदेशमा समेत विभिन्न उत्सव आदिको आयोजना गरी मनाए तर फ्रायड यी उत्सवमा सम्मिलित भएनन् किनभने जीवनका अन्तिम वर्षमा यी एकान्तवासी हुन पुगेका देखिन्थे । यसै समयमा हिटलरको प्रभाव बढ्दै गयो र यहुदीहरुका लागि ज्यादै सङ्कट पैदा भयो । हिटलरद्वारा अस्ट्रियामा आक्रमण गर्ने योजना बनाउन थालेपछि यहुदीहरुको जीवन वास्तवमै असुरक्षित हुन पुगेको थियो । फ्रायडले जन्मभूमि अस्ट्रिया छोड्न मानेनन् । तर आफ्ना अनुयायीहरुको जिद्दी र आफ्ना त्यस समयका सहयोगी डा. अर्नेस्ट जोन्सको अनुरोधमा फ्रायड ४ जुन, १९३८ मा अस्ट्रियाबाट लण्डन गए । आखिरी समयमा फ्रायड क्यान्सरद्वारा ग्रस्त भए । लण्डनमा यिनको स्वास्थ्यमा निकै सुधार भएको देखिए तापनि २३ सेप्टेम्बर, १९३९ मा ८३ वर्षका उमेरमा यिनको देहान्त भयो । 


काठमाडौं-नेपाली काँग्रेसका युवा नेता गगन थापा अव नेपालमा मात्र नभएर संसारकै उत्कृष्ट युवा नेतामा 

छानिनुभएको छ। विगत १० बर्षदेखि संसारका युवा 

gagan
नेताहरुको मञ्चको रुपमा विकास हुँदै आएको विश्व आर्थिक मञ्चमा यो बर्ष नेपालबाट राजनीतिक दलका नेताका रुपमा गगन थापा चुनिनुभएको हो। सरकारी तथा गैरसरकारी दुबै क्षेत्रबाट चयन हुने यो मञ्चमा दक्षिण एशियाबाट छानिएका १९मा थापा नेपालबाट पर्नुभएको हो। थापासँगै नेपालबाट चाइल्डरीच नपालका देशीय निर्देशक छिरिङ लामा पनि युवा नेतामा चयन हुनुभएको छ। थापा र लामा  विश्वका २००० जनाबाट छानिनुभएको हो।
मञ्चमा ११ जना भारतबाट छानिदा १ जना अफगानिस्तानबाट, एक जना श्रीलङकाबाट, २ जना नेपालबाट र ४ जना पाकिस्तानबाट छानिएका छन्। युवा नेताहरुको मञ्चको रुपमा विकास हुँदै आएको विश्व आर्थिक मञ्चमा भारतीय मानव संसाधन मन्त्री स्मृती इरानीदेखि जिएमआरका अध्यक्षसम्म भारतबाट छानिएका छन्। पूर्वी एशियाबाट २३ जना, युरोप तथा रसियाबाट ३९ जना, ग्रेटर चाइनाबाट १७ जना, ल्याटीन अमेरिकाबाट १३ जना, मध्यपूर्व र अफ्रिकाबाट १६ जना, सब सहारा अफ्रिका देशबाट १७ जना पनि मञ्चमा छानिएका छन्। सन् २०१५का लागि ६६ देशबाट छानिएका १८७मा सरकारी र नीजि क्षेत्रबाट बराबर हुनुका साथै महिला आधा रहेका छन्।सकारात्मक शान्तिपूर्ण र समृद्ध समाजका लागि अन्तराष्ट्रिय मुद्धाहरुमा समान धारणा बनाउन मञ्चको प्रयोग हुँदै आएको छ। यस मञ्चले आउँदो पुस्ताका संसारकै उत्कृष्ट युवा नेताहरुको छनौट गर्दै यस संसारलाई उत्कृष्ट बनाउन सहकार्य गर्दै आएको छ।


No comments: