लेखरचनाहरु

पृष्ठ !


cWoIfsf] sndaf6

afun'ª lhNnfsf] lhNnf ;b/d'sfd b]vL afun'ª ahf/ b]vL !) sf]if klZrddf /x]sf] b/d vf]nf lsgf/ $%)) lkm6 prfO{ b]lv ;/b/ %%)) lkm6 prfO{df 3'D6] r'r'/fsf] sfvdf cjl:yt o; dNn uf=lj=;= ef}uf]lns ;f+:s[lts, wfld{s, /fhlglts, ko{6lso b[li6n] dxTjk"0f{ uf=lj=;= sf] ?ddf /x]sf] o; uf=lj=;= df :yflkt ePsf ljleGg u}/ ;/sf/L ;+3 ;+:yf dWo >L v8\u sflnsf o'jf Sna :yfkgf sfn b]lv xfn ;Dd ;dfhdf ljleGg ;]jfd"ns, r]tgfd"ns Pj+ ljsf;d"ns sfo{x? lg/Gt/ ?kdf cfkm\gf] klxrfgnfO{ pRr /fVb} cfO/x]sf] Ps dxTjk"0f{ ;fdflhs ;+:yf xf] .
       ;dfhdf ljBdfg /x]sf ljs[tL, lj;+ult, s;/Llt cGwljZjf; / s';+:sf/sf] cGTo ul/ ;Eo ;dfhsf] lgdf{0f  ug]{ / b]z ljsf; tyf ;dfh;]jfdf ;d{lkt bIf hgzlStsf] ljsf; ug]{ :yflgo >f]t ;fwgsf] klxrfg tyf kl/rfng ul/ ;d"bfosf] ;fdflhs, cfly{s, /fhlglts, ;f+:s[lts, ef}uf]lns Pj+ ;du| kIfsf] ljsf;sf] nflu o"jfx?sf] ljsf; ug]{ d"n nIo cg';f/ @)^$ ;fndf o; ;+:yfsf] :yfkgf ePsf] lyof] .
       @)$^ ;fndf :yfkgf e} ;dfh ?kfGt/0fsf nflu ljleGg sfo{x? cuf8L a9fpb} cfPsf] o; ;+:yfnfO{ @)%@ ;fn df sflnsf o'jf kl/jf/ sf] gfdaf6 lhNnf k|zf;g sfof{no, afun'ªdf ljlwjt ?kdf btf{ ul/Psf] xf] . btf{ kZrft o; ;+:yfn] ;fdflhs ljs[lt, b'Jo;gL x6fpb} o'jf tyf cfdhg;d"bfo df r]tgfd"ns / ;dfhdf ljsf;d"ns sfo{qmdx? ;+rfng ub}{ cfO/x]sf] 5 .
       ;+:yfsf] :yfkgf sfn b]lv xfn;Dd ljleGg cf/f]x cj/f]x kf/ ub}{ o; ;+:yfn] cfkm\gf sfo{qmdx? lg/Gt/ ?kdf cuf8L a9fpb} cfO/x]sf] b]zdf pTkGg ePsf] /fhg}lts cl:y/tf, ;+qmd0fsfnLg /fhlglts cj:yf Pj+ 4Gbsf sf/0f s]lx ;do o; ;+:yf ;zQm ?kdf lqmofl;n x'g g;s]sf] oyf{ytf oxfFx? ;dIf lgj]bg ub{5' .
       ;+qmd0fsflng /fhlglts cj:yfkl5 b]zdf /fhg}lts kl/jt{g b]z k|lqmofdf ;dfj]z eP kZrft o; ;+:yfn] klg cfkm\gf gLltsfo{qmdx? nfO{ cuf8L a9fpg] sfo{ yfngL u¥of] . h;cg';f/ ;dfhdf ljleGg ljsf;sf sfo{ ;DkGg eP . r]tgf :t/ j[l4 tyf v]ns'b Pj+ snf ;+:s[tL / jftfj/0f ;+/If0f ug]{ sfo{x? lg/Gt/ ?kdf ;+rfng e} /x]sf 5g\ . o;} qmddf dNn uf=lj=;= sf] dxTjk"0f{ wfld{s :yn Pj+ ko{6lso :yn >L v8\u sflnsf dlGb/ nfO{ ;+/If0f ;Daf]wg ug]{ p2]Zo cg'?k o; ;+:yfsf] gfd kl/jt{g ul/ dlGb/sf] gfdaf6 >L v8\u sflnsf o'jf Sna gfdfs/0f ul/ @)^& ;fndf lhNnf k|zf;g sfof{no afun'ªdf ;+;f]wg ul/of] .
       dNn uf=lj=;= sf] dWo efu df :yflkt >L v8\u sflnsf o'jf Snan] ljleGg cf/f]x, cj/f]x kf/ ub}{ @% cf}+ jif{df k|j]z u/]sf] o; :j0fL{o cj;/df olx ldtL @)&! cfl:jg (–!@ ut] ;Dd v'Nnf elnan k|ltof]lutf, nf]s g[To k|ltof]lutf, dlxnf k'?if  /:;fs:;L k|ltof]lutf, /fli6«o snfsf/sf] pkl:ytLdf ljljw dgf]/~hgfTds sfo{qmdx?sf] cfof]hgf u/L eJo ;Eo Pj+ pNnf;do jftfj/0fdf /ht hoGtL ;df/f]x dgfpg u}/x]sf 5f}+ . o; ;+:yfnfO{ o; cj:yf ;Dd NofOk'¥ofpg ;xof]u ug]{ ;:yfksx? ljut b]vL jt{dfg ;Ddsf sfo{sf/L ;ldtL ;b:ox?, ;Nnfxsf/x? Pj+= ;:yfsf cfhLjg tyf ;fwf/0f ;b:oHo"x? tyf ;d"bfo k|ltdf cfef/ JoQm ub{5' . o;} u/L ;+:yfsf] k|ultsf] sfdgf ub}{ ;xof]u k'¥ofpg' x'g] rGbfbftf, v]nf8L, k|fof]hs, :dfl/sf k|sfzg ;ldtL, ;/sf/L tyf u}/ ;/sf/L ;+3 ;+:yf, j}b]lzs ;xof]ubftf, lj1fkgbftf Pj+= ;DdfgLt JolQmx?, d"n ;df/f]x ;ldtL, pkldtLx? ;a}df xflb{s cfef/ JoQm ub{5' .
z'esfdgf JoQm ug{' x'g] ;+ljwfg;ef ;b:o dfggLo ;ef;+b k|sfz kf}8]nHo", xl/axfb'/ v8\sfHo", 1fgs'df/L 5GTofnHo", lhNnf k|zf;g sfo{no afun'ªsf k|d'v lhNnf clwsf/L >Ldfg\ anb]j uf}td, lhNnf lasf; ;ldlt afunªsf k|d'v :yfgLo ljsf; clwsf/L >L k'0oljqmd kf}8]n, afun'ª pBf]u jfl0fHo ;+3sf cWoIf >L a;Gts'df/ >]i7 / dNd uflj;sf ;lrj Pjd cWoIf >L cfGfGbk|;fb zdf{, n]v tyf /rgf pknJw u/fO{ ;xof]u k|bfg ug{' x'g] w=a=Sof=afun'ªsf ;xk|fWofks 8f=lbgaxfb'/ yfkf, ;dfh ;]jL ;O{ cf]daxfb'/ yfkf, e}/j dfljsf k|frfo{ rqmjlt{ zdf{, ;+:yfks ;b:o e/t dNn, ;dfh ;]jL Pjd /fhgLlt1 3gZofd uf}td, lzIfs gGb/fd uf}td, lzIfs jL/axfb'/ rf]vfn, lzIfs k"0f{eb| uf}td, ;GbLk yfkf sDKo"6/ l8hfOg / 6fO{lkªdf ;xof]u ug]{ lnof] sDKo'6/ ;]G6/sf k|f]= lr/fs /fgf, Snjsf] tTsflng ultljwLsf af/]df hfgsf/L u/fpg' x'g] Snjsf ;lrj lzlz/ad dNn, tyf Snjdf cfj4 ;Dk"0f{ ;b:ox? lg/Gt/ ;Nnfx ;'emfj k|bfg ug]{ ;xsdL{ ldq tf/fk|;fb zdf{ / nIf'd0f yfkf, of] ;u|xnfO{ k':tsdf NofO{lbg] ;okqL ckm;]6 k|]; afun'ª, v]nf8Lx?, snfsf/, kqsf/, ;'/IffsdL{, lzIfs, e"=k'= lzIfs, ljBfyL{, k|d'v cltyL, ljlzi6 cltyL, cltyL, ;Dk"0f{ k|fof]hsx?, rGbfbftfx? Pj+ cfd hg;d"bfo k|lt cfef/ Pj+ ;Ddfg JoQm ub{5' .
wGojfb .
t]h a= yfkf
cWoIf 

पृष्ठ @

राज्य पुनर्संरचनाको सवालमा गलकोट क्षेत्रको पहिचान


डा.दिनबहादुर थापा (सहप्राध्यापक)
                                              ध.ब.क्या.बागलुङ
नेपाल अहिले संघीय गणतन्त्रोन्मुख मुलुक हो । राज्य पुनर्संरचनाका सवालमा अहिले विविध समस्याहरु थपिदै गएका छन् । हामीले चाहेर वा नचाहेर संघीय गणतन्त्र नेपाल बन्दै छ । अहिले नेपालको राजनीतिक माहोल पनि संघावा प्रदेशको सीमाङ्कन, नामाङ्कन र संख्या निर्धारणमा निकै ठूला–ठूला बहसहरु भइरेका छन् । यसै सन्दर्भमा अगुल्टोले हानेको कुकुर बिजुली देखि तर्सिन्छ भनेझैं गलकोट वासीलाई फेरि एकपटक झस्किने अवस्था सिर्जना भएको छ । अहिले संघको नामाङ्कन र सीमाङ्कन भन्दा पनि गलकोट वासीलाई आप्mनै क्षेत्रको चासो र महत्व निकै बढेको छ । यसका लागि गलकोट वासी निकै चनाखो पनि हुनु उत्तिकै आवश्यक भएको छ । गलकोट क्षेत्र जुन प्रदेश वा संघमा रहे पनि यसको पहिचानलाई नियोजित र षड्यन्त्र मूलक ढंगले विखण्डन नगरियोस भन्ने हामी सबै गलकोटवासी जनताको एउटै आवाज हो । गलकोटको मौलिक पहिचानलाई विखण्डन गर्न नहुने  र एउटै संघमा समेट्नु पर्ने आधारहरु यहाँ प्रस्तुत गरिएको छ–
१.ऐतिहासिक पहिचानः
इतिहासकारहरुले दिएको जानकारी अनुसार प्राचीन समयको गलकोट भन्नाले पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा गुल्मी मुसिकोटको निबुवाखोला सम्मका भू–भागलाई जनाउँथ्यो । प्राचीन समयमा राजा जितारी मल्ल (वि.स. १६३१) देखि जगत बम मल्लको समय वि.स.१८४४) सम्म यो भू–भाग एउटा चौबीसे राज्यहरु मध्येको एक शक्तिशाली राज्यको रुपमा परिचित थियो भने त्यसपछि राजा भरतबम मल्लको समय (२०१७) सम्म यो एउटा रजौटा अन्तर्गतको स्वतन्त्र राज्य थियो । भरत बमकै समयमा “भाइ फुटे गुहार लुटे भनेझै” त्यहाँका केही स्वर्थी व्यक्तिहरुको आपसी खिचातानीले गर्दा २०१९ सालतिर जिल्ला प्रशासन कार्यालय समेत त्यहाँबाट बहिर्गमन हुनाले यो एउटा गलकोट भेकका रुपमा सीमित बन्नपुग्यो । २०४६ सालको बहुदलीय प्रजातन्त्रको आगमन सँगै षड्यन्त्रपूर्ण ढङ्गले सिङ्गो गलकोट क्षेत्रलाई तीनवटा चुनावी उपक्षेत्रमा विभाजन गरियो । यो एउटा गलकोट क्षेत्रको पहिचान प्रतिको नाङ्गो हस्तक्षेप थियो । ऐतिहासिक पहिचानलाई मेटाउन गलकोटको दुदिलाभाटी, नरेठाँटी, भुस्खात, अर्गल, तारा, हिल र हरिचौरलाई क्षेत्र नं. १ मा, हटिया, मल्म, काँडेवास, सुखौरा, सल्यानलाई क्षेत्र नं.२ मा र रिघा, पाण्डवखानी, सिसाखानी, दगातुन्डाँडा लगायतका गाविसलाई क्षेत्र नंं. ३ मा विभाजन गरियो । यो अवैज्ञानिक र अव्यवहारिक विभाजनले एकातर्फ ‘फुटाउ र शाषन गर’ भन्ने उखानलाई पुष्टि ग¥यो भने अर्कातर्फ बसाइ सराइलाई बढवा दियो । राज्यको हरेक सुविधाबाट बञ्चित हुनु परेपछि मुलुकमा आएको बहुदलीय प्रजातन्त्र र दस बर्से द्वन्द्वको असरले यहाँको सचेत वर्ग बहिर्गमन हुन पुग्यो । अहिले पनि यहाँका सबै गलकोटवासीले राज्यको आधारभूत सुविधाबाट बञ्चित भएको महशुस गर्नु परिरहेको छ । तसर्थ अब बन्ने नयाँ संविधानमा हामी गलकोटवासी जनता यो ऐतिहासिक पहिचानबाट विखण्डित हुन नपरोस भन्ने हाम्रो माग हो । 
२.सामाजिक सद्भाव
गलकोटको सामाजिक संरचनालाई हेर्दा यहाँ केही जातीय उत्पीडन र वर्गीय असमानता हुँदाहुँदै पनि अनेकतामा एकता र एकतामा अनेकताको विशेषता भएको समाज यहाँ पाइन्छ । यहाँ आप्mनै मौलिक पहिचान र सामाजिक सद्भाव भएका विभिन्न जाति, जनजाति र दलित समुदायको बसोबास रहेको छ । गलकोटको मौलिक पहिचान भनेकै त्यहाँको वंशाणुगत रक्त सम्बन्ध, आपसी वैवाहिक सम्बन्ध, मितेरी साइनो, आपसी श्रम विभाजन, श्रम साटासाट, हुद्दा, पर्मा, साझा देवीदेवताको थान–मन्दिर, साझा चाडपर्व र धान, मकै, आलु, भाङ्गो, मुलाका धजरा जस्ता बस्तु विनिमय गरी स्थानीय पहिचान दिनु, व्यवहारिक समस्या सुल्झाउनु र भ्रातृत्वको भावना विकास गर्नु हो । यो साझा सामाजिक पहिचानलाई जोगाइ राख्नु हामी सबैको उत्तिकै कर्तव्य र अधिकार हो । 
३.साझा प्राकृतिक साधन र स्रोतः
गलकोट प्राकतिक साधन र स्रोतले धनी क्षेत्र हो । यहाँ सुन, तामा, सिसा, स्लेट आदि खानीका स्रोतहरु सबै गलकोटेका साझा सम्पत्ति हुन् । साथै जल, जङ्गल र जमिनमा पनि सबै गलकोटेको साझा अधिकार भएको पाइन्छ । अधिकांश गलकोटको दरम,गौदी र काभ्रे खोलाका किनारमा खेत, बिच पहाडमा घरबारी र लेखमा खर्क, गोठ, गोठथरी र सामुदायिक वन रहेको पाइन्छ । यी साझा प्राकृतिक साधन र स्रोतलाई विखण्डन गरेमा गलकोट वासीलाई त्यो भन्दा ठूलो पीडा केही हुने छैन । तसर्थ पनि गलकोट क्षेत्रका यी साझा प्राकृतिक साधन र स्रोतको सदुउपयोग गर्न पनि यसको अक्षुण्ण पहिचानलाई जोगाइ राख्नु पर्ने हुन्छ । 
४.प्रशासनिक सुगमताः
बागलुङ जिल्ला सानो (मिनी) नेपालको नामले चिनिन्छ । यसको केन्द्रविन्दु भनेकै गलकोट हो । गलकोटका १६ वटा गाविस एउटै रस्तीबस्ती र उपत्यकामा अवस्थित छन् । गलकोटको ऐतिहासिक पृष्ठभूमिमा राज्य संचालनको अभ्यास समेत भइसकेको छ । यसले पनि यो क्षेत्रलाई एउटै केन्द्र, उपकेन्द्र वा क्षेत्रका रुपमा अखण्ड राख्नु पर्ने देखिन्छ । 
५.यातयातको पहुचः
गलकोट लामो समयसम्म शिक्षा, स्वास्थ्य, संचार र यातायात सुविधाबाट बञ्चित नै रहनु प¥यो । यसको परिणाम स्वरुप गलकोट वासीले गास बास र रोजीरोटीको खोजीमा बसाइसराई र श्रम पलायनको पीडा भोग्नु प¥यो र हरेक सवालमा पछाडि पर्नु प¥यो । अहिले गणतन्त्रको आगमन सँगै पूर्वपश्चिम पहाडी लोकमार्गले गलकोटलाई सुगम बनाउँदै छ । यो लोकमार्गले गलकोटको नरेठाटी, दुदिलाभाटी, हटिया, मल्म, रिघा, सिसाखानी, दगातुन्डाडा लगायतका गाविसलाई पूर्ण सुगम बनाएको छ भने अन्य गाविसलाई पनि शाखा मार्गको ढोका खोलि दिएको छ । यो यातायात सुविधाले अब गलकोटमा शिक्षा, स्वास्थ्य, संचार, जलविद्युत र विविध उद्योगको ढोका खोलि दिएको छ । गलकोट क्षेत्रको यो सम्भावनालाई विखण्डित हुन नदिन पनि यसको पहिचान लाई जोगाई राख्न जरुरी छ । 
६, साझा मनोविज्ञानः
गलकोट क्षेत्रमा विविध जाति, वर्ग, धर्म, संस्कार, पेशाका मानिसहरु हुँदाहुँदै पनि सबैको परस्पर साझा पहिचान भनेकै ‘हामी गलकोटे हौ’ भन्ने हो । अन्य क्षेत्रमा बसोबास गर्नेहरुले पनि यी १६ वटा गाविसको भूखण्डमा बसोबास गर्ने व्यक्तिलाई पहिले गलकोटे भनेर चिन्ने गर्दछन् भने हामीले पनि यो भू–भाग –गलकोट) भन्दा बाहिर जानु पर्दा पहिले आफूलाई गलकोटे भनेर चिनाइ सकेपछि आप्mनो जात, थर, पेशा, नाम बताएर चिनाउनु पर्ने हुन्छ । यो साझा मनोविज्ञानलाई खण्डित हुन नदिन पनि गलकोट क्षेत्रलाई एउटै प्रदेश वा संघमा समावेश गर्नुु पर्ने देखिन्छ । 
निष्कर्षमा पुनर्संरचित नयाँ नेपालको संघीय प्रदेशमा कम्तीमा पनि गलकोट क्षेत्रका यी १६ वटा गाविसको मौलिक पहिचानलाई अखण्डित रुपमा एउटै प्रदेशमा समावेश गरियोस् भन्ने हामी सम्पूर्ण गलकोट वासीको साझा धारणा, आग्रह र अनुरोध हो । यो आग्रहलाई राजनीतिक दल,प्रशासन, संचार माध्यम, जनप्रतिनिधि र सरोकारवाला मार्फत सम्बन्धित निकायमा पु¥याइ दिन अनुरोध हरेक गलकोटवासीको छ ।


पृष्ठ ३
                
              खड्ग कालिका र मेरो सामिप्यता




                                                                        
पृष्ठभूमि



दिपक राना
 नि=अध्यक्ष
 मिनी नेपाल भनेर चिनिने बागलुङ जिल्लाको पुरानो सरदमुकाम रहेको जिल्लाको केन्द्र भाग गलेकोट क्षेत्र अन्तरगत मल्म गाविस पूर्वमा हरिचौर, पूर्वी दक्षिणमा हटिया, उत्तरमा पाण्डवखानी र पश्चिममा रिघा पर्दछ भने दक्षिण तर्फको भागमा दरमखोला र का“डेवास गाविस पर्दछ । यस गाविसमा कूल १ हजार ५७ घरधुरी रहेको यस क्षेत्रमा ६,४८७ जनसंख्या रहेको छ (गाउ“ वस्तुगत विवरण २०६७) । यो गाविसको धरातलीय स्थितिलाई हेर्ने हो भने जिल्ला सदरमुकाम देखि ५० किलोमिटर (१० कोष) पश्चिममा अवस्थित यो गाविस समुद्री सदतदेखि ४ हजार ५ सय  फिट (दरमखोलाको तीर) देखि १० हजार ३ सय फिटको उचाई (घुम्टेधुरी) सम्म फैलिएको यस क्ष्ँेत्रको सरदर ५ हजार फिटदेखि ५ हजार ५ सय फिटको उचाइमा रहेको छ । कूल १८ सय हेक्टर (२०४६ को तथ्याङ्क अनुसार) क्षेत्रफल ओगटेको छ । यो गाविसलाई धार्मिक, पर्यटकीय, सांस्कृतिक लगायत विविध कला संस्कृतिको संगोल भूमिका रुपमा पनि लिन सकिन्छ । 

विषय प्रवेश 

आपm्नै ऐतिहासिक भौगोलिक, सामाजिक महत्वका साथ प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिन्छ । यहा“का अग्ला हरियाली डाडापाखा, सुन्दर गाईघाटको झरना, समथर भू–भाग रहेको रमाईलो बस्ती २२ से राज्य मध्यको एक राज्य प्रजातन्त्रका महान योद्धा शहिद थीरवम मल्लको जन्म स्थान समेत रहेको,विभिन्न जातजातिले सु–सज्जित, शिरमा पवित्र शिखर घुम्टे अवस्थित अनुपम ठाँउ गलकोट मल्म गाविसको केन्द्रविन्दुको रुपमा रहेको बाँस्खोला बिभिन्न जातजति, भेषभूषा आ–आफ्नै रहनसहन रीतिरिवाज संस्कारले सु–सज्जित माथिल्लो भाग अलि कति भिरालो र तटीय र टटीय भागमा सम्मा परेको समथर ठाँउमा चिटिक्क मिलेको बस्ति पर्यटकीय क्षेत्र धार्मिक आस्थाको केन्द्र खड्ग कालिका मन्दिर, पाण्डुकेश्वरी गुफा, नन्दिनीगंगा (न्याखोला), शिवजीको बासस्थान शिवालय मन्दिर, माईकोथान, द्ववपर यूगमा सिद्धबराहले फालेकोे भीमसेन ढुङ्गा, बज्रामारे ढुङगा, निर्मल निश्चल रुपमा कल–कल अनवरत रुपमा सदाबहार निरन्तर निर्मल बगीरहने दरमखोला आदि प्राकृतिक सम्पदा र विविधताले भरिपूर्ण ठाउँमा धैरै वर्ष पहिलेदेखि आम गलकोट बासीहरुको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र बिन्दु रहेको श्री खड्ग कालिका मन्दिर गलकोटको चिरपरिचित नाम हो । जुन ठाउँमा  विक्रम सवत् १९८८ मा खड्ग र १९९२ कालिका भगवानको उत्पत्ति भएको पाईन्छ । भगवानको पवित्र स्थान रहेको यस भुमिमा प्रचुर मात्रामा देशका विभिन्न स्थानबाट मानिसहरु पूजा–आजा गर्न आउने गर्दछन् जसका कारणले पनि यस भूमि सवैमा चिरपरिचित हुन गएको छ । गलकोट क्षेत्रको बढी संभावाना बोकेको यस ठाँउका युवाहरुले आज भन्दा करिव २५ वर्ष पहिले बिजारोपण गरी गाँउको सामाजिक, आर्थिक तथा राजनीतिक विकास गर्ने साथै गाउँ, टोल, समाजमा छरिएर रहेका युवाहरुलाई एकत्रित गर्ने मुख्य प्राथामिकतामा खेलूुद, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र जर्गेना गर्ने अभिप्राय लिई क्लवको स्थापना गरेको पाईन्छ । जिल्लामा हालसम्म दर्ता भै सञ्चालमा आएका क्लवहरु ९ सय २९ वटा मध्येको एक क्रियाशिल क्लवको रुपमा समाजमा चिरपरिचित हँुदै आईरहेको छ । भने स्थानीय स्तरमा सञ्चालनमा आएका र दर्ता प्रकृयामा रहेको क्लवहरुले पनि यस क्षेत्रको समग्र विकासमा थप टेवा पु¥याइरहेका छन् । 

क्लव परिचय र गतिविधि 

गैरसरकारी संस्थाको जन्म केही व्यक्तिहरुको आपसी छलफलबाट केही उद्देश्य प्राप्तिका लागि थालनी भएको पाईन्छ । नेपालको सन्र्दभमा ई.स.  १९५० को दशकदेखि भएको पाईन्छ, भने नियमावली ई.स.१९७७ को आधारमा सबै संघ संस्थाहरु सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा दर्ता गर्नु पर्ने वा सरकारी इकाईको जिल्लास्तरमा दर्ता हुनु पर्ने प्रावधान रहेको छ  यसरी स्थापना हुँदै आईरहेको सन्र्दभमा हाम्रो समाजमा वि.स २०३१ सालमा समाजका बुद्धीजीवी एवम समाज सेवीहरुको पहलमा अनौपचारीक रुपमा गठन गरी समाजिक कार्य गदै आइरहेको संस्थाले वि.स २०४६ सालमा मात्र औपचारीकता पाएको पाईन्छ । यस क्लवको स्थापना कालमा कालिका भगवानको नामबाट नै यस क्लवको नाम कालिका युवा परिवार राखिएको पाईन्छ भने बिस्तारेै समयको मागसँगै यसलाई क्लवले खेलकूदमा बढी प्राथमिकता दिई कालिका स्र्पोट यूवा क्लवको नाममा चिनिन थाल्यो र बौद्धिताको विकास र समय सँगै बिभिन्न नाममा परिर्वतन हुदै २०६७ सालबाट यस क्लवको नामाकरण धार्मिक आस्थाको केन्द्र बिन्दु खड्ग कालिका मन्दिरसँगै जोडिर श्री खड्ग कालिका युवा क्लव रहन गयो ।
आज भन्दा २५ वर्ष पहिले खेलकूद, सामाजिक कार्य र कला साहित्य,खेलकुद, लोप उन्मुख सस्कृतिको संरक्षण सम्वर्धन र जर्गेना गर्ने उद्देश्य लिई स्थापित यस संस्थाले बिभिन्न जाति, लि¨, धर्म, वर्ण तथा अन्य कुनै भेदभाव नराखी जुझारु तथा शसक्त युवाहरु संलग्न रहने यस क्लवले युवा वर्तमानका संवाहक हुन् सक्षम एवम् क्रियाशिल तथा सिर्जनशील युवाहरुको का“धमा देशको भविष्य निर्धारण रहने विश्वास गर्दछ  यिनीहरुको सकरात्मक सोचले व्यक्ति,परिवार, समाज, हु“दै समृद्ध एवम् शान्त राष्ट्र निर्माण गर्न सकिने यथार्थतालाई मनन्क गर्दै यी र यस्ता विभिन्न क्रियाकलापहरु संचालन गर्ने र दक्ष युवा जनशक्ति  उत्पादन गर्दै आईरहेको छ ।
  यस क्लवले बिभिन्न आरोह अवरोह पार गर्दै र आफुलाई यस क्षेत्रमा चिरपरिचत गराउदै, २५ औं बसन्तमा पाहिला टेक्न सफल भएको छ, यस घडीमा क्लवको अझै उन्नती र प्रगतिको कामना गर्दछु ।
केही समय देशको द्वन्द्वात्मक अवस्थामा मन्द गतिमा बेसारा भईरहेको र साहाराको खोजीमा भैतारिरहेकोे अवस्थामा अग्रज समाजसेवीहरुको सर–सल्लाहलाई मनन गर्दै हामी गाऊँका केही युवा साथीहरु र अग्रजहरु मिली साहारा प्रदान गर्ने कार्यमा जुट्यौ, हुन त यस क्लवलाई हामीले साहारा नदिदैमा यस क्लवको अस्थित्वमा खासै असर त पर्ने थिएन, किन की यस क्लवले गलकोट क्षेत्रमा आपm्नो छुट्टै इतिहास रचि सकेको थियो । बरु हामी जस्तो यूवालाई समाजमा केही गर्ने, सिक्ने सभ्य, अनुशासित, स्रष्टाचारी, इमान्दार, समाजमा सामाजिक हुने अवसर प्रदान ग¥यो, कुरा २०६१÷६२ साल तिरको हो जुन वेला देशमा द्वन्द्व चर्किरहेको अवस्था थियो जुन वेला हामी क्लवको वैठक संचालन मात्र होइन कुनै पनि भेला सभा गर्न नपाईने राज्यको निर्देशनमा जीवन बिताई रहेको थियौं । हरेक मानिसको मन मुटुका स्पन्दनमा शान्तिको खोजी भैरहेको थियो, द्वन्द्वबाट पिडीत नेपालीहरु अहिंसाको वाटो खोज्दै थिए । देशका धरै जसो ठाँउमा बमका गोला पट्किरहेको हुन्थ्यो नेपाल आमाले शान्ति खोजिरहेको वेलामा यस क्लवले पनि शान्तिको विगुल फुक्ने काम ग¥यो समाजका आम मानिसलाई सचेत तुल्याउने र आपस आपसमा मेलमिलाप र मितव्यीको भावाना जागृत गराउन सफल भयो, देश भरी अकल्पनिय द्वन्द्व हुदा समेत हाम्रो समाजलाई एकत्रित गर्दै, समाजलाई द्वन्द्वको आगोबाट जोगाउन  महत्वपूर्ण भूमीका खेलेको थियो । देशमा शान्ति आओस साथीभाइ बिच भाइचारा र मित्रवत् सम्बन्ध होस भन्ने उद्देश्य लिई सकरात्मक सोचका साथ हामीले भलिवल खेल खेलाउने निर्णय गरियो । वि.स. २०६४ सालमा विधिवत रुपमा खेल संचालन भयो, दुर्भाग्य भनौ या अज्ञानताका कारण भनौ खेलमा हारेका केही साथीहरुले जाँड पिएर आवेशमा आई गाडी माथी तोेडफोड गर्नुका साथै गाडीका मालिकलाई मरणाशान्न हुने गरी कुटपिट भएको कारण उक्त कार्यक्रम एक दिनमा सिमित गर्नु परेको तीतो यर्थाथलाई आत्मसाथ गर्दै उतm घटनालाई आपसी समझदारीमा मिलाउन आम मल्मवासीले खेलेको सकरात्मक भूमीकालाई सम्झन चाहान्छु ।
यस क्लवमा दुई÷दुई वर्ष सचिव र अध्यक्ष पदमा रही गाऊँको स्वंमसेवी रुपमा निस्वार्थ भावनाले सेवा गर्ने र आफूमा भएका ज्ञान, सीप, क्षमता र प्रतिभालाई प्रस्फुटन गराउनुका साथै व्यक्तित्व र नेतृत्व विकास गराउने अवसर प्रदान गर्नु हुने आम बासखोलाबासीप्रति म सधै ऋणी छु ।
सक्षम युवा निर्माण गर्नुका साथै विभिन्न समाजिक कार्यहरु मन्दिर, पुल, स्कूलका भवन, खेल मैदान,बाटोघाटो,वृक्षारोपण, धारा, पाटीपौवा एवम् आपm्नो समाजको लोपउन्मूख र समाजको संस्कृति झल्कने पुराना जस अन्र्तगत असारे, यानीमाया, सुनीमाया, सोरठी, सालैजो,चुट्के,पिपिरा,झ्याउरे,नौमतिबाजा, भजन,आदी संस्कृतिक चिनारीहरुको संरक्षण सम्वर्धन र जर्गेना गर्नका लागी समय समयमा रमाईलो मेला अन्र्तगत भलिवल तथा साँस्कृतिक झल्काउने किसिमका कार्यक्रमहरु गर्दै आईरहेको छ ।
 यस क्लवमा आबद्ध युवाहरु राष्ट्रिय खेलाडी देखि बिभिन्न क्षेत्रमा प्रतिष्ठित व्यवसायिक, सामाजिक, राजनीतिक, सरकारी, गैह« सरकारी तथा बैंक तथा वित्तीय संघसस्था क्लवहरुमा सफलतापूर्वक नेतृत्व प्रदान गर्न सफल हुनु भएको छ । 
   
यस क्लवको २५ वर्षको अवसरमा “रजत स्मारिका २०७१” प्रकाशन गरी यस क्लवलाई जिवन्त दिन अहोरात्र कटीवद्ध भई इमान्दारी पूर्वक स्वंमसेवी रुपमा काम गर्नु हुने यस क्लवका अध्यक्ष श्री तेजबहादुर थापा,  सचिव श्री शिशिर वम मल्ल सदस्य श्री चिराक राना एवम कार्य समितिका सम्पूर्ण सदस्यहरु देश विदेशबाट आ–आपmनो तर्फदेखी आर्थिक, भौतिक, नैतिक तथा प्रत्यक्ष एवम अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण प्रति निर्वतमान अध्यक्षको तर्फदेखि हृदयको अन्तस्करणबाट पुलकित भावले हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु । 
अन्त्यमा नजिकै आईरहेको नेपालीहरुको महान चाड बडा दशै र शुभ–दिपावलीको पावन अवसरमा सबै नेपालीमा शान्ति, सम्वृद्धि, सु–स्वास्थ्य एवम् दिर्घायूको कामना व्यक्त गर्न चाहान्छु । 
     
                                                           धन्यवाद,जय खड्ग कालिका

पृष्ठ ४

         पण्डुकेस्वरी शिवालय मन्दिर र पान्डुकेस्वरी गुफा को परिचय
                                                                                                                   – घनश्याम गौतम मल्म ४
मल्म वार्ड नं. ४ मा रहेको पान्डुकेस्वरी शिवालय मन्दिर बासखोला वार्ड नं. ५ भैरव मा.वि बाट उत्तर पच्छिम पट्टी  करीव ३०– ३५ मिनेट को उकालो सम्व्यर थुम्कामा ठूला ठूला आँपका बगैचा भित्र रहेको सानो चिट्टिक परेको शिवालय मन्दिर त्यसको आडमा एउटा सत्तल रहेको छ भने उत्तर तिर सल्ला र सालको हरीयो वन पच्छिमा फापर खेत गाँउ दक्षिणमा लोप बरेखानी मोटर बाटो र पूर्वमा बासखोला गाँउ पर्दछ । अल्लो डाडाको सम्थर थुम्माकामा अाँपको बँगैचा भित्र रहेको शिवालय मन्दिर बाट तल पट्टी हेर्दा दरम खोलाको लामो दृश्र्य देख्न पाइन्छ । भने पारी पट्टी देखिने उचाकाको धुरी वामीको मैदान रिघाको धुरी टापु र पूर्वमा गाजा र घोडा बाधे को धुरी दृश्र्य अवलोकनका लागि यो ठाँउ अति उपयुक्त छ ।
ऐतिहासिक पक्ष यहाँका पाका पूराना मानिस हरुको भनाइ अनुुसार मल्म बार्ड नं. ४ बासखोलाको माजवारी भन्ने ठाँयमा ठूला ठूला जोगीहरु बस्न्े गर्दर्थ वि.स. १८७० को दशक तिर गल्कोटे राजाका भाइ खलक काजी पयकार्मा मल्ल त्यस ठाँयमा आइ बसोवासकापे लागि उपयुक्त देखी ति जोगीहरुलाई फापर खेत अमरबसे का गोविन्द गौतम, दामोदर गौतम, लालु गौतम र नन्दराम गौतम संग सल्लाहा गरी हालको ठाँउमा पदस्थापना  गरेको पाइन्छ र त्यस समय देखि त्यस ठाँउमा जोगी हरु बसको पाइन्छ भने १८९० को दशक तिर त्यहा एउटी माता आइन जून माता कुनै कनेर्लकी श्रीमती थीइन श्री मानको मृत्यु पछि तीनी त्यहा आएकी थिइन जस्को बारेमा त्यो भन्दा बढी जानकारी पाउन सकिएन  तिनै माताको सक्रियतामा फापर अमरवसेका गौतम र बासखोलामा फापर मकर ध्वज मल्म पूस्कर मल्ल लगाएत श्रदालु भक्त जनको सहयोगमा त्यस ठाँउमा पाटाहरु बनाई विभिन्न जातका अाँपको वोट लगाइ बगैचा बनाएको भन्ने भनाइ छ भने त्यति बेलै त्यस ठाँउमा शिवालय मन्दिर निर्माण गरी साझ विहान पूजा पाठ गर्न चलन का साथै शिवरात्री अक्षय तिर्तय नागपंचमी ऋषी तर्पणी (जनै पूर्णीमा) र बाला चर्तुदशी मा रुद्री गर्न गरिन्छ । यस ठाँउमा १८८० को दशक देखी जोगीहरु बसको भनाइ छ त्यहा बस्ने जोगी हरुमा दौलत गिरी  शिव गितरु बलदेल गिरी वेक गिरि (ढेके जोगी) र एक श्रीश थरका जोगी बसे भने माताहरु दौलत गिरीकी श्रीमती यसोदा मात र श्रीशव जागीकी श्रीमती समेत ७ जना तथा माता त्यहा ७ वटा समाधी समेट रहेका छन । 
पाण्डुकेस्वर गुफा र नन्दिनी गंगाको इतिहाँस फरक छ । बासखोला को सिरान जगलको विचमा एउटा ठूलो ओडार भित्रबाट पानी वगीरहने घाँसदाउरा गर्न जाने गोठाला हरुले त्यहा दिउस वाजा बजाउछ त्योे (भुतको घर) भूते ओडार भन्ने चलन थियो । वि.स. २०४३ साल मार्ग महिनामा बासखोलाका मानिसहरु लेफ्टेन भिम बहादुर मल्म, मनीलाल गौतम स.ई. ओम बहादुर थापा मगर प्रधान पंन्च प्रमान्नद गौतम घनश्याम गौतम मान बहादुर राना लगाएतका मानिसहरुले त्यो ओडारको अवलोकन गर्न ओडार गुफा भित्र जादा भित्र अध्यारो भएकाले टर्च लाइटले हेर्दा शिव लिङ्ग त्यस माथी गाईका थुनबाट जलधारा भएको छेउमा एउटा जल कुण्ड र विभिन्न नागहरुका कल्पना शिल आकृतीहरु देखीए त्यस पछि यस गुफाको संरक्षण गर्नुपर्छ भन्ने उहपस्ये ले २०४३ फाल्गुन महिनामा १०८ आवाल वुहचारी स्वामी प्रमान्नद सरास्वती (प्रभु) लाई झिकाए पन्डीत हरु राखी शिव पूरान लगाइ स्वामी ज्यूले त्यस गूफाको नाम पान्डुकेस्वरी गुफा र त्यस बाट बग्ने खोलाको नाम नन्दीनी गँगा र परको शिवालयको नाम पाण्डुकेस्वरी शिवालय राख्नुभयो त्यस मन्दिरमा रहेको तामाको वि.स. १९८० सालमा चतुर्जभुज गौतम ले राखेका थिए  भने उक्त मन्दिर पुरानो भएकाले २०४४ सालमा मणिलाल गौतमको अध्यक्षतामा सु. जोतिन्द्र मल्ल, सु. तुल बहादुर राना, सु. तिलक के.सी.  लगाएत समिति गठन गरी हालको मन्दिर स्थलको फापरखेत, अमरबसे, बासखोलको लागि बरेखानी गल्याङ्गका भक्तजन बाट जू्टाइ निमार्ण कार्य सम्पन्न भयो । यस मन्दिरमा पूजाको लागि पूजारी खोजेर राख्ने काम भयो २०४५ सालमा सु. तिलक के.सी. सु. टेक ब. के.सी बाट दुईवटा शिवलिङ्ग स्थापना गर्ने काम भयो भने मन्दिरको बाहिर झुण्डाएको घण्टा बलदेव गिरीका कान्टा छोरा डिलाराम गिरी (चालिसे) ले चडाएका हुन । उक्त मन्दिरको नियमित आजापूजा चलाउनका लागि मणिलाल गौतम सु. तिलक के.सी. पूरुषोत्तम गौतम लगाएतका पूरुष हरुको सहयोग र श्रीमती खगी के.सी. सेती राना लगाएतका महिलाहरुले बासखोला तार्गा अमरबसे फापरखेत मा घरदैलो गरी केही रकम संकलन गरी एयटा कोष खडा गरी उक्त रकम आवश्यक परेका व्याक्ति लाई लगानी गर्न काम भयो । तर लगानी गरेको लगानी मध्ये केही रकम अहिले सम्म सकेको छैन भने केही रकम ग्रामीण जन एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड मल्ल ३ गल्याङ्ग मा खाता खोली राखीएको छ ।
धार्मिक पक्ष  यस पाण्डुकेस्वरी गुफाको दर्शन गरी पाण्डुकेस्वरी शिवालयका र्तीशुल, घन्ट रोट बसाहा चडाउने र शिवरात्री, नागपंचमी, जनैपूर्णीमा, अक्षय तिर्तीय मा रुद्री गर्न तथा वाल चर्तूर्दशीमा सतविज छर्न गर्दा आफनो मनोकामना पुरा हुने विश्वास हरेको छ ।
पूजाआजा को व्यवस्था यस मन्दिरमा नियमित पूजा हुदै आएकोमा द्रन्द कालमा उक्त पूजा आजा बन्द भयो र २०७० सालको ऋषी तर्पणी (जनै पूर्णीमा) देखी एकजना पूजारी नियुक्ती गरी बिहान पूजा गर्न चलन छ पूजारी बसे देखी मन्दिर र बगैचाको संरक्षण भएको छ ।
यदि यो मन्दिरको वगैचार र गुफाको बारेमा पचार प्रसार गर्न हो भने आफ्नो मनोकामना पुरा हुनुको साथै यस मन्दिर र पाण्डुकेस्वरी गुफाकोप अवलोकनको लागि पर्यटक र भक्त जनको घुइचो लाग्ने हुदा त्यस मन्दिर र गुफाको दर्शन गर्न नपाउनु भएका भक्तजन अवलोकन कर्ता हरुमा एक पटक नन्दीनी गंगा पाण्डुकेस्वरी गुफा र पाण्डुकेस्वरी शिवालय मन्दिरको दर्शन गरी पुन्य आर्जन गर्नु हुन निवेदन गर्दछु ।

पृष्ठ ५

केही शब्दहरु
                                                        Dil bhuda thoki 
                                                   kadebas

प्रथमतः श्री खड्ग कालिका युवा क्लब, बाँसखोला, मल्म, बागलुङको रजत समारोहलाई दिलैदेखि शुभकामना
समाजलाई अग्र दिशा प्रदान गर्न निश्चित रुपमा संघसंस्थाहरुको अंहम् भूमिका रहन्छ । सामाजिक संस्कार र सामाजिक मनोवृत्तिलाई समयको मागसंगै दिशानिर्देश गर्दै जानु पनि संघसंस्थाहरुको दायित्व रहन्छ । यस सन्र्दभमा, यस संस्थालाई यो उचाईमा ल्याउन योगदान पु¥याउनु हुने महानुभावहरुलाई सम्मान व्यक्त गर्दै यस संस्थाले खेल्दै जाने अभियानमा सफल रहोस्, हार्दिक शुभकामना !
           समाज विकासको चरणमा यति लामो कालखण्ड पार गर्नु हाम्रो जस्तो ग्रामिण स्तरमा स्थापित क्लबहरुको लागि गौरवको कुरो हो । तर्सथ, श्री संस्कृति संरक्षण मञ्च, बागलुड, काँडेबासको तर्फबाट यस क्लबले निर्वाह गर्दै आएको भूमिकाको हार्दिक सराहना गर्दै यस संस्थाको भावि दिनहरु सामाजिक विकासको अभियानमा अझ सशक्त ढंगले लागोस्, शुभकामना !

“हाम्रो संस्कृति, हाम्रो गौरव” ९इगच ऋगतिगचभ, इगच एचष्मभ०
भन्ने मूल भावनाका साथ २०५७ सालदेखि वामे सर्दै विधिवत् रुपमा २०६३ सालमा काँडेबास गा.वि.स.मा स्थापित श्री संस्कृति संरक्षण मञ्च, बागलुङ, काँडेबासले हाम्रा मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्वन, प्रचार–प्रसार साथै समयानुरुप विकास गर्ने मूल अभिप्रायका साथ गठित यस संस्थाले ‘नचरी’ एल्बम जसमा मगर संस्कृतिको देउदा, सोरठी, लहरे र ख्याली नाचगीतको परिचय प्रदान गरेको छ, बजारमा ल्याए पश्चात् यस संस्थाले लोकप्रियता पाएको थियो । यस संस्थाले आफ्ना बार्षिक उत्सवहरुमा हाम्रा जस्तो ग्रामिण क्षेत्रमा पनि फुटवल प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरि सामाजिक सहयोग, सद्भाव र विकासको अभियानमा एउटा भूमिका प्रदान गरिरहेको छ ।

आगामि दिनहरुमा यस संस्थाले गल्कोट क्षेत्रका विभिन्न जातजातिमा प्रचलित मौलिक संस्कृतिहरु बीचको सम्बन्ध र अन्तरलाई अध्ययन गर्दै सामूहिक गीत नृत्यको एल्बमहरु प्रकाशन गर्नै ध्येय राखेको छ ।

अन्त्यमा, श्री खड्ग कालिका युवा क्लब, मल्म र श्री संस्कृति संरक्षण मञ्च, काँडेबासबीच पनि खेलकूद तथा सामाजिक गतिबिधिको अभियानमा सहकार्य रहोस् भन्ने अपेक्षासहित श्री खड्ग कालिका युवा क्लबको निरन्तर गतिमय यात्राको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

पृष्ठ ६

उच्च मा. वि. को पर्खाइमा मल्म
                                                                                                                      विर बहादुर चोखाल

परिचय
नेपाल भित्रको मिनि नेपालको उपमाले परिचित बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि करिव १० कोस अर्थात ५० कि.मि. पश्चिममा अवस्थित एक गा.वि.स. मल्म हो । कूल १,८२,४८६ हेक्टर वर्ग क्षेत्रफलमा उत्तर पश्चिमबाट दक्षिण फर्किएको यो गा.वि.स. समुन्द्री सतहदेखि ४५०० फिट (दरममखोला) देखि १०,३९३ फिट (घुम्टेको धुरी) को भौगोलिक उचाइमा रहेको छ । मल्म गा.वि.स.को सिमाना पूर्वमा हरिचौर गा.वि.स.को हाडिखोला, पश्चिममा रिघा गा.वि.स.को खारखोला, उत्तरमा पाण्डवखानी गा.वि.स.को दाग्दीखोला र दक्षिणमा हटिया गा.वि.स. र काडेबास गा.वि.स. को दरमखोला पर्दछ । यद्यपि मल्म गा.वि.स.को मसुरबारी दरमखोलाभन्दा पारि हटिया गा.वि.स. वडा नं १ लमाई र काडेबाँस गा.वि.स. वडा नं. १ चालिसेटोलसँग जोडिएको छ ।
यहाँको भौगोलिक स्थितिलाई हेर्दा लेकाली, पहाडी र बेसी गरी ३ भागमा विभाजन गर्न सकिन्छ । यहाँको हावापानी भौगोलिक वनावट अनुसार समशितोष्ण, ठण्डा र शितोष्ण रहेको छ । वि.सं. २०७० को घर धुरी सर्वेक्षण अनुसार मल्म गा.वि.स.को कूल जनसङ्ख्या ६,१४६ रहेको छ । जसमा पुरुषको जनसङ्ख्या ३,१४३ र महिलाको जनसङ्ख्या ३,००३ रहेको छ । यस गा.वि.स.मा जम्मा घर धुरी सङख्या १,०८३ रहेको छ ।
मल्म गा.वि.स.को मुख्य पेसा कृषि, वैदेशिक रोजगार,सरकारी सेवा,ज्याला मजदुरी,व्यापार आदि रहेको छ । विकासका पूर्वाधारहरुमा मध्य पहाडी लोकमार्ग यस गा.वि.स.को वडा नं. १,२,३,५,६ र ७ हुदै सञ्चालनमा छ भने स्थानीय सक्रियतामा स्थानीय सहभागिता र लगानीमा सबै वडामा मोटरबाटो पुर्याइएको छ । गा.वि.स.मा वडा नं. ३ देखि ९ सम्म केन्द्रीय विद्युत विस्तार गरिएको छ । वडा नं. १ देखि ३ सम्म र वडा न ४ को बरेखानी र वडा नं ९ को झिर्कामा उर्जा को विद्युतको पहूँच पु¥याइएको छ । सञ्चारका साधनका रुपमा अतिरीक्त हुलाक कार्यालय,टेलिभिजन केबुल,इन्टरनेट, नमस्ते, स्काई, एनसेल मोवाइल, एफ.एम. रेडियो,साप्ताहिक दैनिक पत्र पत्रिकाको पहूँच विस्तार भएको छ ।स्वास्थ्य तर्फ एउटा उपस्वास्थ्य चौकी र ३ वटा निजी मेडिकल सञ्चालनमा छन । शिक्षाको क्षेत्रमा बाल विकासदेखि माध्यमिक तहसम्मका शिक्षण संस्थाहरु रहेका छन ।
मल्म गा.वि.स.को शैक्षिक अवस्था
विकासको प्रमुख पूर्वाधार शिक्षा हो । शिक्षा नै समाज  विकासको मेरुदण्ड हो । सभ्यताको पहिचान हो । सृष्टिको उषाकालदेखि शिक्षा विविध आरोह अवरोहकासाथ अघि बढेको छ । मल्म गा.वि.स.मा शिक्षाको औपचारिक प्रारम्भ वि.सं. २०१५ मा मल्म गा. वि.स.को आँगाखेतमा स्थापना भएको भैरब पाठशाला (हालको भैरब मा.वि. बास्खोला) बाट भएको मानिन्छ । यस गा.वि.स.को साक्षरता दर ९८.१७ प्रतिशत रहेको छ । आधारभूत तह विद्यालय उमेर (५–१२) का बालबालिका सत प्रतिशत विद्यालय भर्ना भएका छन । मल्म गा.वि.स.लाई २०७१ असार १३ गते विशेष कार्यक्रमको आयोजना गरी  बागलुङ जिल्लाको आठौं पूर्ण साक्षर गा.वि.स., अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा लागू भएको गा.वि.स. घोषणा गरिएको छ ।
मल्म गा.वि.स.मा प्रारम्भिक शिक्षाको लागि ९ वटा बाल विकास केन्द्र स्थापना गरिएको छ । यी बाल विकास केन्द्रहरु यस प्रकार रहेका छन्ः १) उज्ज्वल बाल बिकास केन्द्र (२०५९) मल्म–३, २)  खडग कालिका बाल बिकास केन्द्र (२०६१) मल्म–५, ३) शिव बाल बिकास केन्द्र  मल्म–८, ४) लक्ष्मी बाल बिकास केन्द्र (२०६३) मल्म–१, ५) सिर्जनशील बाल बिकास केन्द्र (२०६४) मल्म–६, ६) प्रगतिशील बाल बिकास केन्द्र (२०६४) मल्म–३, ७) भैरब बाल
बिकास केन्द्र (२०६७) मल्म–५, ८) लक्ष्मी नारायण बाल बिकास केन्द्र (२०६८) मल्म–२, र ९) प्रगति बाल बिकास केन्द्र (२०७१) मल्म–७ रहेका छन । उल्लेखित बाल विकास केन्द्रमा १० जना सहजकर्ता कार्यरत छन भने छात्रा ५९ जना र छात्र ५६ गरी कूल ११५ जना बालबालिका अध्ययनरत  छन ।
मल्म गा.वि.स.मा औपचारिक शिक्षा प्रदान गर्नका लागि  सामुदायिक विद्यालय तर्फ २ माध्यमिक विद्यालय, १ नि.मा.वि. र ९ प्राथमिक विद्यालय रहेका छन । संस्थागत विद्यालयतर्फ १ माध्यमिक विद्यालय रहेको छ । मल्म गा.वि.स.का सामुदायिक विद्यालयहरु यस प्रकार रहेका छन्ः १) भैरब माध्यमिक विद्यालय (२०१५) मल्म–५, २) जनहित माध्यमिक विद्यालय (२०२१) मल्म–८, ३) दीपज्योति निम्न माध्यमिक विद्यालय (२०४६) मल्म–६, ४) नेटा प्राथमिक विद्यालय (२०३७) मल्म–९, ५) लक्ष्मीनाराययण प्राथमिक विद्यालय (२०४०) मल्म–२, ६) बाल कल्याण प्राथमिक विद्यालय (२०४१) मल्म–३, ७) देउराली प्राथमिक विद्यालय (२०४६) मल्म–९, ८) पाण्डुकेश्वर प्राथमिक विद्यालय (२०२०४६) मल्म–४, ९) प्रगति प्राथमिक विद्यालय (२०४७) मल्म–७, १०) विष्णु प्राथमिक विद्यालय (२०५०) मल्म–१, ११) सिरबारे प्राथमिक विद्यालय (२०५३) मल्म–६, १२)  नवदीप प्राथमिक विद्यालय (२०६४) मल्म–३ रहेका छन । यद्यपि विद्यार्थी सङ्ख्याका कारण  बरेखानी प्राथमिक विद्यालय  मल्म–४ वि.सं. २०६९ मा मर्च भएको छ भने नवदीप प्राथमिक विद्यालय मल्म–३ मा अहिलेसम्म सरकारी दरबन्दी प्राप्त हुन सकेको छैन ।
मल्म गा.वि.स. मा माध्यमिक तहसम्म अध्यापन हुने १ संस्थागत विद्यालय गलकोट इङ्ग्लिस सेकेण्डरी स्कुल (२०५२) मल्म–६ (स्थापनाकालको नाम  न्यू स्टेप इङ्ग्लिस बोर्डिङ स्कुल ) रहेको छ । मल्म गा.वि.स.मा आधारभूत तह (कक्षा १–८) मा अध्यापन गर्ने विद्यार्थी सङ्ख्या छात्रा ४६६ छात्र ४८५ गरी कूल ९९१ जना रहेका छन् । त्यस्तै माध्यमिक तह(कक्षा ९–१०)मा छात्रा ७१ र छात्र ४८ गरी कूल ११९ जना विद्यार्थीहरु अध्ययनरत छन । गा.वि.स. भरीमा अध्ययनरत कूल १,०७० विद्यार्थीहरु मध्ये ५ छात्रा र ९ छात्र गरी १४ जना अपङ्गता भएका विद्यार्थीहरु अध्ययनरत छन ।
मल्म गा.वि.स.का १२ सामुदायिक विद्यालय र १ संस्थागत विद्यालयमा ४८ जना महिला र ५१ जना पुरुष गरी कूल ९९ जना शिक्षक कर्मचारीहरु कार्यरत छन । मल्म गा.वि.स.मा प्लान नेपालको सहयोग र गाजा युवा क्लवको आयोजनामा मल्म गा.वि.स. वडा नं. ६ मा अपाङ्ग स्याहार केन्द्र (२०६८) सञ्चालनमा छ जहाँ ५ जना फरक क्षमता भएका विद्यार्थीहरु अध्ययनरत छन । प्लान नेपालको सहयोग र दलित सशक्तिकरण केन्द्र बागलुङको आयोजनामा मल्म  गा.वि.स.को वडा नं ३ र ६ मा गत फागुनदेखि ९ महिने किशोरी शिक्षा सञ्चालन भई रहेको छ । गा.वि.स.मा शिक्षा तथा आय आर्जनमा सहयोग पु¥याउने उद्देश्यले वि.सं. २०६६मा घुम्टे युवा परिवार मल्मको विशेष पहलमा तथा जिल्ला शिक्षा कार्यालय बागलुङको सहयोगमा घुम्टे सामुदायिक अध्यययन केन्द्रको स्थापना भई गा.वि.स. भित्र र छिमेकी गा.वि.स.हरुमा कार्यरत छ ।
मल्ममा उच्च मा.वि.को आवश्यकता
नेपाल सरकारले उच्च शिक्षालाई सर्वसाधारणको पहूँचमा पु¥याउन विश्व विद्यालयबाट प्रविणता प्रमाणपत्र तह खारेज गरेपछि गाउँगाउँमा उच्च मा.वि. सञ्चालन गर्ने प्रतिस्पर्धा नै भएको छ । बागलुङ जिल्लाको गलकोट क्षेत्रमा पहिलो पटक गलकोट उच्च मा.वि.मा उच्च मा.वि. तह सञ्चालन भए पछि गलकोटका अन्य गा.वि.स.हरुमा पनि विस्तार भएको हो । मल्म गा.वि.स.का छिमेकी काँडेबास गा.वि.स. मा २ वटा उच्च मा.वि.हरिचौर  गा.वि.स. मा २ वटा उच्च मा.वि.हटिया  गा.वि.स. मा १ वटा उच्च मा.वि. रिघा गा.वि.स. मा १ वटा उच्च मा.वि. पाण्डवखानी  गा.वि.स. मा १ वटा उच्च मा.वि. र हिल गा.वि.स. मा १ वटा उच्च मा.वि.सञ्चालन भएका छन । गलकोट क्षेत्रका प्रायः गा.वि.स.हरुमा १ देखि २ सम्म उच्च मा.वि. सञ्चालन भए पनि  ३ वटा माध्यमिक विद्यालय सञ्चालन भएको मल्म गा.वि.स.मा अहिलेसम्म उच्च मा.वि. सञ्चालनमा आउन सकेको छैन ।
नेपाल सरकारले उच्च शिक्षालाई सरलीकृत गरी गााउँ गाउँमा पु¥याउनका लागि विश्व विद्यालयबाट प्रविणता प्रमाणपत्र तह खारेज गरे पछि गाउँ गाउँमा उच्च मा.वि. सञ्चालन गर्ने प्रतिस्पर्धा नै भएको छ ।  बागलुङ जिल्लाको गलकोट क्षेत्रमा वि.सं. २०५४ मा गलकोट उच्च मा.वि. हटियामा उच्च मा.वि. तह सञ्चालन भए पछि अन्य गा.वि.स.हरुमा पनि उत्साहजनक रुपमा बिस्तार भएकोे छ । मल्म गा.वि.स.को छिमेकी गा.वि.स.हरुमा काँडेबासमा २ वटा उच्च माध्यमिक विद्यालय, हरिचौर गा.वि.स.मा २ वटा उच्च माध्यमिक विद्यालय,हटियामा १ वटा उच्च माध्यमिक विद्यालय, पाण्डवखानी गा.वि.स.मा १ वटा उच्च माध्यमिक विद्यालय, रिघा गा.वि.स.मा १ वटा उच्च माध्यमिक विद्यालय र हिल गा.वि.स.मा १ वटा उच्च माध्यमिक विद्यालय सञ्चालन भएका छन् । गलकोटका प्रायः गा.वि.स.हरुमा १ देखि २ उच्च मा.वि.सञ्चालन भए पनि ३ वटा माध्यमिक विद्यालय सञ्चालन भएको मल्म गा.वि.स.मा अहिले सम्म उच्च मा.वि. सञलन हुन सकेको छैन ।
उच्च माध्यमिक तहको शिक्षा अध्ययन गर्न मल्म गा.वि.स. वडा नं १ र २ का विद्यार्थीहरु जन जागृति उच्च मा.वि.काँडेबासमा, वडा नं ३ र ४ बरेखानीका विद्यार्थीहरु शिव उच्च मा.वि.काँडेबासमा,वडा नं ४,५,६,७,८ र ९ का विद्यार्थीहरु गलकोट उच्च मा.वि.हटियामा र न्यू लाइफ आवसिय उच्च मा.वि. हरिचौरमा, वडा नं ९ झिर्काका विद्यार्थीहरु पाण्डवखानी उच्च मा.वि.पाण्डवखानीमा अध्ययन गर्न जाने गर्दछन् । जनहित माध्यमिक विद्यालय मल्म–८ बाट वि.सं. २०५३, भैरब माध्यमिक विद्यालय मल्म–५ बाट वि.सं. २०६३ मा र गलकोट इङ्ग्लिस सेकेण्डरी स्कुल मल्म–६ बाट वि.सं. २०७० बाट प्रवेशिका परीक्षा एस.एल.सी.दिन सुरुवात भएको अवस्थामा मल्म गा.वि.स.मा आप्mनै गाउँमा उच्च मा.वि.सञ्चालन गर्नु अपरिहार्य आवस्यकता भएको छ ।
गा.विस. भित्र उच्च मा.वि.सञ्चालन नहुँदा उच्च मा.वि. तहको शिक्षा लिन मल्मका विद्यार्थीहरु लामोदुरीको बाटो पार गरी छिमेकी गा.वि.स.मा जानु पर्ने बाध्यता रहेको छ । उच्च मा.वि.समयमा सञ्चालन हुन नसक्दा  विकासका पूर्वाधारहरु समेत प्रभावित भएका छन । कतिपय उच्च शिक्षा लिन समेत बञ्चित भएका छन् । गा.वि.स.बाहिर सञ्चालन भएका उच्च मा.वि. हरुमा जन श्रमदान गर्न र आर्थिक सहायता गर्न  विवश भएका छन्। यस्तो अवस्थामा शिक्षा जस्तो संवेदनशील विषयमा सम्पूर्ण मल्मबासीहरुले गहनतापूर्वक चिन्तन मनन गर्नु पर्ने टडकारो आवस्यकता बनेको छ ।
मल्ममा उच्च मा.वि. को सम्भावना
हरक चुनौतिका अगाडि सम्भावनाहरु पनि रहेका हुन्छन् । सबै समस्याका समाधानका विकल्पहरु रहेका हुन्छन । मल्म गा.वि.स.मा विगत केही वर्षदेखि उच्च मा.वि.सञ्चालन गर्नका लागि बहस र छलफल तीब्र पारिएको छ । भैरब माध्यमिक विद्यालयले उच्च मा.वि. सञ्चालनार्थ भौतिक, आर्थिक र शैक्षिक पूर्वाधारहरुलाई  मजवुद् बनाउदै लगेको छ । जनहित माध्यमिक विद्यालयले उच्च मा.वि.सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिका सदस्य लोकबहादुर थापाको  संयोजकत्वमा एक कार्यदल बनाई स्थल छनौट तथा उच्च मा.वि सञ्चालनको लागि आन्तरिक प्रक्रिया अघि बढाएको छ ।  यसै गरि गा.वि.स. भित्र उच्च मा.वि.को आवश्यकतालाई बहस अघि बढाउन २०६८ मा सरोकारवाला पक्षसँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको थियो। पछिल्लो समयमा मल्म गा.वि.स.मा उच्च मा.वि.सञ्चालन गर्नका लागि गाउँदेखि सदरमुकाम,राजधानी र विदेशसम्म विभिन्न कोणबाट टिका टिप्पणी र बहस भई रहेको छ ।
उच्च मा.वि. सञ्चालका लागि अहिलेसम्म कही कतैबाट मूर्त र योजनाबद्ध अवधारणा बाहिर आउन सकेको छेन । केवल बहसका लागि बहस र औपचारिकतामा सिमित बनेको छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा अमूर्त निरर्थक विश्लेषणमा समय खर्च गरिएको छ । उच्च मा.वि. सञ्चालनमा भन्दा पनि स्थानका बारेमा विषयान्तर हुने गरेको छ । यस्तो परिस्थितिमा उच्च शिक्षा सञ्चालका लागि केही विकल्पहरुमा छलफल गर्नु बाञ्छनीय हुने छ ।
क) मूर्त अवधारणाको आवश्यकता
  उच्च मा.वि सञ्चालका बारेमा जे जति प्रयास गरिएको छ । ती सबै आफैमा महत्वपूर्ण र सान्दर्भिक रहेका छन । त् पैष्ट र मूर्त अवधारणाको अभावमा समयको खर्च भएको छ तर सार्थकता पाउन सकेको छैन । नेपाल सरकारले कक्षा १–८ लाई आधरभूत तह र कक्षा ८–१२ लाई माध्यमिक तह लागू गर्न लागेकोमा उच्च मा.वि. सञ्चालको विकल्प मा.वि. तह सञ्चाल भएका विद्यालयहरुको भएकोले आपसी समन्वयमा मूर्त योजा ल्याउ सकेमा  यत्तम हुने छ ।
ख) गा. विस. को सहमति हुने स्थल छनौट
 उच्च मा.वि.लाई दिगो रुपमा सञ्चालन गर्न गा.वि.स.को सहमति गर्द धेरै राम्रो हुन्छ ।  यसरी सहकतिमा सञ्चालन गर्दा एकातिर आर्थिक, भौतिक तथा शैक्षिक पक्ष दिगो हुन सक्छ भे अर्काे तिर भोलिका दिनमा उच्च मा.वि.लाई क्याम्पसका रुपमा विकास गर्न सकिन्छ । त्यसैले विना आग्रह पूर्वाग्रह गा.वि.स.का. वडा ं. १ देखि ९ सम्ममको जता प्रभावित हुने स्थामा  त्यो हुन नसके ९वटै वडाको सहमति र सहयोग जुटाउने स्थानमा छनौट गर्नु पर्दछ । यसका लागि मल्म गा.वि.स.मा क्रियाशील राजनैतिक पार्टी बुद्धिजीवी, शिक्षक विद्यार्थी व्यापारीहरु तथा गैर सरकारी संस्थाहरुले समयमा नै ठोस विश्लेषण गर्नु पर्ने देखिन्छ ।
ग) जहाँ १० त्यहाँ उच्च मा.वि.
नेपाल सरकारले पछिल्लो पटक विद्यालयको तहगत संरचनामा  यहाँ परिवर्तन गरेको छ । जस अनुसार १–८ लाई आधरभूत तह र कक्षा ८–१२ लाई माध्यमिक तहमा वर्गिकृत गरेको छ । उच्च मा.वि. सञ्चालन गर्ने भने कै हाल मा.वि.तह सञ्चालन भएको विद्यालयले नै हो ।त्यसैले जहाँ १० सञ्चालनमा छ त्यहाँ ११ सञ्चालन  गनु पर्ने हुछ । सामान्यतयाः जहाँ १० त्यहाँ ११ र १२ भन्ने सरकारी नीति नै हो ।  यदि जनहित मा.वि. मल्म–८ र भैरब मा.वि. मल्म–५ ले साविककै स्थानमा आवश्यक पूर्वाधार निर्माण गरेर उच्च मा.वि. सञ्चालन गर्ने योजना बनाउछन भने मल्मबासी सबैले सहजरुपमा ग्रहण गर्नु पर्दछ । १० चलेको ठाउँमा ११ चल्न सक्छ । अवका दिनमा स्थान छनोटमा अल्मलिनु भन्दा यथा स्थानमा उच्च मा.वि. सञ्चाल गर्न सम्बन्धित विद्यालयले सार्थक पहल गर्नु पर्दछ ।
उपसंहार
बागलुङ जिल्लाका कूल ५९ गा.वि.स. मध्ये अनिवार्य र निःशुल्क आधारभूत शिक्षा लागू भएको तथा जिल्ला कै आठौं पूर्ण साक्षर गा.वि.स.मा उच्च मा.वि. सञ्चालन हुन नसक्नु अत्यान्तै गम्भीर विषय हो । उच्च मा.वि. कि आवश्यक छ ? अहिलेसम्म किन सञ्चालन हुन सकेन ? चुनौति के के हुन् ? सम्भावनाहरु के के हुन सक्छन ? गम्भिरताका साथ बहस केन्द्रीत गर्नु पर्दछ । यसरी उच्च मा.वि. सञ्चालन गर्दा सकभर गा.वि.स.कै सहमति हुने स्थान रोज्नु जरुरी छ । यदि त्यो प्रयास सफल हुन सक्दैन भने यथा स्थानमा भए पनि उच्च मा.वि. सञ्चालनको वातावरण गराउनु पर्दछ ।
जिल्लाको विकट गा.वि.स.लाई हेर्ने हो भने पनि अनेकौ चुनौतिका बावजुद पनि उच्च मा.वि. सञ्चालन भएका छन् । तर मल्म गा.वि.स.मा भौगोलिक समस्यालाई देखाएर उच्च मा.वि.मा तदरुपकता देखाईएको छैन । उच्च मा.वि. सञ्चालन गर्ने भन्दा पनि कसरी आफ्नो अनुकुलतामा वातावरण सिर्जना गर्ने भन्नेमा नै अधिक समय खर्च भएको छ । यसैले ईतिहासले सुम्पिएको जिम्मेवारीलाई कुशलता पूर्वक बहन गर्नका लागि जनहित मा.वि. मल्म–८ र भैरब मा.वि. मल्म–५ को समन्वयमा  गा.वि.स.मा वडा नं. १ देखि ९ सम्मको सहभागिता रहने ठाउँमा उच्च मा.वि. सञ्चालन गर्ने वातावरण सिर्जना गर्न तत्पर हनु पर्दछ । यदि यो सम्भव छैन ।  हाल सञ्चालन भएका माध्यमिक विद्यालयले  यथा स्थानमा भौतिक आर्थिक र शैक्षिक  पूर्वाधार निर्माण गरि उच्च मा.वि. सञ्चालन गर्ने वातावरण यथा सिघ्र बनाउनु पर्दछ । समय धेरै अगाडि पुगि सकेको छ । सबैलाई चेतना भया ।
(लेखकः घुम्टे युवा परिवार मल्म बागलुङका भूत पूर्व अध्यक्ष हुन् ।) 

पृष्ठ ७

मानिस साकाहारी की मासंहारी 

                                                                                              शिक्षक नन्दराम गौतम
शाकाहार शब्द शाक  आहार मिलेर बनेको छ, यसको अर्थलाई निहालेर हेर्दा साक सब्जी अर्थात् बनस्पतिजन्य पदार्थहरु मात्र भोजनको रुपमा उपभोग गर्नु त्यवाहेक जिव हिंसा गरेर कुनै प्रकारको वस्तु भोजनको रुपमा उपभोग नगर्नु भन्ने अर्थ स्पष्ट हुन्छ । मानव त्यहि हो जो आफ्नो कर्तव्यको पालना गर्दछ । प्रत्येक वस्तुका आ–आफ्ना गुण हुन्छन्, त्यहि गुणअनुरुप काम गर्नु नै उत्तम धर्म हो । आगोको गुण तातो हुन्छ त्यस्तै पानीमा चिसो हुनु त्यसको गुण हो, आगोबाट तातो र पानीबाट चिसो हटाउन सकिदैन उसले त्यो आफ्नो गुण कदापि छोड्दैन । त्यस्तै प्रकारबाट हामि मानिसहरुको कर्तव्य वा गुण के हो त्यो विचार गर्नुपर्दछ । “निरुक्तकार यस्काचार्यले मानिसको परिभाषा यसरी प्रस्तुत गरेका छन् ।”
“मत्वा (विचार्य) कर्माणिसी व्यक्ति अनुवदनातीति मनुष्य”
मानिस त्यो हो जुन मानिसले विचार गरेर सोचेर मात्र आफू भन्दा ठूला बडा गुरु माता पिताहरु द्धारा बताएको बोटो तथा वेदशास्त्रको मार्गलाई नछोड्ने धर्म तथा इश्वर प्रति आस्ताका साथसाथै आफ्नो परम्परा तथा संस्कृती प्रति वफादारी हुन्छ त्यो नै मानिस हो । त्यो मानिसको लागि संसारमा सबै समान हुन्छ ।
मानिसको असल विचार हुनका लागि असल आचरण का साथै भोजनको पनि घनिष्ट सम्बन्ध हुन्छ । जुन व्यक्तिको आहारा सात्विक हुन्छ । त्यसको विचार पनि पवित्र तथा सात्विक नै हुन्छ । यदि कुनै मानिसहरु अभक्ष, भक्षण, अपेय, माद्यक पदार्थ सेवन गर्दछन् भने उनिहरुको स्वभाव हिंसक तथा क्रुर हुन्छ । त्यहि मानिस राक्षस समानको हुनजान्छ । राक्षस भनेको कुनै छुट्टै जात नभएर मानिस भित्र रहेको यहि अप्रिय क्रूर विचार तथा स्वाभाव नै राक्षस हो ।
सिंह मांसहारी जनावर हो । उसको स्वभाव क्रोधी हुन्छ । त्यस्तै भेडाको स्वभाव लालची हुन्छ, हात्तीको स्वभाव मैथुनी हुन्छ । यस्ता प्रकारबाट जुन जनावरको मासु हामी भोजनका रुपमा उपभोग गर्दछौं । हाम्रो स्वभाव तथा विचार कतै तिनै पशुको जस्तो हुनेत होइन ? यस विषयमा मानव जातिले विचार पु¥याउनु पर्ने भएको छ । हुनत धेरै विषयमा मानिस पशुमा समानता छ भनिएको छ ।
आहार निन्द्राभयमैथुन च समान्य मेतत् पशुभिर्नराणाम् ।
ज्ञान हितेषा माद्यिको विशेषो ज्ञानेन हीन पशुभि समान ।।
यो भनाइबाट खाना, निर्दा, भय र मैथुन यस्ता क्रियाकलापबाट मानिस र पशुमा समानता छ । ज्ञानका कारणबाट मात्र मानिस अरु प्राणि भन्दा उत्तम तथा श्रेष्ठ मानिएको हो । यदि मानिसले विवेकको प्रयोग गर्दैन भने धर्म अधर्म, पाप पुण्य, सत् असत् कर्तव्य, आत्म परआत्म, यहलोक परलोका पर्नजन्म जस्ता कुरामा कुनै प्रकारको विचार गर्दैन, वेदशास्त्रको ज्ञान गर्दैन, त्यसको आचरण गर्दैन, आफ्ना माता पिता तथा गुरुजनको आदर सत्कार गर्दैन त्यो के विवेकी प्राणि भयो त त्यो त पशु समान नै हुन्छ । जुन व्यक्ति यि कुराहरुको पालना गर्दछन् यस्ता प्रकारको व्यहार गर्नु आफ्नो परम कर्तव्य ठान्दछ त्यो व्यक्ति नै उत्तम हुन्छ । जस्तो अन्न पानीको प्रयोग हुन्छ मानिसको विचार तथा मन पनि त्यस्तै हुन जान्छ । त्यसैले मानिसले खानामा विशेष ध्यान दिनु पर्दछ ।
“अन्नमयं हि सौम्य मन”
“आपो मय प्राणी”
“तेजो मयी वाक”
सात्विक आहाराको प्रयोग गर्दा विचार पनि सात्विक नै हुन्छ । राजसी भोजन गर्नाले विचार पनि राजसी नै हुनजान्छ । त्यस्तै प्रकार तामसी भोजनको प्रयोग गर्र्दा विचार पनि तामसी नै हुन जान्छ । स्वभाविक रुपबाट हेर्दा मानिस सात्विक भोजनको अधिकारी हो गलत संगत तथा स्वादका लागि मात्र मांसहारी बन्न पुगेको हो । हिन्दी साहित्यकार कबीर साहब भन्दछन् ः
मांस मछरिया खाते हे सुरापान से हेत ।
सो नर नरकको जायेंगे ज्यो मूरीका खेत ।।
शाकाहरी प्राणीको स्वभाव शान्त र स्थिर किसिमको हुन्छ । तर मांसहारी प्राणीको स्वभाव त्यस्तो हुदैन उसको स्वभाव आक्रमक र हिंसक प्रवुत्तिको हुन्छ । त्यसको उदाहरणका लागि विभिन्न जनावर तथा मानिसहरुलाई अध्ययन गर्न सकिन्छ । जस्तै ः बाघ, चितुवा, कुकुर पंक्षी वर्गमा बाझ लगाएतका विभिन्न पंक्षीहरु कति आक्रमक र हिंस्रक हुन्छन् । त्यस्तै मृग, हरिण, गाई जस्ता शाकाहारी प्राणीहरु कति शान्त प्रकृतिका हुन्छन् । यिनीहरुमा दया, माया, करुण जस्ता कुराहरु प्रशस्त हुन्छन् । शाकाहारी प्राणीहरुले आफू भोक र तिर्खाले व्याकुल हुदाँ पनि आफ्नो मायाममता पोखि रहेका हुन्छन् तर मांसहारी प्राणीहरुले भोक लागेको अवस्थामा आफ्ना स–साना सन्तानहरु खाएर आफ्नो भोक मेटाउने जस्ता निर्दयक्रियाकलाप व्यक्त गर्दछन् । तिनीहरुको शरिरको बनोट शाकाहारी प्राणीहरुको अगाडिका दाँत छोटा र मसिना हुन्छन् भने मांसहारी प्राणीहरुका तीखा र लामा नग्राँका साथै अगाडिका दाँतहरुल मांसु लुछेर खानुपर्ने भएकाले लामा  र तीखा हुन्छन् त्यस्तै शाकाहारी प्राणीका बच्चा जन्मदिनमानै उफ्रन, दौडिन र हेर्ने गर्दछन् । उदाहरणका लागि बाख्राका पाठा लिन सकिन्छ भने त्यस्तै मांसहारी जिवका बच्चा जन्मेको केहीदिन सम्म आँखा खोल्न नसकी आमाको आश्रयमा बस्नुपर्ने बाध्यता हुन्छ । उदाहरणका लागि हामी कुकुर, बिरालो, बाघका बच्चाहरु लिन सकिन्छ । त्यस्तै प्रकारबाट शाकाहारी प्राणीहरु कुकुर, बाघ आदिले पानी जिब्राका सहायताले चाटेर आफ्नो प्यास मेटाउदछन उनीहरुले घुट्को लगाएर पिँउन सक्दैनन् त्यस्तै प्रकारबाट मांसहारी प्राणीको आँखा राती प्रकास पर्दा टल्कन्छ । त्यस्तै प्रकारबाट मांसाहारी प्राणीहरुका आन्द्राहरु पनि छोटा हुन्छन् ।  शाकाहारी प्राणीहरुका आन्द्रा केही बढी हुन्छन् ।
अब हामी मानिस शाकाहारी प्राणी हो कि मांसहारी माथिका विशेषताहरुको अध्ययनबाट के कुरा प्रष्ट हुन आँउछ भने मानिस त शाकाहारी नै हो, प्रकृतिले आफ्नो सृष्टिको क्रममै मानिसहरुलाई शाकाहारी प्राणीको रुपमा चुनेको छ ।
आयु सत्व बलारोग्य सुख प्रीति विवर्धना ।
रस्या ः स्निग्धा स्थिरा हृद्या आहारा ः सात्विक प्रिया ः ।।
सात्विक आहाराले आयु, मनोबल, शरीरबल, आरोग्य सुख बढाउने भोजनको प्रयोग गर्नुपर्दछ साथै भोजन सात्विकका साथै सुपाच्य पनि हुनुपर्दछ । यस्तो भोजन शाकाहारी भोजनमा मात्र सम्भव छ । मानिस शाकाहारी प्राणी हुदाँहुदै पनि जिब्राको स्वादको वसिभूत भएर मांसाहारतर्फ आर्कषित भएको छ । शाकाहार सत्वगुण प्रदान भोजन हो । यसले मानिसमा सतवगुणको विकास गराउँछ । यसले मानवीय स्वभाव तथा चरित्रलाई शान्त प्रकृतिको बनाउन्छ । रिस, राग, वैमनस्य जस्ता कुराहरु कम हुन्छ । दया, माया, सहानुभूति, सहृरयता, सदासयता जस्ता कुराहरुको विकास गराउँछ ।  मांसहारले मानिसको रिस, राग देश जस्ता कुराकोे विकास गराउँछ । सोचाइ र चिन्तामा नराम्रो प्रभाव पार्दछ । जसको कारण सानो कुरामा धेरै रिस उठ्ने हिंसात्मक विचार तथा क्रुर र निर्दयी प्रवृतिकोे विकास हुन जान्छ । शारीरिक र मानसिक दुवैमा भोजनको पूभत्व पर्दछ । यस्तो भनिएको छ । “जस्तो आयो अन्न उस्तै बन्यो मन” याृ भनाइबाट पनि भोजनको साथमा मनको सम्बन्ध रहेको कुरा प्रष्ट हुन जान्छ । यो शंसारमा धेरै चिज र जिवको सृष्टि भएको छ । प्रत्येकको आ–आफ्नो अस्थित्व हुन्छ । उसले आफ्नो अस्थित्वको संरक्षण गर्दा कतै अरुप्राणीको अस्थित्व खतरामा परेको त छैन त्यो पनि ख्याल गर्नु नै मानव कर्तव्य हो ।
मानिस मांसहारी कि भयो, स्वादके लागि हो या शक्ति प्राप्त गर्नको लागि हो अथवा भोक मेटाउनको लागि हो । जे को लागि भएता पनि आफु बाच्नका लागि अर्कालाई मार्नु कस्तो विडम्बना, मानिसहरुमा अझै पनि भ्रम छ । माछा, मासु, अण्डा खाइएन भने त मानिसको शरीरमा शक्ति आउँदैनु, कमजोर तथा बिरामी भइन्छ, यस्तो सोचाई छ । यो गलत विचारकका कारण आज मानिसहरुले आफ्नो बाटो भूलेर गएका छन् । विचार गर्ने हो भने स्थलचर जिव जन्तुहरुमा शाकाहारी नै वलवान तथा शक्तिशालि छन् । सबैभन्दा छिटो दौड्ने फूर्तिलो जनावर मृग पनि शाकाहारी नै हो । त्यस्तै हात्ती, गैंडा पनि बलवान प्राणीहरुमा नै पर्दछन् । विज्ञान जगतको शक्तिलाई नाप्दा प्रयोग गर्ने प्रत्येक शक्ति श्रोतमा नामाङ्कित भएको हुन्छ त्यो हो अश्वशक्ति घोडा पनि शाकाहारी प्राणी हो ।  यसबाट के पुष्टी हुन्छ भने मांसहारमा भन्दा साकाहारमा नै बढी बल र शक्ति छ भन्ने कुरा प्रमाणित हुन्छ । यसका साथै ज्ञान (बद्धत्व) प्राप्ति गर्नका लागि होस् या जिवन दर्शन खोज्न यस संसारमा शान्तिको बाटो खोज्ने र अरुलाई पनि शान्तिको मार्गमा हिड्न सिकाउनेका लागि शाकाहारी भोजन प्रारम्भिक कुरा हो यसैबाट अहिंसा, सत्यका साथै ज्ञानको ज्योति क्रमश बल्दै जान्छ । आफ्नो जिवनमा अपेक्षित लक्ष्य प्राप्त गर्न चाहने विद्यार्थी अनुसन्धानकर्ता र साधना गर्ने साधकहरुका लागि त शाकाहार प्रमुख तथा अमूल्य कुरा हो । यस संसारमा यस्ता धेरै मानिसहरु भेटिन्छन् जसले शाकाहार भोजन खाएर आफ्नो नाम विश्वको इतिहासमा लेखाउन सफल भएका छन् । उदाहरणका लागि भगवान गौतम बुद्ध, महात्मा गान्धी, रविन्द्रनाथ टेगोर, विलियम सेक्सपियर आदि थुप्रै व्यक्तित्वहरु शाकाहारी नै थिए । प्रकृतिक संरचनाका आधारमा तथा स्वास्थ्य विज्ञानका दृष्टिकोण वा आध्यत्मिक चिन्तन जुनसुकै आधारबाट हेरे पनि मानिस शाकाहारी प्राणी नै हो । यसमा कसैको दुइमत छैन र हुनुपनी हुदैन ।  
स्वास्थ्यको दृष्टिकोणमा मांसहार
अध्ययन गर्दा मांसाहार जन्य भोजनमा निम्न कुराहरु पाइन्छन् ।
– मानिसको मस्तिष्कको तौल १.३ केजी देखी १.४ केजी सम्म हुन्छ, जुन संसारका ठूला ठूला प्राणीहरुको भन्दा पनि ठूलो हो । आधुनिक विज्ञानले ‘न्यूरोट्रान्समिटर’ नामक पदार्थको खोज गरेर शरीरमा मात्र नपरेर मस्तिष्कमा पर्दछ । यसले आफ्नो प्रभाव अलग–अलग प्रकारबाट प्रकट गर्दछ, यो दुइ प्रकारको हुन्छ । कोर्वोहाइड्रेट, भिटामिनबाट निस्कने न्यूरोट्रान्समिटरले मस्तिष्कमा शान्ति प्रदान गर्दछ, यसलाई ‘इनहिविटरी न्यूरोट्रान्समिटर’ भनिन्छ । प्रोटिन अथवा मांसहार भोजनबाट निष्कने न्यूरोट्रान्समिटरले मस्तिष्कमा तनाव र अशान्ति उतपन्न गर्दछ । यसलाई ‘एक्साइटेटरी न्यूरोट्रान्समिटर’ भनिन्छ ।
मांसहारका कारण आज संसारमा हजारौं रोग नयाँ नयाँ नाम लिएर जन्मीरहेका छन् ।
मांसहारहरुमा मोटाउने, बाथ, पक्षघात, पथ्थरी, ठूलो आन्द्राको क्यान्सर, पेट तथा मुटु सम्बन्धी रोग लाग्ने बढी सम्भावना हुन्छ ।
साकाहारबाट (गेडागुडी) प्राप्त हुने प्रोटिन ९५ प्रतिशत पच्दछ भने मांसहारको ५० प्रतिशत प्रोटिन पचाउँन पनि गाह्रो हुन्छ । मांसहार भोजनमा रेशाको मात्र नहुने हुँदा आन्द्रामा मलको गति सून्यता भइ कब्जियत हुन जान्छ । धेरैजसो मांसहारी मानिसहरु जीर्ण कब्जियतबाट पीडित हुन्छन् ।
मांसहारी भोजनमा रहने अत्यधिक प्रोटिनका कारण शरीरमा युरिक एसिड बढ्न गई धुँडा दुख्ने जोर्नीहरु दुख्ने, मूत्ररोग एवं रक्तविकए जस्ता रोगहरुको जन्म हुन्छ ।
कतिपय जनावरको मासुमा त अनेकौ कृमिहरु (सुक्ष्म किराहरु) पाइन्छनु जुन साधारण पकाइमा मर्दैनन् र शरिरमा स्नायू सम्बन्धी रोग पैदा गर्दछन् ।
समग्रमा हेर्दा मानिस एक साकाहारी प्राणी हो र उसले आफ्नो स्वभावलाई त्यागेर अरु प्राणीको स्वभावमा आफूलाई लगीरहेको छ । यो समग्र मानव जातीका लागि नै घातक सिद्ध हुनेछ । तुलनात्मक रुपमा हेर्दा शाकाहारी प्राणीहरु रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ । मांसहारले शरीरमा ‘क्लोरेस्ट्रल’ र ‘टाईग्लीसिराइड’ जस्ता चिल्लोहरुलाई असन्तुलित रुपमा बढाउन मद्दत गर्दछ जसका कारण मुटुका विभिन्न रोगका साथै उच्च रक्तचाप र हृदयघात हुने बढी सम्भावना हुन्छ । यसरी स्वास्थ्य विज्ञानको दृष्टिकोणमा मांसहार स्वास्थ्यको प्रतिकुल छ ।
स्रोत ः  शाकाहार विज्ञान अनुसन्धान केन्द्र
अध्यात्म राष्ट्रिय मासिक
सूर्य मुखी (अष्टम अंक)


पृष्ठ ८
मेरा केही शब्दहरु
शिक्षक उमानन्द गौतम
दक्षिण एसियामा रहेको सबभन्दा राम्रो जलश्रोतको धनि विभिन्न पर्यटकीय क्षेत्र भएको, तराई, पहाड र हिमाल भएको अनेकतामा एकता भएको देश नेपालको मल्म गा.वि.स मा रहको बासखोला गाँउ झनै राम्रो र रमणीय गाँउ मानिन्छ । यहा प्राचिन काल देखी बाहुन, क्षेत्री, ठकुरी, मगर र कामीको उल्लेख्य बसोबास रहेको छ यहा खड्क र कालिकाको मन्दिर रहको छ  जस्मा बर्षको २ पटक चैत्र दशै र बडा दशैमा नवरात्रीको पुजा गरिन्छ । जस्मा दशै आज भन्दा ९ दिन अघि बाटै पञ्चे बाजाको गुञ्जचायमानले मल्म र काडेबास गा.वि.स. लाई नै रमाइलो बनाउछ । यहाँको अर्को महत्वपुर्ण ठाँउ पाण्डुकेशरी गुफा  साथै शिवालय मन्दिर पनि यहाको महत्वपुर्ण मन्दिर मानिन्छ ।
यहाका यवाहरु प्राचीनकाल देखी नै निडर साहसी र एकतावद्ध रहेको इतिहास बाट थाहा हुन्छ । पहिले पहिले हटिया बजार मेला लाग्दा गाऊ गाऊका बित गुपिङ्ग पडन्त हुने गर्दथ्यो यक्त भिडन्तमा यहाका युवकहरु अन्य लडाकुहरुलाई हराउने गर्दथे । जसले गर्दा बासखोलाको नाम चर्चामा आउने गर्दथ्यो । आजभोली बुढा पुरानाले उक्त कुरा बताउने गर्दछन ।
विस्तारै समय परिवर्तन संगै यहाका युवाहरुको मानसिक चेतनाको विकास हुदै गयो उक्त शक्तिलाई याहाका युवाहरुले सामाजिक कार्य तर्फ उन्मुख गराउन थाले झण्डै २०३१ साल तिरका हामी युवा एस.एल.सी परिक्षा पछि फुर्शदिला भएका थियौ । जम्मा सूर्यमान मल्म, कृष्ण बहादुर मल्ल, कर्ण बहादुर मल्म, इन्द्र बहादुर राना र विलाल सामकोटा म उमान्द सापकोटा, मान ब. मल्ल हाम्रा भाई हरु मिलेर त्रिलोक थापा, हर्क बहादुर राना, चक्रवती शर्मा, गौरीश्वर सापकोटा, धुर्व मल्ल, मधु मल्ल आदि भार्ए बहिनी सबै मिलेर केही काम गर्ने विचार ग¥यो ।
हामीलाई पथपर्दशक गर्ने खड्क बहादुर मल्म, ताज ब. मल्म, टेक ब. के.सी, पदम थापा, सु. तिलक ब. के.सी साथै लाल ब. वि.क, दधिराम वि.क, मतिरत्न वि.क, जित ब. वि.क आदि साथीहरु सबै मिलेर तिहारमा भैलो खेल्ने विचार ग¥यौ ।
हाम्रो भैलो तिहारको अघिल्लो दिन तार्गाको सिरानको घरबाट सुरु भयो । कार्तिको जाडो महिना रातभर खटेर तार्गा गाऊका सबै घर घर भैलो खेल्दै तलतिर आयौ अब गाऊको सिरान सालघारी हुदै बैदारको घरमा आई पुग्यौ । त्याहा आउदा टिका लगाउने बेला भई सक्यो हामी सबै घर घरमा जाने र टीका लगाई सके पछि जम्मा हुने सल्लाह गरी बिदा भयौ ।
तिहारको टिकाटालो पछि हामी फेरी जम्मा भएर गाऊ भरी भैलो खेलेऊ हामीलाई गाउका आमा बुबा दाजु भाई, दिदि बहिनी सबैले साथ दिनु भयो जस्ले गर्दा हाम्रो भैलौ ले भव्य रमाइलो गर्दै केहि रकम संकलन गर्द सफल भयो । म भन्छु अहिलेको खड्क कालिका युवा परिवारको सुरुवात भनौ वा स्थापना भनौ यहि बाट सुरु भएको हो । हुनत यो

पृष्ठ ९
महिला 
रचना सापकोटा 
मल्म – ४ बासखोला
हाम्रो समाजमा महिला भन्ने बित्तिकै अनेकौ व्यक्तीका अनेकौ बुझाइहुने गर्दछन् । कतिपय आमा, भाउजु दिदि, बहिनी छोरी भन्ने बुझदछन् कतिपयले घरकी सात्क्षात्कार लक्ष्मी भनेर परिभाषित गर्दछन् कतिपयले भरमा बसी खाना पकाउने र घरको चार पर्खालमा सिमित रहने एक नारीको रुपमा लिन्छन । कतिपयले बच्चा जन्माउनको लागि भगमानको उपहारको रुपमा लिने गर्दछन भने कतिपयले आफ्नो  जन्मभूमीलाई नारी अर्थात आमाको रुपमा लिने गर्दछन । जसले जुन रुपमा लिए पनि आखिर महिला आमा एक देवी हुन ।
हामी महिला बिनाको संसार कल्पना पनि गर्न सक्दैनौ आमाको दशधारा दुध नै हाम्रो पहिलो प्राण हो । हाम्रो सबै भन्दा गहिरो अनुभुती आमासँग नै हुने गर्दछ । हामी जति पिडा र अभावमा हुन्छौ त्यति नै आमालाई सम्झेका हुन्छौ त्यस्तै जति सफता र प्रगतिको उचाइमा पुगछौ खुसियाली मनाउन संसारको सबैभन्दा सुरक्षित र प्यारो स्थान आमाको काख नै चाहिन्छ । आमा भन्नु नारी हो नारी अर्थात महिला नै आमा हो । जब बाबुको सुक्रकिट – ( थ क्रोमोजोम) र आमाको डिम्ब –( ह क्रोमोजोम) मिलेर भुण तयार हुन्छ त्यो तयार हुनु भनेकेै छोरी अर्थात महिला हुनु हो । त्यो नै आमा हो । यो धर्तींमा आमाको महिमा अद्वित्य छ । यस्तो हुदा हुदै पनि महिला अधिकारका कुराहरु व्यवहार मा उर्तारन धैरै ग्राहो देखिन्छ । हाम्रो देश नेपालमा सरकार आफै कानुन बनाउने र आफैले त्यसलाई उल्लघन गर्न प्रक्रियाले गर्दा समाज परिर्वतमा महिलाको भुमिकालाई खुम्चाई दिएको छ । महिला भनेर सम्बोधन गर्ने वित्तिकै प्राकृतिक रुपले आफैमा सवेदनशिल र कमजोर शरिर भन्ने बुझिन्छ । हाम्रो नेपाली समाजमा हामी तिन थरी महिला देख्न सक्छौ ।
१. पहिलो थरी ः अत्यन्त एड्भान्स पश्चिमी समाज खालको
२. दोस्रो थरी ः नत पश्चिमी समाज स्वीकार्ने नत पुरान सोच छाड्ने
३. तेस्रो थरी ः ग्रामिण युक्त समाजमा रहन रुचाउने
जति थरी महिला भए पनि आखिर महिला त महिला हो नि होइनर  एक महिलाको समस्या अर्को महिलाको पनि समस्या नै होे । महिला ले विभिन्न खालको समस्याहरुको सामाना गर्नुपर्न हुन्छ । पहिलोत शारिरीक रुपमा कमजोर हुने विभिन्न स्वथ्य सम्बन्धि समस्या रहन्छ जन्मे देखि जति उमेर बढ्दै जान्छ त्यतिनै शरिरमा विभिन्न परिर्वतन देखा पर्न थाल्दछन शारिरीक रुपमा महिनावारीका समस्या देखि लिएर गर्भवती अवस्था जस्ता शारिरीक प्राकृतिक फरकपनले  गम्भिर र सवेदनशील रहन्छ । महिला वर्गमा शारिरीक रुपले देखा पनले नै महिलामा अन्य जटिल समस्या उत्पन्न गराएको हामी देखेका,  सुनेका र भोगेका छौ जस्तो महिलको पाठेघर खस्ने, स्तन क्यान्सर हुृने आदि । यसमा निम्ती महिलाले सधै मानसिक पिडा बोकी बस्नु पर्दछ । समाजमा रहेका रुढीबादी संस्कार, सस्कृति, सामाजिक धारणा, अन्धविश्वास, अशिक्षा तथा चेतनाको कमीले गर्दा समाजले महिला माथि हेर्न दृष्ट्रिकोण राम्रो मानिदैन महिला एक आफु पिडीत त छदै छन् त्यस माथि उनीहरुले आफुमाथि प्राप्त हुन सक्ने विभिन्न अधिकारहरु जस्तो ः लैगिक अधिकार सबल रुपमा नपाउदा समस्या अझ जटिल बन्न गएको छ ।
अर्को समस्या महिला हिंसाका कुराहरु दिनहु जसो रेडियो, टेलिभिजन, तथा पत्रपत्रिकाबाट महिला हिंसाका कुराहरु सुन्न, देख्न र पढ्न पाइन्छ । यसको रोकथामका लागी नत राज्य संयन्त्र प्रभावकारी रुपमा परिचालित हुन सकेको ट नत राजनैतिक दल नै ।
महिला पक्षको कुरा गर्दा पुरुष विरोधी  हो भन्ने गलत धारणाले समाजमा जरो गाडेको छ । महिला पक्षको कुरा पुरुष विरोधी विल्कुल होइन समाजलाई सहि ढ्ङगले संचालन गर्न न पुरुष एक्लैले सक्छ नत महिला एक्लेले नै परापूर्वक काल देखिनै महिला र पुरुष समाजरुपी रथका दुइ पाङ्ग्रा हुन भनेर पक्कै पनि त्यसै भनिएो होइन । आग्रह र पुर्वाग्रह नराखी भन्ने हो भने महिला को स्तर माथि उठ्नु भनेको पुरुषको स्तर माथि उठ्नु हो । यसरी सबैको स्तर माथि उठ्नु नै नेपाल आमाको स्तर माथि उठ्नु हो । हामीहरुले आफ्नो देश लाई पनि आमाको रुपमा लिने गर्दछौ हामी नेपाल आमो सन्तान हौ । यसको हर्थ आदार, आत्मियता, सम्मान र सभ्यताको गहिरो अनुभुती हो । हामी  आ –आफ्नो ठाउ बाट हातमा हात मिलाइ विकाशका लागि अग्रसर हुनु नै हाम्रो कर्तव्य हुन आउछ । जसले गर्दा घर समाज, समुदाय र सिंगो राष्ट्र ने सुद्वढ हुन्छ ।

पृष्ठ ९
भविष्यका कर्णधार बालबालिका
 शिक्षिका सावित्रा शर्मा, 
बाँस्खोला, मल्म–५
बच्चा पेटमा रहे देखी दुइ बर्ष सम्ममा
सम्वेदनशिल हो है यो अवस्था परिवार सबैको जिम्मा ।
जन्माएका बालबच्चा हाम्रा लागि गहना
गर्नुपर्छ गर्भ देखि तिनको आधार र सम्मान ।
बनाउनुपर्छ सरसफाई, दिनुपर्छ पोषणयुक्त खाना
पछि कस्तो बनाउने हो आफ्ना बच्चा अभिभावकले जान ।
राख्नु पर्छ राम्रो विचार, गर्नु हुन्न कसैलाई कुविचार
निरोगी बनाऊ आफ्नो बच्चा दिऊ स्वस्थ्य र उपचार ।
सुन्नु पर्छ उनका कुरा दिनु पर्छ सहि कुराको उत्तर
उसको दिमागले लियो भने फेर्न गाह्रो हुन्छ सबैले बुझ्ने गर ।
सानो बच्चा छदा खेरी कति दिन सक्छौ उसलाई विकास
बच्चा ठूलो भएपछि के के गर्छ, त्यही रहेछ हाम्रो निकास ।
छोरा छोरी जे भएपनि मान्नु पर्छ हामीले आफ्नो सम्मान
इश्वरले जे दिन्छन् हाम्रो लागी त्यही हो वरदान ।।


पृष्ठ १०
आयुर्वेदले मानवमा दिएका सदुपयोग 

पूर्णभद्र गौतम (संकलन)

१. आयु कामाय मानेन धर्मार्थ सुरनसाधनम् ।।
आयुर्वेदो पदेशेषु विधेय परमादर ः ।।१।।
अर्थ ः आयु बढाउन, मनोच्छीत काम गर्न, धर्म र अर्थ प्राप्ति गरि सुख प्राप्त गर्ने हो भने आयुर्वेदमा बताइएको नियमको आदरपूर्वक पालना गर ।
२. नारेहिताहार विहार सेवि समिक्षकारी विषयेष्वसक्त ः
दाता समः सत्यपर ः क्षमावान आप्तोपसेवि च मवत्य रोग ः
अर्थ ः मानिसले सुपात्य भोजन, फूलबारि वा बगैंचा या जंगलको बिहार (घुमफिर) गर्ने, कुनैपनि कामको समिक्षा पूर्वक सम्पन्न गर्नु, दोषि उपर क्षमगर्नसक्ने खुवि, दुःखी माथी र रोगीउपर सेवाग्रहि बन्न सक्नु नै निरोगिताको पूमाण हो ।
३. हरितकि मनुक्ष्याणां मातेव हितकारिणी ।।
कदाचित कुप्यते माता नादेरस्थ हरितकी ।।१।।
अर्थ ः हेर्रो मानिसको लागि आफुनो जन्मदाता आमा भन्दा पनि हितकारी छ । आमा कहिलेकाहि बच्चाउपर क्षणिक असन्तुष्ट बन्नु होला तर हेर्रौको एक निमेष (सेकेण्ड) पनि मान्छेलाक्ष्ए बेफाइदा गर्दैन त्यस्तै अमला र वर्रौ पनि छन् ।
अत ः प्रत्येक मानव मात्रले हेर्रौ बर्रो र अमलाको दाना जीवन साथिको रुपमा प्रयोग गरौं निरोगी बनौं । आयुर्वेदमा यी तीनफललाई त्रीफला भनि वर्णन गरिन्छ ।

आयुर्वेदमा तल दिइएका खानेकुरा एकसाथ खायो भने विष बन्दछ ।
१. दुध र दुधबाट परिकार र मासु अनि मासुबाट बनेका परिकार एकसाथ नखानु ।
२. ध्यु र मह बरावर मिलाइ खानाले विषको काम गर्छ । पाचन प्रणालि र मृगौला अनि कलेजो र मुटुमा असर पु¥याउँछ ।
३. तामा, पित्तल र काँसको भाँडामा खुध नतताउनु ।
४. लामो शरिरीक पछी वा परिश्रम पछी आराम नगरी खाना नखानु ।
५. मुखुरासको मासु र दहि एकैसाथ नखानु ।
६. मासको दाल र मासबाट बनेका खानाको परिकार र सरवर एकसाथ नखानु ।
७. चिल्लो पदार्थ खाएपछी चिसो सेवन नगर्नु स्वासनलिमा खराबि ल्याउछ ।
८. माछा र वंगुरको मासु सस्र्यु र कालो तोरीको तेलमा तारेर नखानु ।
९. दूध र दहि एकसाथ नखानु ।
१०. खीर र खिचडि एकसाथ नखानु ।
११. मूलाको साग र नौनी ध्यू एकसाथ नखानु ।
१२. सबै प्रकारका अमिला खाद्यपदार्थको सेवन पूर्व तीन घण्टा देखीनै दूध र दहिका परिकार नखानु ।
१३. बिहान दूध र बेलुका दहि नखानु ।
१४. दिनमा सुत्नाले रातमा जागाबस्नाले काल निन्त्याउँछ ।
१५. दिसा पिसाब दुइमिनेट पनि नरोक्नु ।
समाप्त

पृष्ठ १०
आमा को हुन ?
सन्दिप थापा
रुकुम
हाल श्री भैरब मा.वि., बाँस्खोला, मल्म
आमा को हुन ?
आमा भगवा हुन,
पैसाले किन्ने कोशिस नगर ।
आमा सहनशिलताकी प्रतिमूर्ति हुन्,
गिज्याउने कोशिस नगर ।
आमा ईश्वर हुन,
सधैं दर्शन गर्न सिक ।
आमा मायाकी खानी हुन,
मायाको अर्थ बुझ्न सिक ।
आमा शिक्षाकी प्रथम गुरु हुन्,
ज्ञान आर्जन गर्न सिक ।
आमा आदर्शकी प्रतिमूर्ति हुन्,
आदर गर्न सिक ।
आमा कल्याणकी देवी हुन्,
पूजा गर्न नभूल ।
आमा संसारकी क्षेष्ठ हुन्,
आशिर्वाद थाप्न नभूल ।
आमा संरक्षित स्थल हुन्,
आश्रय लिन सिक ।
सन्दिप थापा
रुकुम, हालः श्री भैरव मा.वि., मल्म
आजको वास्तविकता
कपडा  सबै छोटा भए ‘शरम’ कहाँ हुन्छ ?
अनाज सबै रासायनिक ‘स्वाद’ कहाँ हुन्छ ?
खाना सबै डाल्डा रिफाइन ‘तागत’ कहाँ हुन्छ ?
नेता सबै कुर्सी भोगी ‘देश’ कहाँ बन्छ  ?
कर्मचारी सबै घुसमै ‘सुशासन’ कहाँ हुन्छ ?
फूल सबै प्लाष्टिकका ‘सुवास’ कहाँ हुन्छ ?
अनुहार सबै मेकअपका ‘रुप’ कहाँ हुन्छ ?
मान्छे सबै पैसाकै ‘दया’ कहाँ हुन्छ ?
पानी पनि रसाउनयुक्त ‘गंगाजल’ कहाँ हुन्छ ?
भक्त सबै स्वार्थका भए ‘भगवान’ कहाँ हन्छ ?
प्रोग्राम सबै हिन्दी सिरियलकै ‘संस्कार’ कहाँ रहन्छ ?

No comments: