Thursday, March 26, 2015

मानव बिकासक्रम



विभिन्न सिद्धान्तहरु
पुरातत्वको क्षेत्रमा अद्यापि विवादकै रुपमा रहेको ज्यादै महत्वपुर्ण विषय ‘मान्छेका पुर्खाको खोजी’ हो । अहिले पृथ्वीमा बीस लाख प्रकारका प्राणी भएका अनुमान छ र दिनप्रतिदिन वैज्ञानिकहरुले नयाँ किसमिका प्राणीहरु भेट्टाइरहेका छन् । यति धेरै किसिमका जिवहरु कसरी भए, सबभन्दा पहिले जिवनको सृष्ति कसरी भयो तथा पृथ्वीको नै कसरी उत्पति भएको होला ? आदि प्रश्नहरु मानिसको मनमा पहिलेदेखि नै आएका हुन् । पृथ्वी तथा मान्छेको सृष्टिबारे विश्वभरिका जातिहरुले प्राचिनकालदेखि नै आ–आफ्ना किसिमका धारणा बनाउने गरेका थिए ।
एननाइसौं शताब्दिको उत्तरार्दसम्म ज्यादै गहिरो रुपमा तथा वर्तमान समयसम्म पनि विशेष विश्वासका साथ समाजमा लोकप्रिय भएको सिद्धान्त दैविक सिद्धान्त हो । वास्तवमा प्रत्येक धर्म र जातिका धार्मिक आख्यानहरुले मान्छे र संसारको उत्पतिबारे वर्णन गरेका छन् र यसको श्रेय स्वयं नियन्त्रणको समाज भएको हुदाँ ईश्वरीय सृष्टिका सम्बन्धमा मानिसहरुमा यति ठुलो विश्वास थियो कि उनीहरु यसको कुनै विकल्पबारे सोच्न पनि सक्दैनथे ।
धार्मिक विश्वासभन्दा भिन्न ब्याख्या गर्न नसके पनि शिक्षित पश्चिमेलीहरु यसमा केही खोजमेल र सोचविचार भने गर्न लागेका थिए । थुप्रै विद्धानहरुले यस सम्बन्धमा अध्ययन गरे पनि ठोस तर्क दिन भने सकेका थिएनन् । यस्तैमा इ.१८५९ मा चाल्र्स डार्बिनले आफ्नो पुस्तक ‘On the Origin Of Species’  प्रकाशित गरेर मानवको उत्पति देवविशेषबाट भएका नभएर ब्उभ विशेषबाट क्रमशः विकसित हुदैगएर आजको अवस्थामा पुगेको हो भन्ने तर्क प्रस्तुत गरे । यसरी विकासवादी सिद्धान्त प्रतिपादन भयो र वर्तमान समयमा यही नै सर्वमान्य सिद्धान्त बनेको छ । डार्बिनकै सिद्धान्तको मुखय आधारमा मानिसको विकासक्रम निश्चित गरिएको छ, यद्यपि यसमा पनि संशोदन र शुद्धिकरण भएको छ ।
मानिसको विकासक्रमका चरणहरु
हामीले मानव विकाससम्बन्धी विभिन्न सिद्धान्तहरुको चर्चा गर्यौ र विकासवादी सिद्धान्त नै सर्वमान्य सिद्धान्त हो भन्ने पनि उल्लेख गर्यौ  । तलका पृष्ठहरुमा मानिसको विकास कसरी भयो, यसको संक्षिप्त इतिहासको चर्चा गरिएको छ ।
अरबौं वर्षपुर्व सुर्य अत्यन्त पुलो र अति तातो तरल पदार्थ (ग्याँस) को कुञ्ज थियो । कुनै समयमा कुनै नक्षत्र संयोगवश सुर्यको समिपमा आउँदा सुर्य प्रवाहित हुनपुग्यो र यसबाट केहि चोइटाहरु उछिट्टिएर बाहिर निस्किए । पृथ्वी पनि सुर्यबाट उछिट्टिएको एउटा सानो चोइटा हो । सुर्यबाट अलग भएपछि पृथ्वी क्रमशः सेलाउँदै गयो र तरल पदार्थ जम्दै जाँदा यो गोलो अकारमा परिणत भयो । यसरी पृथ्वीले आफ्नो निश्चित आकार लिएको समय आजभन्दा चार अरब पचास करोड वर्ष अगाडिको मानिन्छ । पृथ्वी सेलाउँदै जाँदा यहाँ अनेक परिवर्तन भएर पहाड पर्वत बन्ने , समुद्र मार्ग बदलिने, हिम–प्रवाह हुने तथा प्राणीहरुको जन्म र विनाश हुने गरेको देखिनछ ।
पृथ्वी कंमशः सेलाउँदै गएपछि यसमा वनस्पति र अन्य जीवहरु देखिन्दै गए । बत्तिस करोड वर्ष अगाडि देखिएको जलचर माछा सम्भवत संसारको प्रथम रत्त जीव हो । मछा पछि जलथल दुबै क्षेत्रमा बस्ने कछुवा जस्ता प्राणीहरु देखिए । उन्नाइस करोड वर्षअगाडि पन्छीहरु देखिए भने सोह्र करोड वर्ष अगाडि स्तनभारी जन्तु देखिन्दै गए । यिनै प्राणीहरुका बीचमा आजको मासिको पुर्खाको खोजी गर्नु परेको छ ।
मान्छेको प्राचिनतम पुर्खाको खोजीको सन्दर्भमा आजसम्मका अन्वेषको आधारमा एक करोड पचास लाख वर्ष अगाडिको मानिएको केन्यामा प्राप्त प्रोप्लियोपिथेकस ( propliopithecus ) नै सर्वप्राचीन नमुना मानिएको छ । तर यहाँसम्म आउँदा पनि यी प्राणीहरु मानव गुण भएका भन्दा बढी वानर गुण भएका देखिन्छन् । त्यसैले यहाँसम्मको युगलाई मानवपुर्व युग ( pre-human period ) भन्ने गरिएको छ । यसपछि देखिएका प्राणीहरु भने क्रमशः मानवगुणतिर लम्केका देखिन्छन् । यस्तो सर्वप्राचीन नमुना रामापिथेकस नै हो । तर  यो मानव भने होइन भन्ने बुझ्नु जरुरी छ ।
रामापिथेकस ( Ramapithecus )
मान्छको स्वरुपतिर ढल्केको भन्न सकिने सर्वप्राचीन प्राणी रामापिथेकस नै हो । यसको खोजी जी.ई.लेविसले पश्चिमोत्तर भारतमा गरेका हुन् र यसको समय ८० लाख वर्षअगाडि मानिएको छ । बिक्रम सम्बत् २०३७ सालमा नेपालमा पनि बुटवलको तिनउ खोला नजिकैको ठाउँमा रामवानरको एक करोड दश लाख वर्षअगाडिको दाँत पाइयो । यस्तै, एस.एल्.लिकी र उनको पत्नि मेरीले केन्यमा पाएको एक करोड तीस लाख वर्ष पुरानो अवशेष पनि यहाँ उल्लेखनीय छ ।  लिकी महदोयले यसको नामकरण भने केन्य पिथेकस भनेर राखेका छन् । प्राप्त सबै उदाहरणहरुको अध्ययन गर्दा यो रामापिथेकस वनमान्छेभन्दा धेरै मान्छेसँग समानता राख्ने वन मान्छे भएको र विशेष मात्रमा चुरेसँग मिल्ने हावापानी र वातावरण मन परउँथ्यो भन्ने बुझिन्छ । रामापिथेकसको लाखौं वर्षको प्रयत्न र परिवर्तनपछि नै अष्ट्रेलोपिथेकस मानवको उदय भएको हो ।
अस्ट्रेलोपिथेकस (Australopithecus )
मानव पुर्खाको खोजीको सनदर्भमा प्राप्त प्रष्ट मानव गुण भएको सर्वप्राचीन नमुना अस्ट्रेलोपिथेकस नै हो । रामपिथेकस वनमान्छे गुण छाडेर मानवगुणतिर ढल्केको मात्र थियो भने यो अस्ट्रेलोपिथेकस नरवानर निकै मात्रमा वर्तमान मानवीय गुण भएको मानिएको छ । यसलाई दक्षिणी नरमानर, आग्नेय वानर वा आग्नेय मानव पनि भनिन्छ । यसको खोजी ई. १९२४ मा अस्ट्रेलिया निवासी रेमण्ड ए. डार्टले दक्षिण अफ्रिकामा बालकको एक खप्पर भेटेर अनुसन्धान गरेका हुन् । उनले आफ्नो मातृभुमिको आधारमा त्यसलाई अग्नेय वानर ( Astralopithecus ) नामकरण गरेका थिए । वैज्ञानिक परिक्षणको आधारमा यो बीस लाख वर्ष पुरानो ठहरियो ।
यो वानरको गीजा केहि बाहिर निस्केको, चिउँडो नभएको, टाउको माथी र पछाडिको भाग सानो भएको तथा नाक थेप्चे र चौडा भएको थियो । यसको शरीरमा बाक्लो भुत्ला र यो केहि फिक्का कालो वर्णको हुनसक्ने अडकल गरिएको थियो । यसका सबै गुण वानरसँग मिले पनि दाँत भने मानिससँग मिल्ने किसिमका थिए । यो घना जङ्गल वा खुल्ला मैदानमा सानो समुहका साथमा बस्ने गर्दथ्यो । यसले मुख्य खानाको रुपममा जङ्गली कन्दमुल, सागपात तथा काँचो मासु खाने गर्दथ्यो । शिकार गर्ने राम्रो सीपको यसले विकास गरिसकेको थिएन । त्यसैले यसले छेपारो, मुसा, तथा खरायो जस्ता जनवारहरु बढी खाने गर्दथे । साथै वनघोडा, हरिणजस्त घाँसपात खाने जनावरहरु पनी यसका खाद्यपदार्थ थिए । यो युगमा सिंह, चितुवा, ब्वाँसो तथा तिखो दाँत भएको वनबिरालोजस्ता डरलाग्दा जनावहरु पनि निकै मात्रामा भएको हँुदा यस युगको मान्छे लठ्ठी, हाड तथा तीखा ढुङ्गा लिएर हिड्ने गर्दथे । यो केहि मात्रामा सीधा दौड्न सक्ने, चनाखो तथा छिट्टो देख्न सक्ने पनि थियो । यसको दिमागी क्षमता हेर्दा यसले बोलन नसके पनि केहि इसारा गर्न सक्दथे कि भन्ने अनुमान गरिएको छ । यसले आगोको प्रयोग गर्न तथा स्थायी वासस्थानको व्यवस्था गर्न भने जानेको थिएन् ।
अस्ट्रेलोपिथेकसकै समुहमा पर्ने तर यो भन्दा केहि पछाहिको एक थरी नरमानव भने केहि विकसित थियो । यसलाई समर्थ मानव ( Ape ) भनिएको छ । यहि अस्ट्रेलोपिथेकस समुहका जनावरहरु नै वर्षैवर्षको परिवर्तनपछि पिथेकान्थ्रोपस होमो इरेक्टसका रुपमादेखिन पुगेका हुन् ।
होमो इरेक्टस ( Homo Erectus )
मानव विकासको क्रममा अस्ट्रेलोपिथेकस तथा समर्थ मानवपछि होमोइरेक्टसको नाम आउँछ । यो समुहको मानवको खोजी सर्वप्रथम सन् १८८० मा एक डच चिकित्सक युनिज डुबोइ ( Eugene Dubois ) ले जावामा गरेको हुन् । उनले यहाँ थाप्लाको हाड र तल्लो च्यापुका टुक्रा भेटाए । उनले यस प्राणीको नाम पिथेकान्थ्रापस दिएका थिए । तर पछि ठाउँको आधारमा नामकरण गर्दा सुरुमा जावामा पाइएको हुँदा यो प्रणीको नामकरण जावा मानवका रुपमा पनि गरियो र मानिसजस्तै सीधा उभिनसक्ने प्रथम मानवरुप भएको हुँदा यसलाई उत्थित मानव ( Homo Erectus ) पनि भनिन थालियो । ई. १९२७ मा चीनको चाउकोटिन गुफामा प्राप्त यसै समुहको मानव भने पेकिङ मानवका नामले चिनिन्छ ।
यो होमो इरेक्टस समुहको मान्छेको समय पाँच लाख वर्षदेखि ८–९ लाख वर्ष पुरानो मानिन्छ । यसको दिमागी क्षमता बाँदर (Ape ) भन्दा धेरै बढी  तर मान्छेको भन्दा केहि कम भएको मानिन्छ । त्यसैले यो मानव निकै चतुर, दुरदर्शी तथा केहि बोल्नसक्ने पनि भएको विश्वास गरिन्छ । इसका हातहरु केहि ठुला हुँदै गएका, छाला जति रौंविहिन भएको तथा यो अग्लो र छिटो दौडन सक्थयो । इसको अत्याधिक आयु ४० वर्षसम्मको अनुमान गरिएको छ ।
यसको जीवनप्रणालीमा पनि निकै अन्तर आयो । पहिले मानिसले विशेष गरेर जङ्गली कन्दमुल, फलफुल तथा सागपात रसानातिना खरायो, मुसा, जस्ता प्राणी नै बढी मात्रामा खाने गर्दथ्यो । उसले शिकारमा राम्रो सीपको विकास गर्न सकेको थिएन । तर यो होमो इरेक्टस समुहले भने यस क्षेत्रमा निकै ठुलो विकास गर्यो । यसले प्रस्तर, काठ र हाडका तरह–तरहका उत्कृष्ट हतियार बनाएको थियो । यसको मुख्य व्यवसाय नै शिकार भएको हुँदा यसले ठुलासाना थुप्रै जनावरहरुसँग भिड्नु पद्थ्यो । त्यसैले टाढा तथा नजिकबाट ठुला जनावरलाई मार्न सकिने काठ या हाठका भालाजस्ता हतियार पनि यसले बनाएको थियो ।
यो मान्छे आफ्नो समुहमा परिवारका साथमा बस्ने गर्दथ्यो । यसको स्थायी वा अस्थायी बसोबास हुन्थ्यो । कुनै शिकारको पछि हिड्दा खुल्ला स्थानमा नै रात बिताउने गर्नु पर्दथ्यो तर सामान्यतया राती विचरण गर्ने जङ्गली जनावरहरुको भए हुने हुँदा यो स्थायी बसोबासस्थन गुफामा पुग्ने गर्दथ्यो । इसले आगोको प्रयोग गर्न थालेको कुरा प्रमाणित भएको छ ।
नियन्डरथल मानव (Neanderthal )
आजका मानिसका अधिकांश गुण भएको र मानिसकै पुर्खा भन्न सकिने मानव नियन्डरथल मानव हो । जर्मनिको नियन्डर उपत्यकामा पहिलोपटक फेला परेकोले नै यसलाई नियन्डरथल मानव भनिएको हो ।      फ्रान्सको  दोर्दोएँ इलाकाको मुस्तेर नामक स्थानमा पनि यसका अनेक अस्थिरपञ्जर पाइएको हुँदा यसलाई पुस्तेर मानव पनि भन्ने गरिएको छ । यसको खोजि ई.१८५६ मा भएको हो । यो मानिसको समय आजभन्दा एक लाख वर्ष पुर्वदेखि २० हजार वर्ष पुर्वसम्म मानिएको छ । यो विश्वमा सर्वत्र फैलिएर रहेको बुझिन्छ । होमो इरेक्टस समुहबाट लाखौं वर्षको परिवर्तनपछि नै यो मानव विकसित हुन सकेको हो ।
नियन्डरथल मान्छे सही अर्थमा आधुनिक मानछेका गुणहरु भएको प्राग मानव थियो । यसले विभिन्न प्रकारका काठ, हाड, सिङ्ग, प्रस्तर अदिका उत्कृष्ट हतियार बनाएर प्रयोग गर्ने गर्दथ्यो । धरिला, चुच्चे तथा ठुलठुला जनावरहरु मर्न सकिने हतियार पनि बनाउन सक्ने क्षमता यसको थियो । यो मान्छेको उदय हुने बेलासम्ममा पृथ्वीको वातावरणमा परिवर्तन पनि आउन थालेको थियो । आजको अढाई लाख वर्ष अगाडिदेखि उत्तरी क्षेत्रको मौसम चिसो–चिसो हुँदै जान थालेको हो । पहाडी क्षेत्रमा हिम प्रवाह हुने तथा वर्षामा पनि परिवर्तन हुँदै गयो । कतै बढी वर्षा र कतै सुख्खापन जस्ता प्रकोप देखिंदै गयो । यसले गर्दा यो मान्छेले निकै कठिन जिवन बिताउन परेको थियो । गुफा कन्दरा नै यस मान्छेको प्रमुख निवासस्थल थियो ।
अन्य सामान्य विशेषताका अतिरित्त यो मुस्तेर मानवले केहि मात्रामा कलाको समेत विकास गरेको तथा मृतहरुलाई सुरक्षित अत्येष्टि गर्न पनि शुरु गरेको मानिन्छ । फ्रान्स तथा जर्मनीका केहि गुफाहरुको अध्ययन गर्दा त्यआँ मानिसलाई व्यवस्थित रुपमा गाठ्ने गरेको पाईयो ।
होमो सेपिएन्स (Homo Sapiens )
मानिसको विकासक्रममा होमो सेपिएन्सलाई आजको मानिसको पुर्खाका रुपमा लिइएको छ । आजभन्दा १५÷१६ हजार वर्षअगाडि यो मानव देखिएको हो । यस वर्गमा पर्ने थुप्रै उप–समुहहरु छन्,जस्तो –ओरनेक मानव, क्रामेओ मानव, ग्रिमाल्दी मानव, सोलुत्रे मानव र अजिल मानव । यी सबै भिन्नताको आधारमा भएका हुन् । यस समुहमा पर्ने अजिल मानवलाई भने प्रागैतिहासिक मान्छेको अन्तिम प्रतिनिधि मानिन्छ । यसरि हेर्दा होमो सेपिएन्सको समय ई.पु. १० हजार वर्ष अगाडिसम्म भएको बुझिन्छ ।
होमो सेपिएन्स सम्पुर्ण दृष्टिकोणले आधुनिक मान्छेसँग मिल्दछ । अन्य आफ्ना पुर्खाहरुले विकास गरेका विशेषताका अतिरित्त यसले आफ्ना मृतकहरुलाई रङ्गाएर व्यवस्थित रुपमा गाड्न तथा आफु बस्ने गरेको गुफाका भित्ताहरु रङ्गाएर अनेक चित्र पनि बनाउने गथ्यो । अन्य कलाका नमुनाहरु प्नि यसले विकासित गरेको पाइएको छ । साथै पशुलाई घरमा ल्याएर पाल्न होमो सेपिएन्सकै एक शाखा अजिल मानवले शुरु गरेको मानिन्छ । यस्तो पशु संभवत कुकुर नै हुनुपर्छ । शिकारका लागी कुकुरको प्रयोग गर्ने पद्धति यहि युगमा शुरु भएको हो । यस युगको मान्छेले छाला सिउने काममा पनि प्रगति गरेको थियो र लुगाको प्रयोग गर्न थालेको थियो ।
यसरी अनेक तरहले होमो सेपिएन्सले विकास गरेर दश हजार वर्ष इसापुर्वसम्म पृथ्वीमा रजाइँ गरेको पाइन्छ । इस मान्छेको अन्त्यका साथसाथै प्राचिन ढुङ्गे युगको पनि अन्त्य भयो र नविन प्रस्तर युगको सररुवात भयो । त्यसपछि भने मानिस क्रमशः खेतीपाती आरम्भ गरेर घरगृहस्थीका रुपमा बसोबास गर्दै आउन थाल्यो ।

No comments: