Thursday, May 14, 2015

१९९० साल पछिको मुलुकै दोस्रो ठुलो भुकम्प



२०७२  वैशाख १२ - नेपालको इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भुकम्प गएको थियो । 
earthquake2.jpgउक्त भूकम्पमा परी तीन हजार ८ सय ५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी जम्मा आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५ सय जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । 
भुकम्पका जानकार रञ्जन दाहालका अनुसार शनिवार बिहान गएको भुकम्प १९९० सालपछिको ठूलो हो । गोरखा र लमजुङको सीमा बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.९ रेक्टर स्केलको भुकम्पका कारण करिब सात सय जनाको ज्यान गएको छ । एकिन संख्या आउन बाँकी नै छ । 
भुगर्भ विभागका उपमहानिर्देशक तथा वरिष्ठ भूगर्भविद् डा.सोमनाथ सापकोटाका अनुसार शनिवार बेलुकी सात बजेसम्म ५२ पटक भुकम्प गएको छ । उनले ५ रेक्टरभन्दा ठूला २० र अरु ५ भन्दा साना भुकम्प गएको बताए । ‘साना सयौं भुकम्प गएका छन्’, सापकोटाले भने, ‘त्यसको हामीले गणना गर्नै सक्दैनौं ।’  
शनिवारको भुकम्पको कम्पनका कारण राजधानीसहित मुलुकका विभिन्न जिल्लामा सयौं संरचना ध्वस्त भएका छन् भने अर्बौ रुपैयाँको क्षति भएको छ । भारतको दिल्ली र बिहारसहित विभिन्न भागमासमेत भुकम्पको असर देखा परेको छ । समाचार एजेन्सीहरुका अनुसार अहिलेसम्म ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै, बंगलादेशसम्म यसको असर पु¥याएको छ । 
२०७० सालको असोज २ मा सिक्किम र ताप्लेजुङको सीमामा केन्द्रविन्दु बनाएर गएको ६.८ रेक्टरस्केलको भुकम्पले पनि पूर्वी नेपालमा ठूलो क्षति पु¥याएको थियो । त्यतीबेला काठमाडौंमा ठूलो कम्पन महसुस भए पनि खासै क्षति भएको थिएन । 
यस्तै, २०४५ सालको भदौ ५ गते बिहान पौने पाँच बजे गएको भुकम्पले पनि निकै क्षति पु¥याएको थियो । उदयपुरस्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७ सय ५० जना ज्यान गुमाए भने छ हजार ५ सय भन्दा बढी घर भत्किए । 
नेपालमा गएका भूकम्प मध्ये १२१८ सालको रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । १२१८ सालको असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । 
यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो । रेकर्ड गरिएकामध्ये १३१६ सालको भुकम्प पनि विनाशकारी नै हो । यो भूकम्पले पनि अत्यासलाग्दो भएको अनुमान छ । 
यस्तै, १४६५ सालमा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढलेका थिए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए । १८२४ सालको असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । 
यस्तै, १८६७ सालको जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । १८८० सालमा यमपञ्चकका दिन एकैदिनमा १७ पटक भूकम्प गएको थियो ।
१८९० सालको भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही भुकम्पले काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । 
त्यही वर्षको असोज १० गते राति अर्को भूकम्प गएको थियो । यस्तै, १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेलाका यी भूकम्प गएको बागमतीमा ठूलो बाढी आयो । 
साल           क्षमता/रेक्टर      कति क्षति
१९९०           ८.५            ८५१९ जना
१२१८           ७.७            राजा अभय मल्लको निधन
२०४५           ६.७            ७५० जना
२०७०           ६.८            पूर्वी नेपालमा क्षति 
२०७२           ७.९            करिब ८,६१७ जना (विवरण आउनै बाँकी)



विश्वका ठूला भूकम्प
चिलीमा १९६० सुनामी ल्याएको ९.५ रेक्टर स्केल,कम्तिमा १ हजार ७ सयको मृत्यु
अलास्का, १९६४, ९.२ रेक्टर स्केल, १ सय ३१ को मृत्यु
इन्डोनेसिया,२००४, ९.१ रेक्टर स्केल,वरिपरिको मुलुकमा समेत गरी सुनामीमा २ लाख ३० हजारको मृत्यु
जापान, ९ रेक्टर स्केल, सुनामीको समेत प्रकोप, १८ हजारको मृत्यु
रुस, १९५२, ९ रेक्टर स्केलको, हताहती भएन 
स्रोत : बीबीसी

No comments: