Sunday, February 22, 2015

महासंघ र अर्ध संघिता के हो

महासंघ र अर्ध संघिता के हो
प्रदेशले स्वतन्त्र पहिचान र सार्वभौम अधिकार राखी सम्झौता मार्फत केही अधिकार संघलाई प्रदान गर्ने व्यवस्था भए त्यसलाई महासंघ भनिन्छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भए पछी सन् १७७६ देखि १७८७ सम्मको संयुक्त राज्य अमेरिका र सन् १२९१ देखि १८४८ सम्मको स्विट्जरल्यान्ड यस्तै महासंघ थियो । वर्तमान अवस्थामा युरोपियन युनियनलाई महासंघको नमुना मान्न सकिन्छ । महासंघीय प्रणाली अन्तर्गत केन्द्रिय सरकारको स्वतन्त्र संबैधानिक हैसियत तथा अधिकार हुदैन । यसले आफ्नो संघीय एकाई बाट अधिकार प्राप्त गर्दछ । त्यसको बिपरित केन्द्रले प्रदेश माथि हस्तक्षेप गर्न सक्ने व्यवस्था भए त्यस्तो मुलुकलाई अर्धसंघात्मक भनिन्छ । भारत , पाकिस्तान , मलेसिया आदि देशहरु यहि श्रेणीमा पर्दछन् ।
संघियतामा दई किसिमले शक्ति बाडफाड भएको देखिन्छ 
( १ ) शास्त्रीय मोडेल 
प्रदेशले स्वतन्त्र रुपमा निश्चित अधिकार उपभोग गर्दछन जस्तै अस्ट्रेलिया, क्यानाडा, संयुक्त राज्य अमेरिका आदी
( २ ) अन्तर बन्धन संघीय मोडेल
संघले मोडेल कानुन बनाउछ र प्रदेशले आफ्नो परिस्थिति अनुसार बिस्तृत कानुन बनाउछ , जर्मनी र दक्षिण अफ्रिकामा प्रदेशले संघीय कानुनी कार्यक्रमलाई कार्यान्वयन गर्दछ ।
यसरी संघियतालाई व्यक्तिगत वा सास्कृतिक तथा भौगोलिक संघियतामा पनि बिभाजन गरिन्छ । भूगोलबिना समुदायलाई सम्बोधन गर्ने संघियता नै साँस्कृतिक वा व्यक्तिगत संघियता हो भारतमा मुस्लिम समुदायले उपभोग गरिरहेको यहि हो जाती, भाषा वा पहिचानका आधारमा देशको भूगोललाई संघीय एकाइमा बिभाजन गरिएमा त्यसलाई जातीय संघियता भनिन्छ तर मानवीय भूगोललाई ध्यानमा नराखी भूगोल मात्र बाडेमा त्यसलाई प्रशासनिक संघियता भनिन्छ, विश्वमा जातीय,भाषिक वा सस्कृति विबिधता भएको मुलुकमा संघीय एकाइको निर्धारण गर्दा सकेसम्म त्यसलाई जातीय, भाषिक तथा साँस्कृतिक रुपमा समरुपी बनाउने अभ्यास रहेको छ यसले राष्ट्रिय रुपमा बाहुल्य जातीलाई मात्र हैन, राष्ट्रिय जनसंख्यामा अल्पसंख्या भए पनि क्षेत्रीय रुपमा बाहुल्य जातीलाई लोकतान्त्रिक प्रक्रिया मार्फत स्वशासनको अभ्यास गर्ने अवसर उपलब्ध गराउछ । तर्सथ नेपाल जस्तो सानो मुलुकलाई विभिन्न प्रान्तमाहरुमा विभाजन गर्नु कतिको लाभदायि हुन्छ । यसबारेमा बृहत छलफल हुन अतिआवश्यक छ, नेपाली जनतालाई संघियताको बारेमा जानकारी गराउनु राज्यको दायित्व हुन आउछ ।

No comments: