Wednesday, February 25, 2015

अन्नपूर्ण बेस क्याम देखी मुस्ताङ सम्मको पैदल यात्रा – २०६९


यात्राको पहिलो दिन२०६९ साल कार्तिक ११ गते शनिवारको दिन बागलुङ बजारदेखि  पाँच जना साथीहरु अन्नपूर्ण आधार शिवरको यात्रा गर्ने लक्ष्य लिएर विहानको खाना बागलुङ बजारमा खाई यात्राको शुभारम्भ बसपार्क देखि शुरु भयो ।
संक्षिप्त ऐतिहासिक पृष्ठभुमी
बागलुङ कालिका मन्दिर बि.स. १५९१ मा पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुकुनद सेनकी छोरी राजकुमारीसंग बिवाह हुँदा कालिका भगवती देवी को मुर्ति राजकुमारीले दरवारवाट साथमा ल्याएकी थिइन । बिवाह पश्चात जन्ती पर्वत फिर्ता हुन लाग्दा कालिका भगवतीको खड्ग र डोली कसैले पनि उठाउन नसक्दा बाह्य ब्यक्तिको खोजी गरियो । त्यसै अवसरमा एक जना शिकारी भेषधारी व्यक्ति दरवारमा देखा परे उनलाई खड्ग बोक्न लगाउदा खड्ग उठेको थियो । त्यसैगरी आफ्नो काम बिशेषले पाल्पा पुगेका बागलुङ लुङगाउँका मगरहरुले डोली बोक्दा डोली उठेपछि जन्ति पर्वत फर्किएको थियो ।   पाल्पा देखी पर्वत जन्ति फर्कने समयमा बाङ्गेचौरमा डोली र खड्ग बिसाइएकोमा डोली नउठेपछि सोही ठाउँ हालको कालिका मन्दिर मा राजदम्पत्तिले भगवती देवी को मन्दिर प्रतिष्ठापन गरेका थिए । खड्ग समाती आउने चक्र पुवारलाई खड्का पदवी दिई मन्दिरको पुजारी गुठको समेत व्यवस्थापन गरि राजदम्पत्ति बेनि ढोरलठाना गएका थिए । तत्ः पश्चात चक्र पवार र उनका दरसन्तान खड्का दाजुभाईले कालिका मन्दिरको सेवा गर्न लागेका हुन् । बागलुङका पवार खड्काहरुका नाममा तत्कालिन राजाहरुवाट १८४८, १८५९,१८७२, १८७६, १८९० मा गरि पाँच लाल मोहर रहेको देखिन्छ ।कालिका मन्दिरमा श्री महाकाली, महालक्ष्मी, महासरस्वती, शिव, गणेश आदिको पूजा हुन्छ । कालिका मन्दिर दिनहुँ जसो खास गरी अष्टमी तिथि, शनिवार र मंगलवार  पूजा हुन्छ । चैत्राष्टमी र बडादशैमा लाखौ दर्शनार्थी एवं भक्तजनहरुको मन्दिरमा उपस्थिती रहन्छ ।                   
Birethati Kaski
यसरी एक घण्टाको गाडीको यात्रपछि हामी  कास्की जिल्लामा पर्नेे नयाँपुलमा उत्रियौ र हाम्रो गन्तव्य अन्नपूर्ण आधार शिविर तर्फको १२ दिनको रमाईलो यात्रा शुभाराम्भ यहि बाट शुरु गरियो ।  यो कालिगण्डकी र विरेठाँटी जोड्ने पुल हो । देशको मनग्गै आम्दानी हुने यस स्थानमा सरकारद्वारा र जनताको सहयोगबाट बनाएको कच्चीबाटो रहेछ जसमा दिनहु हजारौको संख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरु हिड्ने बाटो रहेछ । मोदिखोलाको तिरैै तिर कार्तिक महिनाको घमाईलो दिन संगै स्वदेशी र विदेशी पर्यटक संग भलाकुसारी गर्दे धान्द्रुकको उकालो चयौं  पर्यटकहरुलाई आवतजावतमा सजिलो होस भन्ने उद्देश्यले  ठाउँ ठाउँमा व्यवथित तरणबाट  नक्साको  बोर्डहरु राखिएको रहेछ जसका कारण हामीलाई  अगाडी बढ्न धेरै मद्दत पुग्यो ।
trekking Map 
 यसै क्रममा  हामी केहि समयको उकालो हिडेपछि एउटा सुन्दर होटल सुपर भ्यू मा पुग्दछौ र केहि बेरको बार्तालाप पछि यात्रालाई निरन्तरता दिन्छौ ।  दिनभरीको हिडाई अर्थात पहिलो दिनको भएर होला हामीलाई थकान र भोक पनि लागेकोले घान्द्रुकको चौतारीमा  बसी  खाजा खान्छौ ।  केहिवेरको थकान मेटाए पछि हामीलाई  बाटो काट्न धेरै सजिलो भयो । भरिया संग रमाईलो गर्दै नाँच्दै र गाउँर्दैै उकाली चढ्दै थियौ । यसरी  विभिन्न रमणिय ठाउँहरु अवलोकन गर्दै, जाँदै थियौ कति चाँडै साझ परिसकेको हामीलाई थाहा नै भएन एक्कासी आकासबाट सूर्यको विलिनता हुन लाग्यो वेलुकाको  ६.०० बजी सकेको रहेछ त्यस पछि हामीले पहिलो दिनको बसाईको घान्द्रुकको भ्यू पईन्ट होटलमा गरियो ।


यात्राको दोस्रो दिन

घान्द्रुक

Ghandruk Village

घान्द्रुक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह ताल आदि रहेका छन भने माछापुच्छ्रे बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन। 

हामीहरु विहानै उठेर घान्द्रुकबाट देखिने हिमालहरुको अवलोकन गरी हाम्रो यात्रा सुरु हुन्छ । यस घान्दु्रक गाउँ १९४० मिटरको उचाईमा अवस्थित छ । यस ठाउँमा विभिन्न ठाउँबाट आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थुप्रैमात्रमा देखिन्थे । यो अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्दु्रक पर्यटकीय सुन्दर ठाउँ हो । यस ठाउँमा गुरुङ जातिको बाहुल्यता रहेको छ । 

यसरी हाम्रो यात्रा निरन्तर अगाडी बढ्छ । यस ठाउँमा परम्परागत घट्टाबाट कुटानी पिसानी हुदो रहेछ सानो खोलामा धेरै घट्टहरु देखिन्थे । यसरी हामी किमरुङ खोला पुग्दछौं । यस खोलामा कच्चि पुलको प्रयोग गरिएको रहेछ । यस खोलाले यहि वर्षातको समयमा २० ओटा खच्चर बगाएको जानकारी हामीले पायौं । यसरी हामी अर्को निकै सुन्दर ठाउँ छोमरुङ

chhumrong village
जसको उचाई २०७० मिटर रहेका त्यस ठाउँमा निकै राम्रा होटल,रेस्टुरेन्ट, रिर्सोट रहेछ । घान्द्रुक गाविसमा पर्ने यस ठाँउमा गुरुङ जातिको बाहुल्यता रहेछ आफ्नै मौलिक संस्कृती र संस्कारमा रहेको यस ठाँउ कुनै सुन्दर शहर भन्दा कमी देखि दैनथ्यो भिराले ठाँउमा टम्म मिलेको सुन्दर र कलात्मक शैलीमा बनेका घर र त्यो प्रकृतिक महक ठाँउहरु देख्दा दिनभरको हिडाईको थकान सहजै भुल्न सकिन्थ्यो । यसरी हामी सिनुवा पुगी आजको रात त्यहि बस्ने निधो गर्दछौ ।

यात्राको तेस्रो दिन 

सिनुवा

विहानै उठेर हाम्रो यात्रा सिनुवा देखि सुरुहुन्छ । यस ठाउँको उचाई २३६० मिटर रहेछ । एक घण्टाको हिंडाइ पछि सिनुवा रेष्टुरेन्टमा पुगी चिया खाजा खान्छौं ।
senuwa Restaurant 
यस ठाउँ देखि ३ घण्टाको यात्रा पछि हामी बेम्बो भन्ने ठाउँमा पुग्दछौं जसको उचाई २३१० मिटर रहेछ । यस ठाउँमा बाँसको घारी नै घारी भएको जंगलले भरिएको रहेछ । यस ठाउमा बासको लठ्ठी काटेर हाम्रो यात्रा अगाडी बड्छ । बेम्बो देखि ३ घण्टाको हिडाइ पछि पुगिदो रहेछ हिमालयन । यस ठाउँमा पर्यटकहरुलाई कुनै समस्या परेको खण्डमा हेलिकप्टर राख्ने ठाउँ सम्म बनाइएको रहेछ । यसरी मोदी खोलाको तिरैतिर विभिन्न किसिमका हिमशृङ्खला र सुन्दर पहाडको अवलोकन गर्दै। तिन घण्टा पछी हामी पुग्छौं देउराली जसको उचाई ३२३० मिटर रहेछ । यस ठाउँमा पर्यटकहरुको घुइचो देखिन्थ्यो ।
Machhapuchre Base camp
             हामीहरुको योजना अनुसार आजको बसाई यहि गर्ने थियो । तर समय भएको हुनाले हामी माछापुच्छे« आधार सिबिर पुग्ने निर्णय गयौं । आधा घण्टाको बसाई पछी हाम्रो यात्रा अगाडी बद्छ । २ घण्टाको साझको कठिन हिडाई पछि हामी पग्छौ माछापुच्छ्रे आधार सिविर ।जुन ठाउँ ३७०० मिटर उचाइमा रहेछ । निकै उचाईमा भएको कारणले गर्दा हामीहरुलाई राती केहि असजिलो महशुस भएको थियो । 
Annapurna Himal
सबेरै उठेर हामी लाग्छौ अन्नपूर्ण आधार सिविर यस ठाउँबाट ४५ मिनेट लाग्ने रहेछ । चारैतिर चादी जस्तो टल्कने हिउँले ढाकीएको ठाउँमा पुग्दा जुन सुकै पर्यटकहरुको मन आक्रशित नगराउने  कुरै भएन बाटोभरी हिउँभएको यस ठाउँमा पुग्दा निकै खुसी थियौ हामीहरु किनकी हाम्रो पहिलो गन्तव्य थियो यस ठाउ । विहानको चिसो  मैसम सगै  चिया पिउदै यस ठाउँको आनन्द लियौं हामीहरुले । अन्नपुर्ण आधार शिविर र माछापुछ्र्रे आधार शिविर नजिकै पदोृ रहेछ ।
           जसले गर्दा सबै हिमालहरुको अबलोकन अन्नपुर्ण बेस क्याम्पबाटै गर्न सकिदो रहेछ । यस ठाउँबाट देखिने सुन्दर हिमालहरुमध्ये मुख्य हिमाल निलगिरी, तिलिचो, अन्नपुर्ण हिमाल जुन हिमाल तिलिचो र गंगापुर्ण हिमालको विचमा अवस्थित रहेछ । यस हिमालको उचाई ८०९१ मिटर रहेछ । यो माछापुछ्रे हिमाल हो ।                                           
Machhapuchare Himal
अन्नपुर्ण हिमालको उत्तर मध्ये नेपालमा अवस्थित यो हिमाललाई मानिसहरुले भगवान शिवको पवित्र स्थान भनेर श्रदा गर्ने भएको हुनाले यस हिमाल आरोहण गर्ने अनुमति रहेनछ । यस हिमाल अन्नपुर्णको मुख्य भागमा दक्षिण तर्फबाट बाहिर लम्किदै गएको छ र पुर्व सिमालाई अन्नपुर्ण संरक्षण क्षेत्रको रुपमा रहेछ । यस हिमाल माछाको पुच्छरजस्तो हुनाले यसलाई माछापुछे्र नामाकरण गरेको पाईन्छ भने अंग्रेजीमा यसलाई फिस्टेल पनि भनिन्छ । जसको उचाई ६९९३ मिटर रहेको छ । यसरी नौ हिमालको अबलोकन गरी करिव ४ घण्टाको बसाइ पछि हामीहरुले अन्नपूर्ण आधार शिविरलाई विदा मागेर हाम्रो यात्रा सुरु हुन्छ घोरेपानी तर्फ । अन्नपूर्ण र माछापुछ्रे आधार सिविरबाट झर्दै गर्दा बाटोमा हिउको ठुलो पहाड देखेयौ ।
snow Hill

     जहाँ ठूला ठूला २ वटा प्याल पनि रहेको छ । पहाडबाट आएको हिउँ जमेर यस ठाउँमा पहाड भएको रहेछ । यसरी हामी पुनः सिनुवा  आई बास बस्न पुग्छौं । बिहान उठेर हाम्रो यात्रा सिनुवा देखि ताडापानीसम्मको तय गरिएको थियो । चार दिन लामो हिडाईले गर्दा हामीहरुको खुट्रटाले त्यती राम्रो साथ दिएको थिएन निकै कठिन भयो । त्यो दिन जुन दिन हामी ३ जना साथीहरु गुर्जुङको जंगलमा बाटो विराएर ३÷३ घण्टा हराएका थियौं । हराउँदै गर्दा जंगलको बीचमा एउटा भेडीगोठ देखियो । यस पछि हामी पुग्छौ त्यो गोठमा र एक जना बुढाबालाई बोलाई हामी सोध्यौ ।
Chule 
प्रकृतिले र मानव समाज दुवैले मिलिजुली सिंगारीएको चुले भन्ने ठाउँमा हामी गुर्जुङ देखि २ घण्टाको उकालो यात्रा पश्चात पुग्यौ । जहाँ पर्यटकहरुले आ–आफ्नो क्यामेरामा ती सुन्दर ठाउँहरुलाई कैद गर्दै । प्रकृतिसँग झुमिरहेका थिए र हामी पनि चियाको चुस्की संगै ती ठाउँ र आफ्ना क्यामेरालाई एक अर्काको समिप्यमा देखाइरहेयौं ।  हामी चुलेलाई विदाई गर्दै २ घण्टाको उकालोबाटो तय गयौं जुन ठाउँ टाढापानी थियो । उकालो लाग्दा लाग्थ्यो पानीको स्रोत धेरै टाढा भएर नै त्यस ठाउँलाई टाढापानी भनिए जस्तो । हामी पनि त्यस उकालोमा पानीको पियास मेटाउन ग्लुकोजको धुलो चाट्दैै हामी टाढापानी पुग्यौं । जहाँ पुग्दा मिरमिरे साँझ पनि परिसकेको थियो भने हाम्रा खुट्टाहरुले पनि केहि थकानको महशुस गरिसकेका थिए ।
Tada Pani Night
यो रात हामी टाढापानीमा नै बस्ने निधो गयौं । जुन ठाउँ सोचे भन्दा पनि अधिक राम्रो रहेछ । त्यो रात हामी त्यस ठाउँको लोक सांस्कृतिसँग परिचित हुने मौका पनि पायौं जहाँ हामीहरु, पर्यटक र स्थानीयवासीसँग कम्मर मर्कायौं । यात्रा र संयोग भनौ हामी त्यस ठाउँमा पुग्दाको रात विद्युत योजनाको लागि त्यहाँका स्थानीयवासीहरुले कार्यक्रमको आयोजना गरेका रहेछन् । हामीले पनि त्यस कार्यक्रमलाई धेरथोर सहयोग गर्ने मौका पायौं भने त्यहाँको लोक संस्कृति र हाम्रो लागि मनोरञ्जनको अवसर पनि बन्यो । हाम्रो यात्राको सातौं जुन दिन १२ घण्टा क्यामारा र हाम्रो सहकार्य छुटेको दिन । टाढापानीबाट सुन्दरवस्ती घोरेपानी तर्फ मोडियौं ।
Pun Hill

त्यो रात घोरेपानीमौ वितायौ । विहानैकै चिसो मौसमसँगै हाम्रो यात्रा सूर्योदयका साथै हिमाल र पहाडको मनोरम दृष्य अवलोकन गर्ने तातो उच्साहसँगै पुनहिल टावर तर्फ लाग्यौ । झण्डै ४५ मिनेटको उकालो पश्चात २७५० मिटरको उचाईमा रहेको पुनहिल टावरमा पुग्यौ । सायदै यसै ठाउँमै हराइ रहुँ लाग्ने प्रकृतिको मोहक ठाउँमा पुगीयो । जसको वर्णन गर्न फेरी देवकोटा नै जन्मनु पथ्यो होला जस्तो भान पनि भयो । यस ठाउँको पर्यटकहरुको मुख्य आकर्षणमा रहेको अति सुन्दर देखिने धौलागिरी हिमाल संसारको साताँ अग्लो हिमाल हो ।
       
Dhaulagiri Himal
 धौलागिरी हिमालको छेउछाउमा रहेका अति सुन्दर हिम श्रृखलाहरु पुर्वमा कालीगण्डकीको गहिरो गल्छी, अर्को पट्टि अन्नपुर्ण हिमाल पर्दो रहेछ । धौलागिरीको साब्दिक अर्थ सेतो पहाड हुन्छ जसको उचाई ८१६७ मिटर रहेको छ । यस ठाउँको अर्को सुन्दरता गुराँस रहेछ । हामीहरु गुराँस नफुल्ने मौसममा गएकाले गर्दा गुराँसको सुन्दरता लिन सकेनौँ । 
विहानको नास्ता पश्चत हामी म्याग्दीको तातोपानी तर्फ ओरालो लाग्छौ । ओरालोमा गीत गाउँदै विदेशी पर्यटकहरुसँग भलाकुसारी गर्र्दै झयौ । दिन भरको थकान, ८ औ दिन पश्चातको शहरीया खाजा चाउमिनसँग रमायौ सिखघारामा ।
                             
Shikhha Village
यसरी हाम्रो यात्रा दाना तातोपानीमा बासबस्ने तय गरी तातोपानी तर्फ मोडियौ ।
हाम्रो यात्राको नवौं दिन तातोपानी कुण्डमा विहानको केहीपल विताएर जोमसोम तर्फ पदयात्रालाई छोडेर मोटरयात्राको तय ग¥यौ । ग्रामीण सडक त्यस माथि पनि कालीगण्डकीको तिरको कच्चीबाटो कठिन र जोखिम यात्रा गर्दै हामी दाना गाविसमा पर्ने रुप्से झरना र अन्ध गल्छीको अवलोकन गर्न पुग्यौ । यात्रालाई क्रमिक रुपमा अगाडी बढाउँदै हामी करिव ३ बजे तिर मुस्ताङको लेते गाविसमा रहेको कालापानीमा पुग्यौ र खाजा नास्तासँगै क्यामेराको स्तेमाल ग¥यौं । केहिबेरको बसाई पश्चात फेरी हाम्रो यात्रा जोमसोम तर्फ अगाडी बढ्यो ।
Lete Jomsom
जोमसोम बायाँतर्फ धौलागिरी र दायाँतर्फ निलगिरी हिमाल रहेको यस बजार कालीगण्डकीको तिरमा अवस्थित छ । यो बजार दुई भागमा विभाजन भएको रहेछ । खोलावारि नयाँ बजार र खोलापारी पुरानो बजार २८ सय मिटर उचाईमा रहेका हिमाल पारीको जिल्लाको नाम बाट चिनिने यस बजार मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो । यो जिल्ला हवाईमार्गले जोडिएको छ । बजारमा रहेको जोमसोम हवाई मार्गबाट जोमसोम पोखराको उडान हुने गर्दछ । बिहान १० बजेपछि जोडले हावा चल्ने भएकाले सम्पूर्ण उडान बिहान १० बजे अगावै हुदोरहेछ । यस मुस्ताङ जिल्ला नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला भएकोले गर्दा यस ठाउँका घरहरु माटाले छाएको हुँदोरहेछ ।
Jomsom Airport
   रक क्लाइमिङ प्रशिक्षण दिइदोरहेछ । यस ठाउँमा राम्रा राम्रा होटल, रेष्टुरेन्ट बैंक तथा वित्तीय संस्थाहरु पनि रहेछ । ३००० वर्ष पुरानो इतिहांस रहेको यस मुस्ताङ जिल्ला परापुर्वकालमा नेपाल र तिब्बत बिचको ब्यापारिक मुख्य नाका रहेको बुझिन्छ । जोमसोम बजारदेखि मुक्तिनाथसम्म गाडि जाने हुनाले गाडीको टिकट लिई हामी सबैजना गाडिमा जाने निधो ग¥यौं । निकै रमाइलो यस ठाउँ कताकता मरुभूमिजस्तो देखिन्थ्यो । कालिगण्डकीको किनारैकिनार गएको यो बाटो निकै रमाइलो रहेछ । यसरी हामी कागबेनी पुग्छौं । कागवेनीमा एक माध्यमिक विद्यालय रहेछ कागबेनीलाई उपल्लो मुस्ताङको पदयात्राको सुरुवात मानिन्छ । यहाँ अन्नपूर्ण आरक्षणको चेकपोष्ट छ जहाँ उपल्लो मुस्ताङ प्रवेश गर्न विदेशी पर्यटकहरुलाई प्रवेश आज्ञा चाहिदोरहेछ । कागबेनी र कालीगण्डकीलाई विदा गर्दै हाम्रो यात्रा उकालो लाग्छ । बाटो निकै उकालो थियो किनकी हामी सिधा एक हजार उचाइमा पुग्दैछौं ।
Mustang 
बाटोमा निकै रमाइला ठाउँहरु देखिदा रहेछन् जसले गर्दा जुनसुकै पर्यटकले खुसी र आनन्द लिन सक्दछन् । यसैक्रममा हामी सबैजना गाडिबाट झरी त्यस ठाउँको तस्विरहरु लिने र अवलोकन गर्ने मौका पायौं । यस ठाउँका पहाडहरु सुख्खा देखिन्थे । हावा वेगले चलेको हुँदा हामी धेरै बेर त्यस ठाउँमा बस्न सकेनौं । यसपछि हामी झारकोट हुँदै २ घण्टापछि रानीपौवा भन्ने ठाउँमा पुग्छौं । साँझ निकै परेकाले गर्दा हामी त्यसै ठाउँको होटलमा बास बस्छौं । 
बिहान उठेर हामी मुक्तिनाथ क्षेत्रभित्र प्रवेश गर्दछौं रानीपौवादेखि २० मिनेटको दूरीमा रहेको यस क्षेत्र बौद्ध र हिन्दु धर्मका लागि महत्वपूर्ण मानिने यस ठाउँमा स्वदेशी तथा विदेशी तीर्थयात्रीहरु आउने गर्दछन । मुक्तिनाथ क्षेत्र ३७६० मिटर उचाईमा रहेको छ ।
Muktinatha Temple 
यसभित्र रहेको मुक्तिनाथ भगवानको स्वर्ण मूर्ति छायाङ्कनका लागि निषेध गरिएको रहेछ । मन्दिरको पछाडि १०८ धारा रहेको छ भने अगाडि दुईवटा कुण्डहरु रहेका छन् । जसमा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास पाइन्छ । मुक्तिानाथ भगवानको हेरचाह यस ठाउँमा रहेका झुमाहरुले गर्दा रहेछन् । केही बेरको अवलोकनपछि हामीहरुले पनि पार्यौै मुक्तिनाथ भगवानको दर्शन । स्वर्गजस्तो ठाउँ अनि स्वस्थ वातावरण रहेको यस ठाउँमा दर्शन गर्न पाउँदा साँच्चिकै मुक्ति दिने नाथकै दर्शन पाएको आभाष भयो हामीलाई । यसपछि हामी ज्वालामाई भनेर चिनिने घोलम्बर गुम्बा यहाँ रहेका कहिल्यै ननिभ्ने प्राकृतिक ज्वालाहरु यस गुम्बाको मुख्य विशेषता रहेछ । यसरी मुक्तिनाथसम्मको हाम्रो यात्रा निकै खुसी उमङ्गको साथ सम्पन्न भएको हामीलाई आभाष भयो । 



No comments: