Sunday, February 22, 2015

संघियता भनेको के हो ?

संघियता भनेको के हो  ?
देशमा अहिले संघियताको बारेमा बहस चलिरहेको अवस्थामा आम नेपालीहरुलाई संघियताको बारेमा इच्छुक हुनु अवश्य पनि नैलो बिषय बस्तु होइन तर यस बारेमा आम नेपालीहरुले जानकारी लिनु महत्वपुर्ण हुन आउछ । सरलभाषामा संघीयता भनेको  केन्द्री सरकारको शक्ति र जिम्मेवारीलाई प्रदेश वा स्थानीय स्तरमा बाँडने पद्धति हो, अथवा राज्यसताका हक र दायित्वहरु केन्द्रमा नथुपारी संघ र एकाईमा बाँडनुलाई पनि संघियता भन्न सकिन्छ । अर्को अर्थमा शासकीय क्रियाकलापमा अधिकांश जनतालाई सहभागी गराउने राजनितिक प्रक्रिया नै संधियता हो, बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाजको हक,हित र अधिकारको संरक्षण र सिमान्तकृत समुहहरुलाई सशक्तिकरण गर्ने शासन प्रणाली नै संघियता हो ।
संसारमा संघीयराज्यका विभिन्न स्वरुपहरु छन् । मुख्यतयाः संघीयराज्यको शक्ति बाँडफाँडको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बाँडफाँडको नियमलाई ठाडो प्रणाली भनिन्छ । 
तेर्सो समानान्तर प्रणाली
यसमा संघीय प्रणालीमा राज्यको शक्तिको बाँडफाँड समानान्तर हिसावले हुन्छ अथवा संघीय राज्यको अर्थ हरेक एकाईलाई आफ्नो बारेमा आफैले निर्णय गर्न पाउने स्वतन्त्रता, आत्म निर्णयको अधिकार र आफ्नो हकमा आफ्नो कानून आफैले बनाउन र कार्यन्वयन गर्न पाउने स्वायत्तताको अधिकारसम्म हुन्छ । तिनै राज्यहरु मिलेर एउटा संघ बन्छ र सो संघले केन्द्रको रुपमा काम गर्दछ, जसलाई राज्यहरुले नै केन्द्रीय संघको रुपमा निश्चित अधिकारहरु प्रदान गरेको हुन्छ ।
ठाडो प्रणाली
केन्द्रले आफ्नो तजविजले आफ्नो अधिकार तल्लो निकायलाई प्रत्यायोजन गर्ने प्रणालीलाई विकेन्द्रीकरण भनिन्छ । एकात्मक राज्य व्यवस्था त्यही प्रक्रियाबाट चल्ने हो । तर संघीय राज्यहरु आफूमा समानान्तर ढंगले चल्दछन् । यसै कारण विकेन्द्रीकरण र शक्तिको साझेदारिता फरक फरक कुरा हुन् तर धेरैले एउटै अर्थमा बुझ्ने र बोल्ने गर्दछन् जुन गलत हो । त्यसै कारण विकेन्द्रीकरणमा माथिको अधिकार तल प्रत्यायोजित मात्र हुन्छ तर संघीय राज्यमा भने संघराज्यहरुका वीच समानताका आधारमा अधिकारहरु बाँडफाँड हुन्छन ।
संघियताका प्रकारहरु
बिश्वमा संघीय संरचनाका विभिन्न मोडेलका रहेका पाईन्छ 
क) एकै ठाँउमा आउन बनेका सङ्घीय संरचना (Coming Together Federalism)
पुराना स्वतन्त्र राज्यहरु आपसमा मिलेर, सम्झौता वा सन्धि गरेर संघ निर्माण गरेका थिए । ती संघीय राज्याहरुमा संयुक्त राज्य अमेरिका , स्विट्जरल्यान्ड , अस्ट्रेलिया , सोभियतसंघ लगायतका पुराना संघीय राज्यहरु यस संरचनामा पर्दछन् ।
ख) एकै ठाँउमा राख्न तथा रहन बनेका संघीयता संरचना (Holding Together Federalism)
 विगतमा एउटै एकाइको रुपमा शासित हुदै आएको एकात्मक राज्यहरुलाई बिभिन्न उप एकाइहरूमा बिभाजन गरी केन्द्र र प्रदेश बीच अधिकारको बाडफाड सहित संरचना खडा भएका छन् , यस्तो संघीय राज्यहरुमा भारत , बेल्जियम , स्पेन , अस्ट्रेलिया आदि छन् । यसलाई जातिगत , भाषिक एबं धार्मिक , भौगोलिक बिबिधता बीच राज्यलाई खण्डित हुन बाट जोगाउन राज्यलाई संगै राख्ने बिधि (ज्यमिष्लन त्यनभतजभच) पनि भनिन्छ । त्यसैले संघियतालाई जाती , भाषा , सस्कृति , ईतिहास र बिबिधता सम्बन्धि समस्यालाई सम्बोधन गर्ने सबै भन्दा राम्रो राज्ययन्त्र मानिन्छ । अहिले हाम्रो नेपाल पनि यहि बिधिबाट संघिय प्रणाली तिर जादैछ ।
ग) समान अधिकार विभाजन भएका संघिय संरचना -Symmetric Federalism_
सामान्य भाषामा भन्नु पर्दा केन्द्र र संघमा एकैकिसिमबाट संचालन हुनुलाई नै बुझाउछ । संघियतामा आकार , जनसंख्या , भौगोलिक आयतन वा अन्य कुनै बिशेषताहरुलाई ध्यानमा नराखी सबै संघीय एकाइहरूलाई समान अधिकार र केन्द्रमा समान प्रतिनिधित्वको व्यवस्था गरिएको हुन्छ ।
घ) भिन्न अधिकारको बाँडफाँड गरिएका संघिय संरचना -Asymmetric Federalism_
 देशलाई छिन्न भिन्न, विभाजन र विखन्डनका मागलाई रोक्ने उपायका रुपमा यस बादलाई  अपनाएको हुन्छ, यस्तो संघमा केही प्रदेशले अन्य प्रदेशको तुलनामा बिशेष हैसियत र अधिकार पाएका हुन्छन, क्यानाडाको फ्रेन्चभाषी क्युबेक भारतको जम्मु कश्मिर र पपुवा न्यु गिनिमा वगेन्भेल्ला यसका उदाहरण हुन्, 
ङ) सवैलाई एकैठाँउमा राख्न सक्ने सहयोगात्मक सङघीयता-Co-operative Federalism_
संघ र प्रदेश मिलेर वा संयुक्त रुपमा सहकार्य गरि नीति निर्माण कार्य गर्नेलाई सहकारी संघियता भनिन्छ, । जसको उदाहरणहरु भेनेजुयला, जर्मनी, बेल्जियम, इथियोपिया, दक्षिण अफ्रीका आदी  रहेका छन् ।
यसरी बिश्वमा संघियतालाई पाँच चरणमा बिभाजन गरिएको छ ।

No comments: